Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
Alishan Furniture World Alishan Furniture World
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Reliance International Academy Reliance International Academy
The Times International College The Times International College
राखेप/एनओसी
  • Home
  • राखेप/एनओसी
  • एकेडेमी स्थापनाका लागि एन्फा र पुलिस स्कुलबीच सम्झौता
एकेडेमी स्थापनाका लागि एन्फा र पुलिस स्कुलबीच सम्झौता
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च 2077-10-5
Chelsea World School Chelsea World School

काठमाडौं, माघ ५ । नेपाल पुलिस स्कुल र अखिल नेपाल फुटबल एशोसियसन (एन्फा)बीच ‘नेपाल पुलिस स्कुल फुटबल एकेडेमी’ स्थापनार्थ दुबै पक्षबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक कार्यक्रमबीच नेपाल पुलिस स्कुल साँगा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रहरी अतिरिक्त महानिरीक्षक निरजबहादुर शाही र एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।

कार्यक्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले धन्यवाद ज्ञापन गर्दै नेपाल पुलिस स्कुललाई सहकार्यका लागि एन्फाले छनोट गरेको प्रति आभार प्रकट गरे । समझदारीपत्रमा व्यक्त प्रतिबद्धतालाई कार्यान्वयनमा ल्याउन दुवै पक्ष गम्भीरतापूर्वक लाग्ने विश्वास व्यक्त गर्दै कार्यान्वयनको चरणमा लैजानका लागि संगठनको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता उनले गरे ।

फुटबलको विकासमा योगदान पुर्याउन थप अभिभारा आएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले यसलाई सकारात्मक रुपमा लिई आफ्नो भूमिका निर्वाह गर्ने वचनबद्धता व्यक्त गरे । नेपाल पुलिस स्कुल फुटबल एकेडेमीको स्थापनाले पुलिस स्कुलको उत्कृष्ट फुटबल खेल हेर्न पाइने अभिलाषा पूरा हुने विश्वास उनले व्यक्त गरे ।

उक्त अवसरमा एन्फाका अध्यक्ष शेर्पाले नेपाल प्रहरीको गौरवमय इतिहासमा थप नयाँ कामको थालनीमा सहभागी भई सँगसँगै जान पाउँदा खुसी र गौरवान्वित भएको बताए । नेपाल प्रहरीको खेलकुद विकासको लागि समझदारीपत्र अनुसार सहयोग गर्न एन्फा सदैव तत्पर रहने प्रतिबद्धता उनले व्यक्त गरे ।

नेपाल पुलिस स्कुल साँगाको जुनियर कक्षामा अध्ययनरत १३ वर्ष मुनीका विद्यार्थीहरुको शैक्षिकस्तर सँगसँगै खेलकुद क्षेत्रमा व्यवस्थित तवरले विद्यार्थीको समग्र व्यक्तित्व विकासको आवश्यकता महसुस भई एन्फाको सहयोग एवं सहकार्यमा नेपाल पुलिस स्कुल साँगा, काभ्रेमा ‘नेपाल पुलिस स्कुल फुटबल एकेडेमी’ को स्थापना गर्न लागिएको हो ।

एकेडेमीको स्थापना पश्चात् नेपाल प्रहरीको प्रतिनिधित्व गर्ने नेपाल पुलिस क्लवले ए.एफ.सी. कप क्लब लाइसेन्सको लागि तोकिएको मापदण्डमध्ये अधिकांश मापदण्डहरु पूरा भई लाइसेन्स प्राप्त गर्न सहज हुने र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा सहभागी हुन पाउने अवसर प्राप्त हुनेछ । साथै एन्फा, नेपाल पुलिस स्कुल, नेपाल पुलिस क्लव तथा अभिभावकबीच सुमधुर एवं प्रगाढ सम्बन्ध विकास हुने जनाइएको छ ।

एकेडेमी स्थापनापछि समग्र व्यवस्थापनको लागि गठन हुने संचालक समितिले खेलाडीको छनोट एकेडेमीको नीति निर्माण, व्यवस्थापन, सुपरिवेक्षण एवं नियन्त्रण सम्बन्धि प्रमुख जिम्मेवारी निर्वाह गर्ने बताइएको छ ।

नेपाल पुलिस स्कुल साँगाका कमाण्डेन्ट प्रहरी नायव उपरीक्षक सूर्य बहादुर खड्काले स्वागत मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, चेयरम्यान लिग कमिटिका अध्यक्ष पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा, प्रहरी नायव महानिरीक्षकहरु, एन्फाका पदाधिकारीहरु, नेपाल पुलिस स्कुल साँगाका प्रिन्सिपल लगायतका पदाधिकारीहरु एवं वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: सोमबार, माघ ५, २०७७  २२:०१
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Subisu Subisu
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप राखेप/एनओसी
अन्तरविद्यालय पौडी सुरु, दुई सय ५० खेलाडी सहभागी
अन्तरविद्यालय पौडी सुरु, दुई सय ५० खेलाडी सहभागी आइतबार, साउन १२, २०८२
टेनिस नेतृत्वमा मनोहरदास मुल निर्विरोध
टेनिस नेतृत्वमा मनोहरदास मुल निर्विरोध आइतबार, साउन १२, २०८२
२२औँ पल्सर स्पोर्ट्स अवार्ड भदौको अन्तिम साता पोखरामा हुने
२२औँ पल्सर स्पोर्ट्स अवार्ड भदौको अन्तिम साता पोखरामा हुने शनिबार, साउन ११, २०८२
विश्व एक्वेटिक्समा चार पौडी खेलाडी
विश्व एक्वेटिक्समा चार पौडी खेलाडी शनिबार, साउन ११, २०८२
केदारमानले जिते विश्व स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेसमा स्वर्ण
केदारमानले जिते विश्व स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेसमा स्वर्ण बुधबार, साउन ८, २०८२
राष्ट्रलाई खुशी बनाउने योजना मिसन-२०२६  हो: सदस्य-सचिव घिसिङ
राष्ट्रलाई खुशी बनाउने योजना मिसन-२०२६ हो: सदस्य-सचिव घिसिङ बुधबार, साउन ८, २०८२
विश्व स्ट्रेन्थलिफ्टिङमा सहभागीका लागि केदारमान थाइल्यान्ड जाने
विश्व स्ट्रेन्थलिफ्टिङमा सहभागीका लागि केदारमान थाइल्यान्ड जाने सोमबार, असार ३०, २०८२
Navodit College Navodit College
ताजा समाचार
टोखा र तारकेश्वर शाखाको ब्ल्याक बेल्ट ग्रेडिङ
टोखा र तारकेश्वर शाखाको ब्ल्याक बेल्ट ग्रेडिङ खेलकुद मञ्‍च
एथलेटिक्स परिवार नेपालले मनायो चौथो बार्षिकोत्सव
एथलेटिक्स परिवार नेपालले मनायो चौथो बार्षिकोत्सव खेलकुद मञ्‍च
नेपाली यु-२० महिला रग्बी टोली घोषणा
नेपाली यु-२० महिला रग्बी टोली घोषणा खेलकुद मञ्‍च
एसियन कुराशमा प्रशान्तलाई कांस्य
एसियन कुराशमा प्रशान्तलाई कांस्य खेलकुद मञ्‍च
पौडीमा जेम्स स्कुल च्याम्पियन
पौडीमा जेम्स स्कुल च्याम्पियन खेलकुद मञ्‍च
Notice
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
खेलुकद परिषदद्वारा खेलाडी प्रोत्साहन पुरस्कार वितरण
खेलुकद परिषदद्वारा खेलाडी प्रोत्साहन पुरस्कार वितरण खेलकुद मञ्‍च
नेपाल सितोरियो कराते संघको स्पोर्ट डाटा बेश तथा वेभसाईटको उद्घाटन कार्यक्रम
नेपाल सितोरियो कराते संघको स्पोर्ट डाटा बेश तथा वेभसाईटको उद्घाटन कार्यक्रम खेलकुद मञ्‍च
भारोत्तोलन राष्ट्रिय च्याम्पियनसिप
भारोत्तोलन राष्ट्रिय च्याम्पियनसिप खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
नेपाललाई विश्व बुदो मार्सल आर्ट्समा ८ स्वर्णसहित १० पदक
नेपाललाई विश्व बुदो मार्सल आर्ट्समा ८ स्वर्णसहित १० पदक
भारोत्तोलनको नेतृत्वमा कानन चौधरी निर्विरोध चयन
भारोत्तोलनको नेतृत्वमा कानन चौधरी निर्विरोध चयन
फ्रिस्टाइल किक बक्सिङको चार दिने सेमिनार साउन १७ देखि
फ्रिस्टाइल किक बक्सिङको चार दिने सेमिनार साउन १७ देखि
आठौं रिएले कप साउन २४ गतेदेखि
आठौं रिएले कप साउन २४ गतेदेखि
एथलेटिक्समा शाह निर्विरोध
एथलेटिक्समा शाह निर्विरोध
पीएसजीलाई हराउँदै चेल्सीले जित्यो क्लब विश्वकपको उपाधि
पीएसजीलाई हराउँदै चेल्सीले जित्यो क्लब विश्वकपको उपाधि
आरआर स्ववियु कप-२०८२ भदौमा हुँदै 
आरआर स्ववियु कप-२०८२ भदौमा हुँदै 
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
फाईभ ए साईड इन्डोर हक्कीमा आर्मी च्याम्पियन
फाईभ ए साईड इन्डोर हक्कीमा आर्मी च्याम्पियन
एसीसी यु–१६ क्रिकेट टोलीलाई राष्ट्रपतिको बधाई  
एसीसी यु–१६ क्रिकेट टोलीलाई राष्ट्रपतिको बधाई  
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
तेक्वान्दोका अशोकसहित चार खेलकर्मी सम्मानित
तेक्वान्दोका अशोकसहित चार खेलकर्मी सम्मानित आइतबार, साउन १९, २०८२
एसियाली पारा तेक्वान्दोमा पलेशालाई कांस्य
एसियाली पारा तेक्वान्दोमा पलेशालाई कांस्य आइतबार, साउन १९, २०८२
एभरेष्ट म्याराथन एम्समा आवद्ध
एभरेष्ट म्याराथन एम्समा आवद्ध आइतबार, साउन १९, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2025 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्