Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
Hotel Nova Nook Hotel Nova Nook
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Reliance International Academy Reliance International Academy
The Times International College The Times International College
राखेप/एनओसी
  • Home
  • राखेप/एनओसी
  • अब दौडिन्छ कर्णाली
अब दौडिन्छ कर्णाली
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च 2079-3-4
Chelsea World School Chelsea World School

सुर्खेत । कर्णाली एथलेटिक्समा अपार सम्भावना बोकेको क्षेत्र हो । पहाडी र उच्च हिमाली क्षेत्रले धेरै भु–भाग ओगटेकोले हाइ अल्टच्युट प्रतियोगिताहरु आयोजनाका लागि कर्णाली लोकप्रिय ठाउँमा पर्छ । तर कर्णालीमा एथलेटिक्स प्रतियोगिताहरु कमै हुने गरेका छन् ।

अझ त्यसमा म्याराथन त झन न्यून मात्रमा हुने गर्छ । प्रतिभाको खानी भएको प्रदेशको रुपमा लिइन्छ कर्णालीलाई । त्यसको उदाहरण हुन काठमाडौंमा भएको १३औं सागमा रजत पदक जित्ने पुष्पा भण्डारी । भण्डारीले सल्यानबाट आफनो करियरको सुरुआत गरेकी थिइन । कर्णालीलाई अन्तरराष्ट्रिय माझ चिनाउने प्रतिभाको सूचीमा धेरैको नाम आउने गर्छ । त्यसको अग्रपंक्तिमा पर्छन् कर्णालीका हिरा उपनाम पाएका हरि बहादुर रोकाय । रोकायले सिकाएकी चेली विश्व रुपा बुढाले पनि अन्तरराष्ट्रिय भूमिमा नेपालको प्रतिनिधित्व गरिसकेकी छिन । बुढा जस्तो थुप्रै खेलाडीले देशको राष्ट्रिय जर्सीमा प्रतियोगिता खेलिसकेका छन ।

कर्णालीले आफनै मिहिनेतले हरेक वर्ष प्रतिभावान खेलाडी उत्पादन गर्ने गरेको छ । तर कर्णालीमा कमै मात्र प्रतियोगिता हुने गर्छन् । प्रतिभावान खेलाडी भएर पनि प्रतियोगिताको कमी भएको आभास हुन्छ कर्णालीका सयौं खेलाडीलाई । त्यही अभावलाई मेटने प्रयासमा पहिलो पटक सुर्खेतमा प्रथम काँक्रेविहार खुला पुरुष हाफ म्याराथन तथा छात्र–छात्रा ५ किलो मिटर विद्यालयस्तरको दौड प्रतियोगिता हुँदैछ ।

शुक्रबार विरेन्द्रनगरमा प्रतियोगिताको अन्तिम तयारी बारे जानकारी गराउने उद्देश्यले आयोजना गरिएको पत्रकार सम्मेलनमा आयोजकले प्रतियोगितालाई कर्णालीको भविष्यसँग जोडिएको बताएका छन । कर्णाली दोडिन्छ भन्ने नाराका साथ मंगलबार हुने प्रतियोगितामा देशभरका खेलाडीहरुको सहभागिता हुनेछ ।

कर्णाली प्रदेश खेलकुद विकास परिषदको समन्वय र मिड वेष्टन फिटनेस सेन्टर सुर्खेतको आयोजनामा हुने लागेको म्याराथन र ५ किलोमिटर दौडमा करिब १ हजार धावकको सहभागिता रहने रेस डाइरेक्टर बिक्रम जंग थापाले बताए । हाफ म्याराथनमा २ सय र विद्यालय स्तरको दौडमा ८ सय भन्दा बढिले प्रतिस्पर्धा गर्ने थापाले बताए । जुन नेपालमा हुने म्याराथनमा सर्वाधिक सहभागितामा पर्ने थापाले पत्रकार सम्मेलनमा बताए ।

आयोजक मिड वेष्टन फिटनेस सेन्टर संस्थापक एवम् कर्णाली प्रदेश खेलकुद विकास परिषद उपाध्यक्ष प्रमोद हमाल कर्णालीमा म्याराथनको स्तर र पर्यटन प्रवद्र्धनमा प्रतियोगिताले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँछन । उनले भने हामी निकै उत्साही छौं । सुर्खेतमा पहिलो पटक हाफ म्याराथन हुँदैछ । खेलकुद देशको प्रतिष्ठासँग मात्र जोडिएको हुँदैन । आयोजना गर्ने स्थानको पहिचान र त्यस क्षेत्रको आर्थिक विकाससँग पनि जोडिएको हुन्छ ।

सुर्खेतलाई चिनाउने एउटा उत्कृष्ट इभेन्ट्स हो, म्याराथन । छोटो समयको तयारीले प्रतियोगिता गर्दा थुप्रै चुनौति भएपनि त्यसलाई समाधान गर्दै अगाडी बढिरहेको बताउँछन हमाल । उनले प्रतियोगिता स्थानीयहरुको सहभागिता र सहकार्यलाई जोड दिएको बताए । निजी क्षेत्रसँग हातेमालो गरेर अगाडी बढने प्रयास गरेका छौं । तर पहिलो पटक भएर होला सोचे जस्तो सहकार्य हुन सकेको छैन । आगामी संस्करणमा आम कर्णालीवासीलाई सहकार्यका लागि आग्रह गर्दछु ।

कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव विश्वमित्र सन्ज्याल काँक्रेविहार खुला पुरुष म्याराथन र स्कुलस्तरीय ५ किलोमिटर दौडले समग्र कर्णालीको खेलकुद गतिविधिलाई बढाउन उर्जा थप्ने बताउँछन । उनले भने‚ ‘कर्णालीले खेलकुद क्षेत्रमा अन्तरराष्ट्रियस्तरमा नेपालको पहिचानलाई बढाएको छ । कर्णाली पुर्वाधारमा कमजोर र प्रतिभा धेरै भएको ठाँउका रुपमा चिनिन्छ । तर अब त्यो परिवेशमा परिवर्तन हुँदैछ । हामी प्रतिभामात्र होइन ठुला प्रतियोगिता पनि गर्न सक्छौं भन्ने सन्देश दिन चाहँन्छौं । पछिल्लो समय कर्णालीले १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको तयारी गरिरहेको बेला पुर्वाधार निर्माण निकै फड्को मारिरहेको छ ।’

सुर्खेत जिल्ला एथ्लेटिक्स संघको प्राविधिक सहयोग रहेको प्रतियोगिता आयोजनाका लागि करिब १२ लाख ६० हजार बजेट आवश्यक पर्ने आयोजकले बताएको छ । त्यसमा कर्णाली प्रदेश खेकलुद परिषदले ६ लाख रकम सहयोग गरेको छ । अन्य अपुग रकम आयोजकले निजीस्तरबाट जुटाउने प्रयास गरिने भएको छ । म्याराथनका रेस डिरेक्टर विक्रम जंग थापाले कर्णालीमा हुन लागेको म्याराथनले कर्णाली क्षेत्रको एथलेटिक्स विकासमा नयाँ उचाई थप्ने विश्वास व्यक्त गरे । उनले भने म्याराथन गर्न सहज छैन । सुर्खेतका साथीहरुले आट गर्नु भएको छ । यसको प्रत्यक्ष फाइदा यस क्षेत्रका खेलाडीले लिनेछ । भविष्यमा कर्णालीका अरु थुप्रै खेलाडीलाई पदक जित्न यसले सहयोग गर्नेछ ।

प्रतियोगिता अन्तर्गत हाफ म्याराथन तर्फको विजेताले ७१ हजार‚ दोस्रोले ४१ हजार‚ तेस्रोले ३१ हजार‚ चौथोले २० हजार‚ पाँचौले १५ हजार र छैटौंले १० हजार रुपैयाँ पाउनेछन । विद्यालय तर्फको ५ किलोमिटर विजेता छात्र–छात्राले समान रुपमा १० हजार‚ दोस्रोले ७ हजार र तेस्रोले ५ हजार पाउनेछन । प्रतियोगिताको रुट विरेन्द्र चौक रहेको छ । विरेन्द्र चौकबाट सुरु हुने म्याराथन बुलबुले‚ एयरपोर्ट चोक‚ पिपिरा चौक‚ धुलियाविट चोक‚ सुब्बा कुना हुँदैं फर्किएर बधशाला‚ हिलेखाली पुल‚ बाङगेसिमल‚ खोर्केखोला पुल हुँद पुन विरेन्द्र चौकमा आएर समापनि हुनेछ ।

- कमल खत्री, सुर्खेत


प्रकाशित मिति: शनिबार, असार ४, २०७९  १२:०६
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Subisu Subisu
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप राखेप/एनओसी
अन्तरविद्यालय पौडी सुरु, दुई सय ५० खेलाडी सहभागी
अन्तरविद्यालय पौडी सुरु, दुई सय ५० खेलाडी सहभागी आइतबार, साउन १२, २०८२
टेनिस नेतृत्वमा मनोहरदास मुल निर्विरोध
टेनिस नेतृत्वमा मनोहरदास मुल निर्विरोध आइतबार, साउन १२, २०८२
२२औँ पल्सर स्पोर्ट्स अवार्ड भदौको अन्तिम साता पोखरामा हुने
२२औँ पल्सर स्पोर्ट्स अवार्ड भदौको अन्तिम साता पोखरामा हुने शनिबार, साउन ११, २०८२
विश्व एक्वेटिक्समा चार पौडी खेलाडी
विश्व एक्वेटिक्समा चार पौडी खेलाडी शनिबार, साउन ११, २०८२
केदारमानले जिते विश्व स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेसमा स्वर्ण
केदारमानले जिते विश्व स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेसमा स्वर्ण बुधबार, साउन ८, २०८२
राष्ट्रलाई खुशी बनाउने योजना मिसन-२०२६  हो: सदस्य-सचिव घिसिङ
राष्ट्रलाई खुशी बनाउने योजना मिसन-२०२६ हो: सदस्य-सचिव घिसिङ बुधबार, साउन ८, २०८२
विश्व स्ट्रेन्थलिफ्टिङमा सहभागीका लागि केदारमान थाइल्यान्ड जाने
विश्व स्ट्रेन्थलिफ्टिङमा सहभागीका लागि केदारमान थाइल्यान्ड जाने सोमबार, असार ३०, २०८२
Navodit College Navodit College
ताजा समाचार
अन्तर्राष्ट्रिय तेक्वान्दोका लागि नेपाली टोली थाइल्यान्ड जाने
अन्तर्राष्ट्रिय तेक्वान्दोका लागि नेपाली टोली थाइल्यान्ड जाने खेलकुद मञ्‍च
टेनिसका मनोनित सदस्यको स्वागत
टेनिसका मनोनित सदस्यको स्वागत खेलकुद मञ्‍च
भारोत्तोलनको नेतृत्वमा कानन चौधरी निर्विरोध चयन
भारोत्तोलनको नेतृत्वमा कानन चौधरी निर्विरोध चयन खेलकुद मञ्‍च
टोखा प्याब्सनको अन्तरविद्यालय फुटसल सुरु
टोखा प्याब्सनको अन्तरविद्यालय फुटसल सुरु खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिसका लागि भारतको दुबै टोली छनोट
विश्व टिम टेबलटेनिसका लागि भारतको दुबै टोली छनोट खेलकुद मञ्‍च
Notice
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
खेलुकद परिषदद्वारा खेलाडी प्रोत्साहन पुरस्कार वितरण
खेलुकद परिषदद्वारा खेलाडी प्रोत्साहन पुरस्कार वितरण खेलकुद मञ्‍च
नेपाल सितोरियो कराते संघको स्पोर्ट डाटा बेश तथा वेभसाईटको उद्घाटन कार्यक्रम
नेपाल सितोरियो कराते संघको स्पोर्ट डाटा बेश तथा वेभसाईटको उद्घाटन कार्यक्रम खेलकुद मञ्‍च
भारोत्तोलन राष्ट्रिय च्याम्पियनसिप
भारोत्तोलन राष्ट्रिय च्याम्पियनसिप खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
आरआर स्ववियु कप-२०८२ भदौमा हुँदै 
आरआर स्ववियु कप-२०८२ भदौमा हुँदै 
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
३८औँ आईएसटीएफमा नेपाललाई दुई पदक
३८औँ आईएसटीएफमा नेपाललाई दुई पदक
विश्व एक्वेटिक्समा चार पौडी खेलाडी
विश्व एक्वेटिक्समा चार पौडी खेलाडी
एनएसपीएलका लागि खेलाडी दर्ता प्रक्रिया खुला
एनएसपीएलका लागि खेलाडी दर्ता प्रक्रिया खुला
पीएसजीलाई हराउँदै चेल्सीले जित्यो क्लब विश्वकपको उपाधि
पीएसजीलाई हराउँदै चेल्सीले जित्यो क्लब विश्वकपको उपाधि
आरआर स्ववियु कप-२०८२ भदौमा हुँदै 
आरआर स्ववियु कप-२०८२ भदौमा हुँदै 
क्याप्टेन इन्दु वर्मा युनिभर्सल कलेजको ब्राण्ड एम्बेस्डरमा नियुक्त
क्याप्टेन इन्दु वर्मा युनिभर्सल कलेजको ब्राण्ड एम्बेस्डरमा नियुक्त
फाईभ ए साईड इन्डोर हक्कीमा आर्मी च्याम्पियन
फाईभ ए साईड इन्डोर हक्कीमा आर्मी च्याम्पियन
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
आठौं रिएले कप साउन २४ गतेदेखि
आठौं रिएले कप साउन २४ गतेदेखि बिहीबार, साउन १६, २०८२
एथलेटिक्समा शाह निर्विरोध
एथलेटिक्समा शाह निर्विरोध बिहीबार, साउन १६, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2025 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्