काठमाडाैं, ३१ जेठ – केसिटिसी ए टिम सान निलोलाई पराजित गर्दै कागेश्वरी मनोहरा यु–१६ टि–२० सान क्रिकेट कपको क्वाटरफाईनलमा समूह क को विजेताको रुपमा प्रवेश गरेको छ।
बिहीबार सम्पन्न प्रतियोगितामा आयोजक सानको निलो टिमलाई १९ रनले पराजित गरे संगै केसिटिसी समूह विजेता बनेको हो। दोश्रो टिमको रुपमा एन्जल्स क्रिकेट एकेडेमीले पनि अन्तिम आठमा स्थान सुरक्षित गर्न सफल भयो। टस जितेर केसिटिसीलाई पहिलो ब्याटिङ्गको निम्ता दिएको सान निलोले उत्कृष्ट बलिङ्ग गर्दै निर्धारित ओभरमा ९ विकेटको क्षतीमा ८३ रनमा रोकेता पनि निश्चित ओभरमा निर्धारित लक्ष पुरा गर्न नसके पछि प्रतियोगिताबाट बाहिरिएको थियो। सान निलोले अन्तिम आठ प्रवेशका लागि १२ ओभरमा लक्ष्य पुरा गर्नुपर्ने थियो।
केसिटिसीलाई विजयी गराउन संजय श्रेष्ठको ३३ बलम ३३ रन, फरिद खानको १४ बलम १० रन र सचिन श्रेष्ठको २१ बलमा ११ रन तथा बलिङ्गमा म्यान अफ दि म्याच कौशल सुवेदीको ४ ओरमा १५ रन र ४ विकेट प्रमुख रह्यो।
बलिङ्ग तर्फ सान निलोका एकनाथ नेपालले सर्वाधिक ३ विकेट लिए। उनले ४ ओभर फाल्दै २० रन दिए। यस्तै सुभम झाले ४ ओभरमा १७ रन दिंदै १ विकेट लिए। अन्य बलरमा अजय गिरीले ४ ओभरमा १५ रनका साथ एक, अजय देवले ३ ओभरमा १४ रनका साथ १, कालिल गिरीले ३ ओभरमा ६ रनका साथ १ विकेट लिए भने अभिषेक श्रेष्ठले २ ओभरमा ८ रन दिए।
८४ रनको लक्षका साथ मैदान प्रवेश गरेको सान निलो १३.४ ओभरमा ६४ रनमा समेटिनि पुग्यो। एकनाथ नेपालले ३३ बलमा १९ रन जोड्नु बाहेक कुनै पनि खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।
बलिङ्ग तर्फ केसिटिसीका कैशल सुवेदीले ४ ओभरमा १५ रनका साथ ४ विकेट लिए। उनी म्यान अफ द म्याच घोषित भए। यस्तै साहश शाक्यले ३ ओभरमा ५ रनका साथ दुई विकेट, अथर्व पौडेलले २.४ ओभरमा ११ रनका साथ एक र सुनभ धोज थापाले २ ओभरमा १० रनका साथ १ विकेट लिए। यसैगरि आयुष थापाले १ ओभरमा ७ र सौगात भण्डारीले १ ओभरमा ९ रन दिए।
राष्ट्रिय खेलकुद परिषदका बरिष्ठ क्रिकेट प्रशिक्षक सुनौज भट्टराईले म्यान अफ दि म्याच कौशल सुवेदीलाई ट्रफी प्रदान गरे।
यस्तै आजै भएको दोश्रो खेलमा ओएसिसले बालुवाटार क्रिकेट क्लबलाई ८ विकेटले पराजित गर्दै अन्तिम आठमा स्थान बनायो। ओएसिसका लागि सुदीप बस्नेतले ५६ बलमा ४१ रन र आईश भट्टराईले १० बलमा १० रन जोडे।
ओएसिसका सुमित श्रेष्ठ म्यान अफ दि म्याच घोषित भए। उनले ३.४ ओभरमा ६ रन दिंदै ४ विकेट लिए।
बालुवाटारका लागि समन श्रेष्ठले २० बलमा १४ रन र नविन तामाङ्गले १९ बलमा १३ रन जोडे। अन्य खेलाडीले दोहोरो अंक जोड्न असफल भए।
बलिङ्गमा ओएसिसका सुमित श्रेष्ठले ३.४ ओभरमा ६ रनमा ४ विकेट लिए। यस्तै सचिन शर्माले ४ ओरमा १० रनमा २ विकेट र आरोग्य भट्टराईले २ ओभरमा १० रनमा २ विकेट लिए। यसै गरि स्वरुप श्रेष्ठले ४ ओरमा ११ रन १ विकेट लिए।