Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
Kathmandu BernHardt College Kathmandu BernHardt College
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
खेल परिचय
  • Home
  • खेल परिचय
  • सर्वाधिक लोकप्रिय खेलः फुटबल
सर्वाधिक लोकप्रिय खेलः फुटबल
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च सोमबार, जेठ २१, २०७५
Chelsea World School Chelsea World School

काठमाडाैं २१ जेठ – सर्वाधिक लोकप्रिय खेल फुटबल जसलाई प्राय: फुटबल एक खुट्टाले भकुण्डोलार्इ हानेर खेल्ने गरिन्छ, फुटबललार्इ सकर पनि भन्ने गरिन्छ। यो संसारकै लोकप्रिय खेलहरु मध्ये एक हो। यो एउटा सामुहिक खेल हो र यसलाई ११/११ खेलाडीहरुको दुई समुहबीच खेल्ने गरिन्छ।

फुटबललाई सामान्यत: एउटा आयताकार घाँस वा कृत्रिम घाँस भएको मैदानमा खेलिन्छ जसको अन्तिममा एउटा गोलपोस्ट हुन्छ। खेलाडीहरु द्वारा विरोधी समुहको गोलपोस्टमा आफ्नो चालाकीले भकुण्डोलाई गोल गर्नुनै यस खेलको उद्देश्य हो। खेलमा गोलरक्षक नै एउटा मात्र यस्तो खेलाडी हुन्छ जसले भकुण्डोलाई रोक्न अथवा बचाउनका लागि आफ्नो हात प्रयोग गर्न अनुमति हुन्छ।

समुहको बाँकी खेलाडी प्रायजसो भकुण्डोलाई हिर्काउन (किक)का लागि आफ्नो खुट्टाको प्रयोग गर्छन्। तथा कहिले काहीं हावामा भकुण्डो रोक्नका लागि आफ्नो छाती या टाउकोको प्रयोग गर्छन्। जुन समुह खेलको अन्त वा समय समाप्ति सम्म बढी गोल गर्न सफल हुन्छ त्यहि टिम विजय घोषित हुन्छ। खेलको अन्त अर्थात समय समाप्ति सम्म यदि स्कोर बराबर रहेमा त्यस खेललाई बराबर वा ड्र घोषित गर्न सकिन्छ अथवा खेललाई अतिरिक्त समयमा लिएर जानु र पेनाल्टी शूट आउट द्वारा जितहारको निर्णय गर्नु प्रतियोगिताको स्वरुप माथि निर्भर हुन्छ।

आधुनिक फुटबललाई इङ्गल्याण्डमा द फुटबल एसोसिएशन फुटबल संघको गठन संगै गाँसिएको थियो र त्यस लगत्तै सन् १८६३ मा बनाइएको लव्ज अफ द गेम खेलको कानून को आधारमा नै आज फुटबल खेल्ने गरिन्छ। अन्तर्राष्ट्रिय आधार वा स्वरूप माथि फुटबलको नियन्त्रण एसोसिएशन फुटबलको अन्तर्राष्ट्रिय महासंघ जसलाई संक्षेपमा FIFA वा एसोसिएशन फुटबलको अन्तर्राष्ट्रिय महासंघ ले गर्छ। फुटबलको सबैभन्दा प्रतिष्ठित अन्तर्राष्ट्रिय र लोकप्रिय प्रतियोगिता फिफा विश्व कप हो जसको आयोजन प्रत्येक चार वर्षको अन्तरमा गरिन्छ। यस प्रतियोगितालाई व्यापक रूपमा सम्पूर्ण विश्व मा हेर्ने गरिन्छ र यसको दर्शक ग्रीष्मकालीन ओलम्पिक खेलहरु लाई हेर्ने दर्शकहरुको लगभग दुई गुणा बढी हुन्छ। यसै वर्ष पनि यसै जुन १४ बाट रूसमा शुरु हुँदैछ।

यो खेल प्राचीन ग्रिकहरुले पनि खेल्ने गरेको पाईएको छ। त्यसबेलाको फुटबल खेललाई हार्पास्टोन भनिन्थ्यो। त्यसैगरी रोमनहरुले खेल्ने त्यस्तै किसिमको फुटबल खेललाई हार्पास्टुम भनिन्थ्यो। मध्ययुगमा इटलीमा फुटबल खेल खेलिन तथा बिकसित हुन थाल्यो। त्यसैताका पोलिनेसियाका बासिन्दाहरुले पनि बाँसका फाइबरबाट बनेका फुटबलले धेरै किसिमका खेलहरु खेल्ने गर्थे। एस्किमोहरु हिमाली झारपातका बिरुवाहरुको डल्लो बनाई फुटबल खेल्थे।

आजभोली खेलिने बिभिन्न किसिमका फुटबलहरु इंग्ल्याण्डमा खेलका रुपमा बिकसित तथा संयोजित भए। त्यसबेला नै पश्चिमा देशहरुमा फुटबल यति लोकप्रिय थियो की इंग्ल्याण्डका राजा एडबर्ड द्धितीयाले सन् १३१४ मा तथा हेनरी छैंठोले यो खेलमाथि प्रतिबन्ध नै लगाए। त्यसरी फुटबल खेलमाथि प्रतिबन्ध लगाउनुको कारण चाँहि फुटबल खेलका कारण सिपाहीको क्षमता जोगाउनु थियो। त्यसबेला फौजका सिपाहीहरु फुटबल खेलप्रति अति आकर्षित थिए।

सिपाहीहरु युद्धमा आवश्यक पर्ने सैनिक कला धनु बिद्यालाई बेवास्ता गर्न थालेका थिए। मध्यकालमा फुटबल खेलमाथि बिभिन्न सात जना शासकहरुले अलग अलग समयमा पटक पटक प्रतिबन्ध लगाएको इतिहास छ। तर, प्रतिबन्धले यो खेलको लोकप्रियता तथा बिकासलाई रोक्न सकेन। फुटबलले आधुनिक र ब्यबस्थित स्वरुप सन् १८६३ मा भएको हो। त्यसै बर्षदेखि इंग्ल्याण्ड फुटबल एशोसिएशनको गठन भयो। सन् १८७२ मा इंग्ल्याण्ड र स्कटल्याण्डका बीच पहिलो अन्तराष्ट्रिय खेल भयो। पछि फुटबल एशोसिएशन कपको शुरुवात भयो। भारतमा डुरंड कप प्रतियोगिता आयोजना गरियो।

यो प्रतियोगिता बिश्वको दोश्रो आधुनिक फुटबल प्रतियोगिता मानिन्छ। ओलम्पिक खेलमा फुटबल खेल सन् १८९६ देखि समावेश गरियो। शुरुका चारवटा ओलम्पिकमा फुटबल प्रतियोगिताको पदक इंग्ल्याण्डले जितेको थियो। यता सन् १९०४ मा युरोपका सातवटा फुटबल संगठनहरुको एक बैठक बस्यो। फ्रान्स, बेल्जियम, डेनमार्क, नेदरल्याण्ड, स्पेन, स्वीडेन र स्वीट्जरल्याण्डका फुटबल संगठनहरु सहभागी रहेको उक्त बैठकले फुटबल खेललाई अन्तराष्ट्रिय रुपमै एकरुपता पार्न तथा ब्यबस्थित ढंगले सञ्चालन गर्न एउटा अन्तराष्ट्रिय संस्था बनाउने निर्णय गर्यो। फलस्वरुप अन्तराष्ट्रिय फुटबल महासंघको जन्म भयो।

फिफा गठन भएकै अवसरमा भएको पहिलो बैठकमा फिफाले प्रत्येक चार बर्षमा एक पटक बिश्वकप फुटबल प्रतियोगिताको आयोजना गर्ने निर्णय गर्यो। तर, अन्तराष्ट्रिय स्तरको बिश्वकप फुटबल सञ्चालन गर्ने निर्णय तत्काल कार्यान्वयन हुन सकेन । निर्णय भएको करीब २६ बर्षपछि मात्र सन् १९३० मा पहिलो पटक बिश्वकप फुटबल प्रतियोगिता उरुग्वेमा आयोजना गरियो। उरुग्वेमा भएको उक्त पहिलो बिश्वकप फुटबल प्रतियोगितामा आयोजक राष्ट्र उरुग्वेले नै अर्जेटिनालाई फाइनलमा पराजित गर्यो।

त्यस खेलमा १३ वटा टीम सहभागी थिए। युरोपका शक्तिशाली राष्ट्रहरुको पहलमा भएकोले मात्र नभई आर्थिक रुपमा नै पनि सफल भएको उक्त प्रतियोगिता बिश्वब्यापी रुपमा नै आम जनमानसको ध्यान आफूतिर तान्न सफल भयो। अव युरोपका अन्य प्रमुख राष्ट्रहरु पनि यस खेलप्रति आकर्षित भए। तर इंग्ल्याण्ड फिफाको सदश्य भइसकेको थिएन।

त्यसैले उसले बिश्वकप फुटबल प्रतियोगितामा भाग लिन अस्वीकार गर्यो। सन् १९३४ को बिश्वकप फुटबल फासिस्ट तानशाह मुसोलिनले शासन गरिरहेको देश इटलीमा भयो। उक्त प्रतियोगिता पनि आयोजक देशले नै अर्थात इटलीले जित्यो। सन् १९३८ को बिश्वकप फुटबल प्रतियोगिता फ्रान्सले आयोजना गर्यो। यस पटक पनि प्रतियोगिता इटलीले नै जित्यो। रोचक कुरा त के छ भने यो बेलासम्म आइपुग्दा फुटबलमा ३६ वटा राष्ट्रका टीमहरुले भाग लिएका थिए र बिश्वकप फुटबलको ईतिहासमा पहिलोपटक अन्तिम १६ जना प्रतियोगीहरु छान्नका लागि सहभागी राष्ट्रहरुबीच पूर्व छनौट प्रतियोगिता समेत सञ्चालन गर्नुपरेको थियो।

अन्य खेलहरुलाई जस्तै बिश्वयुद्धले बिश्वकप फुटबल प्रतियोगितालाई पनि ठूलो बाधा पुर्यायो र सन् १९५० मा आएर मात्र ब्राजिलमा बिश्वकप फुटबल पुन सञ्चालन हुन सक्यो। पहिलोपटक इंग्ल्याण्डले भाग लिएको यस प्रतियोगितामा इंग्ल्याण्डको टीम अमेरिकाको टीमबाट १ का बिरुद्ध शुन्य गोलले पराजित भयो। यस पटकको प्रतियोगिता आयोजक राष्ट्र ब्राजिललाई हराएर उरुग्वेले जित्यो। स्वीट्जरल्याण्डमा भएका सन् १९५४ को बिश्वकपमा जर्मनीले हंगेरीलाई परास्त गरेर जित्यो।

बिश्वकप प्रतियोगितकै कारण फुटबल खेल बिश्वब्यापी रुपमा सबैभन्दा लोकप्रिय खेलको रुपमा परिचित भयो। बिश्वकप फुटबल तथा यस खेलको बढ्दो लोकप्रियता के ले पनि प्रष्ट पार्न सक्छ भने शुरुवातमा १३ वटा मात्र टीमले भाग लिएको बिश्वकप प्रतियोगितामा सन् १९९४ सम्ममा आइपुग्दा बिश्वका १ सय ४० भन्दा धेरै राष्ट्रका टीमले भाग लिएका थिए। यति ब्यापक परिणाममा सहभागी हनुकै कारण बिश्वकप प्रतियोगिताकका लागि प्रत्येक महादेश भित्रका देशहरु बीच नै छनौट प्रतियोगिताको आयोजना हुन्छ। यसरी छनौट हुँदै गएको अन्तिम चरणको प्रतियोगितामा भाग लिन पाउँछन्।


प्रकाशित मिति: सोमबार, जेठ २१, २०७५  १६:०६
#WorldCup #SportsWorld #Football #Khelkudmanch #KhelParichaya
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप खेल परिचय
इतिहाससहित जान्नुहोस् के हाे मार्सलआर्ट ?
इतिहाससहित जान्नुहोस् के हाे मार्सलआर्ट ? शुक्रबार, असार २९, २०७५
टेबलटेनिसमा एलए च्याम्पियन
टेबलटेनिसमा एलए च्याम्पियन बुधबार, जेठ ३०, २०७५
लोकप्रिय खेल क्रिकेट
लोकप्रिय खेल क्रिकेट शनिबार, जेठ १९, २०७५
Navodit College Navodit College
ताजा समाचार
एभरेस्ट महिला भलिबल लिग: घरेलु टोली पोखरा लुम्बिनीसँग पराजित
एभरेस्ट महिला भलिबल लिग: घरेलु टोली पोखरा लुम्बिनीसँग पराजित खेलकुद मञ्‍च
प्रथम अन्तरविद्यालय अन्डर-१२ छात्र फुटसल सम्पन्न, विद्यावाणीले जित्यो उपाधि
प्रथम अन्तरविद्यालय अन्डर-१२ छात्र फुटसल सम्पन्न, विद्यावाणीले जित्यो उपाधि खेलकुद मञ्‍च
खेलकुद मन्त्री र एनओसी तदर्थ समितिको छलफल
खेलकुद मन्त्री र एनओसी तदर्थ समितिको छलफल खेलकुद मञ्‍च
एकेएफ यु-२२ करातेमा नेपाललाई २ कांस्य
एकेएफ यु-२२ करातेमा नेपाललाई २ कांस्य खेलकुद मञ्‍च
रोहिणी इन्टरनेशनल एजुकेसनको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट
रोहिणी इन्टरनेशनल एजुकेसनको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
जैशिदेवल युथ क्लबको ३२औं वार्षिकोत्सवमा छैठौं इन्क्ट्रा डोजाङ्ग तेक्वान्दो प्रतियोगिता सम्पन्न
जैशिदेवल युथ क्लबको ३२औं वार्षिकोत्सवमा छैठौं इन्क्ट्रा डोजाङ्ग तेक्वान्दो प्रतियोगिता सम्पन्न
नेपालगन्जमा यु-१४ छात्र-छात्रा फुटबल हुँदै
नेपालगन्जमा यु-१४ छात्र-छात्रा फुटबल हुँदै
बास्केटबलमा प्रिमियर र क्वासन च्याम्पियन
बास्केटबलमा प्रिमियर र क्वासन च्याम्पियन
अन्तर्राष्ट्रिय रग्बी सिरिज भदौ अन्तिम साता हुने
अन्तर्राष्ट्रिय रग्बी सिरिज भदौ अन्तिम साता हुने
खेलाडीसहित १० सदस्यीय कराते टोली चीन जाने
खेलाडीसहित १० सदस्यीय कराते टोली चीन जाने
जैशिदेवल युथ क्लबको ३२औं वार्षिकोत्सवमा छैठौं इन्क्ट्रा डोजाङ्ग तेक्वान्दो प्रतियोगिता सम्पन्न
जैशिदेवल युथ क्लबको ३२औं वार्षिकोत्सवमा छैठौं इन्क्ट्रा डोजाङ्ग तेक्वान्दो प्रतियोगिता सम्पन्न
जुनियर क्रिकेट लिग भदौदेखि
जुनियर क्रिकेट लिग भदौदेखि
माफ फुटसलमा गोल्डेनपिक, पिस प्वाइन्ट र विच किड च्याम्पियन
माफ फुटसलमा गोल्डेनपिक, पिस प्वाइन्ट र विच किड च्याम्पियन
अन्तरकलेज प्लस टु छात्र बास्केटबल भोलिदेखि
अन्तरकलेज प्लस टु छात्र बास्केटबल भोलिदेखि
भक्त राना स्मृति चेसको तयारी
भक्त राना स्मृति चेसको तयारी
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
रोहिणी इन्टरनेशनल एजुकेसनको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट
रोहिणी इन्टरनेशनल एजुकेसनको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट आइतबार, भदौ २२, २०८२
बिहानी कपको उपाधि सिद्धेश्वरलाई
बिहानी कपको उपाधि सिद्धेश्वरलाई आइतबार, भदौ २२, २०८२
पल्सर स्पोर्टस अवार्ड २०८१ को चार विधाका मनोनयन सार्वजनिक 
पल्सर स्पोर्टस अवार्ड २०८१ को चार विधाका मनोनयन सार्वजनिक  आइतबार, भदौ २२, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2025 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्