काठमाडाैं, ३० जेठ – ग्रेट हिमालय क्रिकेट एकेडेमी केसिटिसी बीलाई तीन विकेटले पराजित गर्दै कागेश्वरी मनोहरा यु–१६ टि–२० सान क्रिकेट कपमा दुई अंक जोड्न सफल भएको छ।
टस जितेर पहिलो ब्याटिङ्ग गरेको केसिटिसीले ८ विकेटको क्षतीमा ७६ रनमा सिमित हुन पुग्यो। केसिटिसीका लागि गौरव कटुवालले १६ बलमा १९ रन जोडे। यस्तै अभियान बस्नेतले २४ बलमा १३ रन र अभिषेक उपाध्यायले १९ बलमा १२ रन जोडे अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन्।
बलिङ्ग तर्फ ग्रेट हिमायलका बिज्ञान गौतमले ४ ओभरमा १४ रन दिंदै ३ विकेट लिए। यस्तै अभिषेक थापाले ४ ओभर बलिङ्ग गर्दै ५ रन दिएर २ विकेट, राम सुरतले २ ओभरमा ९ रन २ विकेट, पियुष केसीले ४ ओभरमा ९ रन एक विकेट लिए।
यसैगरि विवेक यादव ४ ओभर १७ रन र विनित कार्कीले २ ओभरमा १५ रन दिए। ७७ रनको लक्ष लिएर मैदान प्रवेश गरेको ग्रेट हिमालयले १९.३ ओभर खेल्दै ७ विकेटको क्षतीमा लक्ष पुरा गर्यो। ग्रेट हिमालयका लागि म्यान अफ दि म्याच अभिषेक थापाले अविजित ४५ बल खेल्दै १७ रन जोडे। यस्तै विवेक यादवले १८ बलमा २१ रन जोडे भने अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।
बलिङ्ग तर्फ केसिटिसी बीका गौरव कटुवालले ४ ओभर बलिङ्ग गर्दै ९ रन दिएर २ विकेट लिए। यस्तै कुशल रुपाखेतीले ४ ओभरमा २२ रन एक विकेट, सुभाष खत्रीले ४ ओभर १३ रन एक विकेट, दीपक बोहरा ४ ओभर ७ रन एक विकेट तथा मनोज यादवले ३.३ ओभर २३ रन दिए।
अाजै भएको दोश्रो खेलमा सान रातो नेक्सस एकेडेमी संग ७ विकेटले पराजित भएको छ। टस जितेर पहिले ब्याटिङ्ग गरेको सान रातोले १६.५ ओभर खेलदै १० विकेटको क्षतीमा ७२ रन मात्र बनायो। उसको लागि निश्चल अमात्यले २६ बलमा २३ रन र सक्रृय प्रताप कार्कीले १५ बलमा १२ रन जोडे। अन्य खेलाडीले दोहोर अंक जोडन सकेनन्।
बलिङ्ग तर्फ नेक्ससका म्यान अफ दि म्याच सुभाष बि.क.ले ३ ओभरमा १७ रन दिंदै ४ विकेट लिए। यस्तै सुमन सुन्दासले ३.४ ओभरमा ८ रन दिंदै ३ विकेट, आविष्कार जोशीले ३ ओभरमा १० रनमा १ विकेट, प्रतिश जिसीले ४ ओभरमा १३ रनका साथ १ विकेट र त्रितराज दासले ३ ओभरमा २२ रन दिए।
प्रतिउत्तरमा उत्रेको नेक्ससले ११ ओभरमा तीन विकेट गुमाउंदै ७४ रनका साथ लक्ष्य पुरा गर्यो। नेक्ससका लागि चिराग शाहले २१ ब्लमा २१ रन, बिपिन शाहले ३२ बलमा १९ रन र प्रतिश जिसीले ६ बलमा १८ रन जोडे।
बलिङ्ग तर्फ प्रशान अधिकारीले ४ ओभरमा १७ रनका साथ एक विकेट लिए। सक्रिय प्रताप अधिकारीले ३ ओभमा ११ रन, सिद्धान्त श्रेष्ठले १ ओभरमा ६ रन, सुमित घिमिरेले २ ओभरमा ३० रन र दिवाकर कुंवरले १ ओभरमा ८ रन दिए।
म्यान अफ दि म्याच नेक्ससका सुवाष बि.कलाई नेपाल कुस्ती संघका अध्यक्ष एवं राखेप कर्मचारी संघका पूर्व अध्यक्ष नारायणदेव राणाले ट्रफी प्रदान गरे।