Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
राखेप/एनओसी
  • Home
  • राखेप/एनओसी
  • र्याङ्किङ्ग राष्ट्रिय ब्याडमिन्टनमा चार खेलाडी क्वाटरफाईनलमा
र्याङ्किङ्ग राष्ट्रिय ब्याडमिन्टनमा चार खेलाडी क्वाटरफाईनलमा
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च बुधबार, भदौ २५, २०७६
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडौं, भाद्र २५ । एपिएफका दिपेश धामी, सेनाका रत्नजित तामाङ्ग, भोजपुरका विकास श्रेष्ठ र सेनाका नविन श्रेष्ठ योनेक्स सनराईज नवौं पुष्पलाल स्मृती र्याङ्किङ्ग राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको अन्तिम आठमा पुग्न सफल भएका छन् । उच्च १६ बरियताका खेलाडीबीच भएको पुरुष एकलको लिग खेलमा चारै जना खेलाडी आ–आफ्नो समुहमा शीर्ष स्थान हात पार्दै क्वाटरफाईनल प्रवेश गरेका हुन् ।

समुह ‘बी’का राष्ट्रिय च्याम्पियन दिपेश धामीले सेमिफाईनल प्रवेशका लागि समुह ‘डी’का उपबिजेता सेनाका रुकेश महर्जनसंग प्रतिस्पर्धा गर्ने छन् । यस्तै, समुह ‘डी’का बिजेता सेनाका नविन श्रेष्ठले समुह ‘बी’का उपबिजेता सेनाका प्रफुल महर्जनसंग प्रतिस्पर्धा गर्ने छन् ।

समुह ‘ए’मा रत्नले आफ्ना सबै तीन प्रतिद्वन्द्विलाई पराजित गर्दै समुह बिजेता भएका हुन् । उक्त समुहबाट उपबिजेताका रुपमा पुलिसका जीवन आचार्यले अन्तिम आठमा स्थान बनाए । अब रत्नले समुह ‘सी’का उपबिजेता पुलिसका सुनिल जोशीसंग प्रतिस्पर्धा गर्ने छन् । यस्तै, समुह ‘सी’का बिजेता विकासले ‘ए’का उपबिजेता जीवन आचार्यको सामना गर्ने छन् ।

समुह ‘ए’मा रत्नले पुलिसका जीवन आचार्यलाई २१ । ६, २१ । १०, एपिएफका सुमन लिम्बुलाई २१ । १०, २१ । १३ तथा गौतम सिंह कठायतलाई १९ । २१, २१ । ९, २१ । १४ ले पराजित गरे । यस्तै जीवनले एपिएफका सुमन लिम्बुलाई २१ । १८, २४ । २२ ले तथा गौतम सिंह कठायतलाई १५ । २१, २१ । १९, २१ । १४ ले हराए । एपिएफका गौतमले आफ्नै क्लबका सुमनलाई २१ । १५, २१ । १५ ले हराए ।

समुह बीमा दिपेश धामीले सेनाका प्रफुल महर्जनलाई २१ । १९, २१ । ९ ले तथा बाँकेका ईरफान अन्सारीलाई २१ । १४, २१ । १४ ले र प्रफुलले ईरफानलाई २१ । ११, २१ । १५ ले पराजित गरे । यस्तै, समुह सीमा पूर्व राष्ट्रिय च्याम्पियन विकास श्रेष्ठले एपिएफका विजित थापामगरलाई २१ । १५, २१ । ९ ले तथा पुलिसका सुनिल जोशीलाई २१ । १७, २१ । १४ ले र सुनिलले विजितलाई २१ । १६, २१ । ९ ले पराजित गरे ।

समुह ‘डी’मा सेनाका नबिन श्रेष्ठले सेनाकै रुकेश महर्जनलाई २१ । १५, २१ । १०ले तथा पुलिसका बिष्णु कटुवालबाट वाक ओभर पाए । पुलिसका बिष्णुले अस्वस्थताका कारण खेल परित्याग गरेपछि रुकेशलाई विजयी बनाईएको थियो ।

महिला उच्च १२ तर्फको एकलमा एपिएफकी जेशिका गुरुङ्ग र सुनैना मुखिया तथा सेनाकी अनुमाया राईले पनि अन्तिम ८ मा स्थान बनाए । जेशिकाले समुह ‘डी’मा एपिएफकी शोभा गौचनलाई २१ । ८, २१ । १२ ले तथा मोरङ्गकी सिमा राजबंशीलाई २१ । १८, २४ । २२ ले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेकी हुन् । अब जेशिकाले सेमिफाईनल प्रवेशका लागि समुह ‘बी’की उपबिजेता सेनाकी रञ्जना भट्टसंग प्रतिस्पर्धा गर्ने छिन् । सो समुहमा उपबिजेताकी रुपमा मोरङ्गकी सिमा राजबंशी रहिन् । जेशिकासंग पराजित राजबंशीले एपिएफकी शोभा गौचनलाई २१ । ७, २१ । १६ ले पराजित गरिन् ।

त्यस्तै, समुह ‘बी’की बिजेता एपिएफकी सुनैना मुखियाले सेनाकी रञ्जना भट्टलाई २१ । १९, २१ । १४ ले तथा सेनाकै अमिता गिरीलाई २१ । १७, २२ । २० ले पराजित गरिन् । अब मुखियाले समुह ‘डी’की उपबिजेता सिमा राजबंशीसंग प्रतिपर्धा गर्ने छिन् । मुखियासंग पराजित रञ्जनाले सेनाकै अमिता गिरीलाई २१ । १२, २१ । १८ ले पराजित गरिन् ।
अन्तिम आठमा पुग्ने क्रममा समुह ‘सी’की बिजेता सेनाकी अनुमाया राईले मोरङ्गकी निता लम्साललाई २१ । १७, २७ । २५ ले तथा भोजपुरकी सिता राईलाई १९ । २१, २१ । १७, २१ । १२ ले पराजित गरिन् । अब उनले क्वाटरफाईनलमा समुह ‘ए’की उपबिजेतासंग प्रतिस्पर्धा गर्ने छिन् । यस समुहमा निता लम्साल उपबिजेता बनिन् । निताले सिता राईलाई १८ । २१, २१ । १९, २१ । १७ ले पन्छाउन सफल भईन् । समुह ‘ए’मा राष्ट्रिय च्याम्पियन रशिला महर्जनले बिजयी सुरुवात गरेकी छिन् । उनले बाँकेकी संझना शर्मालाई २१ । ११, २१ । १३ ले पाखा लगाईन् । यस समुहको बाँकी खेल बिहिबार हुने छ ।

ब्याडमिनटनको खेल सामाग्री उत्पादन गर्ने योनेक्सको नेपाली आधिकारीक बिक्रेता योनेक्स सनराईजको प्रायोजन रहेको प्रतियोगिताको महिला खुला एकलतर्फ जेष्टकी मनिषा खड्का, सूर्खेतकी पुष्पा शाही, बाँकेकी सुष्मा श्रेष्ठ, एपिएफकी निकिता लामा, कैलालीकी प्रार्थना देउवा र रुपन्देहीकी सुन्दरी थारुले अन्तिम आठमा स्थान सुरक्षित गरे ।

पुरुष युगलतर्फ एपिएफका विजित थापा मगर र दिपेश धामीको जोडी, सेनाका पविन लिनथेप र सुरोज महर्जनको जोडी, बाँकेका रियाज अन्सारी र ईरफान अन्सारी तथा पुलिसका पूर्ण बहादुर थापा र गौरव दाहालको जोडीले पनि अन्तिम आठमा स्थान बनाउन सफल भए ।

ईटहरीस्थित कभर्डहलमा भएको प्रतियोगिताको पुरुष खुलातर्फ सेनाका पविन लिनथेप, गोकुल जोरा र दिवस शंकर, कैलालीका अमृत चौधरी र देवराज राना, बाँकेका रियाज अन्सारी, ललितपुरका ससिन डङ्गोल, बुढासुब्बाका सुजन श्रेष्ठ र प्रनिश सिंह ठकुरी, एपिएफका प्रियान्सु सिंह क्षेत्री, ईन्द्र महता, पेम्बा शेर्पा र निराजन देवकोटा, पुलिसका गौरव दाहाल र पूर्ण बहादुर थापा तथा रुपन्देहीका किरण बिष्ट प्रिक्वाटरमा प्रवेश गरेका छन् ।

नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगितामा छात्र यु १७ तर्फ एपिएफका पेम्बा शेर्पा र प्रियान्सु सिंह क्षेत्री, कैलालीका जैबी साउद र अमृत चौधरी, कञ्चनपुरका हिमाल चन्द, दाङ्गका सुरज गुप्ता, सफिक ईद्रिसी र हिमांशु कँुवर, ताप्लेजुङ्गका मिलिङ्ग गुरुङ्ग, कपिलबस्तुका रोहित बराल, सेनाका भोजबहादुर गुरुङ्ग, दिवस शंकर र गोकुल जोरा, सुर्खेतका नरेन्द्र बम, बुढासुब्बाका सत्यम सुब्बा र सुनसरीका सशांक सुब्बाले पनि अन्तिम १६ मा स्थान बनाउन सफल भए ।


प्रकाशित मिति: बुधबार, भदौ २५, २०७६  १९:०९
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप राखेप/एनओसी
पदक विजेता बिच कबड्डी टोलीको स्वागत
पदक विजेता बिच कबड्डी टोलीको स्वागत बुधबार, वैशाख १६, २०८३
हाइ लेभल स्पोर्ट्स सेमिनार सुरु
हाइ लेभल स्पोर्ट्स सेमिनार सुरु बिहीबार, वैशाख ३, २०८३
सातदोबाटोस्थित पौडी पोखरी सञ्चालनमा
सातदोबाटोस्थित पौडी पोखरी सञ्चालनमा बुधबार, वैशाख २, २०८३
क्लाइम्बिङ टोली चीन जाने
क्लाइम्बिङ टोली चीन जाने शुक्रबार, चैत २०, २०८२
ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ – मन्त्री पोखरेल
ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ – मन्त्री पोखरेल मंगलबार, चैत १७, २०८२
पौडी पोखरीको निरीक्षण
पौडी पोखरीको निरीक्षण बुधबार, चैत ४, २०८२
‘वुमन इन स्पोर्ट्स कन्क्लेभ’ सम्पन्न
‘वुमन इन स्पोर्ट्स कन्क्लेभ’ सम्पन्न आइतबार, चैत १, २०८२
Navodit College Navodit College
ताजा समाचार
प्रदीप र आयुशमान सेमिफाइनलमा
प्रदीप र आयुशमान सेमिफाइनलमा खेलकुद मञ्‍च
पदक विजेता बिच कबड्डी टोलीको स्वागत
पदक विजेता बिच कबड्डी टोलीको स्वागत खेलकुद मञ्‍च
चाँगुनारायण राष्ट्रिय ट्रेल रन वैशाख १९ गते शनिबार हुने
चाँगुनारायण राष्ट्रिय ट्रेल रन वैशाख १९ गते शनिबार हुने खेलकुद मञ्‍च
लैनचौर तेक्वान्दो डोजाङ टिम च्याम्पियन
लैनचौर तेक्वान्दो डोजाङ टिम च्याम्पियन खेलकुद मञ्‍च
लिग २ मा नेपालको छैटौं जित, युएई ३७ रनले पराजित
लिग २ मा नेपालको छैटौं जित, युएई ३७ रनले पराजित खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
तार्केश्वर नगरपालिका लगातार तेश्रोपटक च्याम्पियन
तार्केश्वर नगरपालिका लगातार तेश्रोपटक च्याम्पियन
लैनचौर तेक्वान्दो डोजाङ टिम च्याम्पियन
लैनचौर तेक्वान्दो डोजाङ टिम च्याम्पियन
ऐतिहासिक पदक विजेता चन्द्र सम्मानित
ऐतिहासिक पदक विजेता चन्द्र सम्मानित
उमा कुङफुले मनायो विश्व ताइची तथा छिगोङ दिवस
उमा कुङफुले मनायो विश्व ताइची तथा छिगोङ दिवस
नागर्जुन र ज्ञानसंस्कारलाई उपाधि
नागर्जुन र ज्ञानसंस्कारलाई उपाधि
ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ – मन्त्री पोखरेल
ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ – मन्त्री पोखरेल
राष्ट्रिय आईटीएफ तेक्वान्दो भोलिदेखि
राष्ट्रिय आईटीएफ तेक्वान्दो भोलिदेखि
भारत, पाकिस्तान र श्रीलंका विजयी
भारत, पाकिस्तान र श्रीलंका विजयी
राजन र सन्तोषीलाई कान्तिपुर हाफ म्याराथनको उपाधि
राजन र सन्तोषीलाई कान्तिपुर हाफ म्याराथनको उपाधि
आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिसको सेमीफाइनल समीकरण पूरा
आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिसको सेमीफाइनल समीकरण पूरा
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
चाँगुनारायण राष्ट्रिय ट्रेल रन वैशाख १९ गते शनिबार हुने
चाँगुनारायण राष्ट्रिय ट्रेल रन वैशाख १९ गते शनिबार हुने बुधबार, वैशाख १६, २०८३
पदक विजेता बिच कबड्डी टोलीको स्वागत
पदक विजेता बिच कबड्डी टोलीको स्वागत बुधबार, वैशाख १६, २०८३
प्रदीप र आयुशमान सेमिफाइनलमा
प्रदीप र आयुशमान सेमिफाइनलमा बुधबार, वैशाख १६, २०८३
Photo Gallery
आर्मीले जित्याे पिएम कपकाे उपाधि
आर्मीले जित्याे पिएम कपकाे उपाधि शुक्रबार, वैशाख ४, २०८३
एरिका गुरुङ तमु धीको सद्भावना दूत
एरिका गुरुङ तमु धीको सद्भावना दूत सोमबार, चैत ९, २०८२
भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि
भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि शुक्रबार, चैत ६, २०८२
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्