काठमाडौं । अर्को महिना जिम्बाबेमा हुने आइसीसी विश्वकप छनोटका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ क्यानले आइतबार रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो ।
टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाइले एसीसी प्रिमियर कप खेल्ने टोलीबाट दुई खेलाडी थप्दै १६ सदस्यीय टोली घोषणा गरेका हुन् । टोलीमा अर्जुन साउद र किशोर महतोले पूनरागमन गरेका छन् । यसअघि घोषणा गरिएको २२ सदस्यीय टोलीबाट देव खनाल, अभिनाश बोहरा, कमलसिंह ऐरी, सूर्य तामाङ, मौसम ढकाल र सन्दीप जोरा बाहिरिएका छन् ।
नेपाल अन्तिम तयारीको लागि बुधबार दक्षिण अफ्रिका जानेछ । विश्वकप छनोटअघि नेपालले दक्षिण अफ्रिकाकामा नेदरल्याण्ड र स्कटल्याण्डसँग अभ्यास खेल खेल्नेछ । दक्षिण अफ्रिकाबाट नेपाली टोली जेठ २८ मा जिम्बावे जानेछ । जिम्बाबेमा नेपालले जेठ ३० गते युएई र जेठ ३२ गते ओमानसँग वार्मअप खेल खेल्नेछ ।
विश्वकप छनोटको समुह ए मा नेपाल, आयोजक जिम्बावे, वेस्टइन्डिज, अमेरिका र नेदरल्यान्ड्स रहेका छन् । समूह बी मा आयरल्यान्ड, श्रीलंका, युएई, स्कटल्यान्ड र ओमान रहेका छन् । प्रतियोगिता असार ३ गतेदेखि २४ गतेसम्म हुनेछ । नेपालले असार ३ गते जिम्बावेसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।
नेपालको टोली :
कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहितकुमार पौडेल(कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरि, गुलसन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि.सी, ललित राजवंशी, अर्जुन साउद, किशोर महतो ।