Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
विविध खेल
  • Home
  • विविध खेल
  • पुष्पलाल स्मृति ब्याडमिन्टनमा ह्याट्रिक सहित प्रिन्सलाई उपाधी
पुष्पलाल स्मृति ब्याडमिन्टनमा ह्याट्रिक सहित प्रिन्सलाई उपाधी
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च 2079-11-7
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडौं । नेपाल पुलिस क्लबका प्रिन्स दाहालले ‘लिनिङ्ग १२ औं पुष्पलाल स्मृति राष्ट्रिय वरियता ब्याडमिन्टन प्रतियोगिता-२०२३’ को एकल तर्फ लगातार तीन संस्करणमा जित हात पार्दै ह्याट्रिकका साथ उपाधी उचाल्न सफल भएका छन् ।

नेपाल ब्याडमिन्टन संघको शिर्ष १६ बरियता भित्र रहेका पुरुष एकल तर्फको खेलमा आर्मीका प्रफुल महर्जनलाई पराजित गर्दै राष्ट्रिय च्याम्पियन पुलिसका प्रिन्स दाहालले उपाधी उचालेका हुन । प्रिन्सले प्रफुललाई २१–१४, २१–१७ ले पराजित गर्दै उापधी उचालेका हुन् । पहिलो सेट सहज जित निकालेका दाहालले दोश्रो सेटमा १–८ ले पछि परेको अवस्थालाई सुधार गर्दै २१–१७ को जित निकाल्दै खेललाई आफ्नो पक्षमा पारेका थिए । प्रिन्सको ८ दिन भित्रमा यो प्रफुल माथिको दोश्रो जित हो । यस अघि ईटहरीमा सम्पन्न प्रथम मुख्यमन्त्री सरगमाथा राष्ट्रिय बरियता ब्याडमिन्टन प्रतियोगितामा पनि प्रफुललाई हराउँदै प्रिन्सले उपाधी उचालेका थिए । यस विधामा पुलिसका बिष्णु कटुवाल र आर्मीका रुकेश महर्जन संयुक्त तेश्रो भए ।

बिजयी भएबापत प्रिन्सले नगद ५० हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । यस्तै उपबिजयी प्रफुलले नगद ३० हजार र तृतीय स्थान प्राप्त गर्ने बिष्णु कटुवाल र रुकेश महर्जनले क्रमश १४ हजार र १२ हजार ५ सय सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । बिजयी खेलाडीहरुलाई पूर्व प्रधानमन्त्री नेकपा एमालेका अध्यक्ष के.पी. शर्मा ओलीले पुरस्कार वितरण गरेका थिए ।

नेकपा एमालेको भातृसंस्था नेपाल खेलकुद महसंघ अन्तरगत रहेको राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा भएको महिला शिर्ष १२ बरियता भित्रको एकल तर्फ आर्मीकी अनुमाया राईले ८ दिन अघि ईटहरीमा सम्पन्न प्रथम मुख्यमन्त्री सगरमाथा राष्ट्रिय बरियता ब्याडमिन्टन प्रतियोगिताकी उपाधी विजेता एपिएफकी जेशिका गुरुङलाई १८–२१, २१–१७, २१–६ ले पराजित गर्दै उपाधी हात पारेकी हुन् । अनुको यो जितका साथ पुष्पलाल स्मृति राष्ट्रिय वरियता ब्याडमिन्टन प्रतियोगितामा लगातार दोश्रो जित हो । यस विधाको तेश्रो स्थानमा राष्ट्रिय च्याम्पियन आर्मीकी रशिला महर्जन र प्राथना देउवा रहे ।

बिजयी अनुमाया राईले नगद ५० हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । यस्तै उपबिजयी जेशिका गुरुङ्गले नगद २८ हजार ५ सय सहित मेडल, ट्रफी र प्रमाणपत्र, तृतीय स्थान हासिल गर्ने रशिला महर्जनले नगद १२ हजार ५ सय र प्राथना देउवाले नगद ११ हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

लगातार तीन संस्करणमा जित हात पार्ने खेलाडीलाई राष्ट्रिय ब्याडमिन्टन संघ, नेपालले स्कुटर प्रदान गर्ने घोषणा बमोजिम अर्को संस्करणको उद्घाटनका अवसरमा प्रिन्सलाई स्कुटर प्रदान गरिने छ ।

पुरुषको शिर्ष १६ बरियता देखि बाहेकको पुरुष एकलमा आर्मीका पविन लिनथेपलाई पराजित गर्दै एपिएफका सुजन थापाले उपाधी हात पारे । थापाले लिनथेपलाई २१–१५, २१–१३ ले पराजित गरेका थिए । आर्मीका हिमाल चन्द र एपिएफका प्रनिश सिंह ठकुरीले तेश्रो स्थानमा चित्त बुझाए ।

महिला शिर्ष १२ देखि बाहेकको एकल तर्फको खेलमा आर्मीकी बिश्ना बिष्टले झापाकी अन्जना राईमाथि १९–२१, २१–१९, २१–१९ को कठिन जित निकालदै उपाधी कब्जा गरेकी हुन् । पाँचथरकी रिना तामाङ र आर्मीकी टिशा रानी शाक्य संयुक्त तेश्रो भए ।

पुरुष यु १७ तर्फको प्रतिस्पर्धामा एपिएफका रोशन साउदले जित हात पार्दै उपाधी उचाले । साउदले फाईनलमा आर्मीका अनिल मल्ललाई २१–११, २१–१५ ले पराजित गर्दै उपाधी उचालेका हुन् । आर्मीका कविर के.सी. र दाङका सनौला रैनी संयुक्त तेश्रो भए ।

महिला यु १७ तर्फ आर्मीकी रिहाना शेरचनले आर्मीर्क टिशा रानी शाक्यलाई २१–१०, २१–१६ ले पराजित गर्दै उपाधी कब्जा गरिन् ।  कास्कीकी निभा राई र ताप्लेजुङ्गकी नुमा लिम्बुले संयुक्त तेश्रो स्थान प्राप्त गरे ।

पुरुष ४५ बर्ष माथिको प्रतिस्पर्धामा काठमाण्डौका संजय कपाली र श्याम लामाको जोडीले उपाधी जिते । कपाली र लामाको जोडीले कास्कीका राजेश गुरुङ र बाँकेका अनिल लाखेको जोडीलाई २२–२४, २१–१२, २१–१६ ले पराजित गर्दै उपाधी जितेका हुन् । सुनसरीका भजनलाल चौधरी र ईटहरीका सन्त तामाङ तथा बेलबारीका दीपक आङ्गदम्बे र मोरङका बिकास श्रेष्ठको जोडी संयुक्त तेश्रो भए ।

पुरुष ५५ बर्ष माथिको प्रतिस्पर्धामा पाँचथरका रामराज आङ्गदम्बे र संजय भक्तराजको जोडीले जित हात पार्दै उपाधी उचाले । फाईनलमा आङ्गदम्बे र भक्तराजको जोडीले कास्कीका रमेश भट्टचन र खोटाङका दीपक राईको जोडीलाई १७–२१, २१–११, २१–१० ले पराजित गरेका हुन् । बि.बि.सी.का केशव कार्की र आर.के. सिंहको जोडी तथा सुनसरीका गणेश राई र भोजपुरका दान बहादुर तामाङको जोडी संयुक्त तेश्रो भए ।

पुरुष युगल तर्फको खेलमा आर्मीका बिष्णु कटुवाल र प्रिन्स दाहालको जोडीले एपिएफका बिजीत थापा मगर र पुलिसका जीवन आचार्यको जोडीलाई पराजित गर्दै पुरुष युगल तर्फको उपाधी उचाले । बिष्णु र प्रिन्सको जोडीले बिजीत र जीवनको जोडीलाई १४–२१, २१–९, २१–१७ ले पराजित गरेका हुन् । आर्मीका प्रफुल महर्जन र रुकेश महर्जनको जोडी तथा कास्कीका विधान अधिकारी र पविन लिनथेपको जोडी संयुक्त तेश्रो भए ।

महिला युगल तर्फ एपिएफकी शोभा गौचन र पुलिसकी निता लम्सालको जोडीलाई पराजित गर्दै त्रिभुवन आर्मीका प्राथना देउवा र अनुमाया राईले उपाधी उचाले । देउवा र राईको जोडीले गौचन र लम्सालके जोडीलाई २१–१२, २१–१९ ले पराजित गरेका हुन् । तृतीय स्थानमा एपिएफका जेशिका गुरुङ्ग र सुनयना मुखियाको जोडी रहे ।

शहिद रङ्गशालास्थित कभर्डहलमा फागुण २ देखि ७ गते सम्म आयोजना भएको प्रतियोगिताको सह–आयोजकमा मोरङ्ग जिल्ला ब्याडमिन्टन संघ रहेको थियो भने मुख्य प्रायोजकमा ब्याडमिन्टन खेल सामाग्री उत्पादन संस्था लिनिङ्ग थियो । प्रतियेगिताको सहप्रायोजकमा बिराटनगर महानगरपालिका, नेपाल टेलिकम रहेको थियो भने नेपाल खेलकुद महासंघले खेलाडीहरुका लागि खाने बस्ने ब्यवस्था गरेको थियो ।

नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोग रहेको प्रतियोगितामा शिर्ष १६ बरियतामा रहेका पुरुष एकल, शिर्ष १२ बरियतामा रहेका महिला एकल, शिर्ष १६ बरियता बाहेकका पुरुष एकल, शिर्ष १२ बरियता बाहेकका महिला एकल, पुरुष र महिला युगल, यु–१७ छात्र र छात्रा एकल, भेट्रान ४५ बर्ष माथी र ५५ बर्ष माथी गरि १० विधामा करिव १९२ खेलाडीहरुको सहभागिता रहेको थियो । करिव २४ लाख ८४ हजारको लागत रहेको प्रतियोगिताको पुरस्कार रासी ५ लाख ९८ हजार रहेको छ ।


प्रकाशित मिति: आइतबार, फागुन ७, २०७९  २१:०२
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप विविध खेल
पारा तेक्वान्दोमा कास्य विजेता रेनु र प्रशिक्षक लामा सम्मानित
पारा तेक्वान्दोमा कास्य विजेता रेनु र प्रशिक्षक लामा सम्मानित शुक्रबार, पुस ४, २०८२
ललितपुर १६ लाई भेट्रान टिम उपाधि
ललितपुर १६ लाई भेट्रान टिम उपाधि शुक्रबार, पुस ४, २०८२
ह्विलचेयर रग्बीमा बिआइए इन्स्टिच्युट विजयी
ह्विलचेयर रग्बीमा बिआइए इन्स्टिच्युट विजयी बिहीबार, पुस ३, २०८२
धावक कार्की ललितपुरदेखि उत्तरप्रदेशसम्म दौड्दै
धावक कार्की ललितपुरदेखि उत्तरप्रदेशसम्म दौड्दै बिहीबार, पुस ३, २०८२
इभाना र वियंका फाइनलमा
इभाना र वियंका फाइनलमा बुधबार, पुस २, २०८२
अन्तरवडा राष्ट्रिय टेबलटेनिसमा सुरम्यलाई स्वर्ण
अन्तरवडा राष्ट्रिय टेबलटेनिसमा सुरम्यलाई स्वर्ण मंगलबार, पुस १, २०८२
नेपाल राष्ट्रिय माउन्टेन बाइक च्याम्पियनसिप पुष ४ देखि
नेपाल राष्ट्रिय माउन्टेन बाइक च्याम्पियनसिप पुष ४ देखि सोमबार, मंसिर ३०, २०८२
Navodit College Navodit College
ताजा समाचार
पारा तेक्वान्दोमा कास्य विजेता रेनु र प्रशिक्षक लामा सम्मानित
पारा तेक्वान्दोमा कास्य विजेता रेनु र प्रशिक्षक लामा सम्मानित खेलकुद मञ्‍च
मातृभूमि कपमा इनोभेटिभ सेमिफाइनलमा
मातृभूमि कपमा इनोभेटिभ सेमिफाइनलमा खेलकुद मञ्‍च
ललितपुर १६ लाई भेट्रान टिम उपाधि
ललितपुर १६ लाई भेट्रान टिम उपाधि खेलकुद मञ्‍च
ह्विलचेयर रग्बीमा बिआइए इन्स्टिच्युट विजयी
ह्विलचेयर रग्बीमा बिआइए इन्स्टिच्युट विजयी खेलकुद मञ्‍च
पारा तेक्वान्दोमा कास्य विजेता रेनुलाई रिभेराको सम्मान
पारा तेक्वान्दोमा कास्य विजेता रेनुलाई रिभेराको सम्मान खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
विश्व बक्सिङका पदक विजेता चन्द्रको भब्य स्वागत
विश्व बक्सिङका पदक विजेता चन्द्रको भब्य स्वागत
एसियाली युथ पारा गेम्समा स्वीकृतलाई रजत
एसियाली युथ पारा गेम्समा स्वीकृतलाई रजत
भ्याली पब्लिक, टीआईए र गोल्डेनपिक च्याम्पियन
भ्याली पब्लिक, टीआईए र गोल्डेनपिक च्याम्पियन
अन्तरवडा राष्ट्रिय टेबलटेनिसमा सुरम्यलाई स्वर्ण
अन्तरवडा राष्ट्रिय टेबलटेनिसमा सुरम्यलाई स्वर्ण
सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी एनपिएल सिजन २ को च्याम्पियन
सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी एनपिएल सिजन २ को च्याम्पियन
रेडियन्ट कपमा स्वर्णिम र पुष्पसदन विजयी
रेडियन्ट कपमा स्वर्णिम र पुष्पसदन विजयी
विश्व बक्सिङका पदक विजेता चन्द्रको भब्य स्वागत
विश्व बक्सिङका पदक विजेता चन्द्रको भब्य स्वागत
पोखराको पहिलो जित, जनकपुरको लगातार तेस्रो हार
पोखराको पहिलो जित, जनकपुरको लगातार तेस्रो हार
पोखरालाई हराउँदै सुदूरपश्चिमको लगातार दोस्रो जित
पोखरालाई हराउँदै सुदूरपश्चिमको लगातार दोस्रो जित
लुम्बिनीलाई हराउँदै अपराजित सुदूरपश्चिम प्लेअफ नजिक
लुम्बिनीलाई हराउँदै अपराजित सुदूरपश्चिम प्लेअफ नजिक
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
धावक कार्की ललितपुरदेखि उत्तरप्रदेशसम्म दौड्दै
धावक कार्की ललितपुरदेखि उत्तरप्रदेशसम्म दौड्दै बिहीबार, पुस ३, २०८२
पारा तेक्वान्दोमा कास्य विजेता रेनुलाई रिभेराको सम्मान
पारा तेक्वान्दोमा कास्य विजेता रेनुलाई रिभेराको सम्मान बिहीबार, पुस ३, २०८२
ह्विलचेयर रग्बीमा बिआइए इन्स्टिच्युट विजयी
ह्विलचेयर रग्बीमा बिआइए इन्स्टिच्युट विजयी बिहीबार, पुस ३, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2025 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्