Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
विविध खेल
  • Home
  • विविध खेल
  • कीर्तिमानसहित सद्भावलाई सूर्य नेपाल च्यालेन्ज गल्फ उपाधि
कीर्तिमानसहित सद्भावलाई सूर्य नेपाल च्यालेन्ज गल्फ उपाधि
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च 2079-12-18
Chelsea World School Chelsea World School

काठमाडौं । युवा गल्फर सद्भाव आचार्यले इतिहास रच्दै सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गतको छैटौं प्रतियोगिता सूर्य नेपाल च्यालेन्जको उपाधि जितेका छन् । प्रतियोगिताको अन्तिम दिन ४-अन्डर ६४ को उत्कृष्ट स्कोर जोड्दा समग्रमा ३-अन्डर २ सय ६९ सहित १६ वर्षीय सद्भावले उपाधि जितेका हुन् ।

सद्भावले डिफेन्डिङ च्याम्पियन भुवन नगरकोटीलाई २ स्ट्रोकले पछि पारे । सद्भाव नेपाली गल्फमा सबैभन्दा कम उमेरमा सुर्य नेपाल टुरको प्रो टाइटल जित्ने खेलाडी बनेका छन् । १६ वर्ष १० महिनाका सद्भावले नेपाल नम्बर एक एमरच्योर खेलाडी सुबाश तामाङको रेकर्ड तोडेका हुन् । सुबाशले १६ वर्ष ११ महिनाको उमेरमा प्रो टाइटल जितेका थिए । उनले सन २०१९ मा भुवनलाई नै हराउँदै सुर्य नेपाल च्यालेन्ज जितेका थिए ।

अन्तिम दिन सुरु गर्नुअघि सद्भाव लिडर रवि भन्दा चार स्ट्रोकले पछि थिए । अन्तिम दिन सद्भावले फ्रन्ट नाइन २–अन्डर ३२ को स्कोरमा सकाए । उनले दोस्रो, चौथो र आठौँ होलमा बर्डीको सफलता प्राप्त गरे । ३–पारको तेस्रो होलमा एक सट खेर फालेका सद्भावले दशौँ होलमा बोगी खेपे । तर सद्भावले १३, १६ र १७औँ होलमा बर्डी प्रहार गर्दै ब्यक नाइन २–अन्डर ३२ मा सकाएका थिए ।

यससँगै सद्भावले पहिलोपटक प्रो र एमरच्योर दुवैतर्फको उपाधि जिते । उपाधि जितेपछि खुसी बनेका सद्भावले भारतको तरूण सरदेशाई एकेडेमीको प्रशिक्षण र अभिभावकको साथले सफलता हासिल गर्न सफल भएको बताए । अन्तिम तथा चौथो दिन इभन–पार ६८ को कार्ड बनाएका प्रो–गल्फर भुवनले समग्रमा १–अन्डर २६१ को स्कोर गर्दै दोस्रो स्थानमा रहे । समग्रमा दोस्रो भए पनि भुवन प्रोतर्फ भने विजेता बने । प्रोतर्फका विजेता भुवनले एक लाख रुपैयाँ नगद पुरस्कार जिते ।

भुवनले २–अन्डर ३२ मा फ्रन्ट नाइन सकाउने क्रममा पहिलो, तेस्रो र चौथो होलमा बर्डी प्रहार गरे । पाँचौँ होलमा बोगी खेपेका भुवनले ब्याक नाइनमा लय गुमाएका थिए । उनले १०, १२, १४ र १८औँ होलमा एक–एक सट खेर फाले । भुवनले ११ र १३औँ होलमा बर्डी प्रहार गर्दै ब्याक नाइन २–ओभर ३६ को स्कोरमा सकाएका थिए ।

तेस्रो दिनका लिडर रवि खड्काले ३–ओभर ७१ को खराब प्रदर्शन गर्दै समग्रमा इभन–पार २७२ मा खेलपछि समग्रमा तेस्रो तथा  प्रोतर्फ दोस्रो स्थान हासिल गरे । रविले ६५ हजार रुपैयाँ नगद पुरस्कार जिते । पहिलो र तेस्रो दिन शीर्ष स्थानमा रहेका रविले अन्तिम दिन खराब प्रदर्शन गरे । पहिलो दोस्रो र चौथो होलमा बर्डी प्रहार गरे पनि रविले सातौँ होलमा डबल बोगी खेपेपछि लय गुमाएका थिए । आठौँ र नवौँ होलमा बोगीको सामना गर्दा रविले फ्रन्ट नाइन १–ओभर ३५ मा पुरा गरे । त्यसपछि १० र १६औँ होलमा एक–एक सट बचाए पनि १२ र १५औँ होलमा बोगी प्रहार गरेका रविले अन्तिम होलमा डबल बोगी खेपेपछि ब्याक नाइन २–ओभर ३६ को स्कोरमा सकेका थिए ।

नेपालका नम्बर एक एमरच्योर खेलाडी सुवाशले अन्तिम दिन इभन–पार ६८ को स्कोर जोडे । उनले समग्रमा ३–ओभर २७५ को स्कोरसहित चौथो स्थान हासिल गरे भने एमरच्योरतर्फ दोस्रो भए । ३–ओभर ७१ को स्कोर बनाएका दिनेश प्रजापतिले समग्रमा ५–ओभर २७७ मा प्रतियोगिता सकाए । समग्रमा पाँचौँ भएका दिनेशले प्रोमा भने तेस्रो हुदै ४६ हजार रुपैयाँ नगद पुरस्कार जिते ।

समग्रमा ८–ओभर २८० सहित भुवनकुमार रोक्का र धनबहादुर थापाले संयुक्तरुपमा छैटौँ स्थान बाँडे । भुवनले ८–ओभर ७६ को बिर्सनलायक प्रदर्शन गर्दा धनबहादुरले २–ओभर ७० मा अन्तिम १८ होलको खेल सकाए । प्रोतर्फ चौथो भएका दुवैले ३६ हजार रुपैयाँ नगदर जिते ।

भेट्रान गल्फर दीपक मगर र जयराम श्रेष्ठ समग्रमा १०–ओभर २८२ सहित संयुक्तरूपमा आठौँ भए । दीपकले ४–ओभर ७२ र जय रामले २–ओभर ७० मा अन्तिम दिनको खेल सकाए । प्रोतर्फ छैटौँ भएका दुवैले २८ हजार ५०० रुपैयाँ नगद जिते । समग्रमा ११–ओभर २८३ को स्कोर गरेका  सञ्जय लामा दशौँ भए । उनले आज ३–ओभर ७१ मा खेल सकाए । प्रोतर्फ आठौँ भएका उनले २४ हजार रुपैयाँ नगद जिते ।

प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालद्वारा आयोजित र सूर्य नेपाल प्रालिको प्रायोजनमा प्रतियोगितामा ३० प्रोफेसनल र ८ एमेच्योर गरी कुल ३८ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । कुल ५ लाख ४५ हजार नगद पुरस्कार राशीको प्रतियोगिताका विजयी खेलाडीहरुलाई सुर्य नेपाल प्रालिका मार्केटिङ भाइस प्रेसिडेन्ट दीप्रा लहिरी, पिजिए नेपालका अध्यक्ष रबिन्द्रमान श्रेष्ठ, नेपाल गल्फ संघका अध्यक्ष टासी घले र रोयल नेपाल गल्फ क्लबका अध्यक्ष मधुकर याकथुम्बाले पुरस्कार वितरण गरेका थिए ।


प्रकाशित मिति: शनिबार, चैत १८, २०७९  ०९:०४
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप विविध खेल
एसकेआईए अन्तर्राष्ट्रिय करातेमा नेपाललाई ६ स्वर्ण
एसकेआईए अन्तर्राष्ट्रिय करातेमा नेपाललाई ६ स्वर्ण मंगलबार, मंसिर १०, २०८२
यङ टेनिस स्टार्स सुरु
यङ टेनिस स्टार्स सुरु सोमबार, मंसिर ९, २०८२
देशव्यापी अन्तर वडा टेबलटेनिसको तयारी
देशव्यापी अन्तर वडा टेबलटेनिसको तयारी आइतबार, मंसिर ८, २०८२
पावर लिफ्टिङ टोलीको बिदाइ
पावर लिफ्टिङ टोलीको बिदाइ आइतबार, मंसिर ८, २०८२
एक खेल अगावै नेपाललाई रग्बी सिरिज
एक खेल अगावै नेपाललाई रग्बी सिरिज आइतबार, मंसिर ८, २०८२
नेपाल ब्यायाम मन्दिरका अन्तर्राष्ट्रिय पदक विजेतालाई डेढ लाखसम्मको पुरस्कार घोषणा
नेपाल ब्यायाम मन्दिरका अन्तर्राष्ट्रिय पदक विजेतालाई डेढ लाखसम्मको पुरस्कार घोषणा शनिबार, मंसिर ७, २०८२
श्रीलंकामा नेपाललाई ४ स्वर्णसहित ८ पदक
श्रीलंकामा नेपाललाई ४ स्वर्णसहित ८ पदक शनिबार, मंसिर ७, २०८२
Navodit College Navodit College
ताजा समाचार
एसकेआईए अन्तर्राष्ट्रिय करातेमा नेपाललाई ६ स्वर्ण
एसकेआईए अन्तर्राष्ट्रिय करातेमा नेपाललाई ६ स्वर्ण खेलकुद मञ्‍च
एचसीए युथ कप चेसमा प्रवीरको जित
एचसीए युथ कप चेसमा प्रवीरको जित खेलकुद मञ्‍च
काठमाडौँसँग लुम्बिनी २२ रनले पराजित
काठमाडौँसँग लुम्बिनी २२ रनले पराजित खेलकुद मञ्‍च
आयोजक रेडियन्ट दोहोरो उपाधिनजिक
आयोजक रेडियन्ट दोहोरो उपाधिनजिक खेलकुद मञ्‍च
विश्वकप उपविजेता दृष्टिविहीन महिला क्रिकेट टिमलाई क्यानको सम्मान
विश्वकप उपविजेता दृष्टिविहीन महिला क्रिकेट टिमलाई क्यानको सम्मान खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
रेडियन्ट कपमा स्वर्णिम र पुष्पसदन विजयी
रेडियन्ट कपमा स्वर्णिम र पुष्पसदन विजयी
पोखरालाई हराउँदै सुदूरपश्चिमको लगातार दोस्रो जित
पोखरालाई हराउँदै सुदूरपश्चिमको लगातार दोस्रो जित
हर्मितको अलराउन्डर प्रदर्शनमा सुदूरपश्चिमले काठमाण्डुलाई हरायो
हर्मितको अलराउन्डर प्रदर्शनमा सुदूरपश्चिमले काठमाण्डुलाई हरायो
चितवनले कर्णालीलाई चार विकेटले हरायो
चितवनले कर्णालीलाई चार विकेटले हरायो
मार्क वाटको शतकमा लुम्बिनीमाथि कर्णालीको शानदार जित
मार्क वाटको शतकमा लुम्बिनीमाथि कर्णालीको शानदार जित
रेडियन्ट कपमा स्वर्णिम र पुष्पसदन विजयी
रेडियन्ट कपमा स्वर्णिम र पुष्पसदन विजयी
विश्वकप लिग-२ सिरिज : नेपालको लगातार तेस्रो हार
विश्वकप लिग-२ सिरिज : नेपालको लगातार तेस्रो हार
पोखरालाई हराउँदै सुदूरपश्चिमको लगातार दोस्रो जित
पोखरालाई हराउँदै सुदूरपश्चिमको लगातार दोस्रो जित
हङकङ सिक्सेस : नेपालले भारतलाई ९२ रनले हरायो
हङकङ सिक्सेस : नेपालले भारतलाई ९२ रनले हरायो
आईसीसी लिग-२ सिरिज : नेपाल अमेरिकासँग पराजित
आईसीसी लिग-२ सिरिज : नेपाल अमेरिकासँग पराजित
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
जनकपुरलाई हराउँदै विराटनगरको लगातार तेस्रो जित
जनकपुरलाई हराउँदै विराटनगरको लगातार तेस्रो जित सोमबार, मंसिर ९, २०८२
कर्णालीलाई हराउँदै सुदूरपश्चिमको लगातार तेश्रो जीत
कर्णालीलाई हराउँदै सुदूरपश्चिमको लगातार तेश्रो जीत सोमबार, मंसिर ९, २०८२
प्याब्सन मध्य क्षेत्रीय बास्केटबल सुरु
प्याब्सन मध्य क्षेत्रीय बास्केटबल सुरु सोमबार, मंसिर ९, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2025 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्