Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
विविध खेल
  • Home
  • विविध खेल
  • आजदेखि सुरु हुँदै एसियाली खेलकुदको महाकुम्भ
आजदेखि सुरु हुँदै एसियाली खेलकुदको महाकुम्भ
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च शनिबार, भदौ २, २०७५
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

जकार्ता २ भदाै - एक करोडभन्दा बढी जनसंख्या धानिरहेको इन्डोनेसियाको राजधानी सहर जकार्तामा एसियाली खेलकुद (एसियाड)को १८औं संस्करण शनिबारदेखि सुरु हुँदैछ। सधैं व्यस्त रहने समुद्री किनारमा रहेको जकार्ता सहरलाई करिब एक साता अघिदेखि नै १८औं एसियाडको चहलपहलले आफ्नो रंगमा रंग्याउँदै आएको छ। मुख्य सहरबाट करिब १० किलोमिटर टाढा रहेको अन्तर्राष्ट्रिय विमानस्थलदेखि नै १८औं एसियाडका ब्यानर, होर्डिङ बोर्ड र डिजिटल डिस्प्लेहरू राखेर सिंगो सहरलाई झकिझकाउ पारिएको छ।

इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले मध्य जकार्तास्थित ऐतिहासिक जेलोरा बुङ कार्नो रंगशालामा भव्य समारोहबीच प्रतियोगिताको समुद्घाटन गर्ने कार्यक्रम छ। उद्घाटन समारोह स्थानीय समयअनुसार साँझ ५ बजे सुरु हुने बताइएको छ। राष्ट्रपति विडोडोले उद्घाटन गरेसँगै इन्डोनेसियाका दुई ठूला सहर जकार्ता र पालेम्बाङ १६ दिनसम्म खेलकुदमय बन्नेछ।

एसियाली खेलकुदको इतिहासमा पहिलोपटक एउटै राष्ट्रका दुई ठूला सहरमा प्रतियोगिता आयोजना हुन लागेको हो। प्रतियोगितामा सहभागी हुन विभिन्न राष्ट्रका खेलाडी, प्रशिक्षक, निर्णायक, खेल पदाधिकारी र सञ्चारकर्मी आयोजनास्थल पुग्ने क्रम पनि सुरु भइसकेको छ।

प्रतियोगितामा एसियाका ४५ वटा राष्ट्रका ११ हजार पाँच सय खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ। प्रशिक्षक, निर्णायक, खेल पदाधिकारी र सञ्चारकर्मीसमेत जोड्दा यो संख्या अझ पाँच हजारले बढ्ने छ। प्रतियोगिताको उद्घाटन समारोहका लागि विभिन्न राष्ट्रबाट विशिष्ट पाहुनाहरूलाई पनि निम्त्याइएको आयोजकले जनाएको छ।

उद्घाटन समारोहका लागि जेलोरा बुङ कार्नो रंगशालालाई दुलहीझैं सिँगारिएको छ। प्रतियोगितामा समावेश अधिकांश खेल यही रंगशालको सेरोफेरोमा हुनेछन्। उद्घाटन समारोहमा विभिन्न कलाकारले स्थानीय संस्कृति र परम्परा झल्काउने थुप्रै प्रस्तुति पस्कने तयारी गरिएको छ। उद्घाटन समारोहलाई सभ्य र भव्य रूपमा सम्पन्न गर्न आतिसबाजीसँगै विभिन्न वैज्ञानिक प्रविधिसमेत प्रयोग गरिने बताइएको छ। एसियाडको १८औं संस्करणमा ४० वटा खेल समावेश गरिएको छ। ६ वटा खेल भने एसियाडमा पहिलोपटक समावेश गरिएको आयोजकले जनाएको छ।

इन्डोनेसियाले एसियाली खेलकुद आयोजना गर्न लागेको यो दोस्रोपटक हो। यसअघि सन् १९६२ मा इन्डोनेसियाले एसियाडको चौथो संस्करण आयोजना गरेको थियो। त्यति बेला पनि प्रतियोगिताको उद्घाटन जेलोरा बुङ कार्नो रंगशालामै भएको थियो। त्यति बेला केवल १३ खेलमा एक हजार चार सय ६० खेलाडीले मात्र सहभागिता जनाएका थिए।

प्रतियोगितामा नेपाल

१८औं एसियाली खेलकुदमा नेपालले २९ वटा खेलमा सहभागिता जनाउँदै छ। नेपालले आर्चरी, एथलेटिक्स, बास्केटबल, ब्याडमिन्टन, बक्सिङ, साइक्लिङ, फेन्सिङ, फुटबल, गल्फ, जुडो, कराँते, कबड्डी, लनटेनिस, सुटिङ, पौडी, तेक्वान्दो, टेबुलटेनिस, ट्रायथलन, भलिबल, भारोत्तोलन, सेपाकताक्रो, उसु, स्पोर्टस् क्लाइम्बिङ, प्याराग्लाइडिङ, कुराँस, पेनकेनसिताल, स्क्वास र स्केटबोर्ड खेलमा सहभागिता जनाउन लागेको हो।

नेपाली टोलीको सेभ अफ दी मिसन (टोली नेता)को रूपमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव केशवकुमार विष्ट अन्य पदाधिकारीसँगै बिहीबार नै जकार्ता पुगिसकेका छन्। प्रतियोगितामा नेपालका एक सय ८५ जना खेलाडीले भाग लिँदैछन्। सहभागी खेलाडीमध्ये एक सय २९ पुरुष र ५६ जना महिला खेलाडी छन्।

प्रतियोगितामा सहभागी हुन नेपाली खेलाडी पनि आयोजनास्थल पुग्ने क्रम जारी छ। अधिकांश खेलका खेलाडी वैदेशिक प्रशिक्षणमा रहेकाले उनीहरू त्यतैबाट प्रतियोगिता स्थल पुग्ने जानकारी राखेपका सदस्यसचिव विष्टले दिए। ‘शुक्रबार साँझसम्म धेरै खेलका खेलाडी आयोजनास्थल आइसकेका छन्। केही खेलका खेलाडी भने वैदेशिक प्रशिक्षणबाट शनिबार बिहानसम्म आइपुग्ने छन्’, उनले भने।

सदस्यसचिव विष्टले १८औं एसियाडमा नेपाली खेलाडीले विगतको तुलनामा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास पनि व्यक्त गरे। ‘१३औं दक्षिण एसियाली खेलकुदलाई ध्यानमा राखी भूकम्पले क्षतिग्रस्त भएका खेलकुदका संरचना पुनर्निर्माण गर्नुपर्ने बाध्यताका बीच पनि हामीले १८औं एसियाडका लागि कुनै कसर बाँकी राखेका छैनौं। थुप्रै खेलका खेलाडीलाई अन्तिम तयारीका लागि वैदेशिक प्रशिक्षणमा पनि पठाएका छौं। त्यसैले यसपटक हाम्रा खेलाडीले विगतको तुलनामा उत्कृष्ट र नतिजामुखी प्रदर्शन गर्ने विश्वास लिएका छौं’, उनले भने।

एसियाली खेलकुदको इतिहासमा नेपालले हालसम्म तीनवटा खेल तेक्वान्दो, बक्सिङ र कराँतेमा मात्र पदक जित्न सकेको छ। एसियाली खेलकुदमा हालसम्म नेपालले जितेको सबैभन्दा ठूलो पदक भनेको रजत हो। सन् १९५१ मा भारतको दिल्लीमा भएको पहिलो संस्करणदेखि नै एसियाली खेलकुदमा सहभागिता जनाउँदै आएको नेपालले सन् १९९८ मा थाइल्यान्डको राजधानी बैंककमा सम्पन्न एसियाडमा ऐतिहासिक रजत पदक जितेको थियो। उक्त पदक तेक्वान्दो खेलाडी सबिता राजभण्डारीले जितेकी थिइन्।

हालसम्म नेपालले एसियाडमा २३ वटा पदक जितेको छ। तीमध्ये एउटा रजत र बाँकी २२ वटा कांस्य पदक छन्। नेपालका लागि एसियाडमा सर्वाधिक पदक जित्ने खेल तेक्वान्दो हो। हालसम्म तेक्वान्दोले एसियाडमा १४ वटा पदक जितेको छ। यसैगरी बक्सिङले ६ र कराँतेले तीनवटा पदक हात पारेका छन्।

सहभागिता जनाएको ३२ वर्षपछि नेपालले सन् १९८६ मा दक्षिण कोरियाको सोलमा भएको एसियाडमा पहिलोपटक पदक जितेको थियो। उक्त एसियाडमा नेपालले हालसम्मकै सर्वाधिक आठवटा कांस्य पदक जितेको थियो। उक्त एसियाडमा बक्सिङका दलबहादुर रानामगर, तुलबहादुर थापा, सुशील पोखरेल र मनोजबहादुर श्रेष्ठ तथा तेक्वान्दोका विधान लामा, राजकुमार राई, राजकुमार घर्ती र राजकुमार बुढाथोकीले कांस्य पदक जितेका थिए।

मस्कट र नाराको आफ्नै कथा

एसियाली खेलकुदको १८औं संस्करणको नारा ‘इनर्जी अफ एसिया’ अर्थात् एसियाको ऊर्जा भनेर राखिएको छ। यो नारालाई प्रतियोगितामा सहभागी हुने एसियाली राष्ट्रहरूबीचको संस्कृति, सम्पदा र परम्परासँग जोडेर व्याख्या गरिएको छ। प्रतिभावान् खेलाडीलाई नै एसियाली क्षेत्रको संस्कृति, सम्पदा र परम्पराको वाहक मानेर यस्तो नारा तय गरिएको आयोजकले जनाएका छन्।

यसैगरी एसियाली खेलकुदको इतिहासमा पहिलोपटक तीनवटा जनावर र पन्छीलाई ‘मस्कट’को रूपमा प्रयोग गरिएको छ। यी तीनवटै पन्छी र जनावरलाई खेलाडीमा हुनुपर्ने गुणसँग दाँजिएको छ। यसरी मस्कटको रूपमा प्रयोग गरिएको पहिलो पन्छीको नाम हो ‘भिनभिन’। आयोजकले ‘भिनभिन’लाई खेलकुदमा सफलता हात पार्न चाहिने प्रमुख तŒव ‘रणनीति’का रूपमा व्याख्या गरेको छ।

यसैगरी मस्कटको रूपमा प्रयोग गरिएको दोस्रो जनावर हो ‘एतुङ’ अर्थात् हरिण। आयोजकले हरिणलाई दक्ष खेलाडीमा चाहिने अर्को गुण ‘तीव्र गति’का रूपमा लिएको छ। मस्कटका रूपमा प्रयोग गरिएको तेस्रो जनावर ‘काका’ अर्थात् एकसिङे गैंडा हो। काकालाई भने खेलाडीमा चाहिने अर्को महŒवपूर्ण गुण ‘शक्ति’ को प्रतीकका रूपमा लिइएको छ।

ऐतिहासिक जेलोरा बुङ कार्नो रंगशाला

१८औं एसियाडको उद्घाटन समारोह आयोजना हुने ‘जेलोरा बुङ कार्नो’ रंगशालाले इन्डोनेसियामा छुट्टै ऐतिहासिक महŒव बोकेको छ। यो इन्डोनेसियाको सबैभन्दा पुरानो रंगशाला हो। सन् १९६२ मा इन्डोनेसियाले पहिलोपटक एसियाली खेलकुद आयोजना गर्दा पनि यही रंगशालामा उद्घाटन कार्यक्रम आयोजना गरिएको थियो।

हाल निकै भव्य र अत्याधुनिक स्वरूण ग्रहण गरेर जकार्ता सहरको मध्य भागमा ठडिएको यो विशाल रंगशालाले विगतमा तीनपटक आफ्नो स्वरूप परिवर्तन गरिसकेको छ। सन् १९६२ देखि सन् २००७ सम्म यो रंगशाला एक लाख १० हजार दर्शक क्षमताको थियो।

सन् २००७ पछि यो रंगशालालाई आधुनिक स्वरूप प्रदान गर्न स्वरूप परिवर्तनसँगै केही सुविधा थपेर ८८ हजार दर्शक क्षमतामा झारिएको थियो। इन्डोनेसियाली सरकारको अधीनमा रहेको यो रंगशालाको स्वरूप त्यसपछि पुनः परिवर्तन भइसकेको छ।

एसियाली खेलकुदको १८औं संस्करण यसअघि भियतनाममा आयोजना हुने तय भएको थियो। तर, भौतिक पूर्वाधार निर्माणमा ठूलो धनराशि खर्च गर्नुपर्ने भएपछि ओलम्पिक काउन्सिल अफ एसियाले १८औं एसियाड इन्डोनेसियामा आयोजना गर्ने निर्णय लियो।

सामान्यतः एसियाली खेलकुद आयोजनाका लागि आयोजक राष्ट्रलाई ६ वर्षको समय दिने गरिन्छ। तर, भियतनामले नगर्ने भएपछि १८औं एसियाडको तयारीका लागि इन्डोनेसियाले चार वर्षमात्र समय पाउने भयो। त्यसैले इन्डोनेसिया सरकारले सन् २०१६ पछि पुनः जेलोरा बुङ कार्नो रंगशालाको स्वरूप परिवर्तन गर्दै यसलाई अझ सुविधासम्पन्न बनाउने निर्णय लियो।

त्यसैको परिणामस्वरूप सन् २०१८ मा आएर यो रंगशालालाई निकै स्तरीय बनाइएको छ भने यसको दर्शक क्षमता घटाएर ७६ हजार एक सय २७ मा सीमित गरिएको छ। अहिले यो रंगशाला क्षेत्रलाई नै विस्तार गरी थुप्रै खेलका लागि पूर्वाधारसमेत तयार पारिएको छ। यो रंगशाला क्षेत्रमा फुटबल मैदान, आधुनिक पौडी पोखरी, आर्चरी ग्राउन्ड, एथलेटिक्सका लागि ट्र्याक, वाटरपोलो खेल स्थल, हकी मैदान, ब्याडमिन्टन हल, सफ्टबल र बास्केटबल खेल स्थलजस्ता थुप्र्रै खेलको पूर्वाधार तयार पारिएको छ।

 

अन्नपुर्ण पोष्टबाट


प्रकाशित मिति: शनिबार, भदौ २, २०७५  ०८:०८
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप विविध खेल
यलम्बर कप राष्ट्रिय खुला ब्याडमिन्टन माघमा
यलम्बर कप राष्ट्रिय खुला ब्याडमिन्टन माघमा सोमबार, पुस २८, २०८२
तेक्वान्दो लिगमा ढल्को टिम च्याम्पियन
तेक्वान्दो लिगमा ढल्को टिम च्याम्पियन आइतबार, पुस २७, २०८२
करातेकी सानुमाया सम्मानित
करातेकी सानुमाया सम्मानित आइतबार, पुस २७, २०८२
विपुल र अर्सना मेयर कप टेबलटेनिसमा च्याम्पियन
विपुल र अर्सना मेयर कप टेबलटेनिसमा च्याम्पियन आइतबार, पुस २७, २०८२
रसिलाद्वारा चौथो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टनको उपाधी रक्षा
रसिलाद्वारा चौथो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टनको उपाधी रक्षा शनिबार, पुस २६, २०८२
खुशी, प्रतिभा र सोयालाई स्वर्ण
खुशी, प्रतिभा र सोयालाई स्वर्ण शनिबार, पुस २६, २०८२
पुलिसलाई हराउँदै न्यु डायमन्ड च्याम्पियन
पुलिसलाई हराउँदै न्यु डायमन्ड च्याम्पियन शनिबार, पुस २६, २०८२
Navodit College Navodit College
ताजा समाचार
महिला टि-२० विश्वकप क्वालिफायरमा उत्कृष्ट प्रदर्शन गर्नेलाई अमरावती बुटिक होटल को नगद पुरस्कार घोषणा
महिला टि-२० विश्वकप क्वालिफायरमा उत्कृष्ट प्रदर्शन गर्नेलाई अमरावती बुटिक होटल को नगद पुरस्कार घोषणा खेलकुद मञ्‍च
केएमसी बास्केटबलमा चाँदबागलाई सफलता
केएमसी बास्केटबलमा चाँदबागलाई सफलता खेलकुद मञ्‍च
यलम्बर कप राष्ट्रिय खुला ब्याडमिन्टन माघमा
यलम्बर कप राष्ट्रिय खुला ब्याडमिन्टन माघमा खेलकुद मञ्‍च
आयोजक केएमसीको विजयी शुरूवात
आयोजक केएमसीको विजयी शुरूवात खेलकुद मञ्‍च
ओप्स खेलकुद महोत्सव : न्यु एरा र न्युटनलाई उपाधि
ओप्स खेलकुद महोत्सव : न्यु एरा र न्युटनलाई उपाधि खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
तारकेश्वोर नगरपालिकाद्वारा खेलाडी सम्मानित
तारकेश्वोर नगरपालिकाद्वारा खेलाडी सम्मानित
ओप्स खेलकुद महोत्सव : न्यु एरा र न्युटनलाई उपाधि
ओप्स खेलकुद महोत्सव : न्यु एरा र न्युटनलाई उपाधि
ब्याडमिन्टनमा हिमरश्मि र एथलेटिक्समा कौशल टिम च्याम्पियन
ब्याडमिन्टनमा हिमरश्मि र एथलेटिक्समा कौशल टिम च्याम्पियन
तेक्वान्दो लिगमा ढल्को टिम च्याम्पियन
तेक्वान्दो लिगमा ढल्को टिम च्याम्पियन
ओप्स खेलकुद महोत्सव बिहीबारदेखि
ओप्स खेलकुद महोत्सव बिहीबारदेखि
विश्व बक्सिङका पदक विजेता चन्द्रको भब्य स्वागत
विश्व बक्सिङका पदक विजेता चन्द्रको भब्य स्वागत
राखेपको १२४औं बोर्ड बैठक सम्पन्न
राखेपको १२४औं बोर्ड बैठक सम्पन्न
तारकेश्वोर नगरपालिकाद्वारा खेलाडी सम्मानित
तारकेश्वोर नगरपालिकाद्वारा खेलाडी सम्मानित
ओप्स खेलकुद महोत्सव : न्यु एरा र न्युटनलाई उपाधि
ओप्स खेलकुद महोत्सव : न्यु एरा र न्युटनलाई उपाधि
अन्तरवडा राष्ट्रिय टेबलटेनिसमा सुरम्यलाई स्वर्ण
अन्तरवडा राष्ट्रिय टेबलटेनिसमा सुरम्यलाई स्वर्ण
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
ओप्स खेलकुद महोत्सव : न्यु एरा र न्युटनलाई उपाधि
ओप्स खेलकुद महोत्सव : न्यु एरा र न्युटनलाई उपाधि आइतबार, पुस २७, २०८२
तेक्वान्दो लिगमा ढल्को टिम च्याम्पियन
तेक्वान्दो लिगमा ढल्को टिम च्याम्पियन आइतबार, पुस २७, २०८२
करातेकी सानुमाया सम्मानित
करातेकी सानुमाया सम्मानित आइतबार, पुस २७, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्