Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
क्रिकेट
  • Home
  • क्रिकेट
  • यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च शुक्रबार, कात्तिक १७, २०८०
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडौं । नेपालले आइसिसी टि-२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको खेलमा युएईलाई हराउँदै विश्वकपमा पुगेको छ । मूलपानी क्रिकेट मैदानमा शुक्रबार भएको सेमिफाइनल खेलमा यूएईलाई ८ विकेटले हराउँदै नेपालले विश्वकपमा स्थान सुरक्षित गरेको हो ।

जितसँगै नेपालले १० वर्षपछि टि-२० विश्वकपमा स्थान बनाएको छ । नेपालले २०१४ मा पहिलो टि-२० विश्वकप खेलेपनि त्यसपछि पुनःखेल्न सकेको थिएन । अघिल्लो पटक विश्वकपमा जानबाट रोकेको यूएईलाई फराकिलो अन्तरले हराउँदै नेपालले बदला पनि लिएको छ ।

युएईले जितको लागि दिएको १ सय ३५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १७.१ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा ओपनर आसिफ शेखले ५१ बलमा ७ चौका र १ छक्कासहित ६४ रनको अर्धशतकीय इनिङ खेलेका थिए । कप्तान रोहितकुमार पौडेल २० बलमा २ चौका र २ छक्कासहित ३४ रनमा नटआउट रहेका थिए ।

नेपाललाई ओपनर कुशल भुर्तेल र आसिफ शेखले ३ ओभरमा २६ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । स्पिनर निलांश केस्वानीको बलमा ठूलो सर्ट खेलेका कुशल भुर्तेल ८ बलमा २ चौकासहित लङअनमा मोहम्मद वासिमबाट ११ रनमा क्याच आउट भका थिए ।

बासिल हामिदले १०औँ ओभरको तेस्रो बलमा गुलशन झालाई २४ बलमा ३ चौकासहित २२ रनमा बोल्ड आउट गरेका थिए । दोस्रो विकेटका लागि गुलशन झा र आसिफ शेखले ४१ रनको साझेदारी गरेका थिए । युएईका लागि निलांश केस्वानी र बासिल हामिदले समान १/१ विकेट लिएका थिए ।

त्यसअघि, टस जितेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३४ रन बनाएको थियो । युएईका लागि वृत्य अरविन्दले ५१ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक ६४ रन बनाएका थिए । कप्तान मुहम्मद वासिमले १६ बलमा ३ चौका र २ छक्कासहित २६ रनको आक्रामक इनिङ खेलेका थिए ।

युएईका अन्य कुनैपनि खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । सन्दीप लामिछानेले १०औं ओभरको अन्तिम बलमा आसिफ खानलाई १३ रनमा एलबीडब्लू आउट गरेका थिए । कुशल मल्लको १४औं ओभरको चौथो बलमा ठूलो सर्ट खेलेका एलिशान शराफु १४ बलमा ३ चौकासहित १६ रनमा लङअफमा सोमपाल कामीबाट क्याच आउट भएका थिए ।

कप्तान रोहितकुमार पौडेलको १६औं ओभरको पाँचौं बलमा अली नासिर लङअफमा कुशल भुर्तेलबाट ४ रनमा क्याच आउट भएका थिए । युएईका बासिल हामिद र आयन खान समान १/१ रनमा आउट भएका थिए ।

नेपालका लागि कुशल मल्लले ३ ओभरमा ११ रन खर्चेर सर्वाधिक ३ विकेट लिएका थिए । सन्दीप लामिछानले ४ ओभरमा १ मेडनसहित १४ रन खर्चेर २ विकेट लिए । कप्तान रोहित पौडेलले १ ओभरमा ६ रन खर्चेर १ विकेट लिए । सोमपाल कामीले ३ ओभरमा १५ रन खर्चेर १ विकेट लिएका थिए ।

अब नेपालले उपाधिको लागि आइतबार फाइनल खेल ओमानसँग खेल्नेछ । ओमानले पहिलो सेमिफाइनल खेलमा बहराइनलाई १० विकेटले हराउँदै फाइनलमा स्थान बनाएको हो । फाइनल पुगेका दुई टोलीले २०२४ मा अमेरिका र वेस्टइन्डिजमा हुने टि-२० विश्वकपमा स्थान बनाएका छन् ।


प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०  १४:०८
#NepalCricket
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप क्रिकेट
युएईविरुद्ध नेपालको ८ विकेटको सहज जित, सिरिज बराबरी
युएईविरुद्ध नेपालको ८ विकेटको सहज जित, सिरिज बराबरी मंगलबार, वैशाख ८, २०८३
नेपाल युएईसँग ६ विकेटले पराजित
नेपाल युएईसँग ६ विकेटले पराजित सोमबार, वैशाख ७, २०८३
राखेप सदस्य टमाटा सम्मानित
राखेप सदस्य टमाटा सम्मानित आइतबार, चैत १, २०८२
जेम्सलाई यु–१४ क्रिकेट उपाधि
जेम्सलाई यु–१४ क्रिकेट उपाधि शनिबार, फागुन १६, २०८२
एलआरआई च्याम्पियन
एलआरआई च्याम्पियन शुक्रबार, फागुन १५, २०८२
जेम्स र विश्वज्ञान सेमिफाइनलमा
जेम्स र विश्वज्ञान सेमिफाइनलमा शुक्रबार, फागुन १५, २०८२
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा बिहीबार, फागुन १४, २०८२
Navodit College Navodit College
ताजा समाचार
नागर्जुन र ज्ञानसंस्कारलाई उपाधि
नागर्जुन र ज्ञानसंस्कारलाई उपाधि खेलकुद मञ्‍च
युएईविरुद्ध नेपालको ८ विकेटको सहज जित, सिरिज बराबरी
युएईविरुद्ध नेपालको ८ विकेटको सहज जित, सिरिज बराबरी खेलकुद मञ्‍च
विश्व केम्पो च्याम्पियनसिपमा नेपाली खेलाडी
विश्व केम्पो च्याम्पियनसिपमा नेपाली खेलाडी खेलकुद मञ्‍च
नेपाल युएईसँग ६ विकेटले पराजित
नेपाल युएईसँग ६ विकेटले पराजित खेलकुद मञ्‍च
अर्जुन कुलूङ र आङ फुर्बालाई मञ्जुश्री ट्रेल रेसको उपाधि
अर्जुन कुलूङ र आङ फुर्बालाई मञ्जुश्री ट्रेल रेसको उपाधि खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
राष्ट्रिय आईटीएफ तेक्वान्दो भोलिदेखि
राष्ट्रिय आईटीएफ तेक्वान्दो भोलिदेखि
राजन र सन्तोषीलाई कान्तिपुर हाफ म्याराथनको उपाधि
राजन र सन्तोषीलाई कान्तिपुर हाफ म्याराथनको उपाधि
आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिसको सेमीफाइनल समीकरण पूरा
आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिसको सेमीफाइनल समीकरण पूरा
सातदोबाटोस्थित पौडी पोखरी सञ्चालनमा
सातदोबाटोस्थित पौडी पोखरी सञ्चालनमा
युएईविरुद्ध नेपालको ८ विकेटको सहज जित, सिरिज बराबरी
युएईविरुद्ध नेपालको ८ विकेटको सहज जित, सिरिज बराबरी
बागमती तेक्वान्दोमा पुरी निर्विरोध
बागमती तेक्वान्दोमा पुरी निर्विरोध
नेकोस जुडोमा पाम र एमएमएसी टिम च्याम्पियन
नेकोस जुडोमा पाम र एमएमएसी टिम च्याम्पियन
ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ – मन्त्री पोखरेल
ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ – मन्त्री पोखरेल
टेनिस टोली श्रीलंका प्रस्थान
टेनिस टोली श्रीलंका प्रस्थान
खुला ट्रेल रेसमा मिलन र सुनसरी पहिलो
खुला ट्रेल रेसमा मिलन र सुनसरी पहिलो
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
युएईविरुद्ध नेपालको ८ विकेटको सहज जित, सिरिज बराबरी
युएईविरुद्ध नेपालको ८ विकेटको सहज जित, सिरिज बराबरी मंगलबार, वैशाख ८, २०८३
विश्व केम्पो च्याम्पियनसिपमा नेपाली खेलाडी
विश्व केम्पो च्याम्पियनसिपमा नेपाली खेलाडी मंगलबार, वैशाख ८, २०८३
Photo Gallery
आर्मीले जित्याे पिएम कपकाे उपाधि
आर्मीले जित्याे पिएम कपकाे उपाधि शुक्रबार, वैशाख ४, २०८३
एरिका गुरुङ तमु धीको सद्भावना दूत
एरिका गुरुङ तमु धीको सद्भावना दूत सोमबार, चैत ९, २०८२
भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि
भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि शुक्रबार, चैत ६, २०८२
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्