Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
शैक्षिक खेलकुद
  • Home
  • शैक्षिक खेलकुद
  • विद्यालयस्तरमा खेलकुद
2076-04-19 विद्यालयस्तरमा खेलकुद
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च 2076-04-19
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडौं, साउन १९ । सानो उमेरदेखि नै आफ्ना केटाकेटीहरुको आनीबानी, उनीहरुको रुचीको विषय अभिभावकले प्राय जाने बुझेकै हुन्छन् । विद्यार्थीहरुको रुचीको विषयलाई अभिभावकले पहिचान गरेर त्यसै क्षेत्रमा दक्ष बनाउन सक्यो भने उनीहरुको भविष्य उज्वल हुन्छ । कोहि विद्यार्थी डाक्टर बन्न चाहन्छन भने कोहि इन्जिनियर, शिक्षक, व्यापारी, खेलाडी आदि बन्न चाहन्छन् । यहाँ प्रसंग हो खेलाडीको, विद्यार्थीले पढाई सँगसँगै खेलकुदलाई पनि प्राथमिकता दिए भने खेलक्षेत्रमा उनीहरुको भविष्य उज्वल हुन्छ । सानैदेखि खेलकुदमा भिजेको विद्यार्थीहरु कलेजको पढाइसम्म पुग्दा आफूले छानेको खेलमा दक्ष भइसकेका हुन्छन् । त्यसैले विद्यार्थीको लागि घर, शिक्षण संस्था र कलेजमा खेलकुदको वातावरण सिर्जना गरिदिन स्वयं घर, शिक्षण संस्थाहरुले नै जिम्मेवारीवहन गरिदिनु पर्छ ।

खेलकुद क्षेत्र यस्तो हो, जसले गर्दा युवा विद्यार्थी तथा खेलाडीहरु सधैं तन्दुरुस्त, फुर्तिलो र निरोगी हुन्छन् । शरीर स्वस्थ भयो भने विद्यार्थीको लागि पढाईमा समेत अल्छिपना हटेर जान्छ र कुनैपनि काम जोश जागरका साथ गर्ने साहस बढ्छ । जोश, जागरसहितको स्वस्थ मानव शरीर कर्मशील हुन्छ । त्यस्तै, खेल विज्ञहरु समेत खेलकुद क्षेत्रमा लाग्नेहरु आजसम्म बिरामी भएर अस्पतालको ढोका ढकढक्याउनु नपर्ने बताउछन् । खेलक्षेत्रमा लागेकोले नै आफूहरु स्वस्थ भएको भन्दै सरकारले अस्पतालहरुको निर्माण गरी विस्तार गर्नुभन्दा खेलकुद क्षेत्रको विस्तारमा जोड दिएदेखि प्रायको मानवजिवन स्वस्थ र क्रियाशिल हुने उनीहरु बताउछन् । त्यसैले पनि खेलाडीको लागि अर्थात् खेल क्षेत्रमा रुची हुने विद्यार्थीहरुका लागि पढाइसँगसगै खेलकुदसम्बन्धी वातावरण प्रत्येक शिक्षण संस्थाहरुमा सिर्जना गरिदिनु अति आवश्यक छ ।

खेलकुद विद्यार्थीका लागि अनिवार्य छ किनकि विद्यार्थीलाई अनुशासनमा राख्न र पढाईलाई लगनशील बनाउन खेलकुदले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । प्राय देशहरुमा खेलकुदलाई शिक्षाकै एउटा पाटोको रुपमा लिने गरिन्छ । शिक्षा र खेलकुद एकअर्काका परिपुरक हुन् । त्यसैले, खेलकुदलाई प्राथमिकतामा राखेका विद्यार्थीलाई रुची अनुसारको खेल क्षेत्रमा सामेल गराउन सक्नु प्रत्येक शिक्षण संस्थाको पनि सान, मान र प्रतिष्ठा हुने गर्दछ ।

विद्यार्थीको पढाई सँगसँगै उनीहरुको रुची अनुसारको खेलमा सामेल गराउनको लागि प्रत्येक शिक्षण संस्थामा खेलकुदका विषयलाई समावेश गरी पाठ्यक्रम बनाउने काममा सम्बन्धित निकायको ध्यान जानुपर्छ । हुनत, उच्च माध्यमिक विद्यालय संघ(हिसान)ले पनि सम्पूर्ण विद्यालय तथा कलेजहरुलाई खेलकुदका गतिविधि क्यालेण्डरमा समावेश गर्न तथा प्रतियोगिताहरुलाई निरन्तर रुपमा आयोजना गर्न जोड दिएको छ । तर, हिसानलगायत विभिन्न शिक्षासँग सम्बन्धित संघ संस्थाहरुले खेलकुद क्षेत्रमा गरेको पहल नेपालमा उत्साहजन नै देखिएका छन् ।

समय समयमा विभिन्न शैक्षिक संस्थाका नाम जोडिएर खेलकुदका विभिन्न प्रतियोगिताहरु आयोजना हुने गरेका छन् । र, बिजेता शैक्षिक संस्थाहरु नै शैक्षिक खेल क्षेत्रका साथै शिक्षामा अब्बल देखिएका छन् । यस्तै, शैक्षिक क्षेत्रबाट पनि खेलकुदस्तर विकासका निम्ती पाइला चाल्दै आएका शिक्षण संस्थाहरुलाई उदाहरणको रुपमा लिन सकिन्छ । जस्तैः लिटिल एन्जल्स, जेम्स, चेल्सी, बृहस्पती, एनसिसिएस, रिलायन्स, द टाइम्स, गोल्डेन गेट, रेडन, हिमालयन ह्वाइट हाउस, ट्रिनिटी, किष्ट, भिएस निकेतन, नेपाल मेघा, नोबल कलेज, साउथ वेस्ट्रन, मोर्गान, हेराल्ड, जया मल्टिपल, अक्सब्रिज, एस इन्स्टिच्यूट, प्राइम, जेभियर, ब्रिजवाटर, सिसिआरसी, नासालगायतका कलेजहरुले स्तरीय शिक्षाका साथै प्रत्यक्ष खेलकुद विकासमा सदैब अब्बल भूमिका निभाएका छन् । विद्यालय स्तरीय विभिन्न विधाका प्रतियोगिताहरुको आयोजना जसका उदाहरण हुन् ।

केही कलेजहरुले विद्यार्थीको खेलकुद प्रशिक्षणका लागि प्रशिक्षकको व्यवस्था पनि गर्ने गरेका छन् । साथै, सहभागिताको अवसर पनि प्रशस्तै उपलब्ध गराएको छ । विद्यार्थी सक्षम खेलाडीको रुपमा अगाडी बढ्न परिवार सँगसँगै शिक्षण संस्थाको पनि उल्लेखनीय भूमिका रहन्छ । एसईई पछिको शिक्षा र खेलकुद विद्यार्थीले सँगसँगै अगाडि बढाउनु भविष्यको राम्रो खेलाडी बन्नु पनि हो । विद्यार्थी जीवनमै खेलकुदमा भिजेका खेलाडीले भविष्यमा खेलकुदलाई पेशाको रुपमा अपनाई नाम, दाम, इज्जत कमाएको उदाहरण पनि सर्वविदित्तै छ ।

खेलकुदले विद्यार्थीलाई स्वस्थ रहन सघाउ पुर्याउनुको साथै कुलतमा फस्नबाट बचाउछ, जुन स्वयंको लागि मात्रै नभई परिवार, समाज, देश र अन्तर्राष्ट्रियस्तरमै सकारात्मक पक्ष हो । हुनत अरु देशको तुलनामा नेपालमा खेलकुदमा लागेर केहि हुँदैन भन्ने युवाहरु प्रशस्तै छन् । तर, यो भनाईलाई युवा क्रिकेटर सन्दिप लामिछानेले पछारिदिएका छन् । उनी सानैदेखि खेल क्षेत्रमा लागेर आफ्नो, परिवार, समाज, खेलकुद क्षेत्र र देशकै नाम उच्च राख्न सफल भएका छन् । यस्ता उदाहरण फेरि पनि अन्य युवाले नल्याउलान भन्न सकिदैन ।

हाल नेपालमा खेलकुदको विकासक्रम बढ्दो छ । विभिन्न विद्यालय स्तरमा खेलकुदका कार्यक्रमहरु पनि प्रशस्तै हुँदै आइरहेका छन् । खेलाडी राष्ट्रका गहना हुन, जसलाई विद्यालयस्तरदेखि नै समावेश गर्दै लानु पर्दछ । खेलकुद एउटा यस्तो क्षेत्र हो, जसमा कुनै एक समुदाय, जातभात आदिबाट जकडिएको हुँदैन् । र, खेल कुनै समुदाय, व्यक्ति र पक्षसँग सम्बन्धित हुनु पनि हुँदैन । खेल क्षेत्रमा नातावाद, क्रिपावाद, राजनीतिक हस्तक्षेप आदिबाट टाढै राख्नु खेलकुदले फड्को मार्नु हो । अभिभावकले आफ्ना नानीहरुलाई विद्यालयमा भर्ना गर्नु अगाडि शिक्षण संस्थामा उत्कृट शिक्षाको साथसाथै खेलकुद, भौतिक संरचना, शान्त वातावरण आदि इत्यादि छ/छैन विचार गर्दछन् । पदक र सफलता प्राप्त गर्ने खेलाडीहरु कुनै समय विद्यालयस्तरका प्रतियोगितामा सफलता प्राप्त गरेका विद्यार्थीहरु नै अधिकांश हुने गरेका छन् । त्यसैले पनि होला, विभिन्न स्तरका खेल प्रतियोगिता आयोजना गर्ने आ–आफ्नै खेल मैदान भएका विद्यालयहरुमा विद्यार्थी संख्या क्षमता अनुसार उल्लेख्य रहने गरेको पाइन्छ ।

उच्च माध्यमिक विद्यालय संघ (हिसान), मदन भण्डारी स्पोस्ट्स एकेडेमीकासमेत अध्यक्ष रहेका राष्ट्रिय खेलकुद परिषद्मा हालै नियुक्त सदस्य सचिव रमेशकुमार सिलवालले स्कुलस्तरदेखि नै स्कुल टु ओलम्पिकमा जोड दिने बताएका छन् । विद्यार्थीका लागि खेलकुद क्षेत्रमा जोड दिदैँ उनी भन्छन्, ‘ओलम्पिक खेल्ने सम्मको तयारी गर्नको लागि पहिलो बेस शिक्षण संस्थाबाटै हुनुपर्छ । खेलकुदले शिक्षण संस्थामा जरा गाड्नु पर्छ । स्कुल जीवनबाटै खेलकुद शुरु भएपछि कलेजस्तरसम्म आइपुग्दा विद्यार्थीहरु पढाइका साथसाथै खेल क्षेत्रमा अझ उत्कृष्ट हुने गर्दछन् । त्यस्तै, विभिन्न स्कुल कलेजहरुबाटै क्लब स्टक्चरलाई अझ बलियो बनाउनु पर्दछ । साथसाथै, अहिलेको प्रादेशिक स्टक्चरलाई पनि हामीले बलियो बनाउनु पर्छ ।’ उनले प्रादेशिक स्टक्चर के बन्ने, कस्तो बन्ने भन्ने ऐन कानुन पारित भइनसकेको अहिलेको अवस्थामा सधैं त्यस्तै नरहने जनाएका छन् । जुन ऐन कानुन उनले अबको ६ महिनाभित्र पारित हुने अर्थात् यहि सेसनमा नभए पनि अर्को सेसनमा पारित हुने बताएका छन् ।

असारको दोस्रो साता परिक्षा नियन्त्रण कार्यालयले माध्यमिक विद्यालय परीक्षा(एसईई) को नतिजा सार्वजनिक गरेसँगै एसईई उत्तीर्ण भएका विद्यार्थीहरु यतिबेला राम्रो पढाईका साथसाथै नियमित रुपमा विभिन्न खेल गतिविधिहरु छ/छैन शुरुमै बुझ्ने गर्छन् । यसै विषयलाई लिएर राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव सिलवाल भन्छन्, ‘उत्कृष्ट खेलाडीका साथै उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरुलाई कलेजहरुले छात्रवृद्धिको व्यवस्था गरिदिन्छौं, सम्बन्धित कलेजहरुमा खेलकुदको लागि कोच व्यवस्था गरिदिन्छौं र खेलाडी एवं विद्यार्थीहरुलाई होस्टेल राख्ने व्यवस्था गरिदिन्छौं । त्यसोभयो भने खेलाडीको भविष्य राम्रो हुन्छ, खेल क्षेत्रले पनि राम्रो खेलाडी पाउँछ, अन्ततोगत यो गर्नै पर्छ ।’


प्रकाशित मिति: आइतबार, साउन १९, २०७६  १३:०८
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप शैक्षिक खेलकुद
आयोजक केएमसीको विजयी शुरूवात
आयोजक केएमसीको विजयी शुरूवात आइतबार, पुस २७, २०८२
ओप्स खेलकुद महोत्सव : न्यु एरा र न्युटनलाई उपाधि
ओप्स खेलकुद महोत्सव : न्यु एरा र न्युटनलाई उपाधि आइतबार, पुस २७, २०८२
ब्याडमिन्टनमा हिमरश्मि र एथलेटिक्समा कौशल टिम च्याम्पियन
ब्याडमिन्टनमा हिमरश्मि र एथलेटिक्समा कौशल टिम च्याम्पियन शुक्रबार, पुस २५, २०८२
केएमसी बास्केटबल आइतबारदेखि
केएमसी बास्केटबल आइतबारदेखि शुक्रबार, पुस २५, २०८२
उत्साहजनक सहभागितामा किन्डर ओलम्पिक सम्पन्न
उत्साहजनक सहभागितामा किन्डर ओलम्पिक सम्पन्न मंगलबार, पुस १५, २०८२
रेडियन्ट रिडर्सको वार्षिक स्पोर्ट्स मिट सम्पन्न
रेडियन्ट रिडर्सको वार्षिक स्पोर्ट्स मिट सम्पन्न सोमबार, पुस १४, २०८२
पाँचौं केएमसी बास्केटबलको तयारी
पाँचौं केएमसी बास्केटबलको तयारी शुक्रबार, पुस ११, २०८२
Navodit College Navodit College
ताजा समाचार
आयोजक केएमसीको विजयी शुरूवात
आयोजक केएमसीको विजयी शुरूवात खेलकुद मञ्‍च
ओप्स खेलकुद महोत्सव : न्यु एरा र न्युटनलाई उपाधि
ओप्स खेलकुद महोत्सव : न्यु एरा र न्युटनलाई उपाधि खेलकुद मञ्‍च
तेक्वान्दो लिगमा ढल्को टिम च्याम्पियन
तेक्वान्दो लिगमा ढल्को टिम च्याम्पियन खेलकुद मञ्‍च
करातेकी सानुमाया सम्मानित
करातेकी सानुमाया सम्मानित खेलकुद मञ्‍च
विपुल र अर्सना मेयर कप टेबलटेनिसमा च्याम्पियन
विपुल र अर्सना मेयर कप टेबलटेनिसमा च्याम्पियन खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
तारकेश्वोर नगरपालिकाद्वारा खेलाडी सम्मानित
तारकेश्वोर नगरपालिकाद्वारा खेलाडी सम्मानित
ब्याडमिन्टनमा हिमरश्मि र एथलेटिक्समा कौशल टिम च्याम्पियन
ब्याडमिन्टनमा हिमरश्मि र एथलेटिक्समा कौशल टिम च्याम्पियन
आईएसएफ स्पोर्ट्स टिचर्स ट्रेनिङ कोर्स माघमा
आईएसएफ स्पोर्ट्स टिचर्स ट्रेनिङ कोर्स माघमा
महिला सिंगल्समा ममतालाई स्वर्ण
महिला सिंगल्समा ममतालाई स्वर्ण
विपुल र अर्सना मेयर कप टेबलटेनिसमा च्याम्पियन
विपुल र अर्सना मेयर कप टेबलटेनिसमा च्याम्पियन
विश्व बक्सिङका पदक विजेता चन्द्रको भब्य स्वागत
विश्व बक्सिङका पदक विजेता चन्द्रको भब्य स्वागत
राखेपको १२४औं बोर्ड बैठक सम्पन्न
राखेपको १२४औं बोर्ड बैठक सम्पन्न
तारकेश्वोर नगरपालिकाद्वारा खेलाडी सम्मानित
तारकेश्वोर नगरपालिकाद्वारा खेलाडी सम्मानित
अन्तरवडा राष्ट्रिय टेबलटेनिसमा सुरम्यलाई स्वर्ण
अन्तरवडा राष्ट्रिय टेबलटेनिसमा सुरम्यलाई स्वर्ण
नेप्लिज तेक्वान्दो एकेडेमी आइओएफटिसी टिम च्याम्पियन
नेप्लिज तेक्वान्दो एकेडेमी आइओएफटिसी टिम च्याम्पियन
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
विपुल र अर्सना मेयर कप टेबलटेनिसमा च्याम्पियन
विपुल र अर्सना मेयर कप टेबलटेनिसमा च्याम्पियन आइतबार, पुस २७, २०८२
पुलिसलाई हराउँदै न्यु डायमन्ड च्याम्पियन
पुलिसलाई हराउँदै न्यु डायमन्ड च्याम्पियन शनिबार, पुस २६, २०८२
खुशी, प्रतिभा र सोयालाई स्वर्ण
खुशी, प्रतिभा र सोयालाई स्वर्ण शनिबार, पुस २६, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्