Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
विविध खेल
  • Home
  • विविध खेल
  • नेपाल साफ च्याम्पियनसिपबाट बाहिरियो : माल्दिभ्ससँग ३-० ले पराजित
नेपाल साफ च्याम्पियनसिपबाट बाहिरियो : माल्दिभ्ससँग ३-० ले पराजित
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च बिहीबार, भदौ २८, २०७५
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडौं, २८ भदाै - साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमाथि जान नसकेको नेपालले फेरि उही नियति दोहोर्‍याएको छ। बंगलादेशको ढाकास्थित बंगबन्धु रंगशालामा बुधबार भएको सेमिफाइनल खेलमा नेपाल माल्दिभ्ससँग ३-० गोलले पराजित भयो। 

रक्षापंक्तिको लगातार कमजोरीमा नेपालले गोल खाएको थियो। वर्षाले बिथोलेको खेलमा माल्दिभ्सले पहिलो हाफमा फ्रिकिक गोलमार्फत अग्रता लिएको थियो।

माल्दिभ्सका लागि नवौं मिनेटमा अक्रम अब्दुल घानीले डिबक्स छेउ पाएको फ्रिकिकमा गोल गरेका थिए। 

नेपालका विमल घर्तीमगरले माल्दिभ्सका खेलाडीलाई फल खेलेपछि माल्दिभ्सले फ्रिकिकको मौका पाएको थियो। त्यसमा घानीले उत्कृष्ट गोल गरे। माल्दिभ्स प्राविधिक रूपमा निकै बलियो देखिएको थियो। 

छोटो पास र आवश्यकताअनुसार बल नियन्त्रणमा अब्बल देखिएको माल्दिभ्सले दोस्रो हाफको अन्तिमतिर दुई गोल थपेको थियो।

माल्दिभ्सका लागि इब्राहिम हसन वाहिदले दुई गोल गरे। इब्राहिमले ८४औं र ८६औं मिनेटमा गोल गरेका थिए। नेपालले पछिल्ला दुवै गोल पनि रक्षापंक्तिकै कमजोरीमा खाएको थियो।

डिबक्सभित्र नेपालका रक्षापंक्तिले बल क्लियर गर्न विलम्ब गर्दा माल्दिभ्सले सजिलै गोल गरेको थियो। खेलभर नेपालले एउटा मात्र सशक्त पोस्ट प्रहार गरेको थियो। दोस्रो हाफको इन्जुरी समयमा विमल घर्तीमगरको लामो प्रहारलाई माल्दिभ्समा गोलरक्षकले पन्च गर्दै विफल पारेका थिए।

नेपालले माल्दिभ्सको बलियो छविलाई यसपटक पनि रोक्न सकेन। नेपाल र माल्दिभ्सबीच योसहित सातवटा भिडन्त भए। तिनमा माल्दिभ्सले पाँचवटा खेल जित्यो भने दुई खेल बराबरीमा रोकिए।

नेपालले यसअघि सन् २०११ को साफ च्याम्पियनसिपमा माल्दिभ्सलाई १-१ गोलको बराबरीमा रोकेको थियो। यसपटक उपाधि जित्न कुनै कसर बाँकी नराख्ने दाबी गरेको नेपाल माल्दिभ्ससँग निरीह साबित बन्यो। माल्दिभ्ससँगको नमीठो हारसँगै नेपालको च्याम्पियनसिप यात्रामा फेरि अन्तिम चारमै पूर्णविराम लागेको छ।

च्याम्पियनसिपमा कठिन मानिएको समूह ‘ए’बाट प्रतिस्पर्धा गरेको नेपालले समूह चरणको पहिलो खेलमा पाकिस्तानसँग २-१ गोलको हार खेपेको थियो। नेपाल दोस्रो खेलमा भुटानलाई ४-० गोलले हराउँदै खेलमा फर्किएको थियो। समूहको अन्तिम खेलमा उत्कृष्ट प्रदर्शन गर्दै आयोजक बंगलादेशलाई २-० गोलले हराएपछि नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको थियो।

यसैगरी माल्दिभ्स समूह ‘बी’को उपविजेताका रूपमा सेमिफाइनलमा पुगेको थियो। तीन टोली सम्मिलित समूहमा माल्दिभ्सले श्रीलंकालाई गोलरहित बराबरीमा रोकेको थियो। दोस्रो खेलमा माल्दिभ्स भारतसँग २-० गोलले पराजित भएको थियो। माल्दिभ्स र श्रीलंकाको समान एक-एक भएपछि माल्दिभ्सले ‘लक्की ड्र’मा श्रीलंकालाई पछि पार्दै सेमिफाइनलमा स्थान बनाएको हो। माल्दिभ्सले सेमिफाइनलमा पुगेर मात्र नेपालविरुद्ध गोल गर्न सकेको हो।

च्याम्पियनसिपले १२औं संस्करण पूरा गर्दा नेपाल सेमिफाइनलमा रोकिएको यो पाँचौंपटक हो। दक्षिण एसियाली मुलुक (सार्क) राष्ट्रको फुटबल खेल विकास गर्ने उद्देश्यले सन् १९९३ मा सार्क गोल्डकपको नाममा (हालको साफ च्याम्पियनसिप) सुरु भएको प्रतियोगितामा नेपाल पहिलो संस्करणमा तेस्रो भएको थियो। त्यसपछि नेपाल सन् १९९९, २०११ र २०१३ मा पनि अन्तिम चारमा रोकिएको थियो।


प्रकाशित मिति: बिहीबार, भदौ २८, २०७५  ०५:०९
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप विविध खेल
यलम्बर कप राष्ट्रिय खुला ब्याडमिन्टन माघमा
यलम्बर कप राष्ट्रिय खुला ब्याडमिन्टन माघमा सोमबार, पुस २८, २०८२
तेक्वान्दो लिगमा ढल्को टिम च्याम्पियन
तेक्वान्दो लिगमा ढल्को टिम च्याम्पियन आइतबार, पुस २७, २०८२
करातेकी सानुमाया सम्मानित
करातेकी सानुमाया सम्मानित आइतबार, पुस २७, २०८२
विपुल र अर्सना मेयर कप टेबलटेनिसमा च्याम्पियन
विपुल र अर्सना मेयर कप टेबलटेनिसमा च्याम्पियन आइतबार, पुस २७, २०८२
रसिलाद्वारा चौथो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टनको उपाधी रक्षा
रसिलाद्वारा चौथो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टनको उपाधी रक्षा शनिबार, पुस २६, २०८२
खुशी, प्रतिभा र सोयालाई स्वर्ण
खुशी, प्रतिभा र सोयालाई स्वर्ण शनिबार, पुस २६, २०८२
पुलिसलाई हराउँदै न्यु डायमन्ड च्याम्पियन
पुलिसलाई हराउँदै न्यु डायमन्ड च्याम्पियन शनिबार, पुस २६, २०८२
Navodit College Navodit College
ताजा समाचार
महिला टि-२० विश्वकप क्वालिफायरमा उत्कृष्ट प्रदर्शन गर्नेलाई अमरावती बुटिक होटल को नगद पुरस्कार घोषणा
महिला टि-२० विश्वकप क्वालिफायरमा उत्कृष्ट प्रदर्शन गर्नेलाई अमरावती बुटिक होटल को नगद पुरस्कार घोषणा खेलकुद मञ्‍च
केएमसी बास्केटबलमा चाँदबागलाई सफलता
केएमसी बास्केटबलमा चाँदबागलाई सफलता खेलकुद मञ्‍च
यलम्बर कप राष्ट्रिय खुला ब्याडमिन्टन माघमा
यलम्बर कप राष्ट्रिय खुला ब्याडमिन्टन माघमा खेलकुद मञ्‍च
आयोजक केएमसीको विजयी शुरूवात
आयोजक केएमसीको विजयी शुरूवात खेलकुद मञ्‍च
ओप्स खेलकुद महोत्सव : न्यु एरा र न्युटनलाई उपाधि
ओप्स खेलकुद महोत्सव : न्यु एरा र न्युटनलाई उपाधि खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
तारकेश्वोर नगरपालिकाद्वारा खेलाडी सम्मानित
तारकेश्वोर नगरपालिकाद्वारा खेलाडी सम्मानित
ओप्स खेलकुद महोत्सव : न्यु एरा र न्युटनलाई उपाधि
ओप्स खेलकुद महोत्सव : न्यु एरा र न्युटनलाई उपाधि
ब्याडमिन्टनमा हिमरश्मि र एथलेटिक्समा कौशल टिम च्याम्पियन
ब्याडमिन्टनमा हिमरश्मि र एथलेटिक्समा कौशल टिम च्याम्पियन
तेक्वान्दो लिगमा ढल्को टिम च्याम्पियन
तेक्वान्दो लिगमा ढल्को टिम च्याम्पियन
ओप्स खेलकुद महोत्सव बिहीबारदेखि
ओप्स खेलकुद महोत्सव बिहीबारदेखि
विश्व बक्सिङका पदक विजेता चन्द्रको भब्य स्वागत
विश्व बक्सिङका पदक विजेता चन्द्रको भब्य स्वागत
राखेपको १२४औं बोर्ड बैठक सम्पन्न
राखेपको १२४औं बोर्ड बैठक सम्पन्न
तारकेश्वोर नगरपालिकाद्वारा खेलाडी सम्मानित
तारकेश्वोर नगरपालिकाद्वारा खेलाडी सम्मानित
ओप्स खेलकुद महोत्सव : न्यु एरा र न्युटनलाई उपाधि
ओप्स खेलकुद महोत्सव : न्यु एरा र न्युटनलाई उपाधि
अन्तरवडा राष्ट्रिय टेबलटेनिसमा सुरम्यलाई स्वर्ण
अन्तरवडा राष्ट्रिय टेबलटेनिसमा सुरम्यलाई स्वर्ण
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
ओप्स खेलकुद महोत्सव : न्यु एरा र न्युटनलाई उपाधि
ओप्स खेलकुद महोत्सव : न्यु एरा र न्युटनलाई उपाधि आइतबार, पुस २७, २०८२
तेक्वान्दो लिगमा ढल्को टिम च्याम्पियन
तेक्वान्दो लिगमा ढल्को टिम च्याम्पियन आइतबार, पुस २७, २०८२
करातेकी सानुमाया सम्मानित
करातेकी सानुमाया सम्मानित आइतबार, पुस २७, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्