Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
Hotel Nova Nook Hotel Nova Nook
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Reliance International Academy Reliance International Academy
The Times International College The Times International College
प्रतिभा
  • Home
  • प्रतिभा
  • रग्बीको उदयीमान खेलाडी श्रीजना राई
2076-04-19 रग्बीको उदयीमान खेलाडी श्रीजना राई
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च 2076-04-19
Chelsea World School Chelsea World School

रग्बी खेलको जल्दोबल्दो खेलाडीको रुपमा परिचित श्रीजना राईको जन्मस्थल धनकुटा हो । नेपालमा रग्बी खेलको शुरुवातसँगै उनी पनि यस खेलकी परिचित अनुहारमा पर्छिन । रग्बी खेललाई सम्झना गर्नेले सायदै उनको नाम छुटाउदैनन् । बुबा लालध्वज राई र आमा माया राईको तेस्रो सन्तानको रुपमा जन्मिएकी उनी रग्बी खेल पनि एकदिन फुटबल, भलिबल आदि जस्तै चर्चित खेल बन्नेमा विश्वस्त रहेको बताउछिन् ।

गाउँबाट उनी सानैछदा काठमाडौं शहर छिरेको उनको परिवारमा बुबा, आमा, दुई दिदी, एक बहिनी गरी ६ जना रहेका छन् । चार कक्षादेखि काठमाडौंमा पढ्दै आएकी उनी हाल स्नातक अध्ययनरत छिन् । चार दिदीबहिनीमा आफू साइली छोरी भएको बताउने उनी भन्छिन्, ‘परिवारमा म मात्रै खेल क्षेत्रमा छु र प्लस टु दिएपछि व्यवसायिक रुपमा खेलकुद क्षेत्रतिर लागेकी हुँ ।’

सानैदेखि चक्कचके, आमाबुबाको कुराहरु नमान्ने, प्राय केटाहरुसँग खेल्न जाने जस्तो हक्की स्वभावको भएको बताउने उनले गल्र्स स्कुल पढेको हुनाले १० कक्षा पढुनजेलसम्म महिलाहरुको समुहसँग भलिबल खेलिन् । एसएलसी पढ्दासम्म कुनैपनि खेलकुदको प्रतियोगिताहरुमा सहभागी नभएकी उनी त्यसपछि भने एक जना दिदीमार्फत जावलाखेल भलिबल क्लबमा सहभागी हुन पुगिन् । क्लबबाटै उनले प्लस टूसम्म भलिबल खेलिन् र विभिन्न प्रतियोगिताहरुमा भाग लिइन् ।

आफूले प्लस टूको परिक्षा दिएपछि तेकान्दो र भलिबल खेल्ने एकजना साथीले नयाँ खेल आएको छ, त्यता जाऔँ भनेकाले रग्बी खेलतिर गएको बताउने उनी भन्छिन्, ‘भलिबल छोडेर अहिले पूरै समय रग्बी खेलतिर छु । मैले आर्मीबाट भलिबल चार वर्षजति खेले । भलिबल खेल छोडेको अहिले आठ महिना भयो ।’ भलिबल र रग्बी खेल सँगसँगै खेलिराखेकी उनलाई खेलक्षेत्रबाट ति दुई खेलमध्ये एउटा छान्नुपर्ने अवस्था आएकाले रग्बी खेललाई छानेको बताउने उनले भलिबलमा बेस्ट लिब्रो पाएकी थिइन् । भलिबल र रग्बीमा विभिन्न ट्रफिहरु जित्दै आएकी उनी रग्बीमा सन् २०१८ को बेष्ट प्लेयर अफ द इयर भएकी थिइन् ।

रग्बी खेललाई नै लिएर विदेश यात्रामा १२ जनाको टिमसहित सर्वप्रथम सन् २०१५ मा चेन्याई गएको र त्यहाँ पाकिस्तानलाई पराजित गरेकोमा गर्व लागेको बताउने उनी भन्छिन्, ‘जे होस त्यहाँ एउटा गेम भए पनि जित्यौं र रग्बी खेलसम्बन्धमा अझ धेरै ज्ञान हासिल गर्ने मौका पायौँ ।’ त्यसपछि सन् २०१७ मा लाओस र २०१८ मा ब्रुनाईमा रग्बी खेल्न गएको नेपाली टिमले लाओसमा भने कुनैपनि टिमलाई जित्न सफल भएन । एसियन रग्बीले प्रोभाइड गरेको ब्रुनाईमा भएको रग्बी खेलको लागि भने श्रीलंकाको कोच नेपालको टिमलाई कोचिङ गर्न आउनु भएको र गेममा दोस्रो पटक पाकिस्तानलाई जित्न सफल भएको बताउने उनी भन्छिन्, ‘त्यसबेला हामीले कुनै टिमलाई पनि जित्न सकेनौं । नयाँ गेम, खेलाडीहरु पनि त्यति धेरै नभएको र ट्रेनिङ पनि खासै लिएका थिएनौं, त्यो भएर पनि जित्न सकेनौं । यि दुईवटा गेमबाट हामीले रग्बी खेलबारे धेरै नियमहरु लगायतका कुराहरु भने सिक्यौं ।’

पाकिस्तानलाई दुई पटक आफूहरुले पराजित गरेको र उनीहरुले नेपालमा रग्बी खेलाडीहरु राम्रो छ भनेको स्मरण गर्दै उनी भन्छिन्, ‘अब रग्बी खेलमा नेपालले धेरै राम्रो गर्छ र विदेशीहरुले पनि अब नेपाल फेरि खेल्न आउदा राम्रो बनेर आउछ भन्छन् ।’ नेपालीहरुको टिममा कसैको रनिङ्ग, कसैको ट्रयाकल, कसैको पासिङ्ग, कसैको डिफेन्स राम्रो भएको बताउने रग्बी खेलाडी श्रीजना भन्छिन्, अन्तिम वर्ष रग्बी गेम श्रीलंकामा खेल्यौं र त्यहाँ पनि धेरै अनुभव बटुलेर आयौं ।’

रग्बी खेलमा नेपालमा फस्ट इन्टरनेशनल स्कोररको रुपमा चिनिने खेलाडी श्रीजना हाल काठमाडौंको बागडोलमा बस्दै आएकी छिन् । उनी अहिले बिहान आफू ट्रेनिङ्ग लिने र साँझको समयमा केहि स्कुलहरुमा विद्यार्थीलाई हप्ताको दुई दिन रग्बी खेल सिकाउने गर्छिन् । पहिला धेरैलाई रग्बी खेलसम्बन्धमा थाहा नभएको तर अहिले भने प्रायलाई थाहा भएको बताउने उनी भन्छिन्, ‘पहिला मैले शुरु गर्दा चाहिँ रग्बी खेलबारे केहि थाहा थिएन तर अहिले सबैलाई थाहा छ ।’

कक्षा ६ देखिका विद्यार्थीहरुलाई रग्बी खेल सिकाउँदै आएकी उनी रग्बी खेल धेरै रमाइलो खालको भएको र यो खेल्न धेरै समय पनि नलाग्ने बताउछिन् । नेपालमा रग्बी खेलमा खेलाडीको रुपमा शुरुवात गर्नेमा पर्ने उनी धेरैले यो खेल भर्खर शुरु भएकोले छोडिदिएको तर आफूले भने निरन्तरता दिएको बताउछिन् । उनी भन्छिन्, ‘नयाँ खेल हो, यसलाई पनि निरन्तरता दियो भने राम्रो होला भन्ने लागेर यसैमा छु ।’

तीनवटा सेग्मेन्टमा खेलिने यो खेल ७ ए साइड, १० ए साइड र १५ ए साइड विरुद्ध खेलिन्छ । यि सबै खेलको कोर्स आ–आफ्नै किसिमको हुने बताउने उनी नेपाल अहिलेसम्म १५ ए साइड खेलमा नगएको र ७ए साइड खेल नै खेलिराखिएको जानकारी गराउछिन् । हाल नेपालमा भइराखेका रग्बीको प्रतियोगिताहरुमा सहभागी हुँदै आएकी उनी रग्बीलगायतका खेलहरुमा अहिले नेपालमा सरकारलगायतका निकायबाट त्यति धेरै सपटो नभएको गुनासो गर्छिन् । विभिन्न निकायबाट यसलाई सपोट गरेदेखि रग्बी खेलले प्रगति गर्ने आशा राखेकी उनी भन्छिन्, ‘मलाई रग्बीमा खेलाडीहरु धेरै बनाउने मन छ । अहिले खेलाडीहरु कम भएकोले हामीलाई गाह्रो भइराखेको छ । भविष्यमा चाहिँ रग्बीमा खेलाडीहरु धेरै होस भन्ने लागिराखेको छ ।’

प्राय खेलकुद भनेपछि पुरुषहरुले नै बढी रुचाउने भएकोले होला अहिले आफूले सिकाउँदै गरेका विद्यार्थीमा पनि महिलाभन्दा पुरुषको संख्या नै बढी भएको बताउने उनी भन्छिन्, ‘अहिले महिलाहरु प्राय भलिबल कि फुटबल तिरै बढी जोड दिन्छन् । तर रग्बीमा आइसकेपछि उनीहरु फेरि रग्बीबाट जान चाहिँ खोज्दैन ।’ खेलमा आफैले सिकेका कतिपय कुराहरु आफै प्रयोग गर्न नसकिरहेको अवस्था पनि आउने गरेको बताउने उनी भन्छिन् ‘खेलकुदमा कोहि पनि पर्फेक्ट हुँदैन किनभने खेलमा कतिबेला के हुन्छ केहि पनि थाहा हुँदैन । सबै कुरा थाहा भईभई पनि खेलमा चुक्नु पर्ने अवस्था पनि आउँछ तर रग्बीमा पासिङ्ग र क्याचिङ्गमा पर्फेक्ट भयो भने चाहिँ राम्रो मानिन्छ ।’

प्लस टु पढ्दादेखि नै आफ्नो खर्च आफैले जुटाउँदै आएको बताउने उनी हालको आम्दानी बारे भन्छिन्, ‘मैले स्कुलमा रग्बी खेल सिकाउदा त्यति धेरै पैसा त आउदैन तर आउदै नआउने अर्थात् कमाई नै नहुने भन्दा पनि जति आउँछ त्यति आएको राम्रो हो । तर हुँदै नहुने भन्दा अहिले म जे जति कमाउछु त्यति ठिकै हो ।’ अन्त्यमा उनी भन्छिन्, रग्बीमा जति खेल्न सक्छु खेल्छु त्यसपछि कोचिङ्ग तिर लाग्छु, पछि त नयाँलाई पनि अवसर दिनु पर्छ ।’


प्रकाशित मिति: आइतबार, साउन १९, २०७६  १६:०८
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Subisu Subisu
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप प्रतिभा
पौडी च्याम्पियनसिपमा डुवानाको राष्ट्रिय कीर्तिमान
पौडी च्याम्पियनसिपमा डुवानाको राष्ट्रिय कीर्तिमान बिहीबार, मंसिर २७, २०८१
पलेशालाई काठमाडौं जिल्ला तेक्वान्दोसहित अन्य संस्थाको सम्मान
पलेशालाई काठमाडौं जिल्ला तेक्वान्दोसहित अन्य संस्थाको सम्मान बिहीबार, असोज ३, २०८१
महिला उद्यमी महासंघद्वारा पलेशा सम्मानित
महिला उद्यमी महासंघद्वारा पलेशा सम्मानित शुक्रबार, भदौ २८, २०८१
एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको चार विधा मनोनयन सार्वजनिक
एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको चार विधा मनोनयन सार्वजनिक सोमबार, भदौ २४, २०८१
लक्ष्मी उदीयमान खेलाडी
लक्ष्मी उदीयमान खेलाडी 2076-02-07
सफलतामा कीर्तिमान राख्नेः कृति शर्मा
सफलतामा कीर्तिमान राख्नेः कृति शर्मा शनिबार, असोज ६, २०७५
Navodit College Navodit College
ताजा समाचार
भदौं १ देखि स्टयाग गोल्बल च्याम्पियन्स लिग-सिजन थ्री हुने
भदौं १ देखि स्टयाग गोल्बल च्याम्पियन्स लिग-सिजन थ्री हुने खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
एनएसपीएलका लागि खेलाडी दर्ता प्रक्रिया खुला
एनएसपीएलका लागि खेलाडी दर्ता प्रक्रिया खुला खेलकुद मञ्‍च
३८औँ आईएसटीएफमा नेपाललाई दुई पदक
३८औँ आईएसटीएफमा नेपाललाई दुई पदक खेलकुद मञ्‍च
विश्वप्रसिद्ध स्पोर्टस्वेयर ब्राण्ड केल्मी नेपाललाई इन्टरनेशनल मार्केट डेभलपमेन्ट अवार्ड
विश्वप्रसिद्ध स्पोर्टस्वेयर ब्राण्ड केल्मी नेपाललाई इन्टरनेशनल मार्केट डेभलपमेन्ट अवार्ड खेलकुद मञ्‍च
Notice
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
खेलुकद परिषदद्वारा खेलाडी प्रोत्साहन पुरस्कार वितरण
खेलुकद परिषदद्वारा खेलाडी प्रोत्साहन पुरस्कार वितरण खेलकुद मञ्‍च
नेपाल सितोरियो कराते संघको स्पोर्ट डाटा बेश तथा वेभसाईटको उद्घाटन कार्यक्रम
नेपाल सितोरियो कराते संघको स्पोर्ट डाटा बेश तथा वेभसाईटको उद्घाटन कार्यक्रम खेलकुद मञ्‍च
भारोत्तोलन राष्ट्रिय च्याम्पियनसिप
भारोत्तोलन राष्ट्रिय च्याम्पियनसिप खेलकुद मञ्‍च
कराते प्रतियोगिताको उद्घाटन कार्यक्रम
कराते प्रतियोगिताको उद्घाटन कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
एरिका र अञ्जनालाई इनर ह्विलको सम्मान
एरिका र अञ्जनालाई इनर ह्विलको सम्मान
३८औँ आईएसटीएफमा नेपाललाई दुई पदक
३८औँ आईएसटीएफमा नेपाललाई दुई पदक
लुम्बिनी लायन्सद्वारा नयाँ लोगो सार्वजनिक
लुम्बिनी लायन्सद्वारा नयाँ लोगो सार्वजनिक
राष्ट्रलाई खुशी बनाउने योजना मिसन-२०२६  हो: सदस्य-सचिव घिसिङ
राष्ट्रलाई खुशी बनाउने योजना मिसन-२०२६ हो: सदस्य-सचिव घिसिङ
त्रियोग स्कुल चेसमा चार सय विद्यार्थी सहभागी
त्रियोग स्कुल चेसमा चार सय विद्यार्थी सहभागी
पीएसजीलाई हराउँदै चेल्सीले जित्यो क्लब विश्वकपको उपाधि
पीएसजीलाई हराउँदै चेल्सीले जित्यो क्लब विश्वकपको उपाधि
कराते टोली श्रीलंका प्रस्थान
कराते टोली श्रीलंका प्रस्थान
क्याप्टेन इन्दु वर्मा युनिभर्सल कलेजको ब्राण्ड एम्बेस्डरमा नियुक्त
क्याप्टेन इन्दु वर्मा युनिभर्सल कलेजको ब्राण्ड एम्बेस्डरमा नियुक्त
फाईभ ए साईड इन्डोर हक्कीमा आर्मी च्याम्पियन
फाईभ ए साईड इन्डोर हक्कीमा आर्मी च्याम्पियन
एसीसी यु–१६ क्रिकेट टोलीलाई राष्ट्रपतिको बधाई  
एसीसी यु–१६ क्रिकेट टोलीलाई राष्ट्रपतिको बधाई  
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
३८औँ आईएसटीएफमा नेपाललाई दुई पदक
३८औँ आईएसटीएफमा नेपाललाई दुई पदक शुक्रबार, साउन १०, २०८२
एनएसपीएलका लागि खेलाडी दर्ता प्रक्रिया खुला
एनएसपीएलका लागि खेलाडी दर्ता प्रक्रिया खुला शुक्रबार, साउन १०, २०८२
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम शुक्रबार, साउन १०, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2025 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्