Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
अन्तर्राष्ट्रिय
  • Home
  • अन्तर्राष्ट्रिय
  • पाकिस्तान ‘ए’ टोली एसिसी इमिर्जिङ कपको च्याम्पियन
पाकिस्तान ‘ए’ टोली एसिसी इमिर्जिङ कपको च्याम्पियन
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च आइतबार, साउन ७, २०८०
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडौं । पाकिस्तानको ‘ए’ टोलीले एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कप-२०२३ मा भारतको ‘ए’ टोलीलाई फराकिलो अन्तरले पराजित गर्दै च्याम्पियन भएको छ । श्रीलंकाको राजधानी कोलम्बोस्थित आर प्रेमदाशा क्रिकेट मैदानमा आइतबार भएको फाइनल खेलमा भारत ‘ए’ टोलीलाई १ सय २८ रनको फराकिलो अन्तरले हराउदै पाकिस्तानको ‘ए’ टोली च्याम्पियन बनेको हो ।

पाकिस्तान एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपमा लगातार दोस्रो पटक च्याम्पियन भएको हो । यस अघि २०१९ मा भएको पछिल्लो संस्करणको उपाधि समेत पाकिस्तानले जितेको थियो । प्रतियोगितामा सहभागी नेपाल भने समूह चरणबाट नै बाहिरिएको थियो ।

पाकिस्तानको ‘ए’ टोलीले जितको लागि दिएको ३ सय ५३ रनको विशाल विजयी लक्ष्य पछ्याएको भारतको ‘ए’ टोली ४० ओभरमा २ सय २४ रनमा अल आउट भयो । भारतका ओपनर अभिषेक शर्माले ५१ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ६१ रनको अर्धशतकीय इनिङ खेलेका थिए ।

त्यस्तै, अर्का ओपनर साई सुदर्शन २८ बलमा ४ चौकासहित २९ रनमा क्याच आउट भएका थिए । भारत ‘ए’ टोलीलाई ओपनर साई सुदर्शन र अभिषेक शर्माले ८.३ ओभरमा ६४ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । तर, त्यसपछि कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

भारत ‘ए’ टोलीका कप्तान यश धुल ४१ बलमा ४ चौकासहित ३९ रनमा आउट भएका थिए । त्यस्तै, रियान पराग १४ रनमा, हर्षित राना १३ रनमा, निकिन जोस ११ रनमा, निशान्त सिन्धु १० रनमा र ध्रुब जुरेल ९ रनमा आउट भएका थिए ।

पाकिस्तानको ‘ए’ टोलीलाई च्याम्पियन बनाउन सुफियान मुकीमले १० ओभरमा ६६ रन खर्चेर सर्वाधिक ३ विकेट लिएका थिए । त्यस्तै, अर्शद इकबाल, मोहम्मद वासिम जुनियर र मेहरान मुमताजले समान २/२ विकेट लिएका थिए ।

त्यसअघि, टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तान ‘ए’ टोलीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ५२ रन बनाएको थियो । पाकिस्तान ‘ए’ टोलीका लागि तयब ताहिरले ७१ बलमा १२ चौका र ४ छक्कासहित १ सय ८ रनको शनदार शतकीय इनिङ खेलेका थिए ।

पाकिस्तान ‘ए’ टोलीले १ सय २१ रनमा पहिलो विकेट गुमाएको थियो । उसका दुवै ओपनरले अर्धशतकीय ईनिङ खेलेका थिए । ओपनर सैब अयबले ५१ बलमा ७ चौका र २ छक्कासहित ५९ रन बनाउँदा अर्का ओपनर सहबाज फरहामले ६२ बलमा ४ चौका र ४ छक्कासहित ६५ रन बनाएका थिए ।

मुबासिर खानले ४७ बलमा २ चौका र २ छक्कासहित ३५ रन बनाए । ओमिर युसुफ ३५ बलमा ४ चौकासहित ३५ रन बनाउँदै आउट भए । मेहरान मुमताज १३ रनमा र मोहम्मद हरिस २ रनमा आउट भए । मोहम्मद वासिम जुनियर १० बलमा १ चौका र १ छक्कासहित १७ रनमा नट आउट रहेका थिए ।

भारत ‘ए’ टोलीका लागि राजवर्धन हगांगेकार र रियान परागले समान २/२ विकेट लिएका थिए । हर्षित राना, मानव सुथार र निशान्त सिन्धुले समान १/१ विकेट लिएका थिए । समूह चरणको खेलमा भने पाकिस्तान ‘ए’ टोली भारत ‘ए’ टोलीसँग ८ विकेटले पराजित भएको थियो ।

पाकिस्तान ‘ए’ टोलीको फाइनल खेलका नायक तयब ताहिर खेलको ‘प्लेयर अफ द म्याच’ चुनिएका थिए । प्रतियोगितामा भारत ‘ए’ टोलीका लागि खेल अवधिभर ११ विकेट लिएका बलर निशान्त सिन्धु ‘प्लेयर अफ दी सिरिज’ घोषित भएका थिए ।


प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  २३:५५
#NepalCricket
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप अन्तर्राष्ट्रिय
म्यानचेस्टर डर्बीमा युनाइटेडले सिटीलाई हरायो
म्यानचेस्टर डर्बीमा युनाइटेडले सिटीलाई हरायो शनिबार, माघ ४, २०८२
विश्वप्रसिद्ध स्पोर्टस्वेयर ब्राण्ड केल्मी नेपाललाई इन्टरनेशनल मार्केट डेभलपमेन्ट अवार्ड
विश्वप्रसिद्ध स्पोर्टस्वेयर ब्राण्ड केल्मी नेपाललाई इन्टरनेशनल मार्केट डेभलपमेन्ट अवार्ड बुधबार, साउन ८, २०८२
दुर्घटनाबाट पोर्चुगिज फुटबल खेलाडी डिएगो जोटासहित दुई जनाको निधन
दुर्घटनाबाट पोर्चुगिज फुटबल खेलाडी डिएगो जोटासहित दुई जनाको निधन बिहीबार, असार १९, २०८२
भूपेन्द्रलाई अमेरिकामा दुई पदक
भूपेन्द्रलाई अमेरिकामा दुई पदक सोमबार, कात्तिक २६, २०८१
मेरो ओलम्पिक यात्रा संस्मरण -तेजबहादुर गुरुङ
मेरो ओलम्पिक यात्रा संस्मरण -तेजबहादुर गुरुङ बिहीबार, असोज १०, २०८१
अन्टिएफको १०औँ बार्षिकोत्सव क्यालिफोर्नियामा सम्पन्न
अन्टिएफको १०औँ बार्षिकोत्सव क्यालिफोर्नियामा सम्पन्न बुधबार, असोज २, २०८१
स्यान्टु पेरिस ओलम्पिकको प्रारम्भिक चरणमै पराजित
स्यान्टु पेरिस ओलम्पिकको प्रारम्भिक चरणमै पराजित शनिबार, साउन १२, २०८१
Navodit College Navodit College
ताजा समाचार
नागर्जुन र ज्ञानसंस्कारलाई उपाधि
नागर्जुन र ज्ञानसंस्कारलाई उपाधि खेलकुद मञ्‍च
युएईविरुद्ध नेपालको ८ विकेटको सहज जित, सिरिज बराबरी
युएईविरुद्ध नेपालको ८ विकेटको सहज जित, सिरिज बराबरी खेलकुद मञ्‍च
विश्व केम्पो च्याम्पियनसिपमा नेपाली खेलाडी
विश्व केम्पो च्याम्पियनसिपमा नेपाली खेलाडी खेलकुद मञ्‍च
नेपाल युएईसँग ६ विकेटले पराजित
नेपाल युएईसँग ६ विकेटले पराजित खेलकुद मञ्‍च
अर्जुन कुलूङ र आङ फुर्बालाई मञ्जुश्री ट्रेल रेसको उपाधि
अर्जुन कुलूङ र आङ फुर्बालाई मञ्जुश्री ट्रेल रेसको उपाधि खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
राष्ट्रिय आईटीएफ तेक्वान्दो भोलिदेखि
राष्ट्रिय आईटीएफ तेक्वान्दो भोलिदेखि
राजन र सन्तोषीलाई कान्तिपुर हाफ म्याराथनको उपाधि
राजन र सन्तोषीलाई कान्तिपुर हाफ म्याराथनको उपाधि
आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिसको सेमीफाइनल समीकरण पूरा
आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिसको सेमीफाइनल समीकरण पूरा
सातदोबाटोस्थित पौडी पोखरी सञ्चालनमा
सातदोबाटोस्थित पौडी पोखरी सञ्चालनमा
युएईविरुद्ध नेपालको ८ विकेटको सहज जित, सिरिज बराबरी
युएईविरुद्ध नेपालको ८ विकेटको सहज जित, सिरिज बराबरी
बागमती तेक्वान्दोमा पुरी निर्विरोध
बागमती तेक्वान्दोमा पुरी निर्विरोध
नेकोस जुडोमा पाम र एमएमएसी टिम च्याम्पियन
नेकोस जुडोमा पाम र एमएमएसी टिम च्याम्पियन
ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ – मन्त्री पोखरेल
ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ – मन्त्री पोखरेल
टेनिस टोली श्रीलंका प्रस्थान
टेनिस टोली श्रीलंका प्रस्थान
खुला ट्रेल रेसमा मिलन र सुनसरी पहिलो
खुला ट्रेल रेसमा मिलन र सुनसरी पहिलो
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
युएईविरुद्ध नेपालको ८ विकेटको सहज जित, सिरिज बराबरी
युएईविरुद्ध नेपालको ८ विकेटको सहज जित, सिरिज बराबरी मंगलबार, वैशाख ८, २०८३
विश्व केम्पो च्याम्पियनसिपमा नेपाली खेलाडी
विश्व केम्पो च्याम्पियनसिपमा नेपाली खेलाडी मंगलबार, वैशाख ८, २०८३
Photo Gallery
आर्मीले जित्याे पिएम कपकाे उपाधि
आर्मीले जित्याे पिएम कपकाे उपाधि शुक्रबार, वैशाख ४, २०८३
एरिका गुरुङ तमु धीको सद्भावना दूत
एरिका गुरुङ तमु धीको सद्भावना दूत सोमबार, चैत ९, २०८२
भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि
भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि शुक्रबार, चैत ६, २०८२
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्