Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
राखेप/एनओसी
  • Home
  • राखेप/एनओसी
  • खेलाडी संघद्वारा राखेपका सदस्य–सचिवलाई ध्यानाकर्षण तथा सुझाव पत्र
खेलाडी संघद्वारा राखेपका सदस्य–सचिवलाई ध्यानाकर्षण तथा सुझाव पत्र
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च 2078-8-23
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

राखेपका सदस्य–सचिवलाई खेलाडी संघले बुझायो ध्यानाकर्षण तथा सुझाव पत्र
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिवलाई नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले ध्यानाकर्षण तथा सुझाव पत्र बुझाएको छ । संघका अनुसार नेपालको सम्पूर्ण खेल क्षेत्रको विकासको लागि संघले राखेपका सदस्य–सचिव टकं लाल घिसिङलाई सुझाव पत्र बुझाएको हो ।

राखेपका सदस्य–सचिवलाई नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले हस्तान्तरण गरेको ध्यानाकर्षण र सुझाव पत्र :—

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ नेपाली खेलाडीको साझा संस्था हो । २०६० सालमा स्थापना भएको संघ मुख्यतः खेलाडीको हकहित संरक्षण गर्न र उनीहरुको स्तर उन्नतीका लागि पहल गर्न गठन भएको संस्था हो । संघले डेढ दशक लामो यात्रा पूरा गर्ने क्रममा खेलाडीका लागि केही उदाहरणीय कार्य गरेको जानकारी गराउन पाउँदा हामीलाई गर्व लाग्छ ।

खेलाडीको मुख्य काम खेल्ने र देशको प्रतिष्ठा बढाउन मद्दत गर्ने नै हो । खेलाडीले सिमित साधान श्रोतका वावजुद आफ्नोतर्फबाट देशको प्रतिष्ठा बढाउनका लागि हर सम्भव प्रयास गरिरहेको सबैमा जानकारी भएको विषय नै हो । अन्तर्राष्ट्रिय अवस्थालाई हेर्ने हो भने खेलकुद व्यवसायिक रुपमा निकै अघि बढिसकेको छ। तर, दुर्भाग्य भन्नुपर्छ औपचारिक रुपमै नेपालमा खेलकुद सुरु भएको झन्डै ७० बर्ष हुन लाग्दा पनि नेपालमा खेलकुद व्यवसायिक बन्न सकेको छैन । फुटबल, क्रिकेट जस्ता खेललाई व्यवसायिक बनाउन सम्बन्धित संघले पहल गरेपनि त्यो सिमित मात्रामा छ । तर, दुःखका साथ भन्नै पर्छ राष्ट्रतर्फबाट खेललाई व्यवसायिक बनाउन ठोस कदम चालिएको छैन ।

देशको खेलकुदलाई व्यवसायिक नबनाउने हो भने आउने दिनमा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्न निकै कठिनाइ हुनेछ । त्यति मात्र होइन स्वदेश भित्र पनि खेलप्रति युवा र अविभावकको आकर्षण कम हुँदै जाने खतरा छ । संघ नव नियुक्त सदस्य सचिव टकं लाल घिसिङज्यूलाई स्वागत गर्दछौं ।

साथै, यहाँले पद बहाली भएदेखि नै राष्ट्रिय टीम तयारी र खेलाडी बीमाको बिषयलाई प्राथमिकतामा राख्नुभएको प्रति खेलाडी संघ तथा सम्पूर्ण खेलाडीहरुको तर्फबाट आभार प्रकट गर्दै यहाँको सुखद कार्यकालको कामना गर्दछ । यहाँको नेतृत्वमा नेपाली खेलकुद व्यवसायिक रुपमा अघि बढोस भन्ने कामना पनि संघ गर्दछ ।

नेपाली खेलकुद वर्तमान अवस्थाबाट प्रगति उन्मुखतिर जान नयाँ सोचका साथ अघि बढ्न अत्यन्त आवश्यक छ । त्यसलाई मध्यनजर गर्दै संघ तत्काल गर्न सकिने र प्राथमिकतामा राख्नु पर्ने विषयलाई बुँदागत रुपमा सदस्य सचिवको ध्यानाकर्षण गराउन चाहन्छ ।

१) खेलाडीले आफ्नो जीवनको अधिक समय प्रशिक्षणमा विताउनुपर्ने हुन्छ। जसका कारण अध्ययन पनि राम्ररी पूरा गर्न नसकेको थुप्रै उदाहरण छन् । राष्ट्रको प्रतिष्ठा बढाउनका लागि आफ्नो उर्वर समय खर्च गर्ने खेलाडीले खेल्न छाडेपछि आर्थिक रुपमा पनि निकै कठिनाई भोग्नु परेको उदाहरण हाम्रा सामू छन्। त्यसको न्युनिकरणका लागि खेलाडी र पूर्व खेलाडीलाई सरकारले सामाजिक सुरक्षा (शिक्षा, स्वास्थ्य, वीमा, यातायात, भत्ता) व्यवस्था गर्नुपर्ने हुन्छ। अन्थया नयाँ पुस्तालाई खेल क्षेत्रमा आकर्षित गर्न कठिन हुन्छ। जिल्ला, क्षेत्र, राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलाडी, पदक विजेता खेलाडीहरुको परिचय पत्रसहित सबैका लागि सामाजिक सुरक्षामा के कति व्यवस्था गर्न सकिन्छ त्यसको बर्गीकरण गरी नीति नै बनाउनुपर्ने आवश्यकता देखिन्छ ।

२) दक्षिण एसियाली खेलकुद (साग)मा पदक विजेता खेलाडीलाई नगद पुरस्कार दिने नियमावली छ। त्यो तत्कालका लागि उपयुक्त छ । तर, विगतमा सागमा एकपटक, दुईपटक, तीनपटकसम्म पदक जित्ने खेलाडीका लागि सरकारले के गर्न सकिन्छ भन्नेमा पनि सोच्नु पर्ने अवस्था छ । खेल जीवनपछि ती खेलाडीले खेल क्षेत्रलाई आफ्नो अनुभव साट्ने थलोको रुपमा प्रयोग गर्न उनीहरुलाई उचित जिम्मेवारी दिने परम्पराको थालनी गर्न आवश्यक छ। अन्यथा, विगतमा जस्तै खेल जीवन पछि त्यस्ता खेलाडी विदिशिएका थ्रुपै उदाहरण छन् । खेल जीवन पछि पनि स्वदेशमै बस्ने वातावरण बनाउन सरकारले नीतिगत पहल गर्न आवश्यक छ ।

३) साग खेलका स्वर्ण पदक विजेता खेलाडी, एसियन गेम्स्मा पदक प्राप्त गरेका खेलाडी एवं ओलम्पियन खेलाडीहरुलाई दिदैं आइरहेको आजिवन प्रोत्साहन भत्तालाई निरन्तरता दिदैं आइरहेको छ । तर कार्यविधि पारित नहुँदा खेलाडीहरुले पटक पटक प्रोत्साहन भँत्ताको लागि सम्बन्धित निकायमा धाउनु पर्ने अवस्था छ । त्यसैले कार्यविधि पारित गराउन यहाँबाट पहल गरिदिनु हुन हार्दिक अनुरोध छ । साथै खेलाडीहरुको प्रोत्साहन स्वरुप सागमा रजत र कास्य पदक विजेता खेलाडीहरुलाई पनि भत्ताको व्यवस्था गर्नुपर्ने।

४) विगतमा दक्षिण एसियाली खेलकुदमा स्वर्ण, एसियाली खृलकुदमा पदक प्राप्त खेलाडीहरुको भविश्य सुनिश्चिताका लागि प्रोत्साहन स्वरुप राज्यले खेलकुद मै रोजगारीको ब्यवस्था गरेको थियो । १२औं साग पश्चात उक्त ब्यवस्था हटाइएकोमा उक्त ब्यवस्थालाई फेरी निरन्तरता गर्न माग गर्दछौं ।

५) राष्ट्रिय खेलाडी कल्याण कोषमा हाल १ करोड ४० लाख रुपैयाँ रहेको जानकारी गराउँछौं। खेलाडी कल्याणकारी कोष, शुरुमा १ करोड रकमले स्थापना भएको थियो। त्यस पश्चात २ वर्षसम्म प्रत्येक वर्ष १०–१० लाख रकम कोषमा थप हुने गरी अर्थ मन्त्रालयबाट विनियोजन भएकोमा केही वर्षदेखि कोषमा नियमित रुपमा रकम थप गर्दै जाने कार्य रोकिएको अवगत गराउन चाहन्छौं । तसर्थ उक्त कल्याण कोषलाई मजबुत बनाउन हरेक वर्ष २० लाखको दरले कोषमा रकम थप गर्दै जाने प्रक्रियाको आवश्यक पहल गर्न संघको अनुरोध रहेको छ ।

६) राष्ट्रिय कल्याणकारी कोष, २०६८ को कार्यविधि अनुसार विरामी, घाइते तथा अशक्त खेलाडीहरुलाई आंशिक रुपमा राहत प्रदान गर्दै आइरहेको छ । खेलकुद ऐन, २०७७ मा राष्ट्रिय खेलाडी कल्याणकारी कोषको सत्तामा खेलाडी कल्याणकारी कोष मात्र उल्लेख भएको छ । उक्त ब्यवस्था अनुसार कुन स्तरका खेलाडीहरुले सो कोषबाट सेवा सुविधा प्राप्त गर्ने भन्ने स्पष्ट नहुनुका साथै कोष संचालन प्रभावकारी नहुने देखिन्छ । तसर्थ ऐनमा उल्लेख भएको खेलाडी कल्याणकारी कोषलाई राष्ट्रिय खेलाडी कल्याण्कारी कोष नै नामाकरण गरी प्रभाबकारी रुपमा संचालन भइरहेको राष्ट्रिय कल्याणकारी कोष, २०६८ को कार्यविधिलाई निरन्तरता दिनुपर्ने माग गर्दछ ।

देशभरका सम्पूर्ण खेलाडीहरुको छाता संगठन नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ यी सबै राय सुझावहरु तत्काल सम्बोधनका लागि सम्बन्धित निकायमा अनुरोध गर्न चाहन्छ ।

— शिवसुन्दर गोथे(महा–सचिव), दीपक श्रेष्ठ(अध्यक्ष)


प्रकाशित मिति: बिहीबार, मंसिर २३, २०७८  ०९:१२
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप राखेप/एनओसी
प्रधानमन्त्रीसंग राखेपको छलफल
प्रधानमन्त्रीसंग राखेपको छलफल सोमबार, माघ २७, २०८२
नेपाल ओलम्पिक कमिटीको २१ औं साधारण सभा सम्पन्न
नेपाल ओलम्पिक कमिटीको २१ औं साधारण सभा सम्पन्न सोमबार, पुस १४, २०८२
राखेपको १२४औं बोर्ड बैठक सम्पन्न
राखेपको १२४औं बोर्ड बैठक सम्पन्न बुधबार, पुस ९, २०८२
पारा तेक्वान्दोमा कास्य विजेता रेनुलाई राखेपको बधाई
पारा तेक्वान्दोमा कास्य विजेता रेनुलाई राखेपको बधाई मंगलबार, पुस ८, २०८२
पावरलिफ्टिङका खेलाडीहरु सम्मानित
पावरलिफ्टिङका खेलाडीहरु सम्मानित बुधबार, मंसिर २५, २०८२
सदस्य सचिव र विश्व एन्टी डोपीङ डाइरेक्टरबीच भेट
सदस्य सचिव र विश्व एन्टी डोपीङ डाइरेक्टरबीच भेट मंगलबार, मंसिर २४, २०८२
राखेप सदस्यसचिव रामचरित्रले गरे पदभार ग्रहण
राखेप सदस्यसचिव रामचरित्रले गरे पदभार ग्रहण शुक्रबार, मंसिर २०, २०८२
Navodit College Navodit College
ताजा समाचार
वैष्णवी र माउन्ट ओलिभ फाइनलमा
वैष्णवी र माउन्ट ओलिभ फाइनलमा खेलकुद मञ्‍च
आयोजक तेजस्वी क्वाटरफाइनलमा
आयोजक तेजस्वी क्वाटरफाइनलमा खेलकुद मञ्‍च
काष्ठमण्डपलाई फुटसल उपाधि
काष्ठमण्डपलाई फुटसल उपाधि खेलकुद मञ्‍च
मिल्सबेरी इन्टर–ए लेभल बास्केटबलमा माल्पी च्याम्पियन
मिल्सबेरी इन्टर–ए लेभल बास्केटबलमा माल्पी च्याम्पियन खेलकुद मञ्‍च
विद्यावाणीलाई अर्किड कपको उपाधि
विद्यावाणीलाई अर्किड कपको उपाधि खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
गण्डकीको दोहोरो जित
गण्डकीको दोहोरो जित
सुदूरपश्चिमलाई दोश्रो राष्ट्रिय हक्कीको उपाधि
सुदूरपश्चिमलाई दोश्रो राष्ट्रिय हक्कीको उपाधि
मिल्सबेरी इन्टर–ए लेभल बास्केटबलमा माल्पी च्याम्पियन
मिल्सबेरी इन्टर–ए लेभल बास्केटबलमा माल्पी च्याम्पियन
एनकेएल दोस्रो सिजन जेठमा हुने
एनकेएल दोस्रो सिजन जेठमा हुने
मानसिंह र बेलमोन्टको विजयी सुरुआत
मानसिंह र बेलमोन्टको विजयी सुरुआत
भ्याली पब्लिक र ह्वाइट हेभेनको जित
भ्याली पब्लिक र ह्वाइट हेभेनको जित
खुम्बु र आमादब्लाको जित
खुम्बु र आमादब्लाको जित
गेटवेलाई क्याम्ब्रिज फुटसल उपाधि
गेटवेलाई क्याम्ब्रिज फुटसल उपाधि
एन्जीलालाई मनास्लुको सम्मान
एन्जीलालाई मनास्लुको सम्मान
झिल्टुङ क्रस कन्ट्री दौडमा अर्जुन र फुलमति पहिलो
झिल्टुङ क्रस कन्ट्री दौडमा अर्जुन र फुलमति पहिलो
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
मिल्सबेरी इन्टर–ए लेभल बास्केटबलमा माल्पी च्याम्पियन
मिल्सबेरी इन्टर–ए लेभल बास्केटबलमा माल्पी च्याम्पियन आइतबार, फागुन १०, २०८२
मानसिंह र बेलमोन्टको विजयी सुरुआत
मानसिंह र बेलमोन्टको विजयी सुरुआत आइतबार, फागुन १०, २०८२
काष्ठमण्डपको दुवै टोली सेमिफाइनलमा
काष्ठमण्डपको दुवै टोली सेमिफाइनलमा आइतबार, फागुन १०, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्