Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
क्रिकेट
  • Home
  • क्रिकेट
  • नेपाल विश्वकप क्रिकेट छनोटमा जिम्बाव्वेसँग पराजित
नेपाल विश्वकप क्रिकेट छनोटमा जिम्बाव्वेसँग पराजित मध्यम क्रमको बलिङ राम्रो हुन सकेन – कप्तान रोहित
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च आइतबार, असार ३, २०८०
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडौं । नेपालले आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गतको आफ्नो पहिलो खेलमा घरेलु टोली जिम्बावेसँग हार व्यहोरेको छ । हरारे स्पोर्ट्स क्लब क्रिकेट मैदानमा आईतबार भएको खेलमा नेपाल जिम्बावेसँग ८ विकेटले पराजित भएको हो ।

नेपालका ओपनर कुशल भुर्तेल र आसिफ शेखको कीर्तिमानी साझेदारीका बाबजुद जिम्बाब्वेले कप्तान क्रेग इर्भिन र सेन विलियम्सको शतकमा नेपालविरुद्ध सहज जित निकालेको थियो । पोस्ट म्याच प्रेस कन्फ्रेन्सका क्रममा नेपालका कप्तान रोहितकुमार पौडेलले मध्यम क्रमको बलिङ राम्रो हुन नसकेको बताए ।

"हामीले आज राम्रो बलिङ गर्न सकेनौँ । विशेष गरी मध्यम क्रमको बलिङ राम्रो हुन सकेन । आज जिम्बाब्वेबाट राम्रो ब्याटिङ भयो । हामीले प्रस्तुत गरेको लक्ष्य राम्रै थियो," कप्तान रोहितले भने । उनले समग्रमा आजको खेलमा खेलाडीहरूले राम्रै खेलेको र अब अर्को खेलको तयारीमा लाग्ने बताएका थिए ।

नेपालले दिएको २ सय ९१ रनको बलियो विजयी लक्ष्य जिम्बावेले ४४ दशमलब १ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । जिम्बावेको जितमा १२५ बलमा १६४ रनको साझेदारी गरेका कप्तान क्रेग इर्भिन र सेन विलियम्स दुवैले नट आउट शतकीय पारी खेलेका थिए ।

कप्तान इर्भिनले १२८ बलमा १५ चौका र १ छक्का मद्दतमा १२१ रन बनाए । विलियम्सले ७० बलमा १३ चौका र २ छक्का मद्दतमा अविजित १०२ रन बनाएका थिए । यस्तै, ओपनर जोयलर्ड गुम्बिले २९ बलमा ५ चौकाको सहयोगमा २५ रन र वेस्ली मधेभरेले ३८ बलमा २ चौकाको सहयोगमा ३२ रन बनाएका थिए ।

दोस्रो विकेटका लागि वेस्ली मधेभरे र कप्तान क्रेग इर्भिनले ९२ बलमा ८२ रनको साझेदारी गरेका थिए । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेले १० ओभरमा ७७ रन खर्चेर कुनै विकेट लिन सकेनन् । गुलशन झा र सोमपाल कामीले समान एक/एक विकेट लिएका थिए ।

त्यसअघि, टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ९० रन बनाएको थियो । नेपाललाई पहिलो विकेटका लागि कुशल भुर्तेल र आसिफ शेखले ३१.५ ओभरमा १ सय ७१ रनको कीर्तिमानी शतकीय साझेदारी गर्दै उत्कृष्ट पारी खेले पनि टोलीको जित दिलाउन सकेनन् ।

एक रनले शतक बनाउन चुकेका कुशल भुर्तेलले एक रनमै जीवनदान पाएका थिए । कुशलले ९५ बलमा १३ चौका र २ छक्कासहित ९९ रनको योगदान गरे । कुशलले ६३ बलमा ८ चौकाको सहयोगमा अर्धशतक पूरा गरेका थिए ।

ओडिआई क्रिकेटमा नेपालको तर्फबाट कुशलको यो छैटौं अर्धशतक हो । कुशलको नाममा एक शतक समेत रहेको छ । यस्तै, अर्का ओपनर आसिफ शेख ६६ रनमा आउट भएका थिए । आसिफले १०० बलमा ७ चौका मद्दतमा ६६ रन बनाए । आसिफ वेलिङटन मसाकान्डाको बलमा रायन बुर्लद्वारा क्याच आउट भएका थिए ।

यस्तै, कुशल मल्ल ४२ बलमा २ चौका र ३ छक्कासहित ४१ रनमा तथा कप्तान रोहितकुमार पौडेल २९ बलमा ५ चौकासहित ३१ रनमा आउट भएका थिए । तेस्रो विकेटका लागि कुशल मल्ल र रोहित पौडेलले ७२ रनको साझेदारी गरेका थिए । गुल्सन झा १३ रनमा, आरिफ शेख १० रनमा र दीपेन्द्रसिंह ऐरी ६ रनमा आउट भएका थिए ।

करण केसी २ रनमा नट आउट रहे । जिम्बावेका लागि रिचर्ड न्गारावाले ९ ओभरमा १ मेडनसहित ४३ रन खर्चेर ४ विकेट लिएका थिए । वेलिंग्टन मसाकाड्जाले १० ओभरमा ४२ रन खर्चेर २ विकेट लिए । ब्लेसिङ मुर्जाबानी र टेन्डाई चताराले समान १/१ विकेट लिएका थिए ।

जितसँगै आयोजक जिम्बावे २ अंकका साथ समूह ‘ए’ को शीर्ष स्थानमा रहेको छ । अब, नेपालको दोस्रो खेल असार ५ (जुन २०) मा अमेरिकासँग रहेको छ । नेपालको तेस्रो खेल वेस्ट इन्डिजसँग असार ७ (जुन २२) मा रहेको छ । नेपालले समूह चरणको अन्तिम खेल नेदरल्यान्डसँग असार ९ (जुन २४) मा खेल्नेछ ।

जिम्बावेसँगको खेल टेस्ट मान्यता प्राप्त राष्ट्रविरुद्ध नेपालको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) खेल हो । विश्वकप छनोटको समुह ‘ए’ मा नेपाल, आयोजक जिम्बावे, वेस्टइन्डिज, अमेरिका र नेदरल्यान्ड्स रहेका छन् । समूह ‘बी’ मा आयरल्यान्ड, श्रीलंका, युएई, स्कटल्यान्ड र ओमान रहेका छन् ।

दश टोली सहभागी यस प्रतियोगिताको शीर्ष दुई टोलीले आइसीसी विश्वकपमा स्थान बनाउने छन् । १३ राष्ट्र सहभागी विश्वकप सुपर लिगका शीर्ष आठ टोली आयोजक भारत, पाकिस्तान, अस्ट्रेलिया, न्युजिल्यान्ड, बंगलादेश, इङ्ल्यान्ड दक्षिण अफ्रिका र अफगानिस्तानले सिधै विश्वकपमा स्थान बनाइसकेका छन् ।


प्रकाशित मिति: आइतबार, असार ३, २०८०  २१:४०
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप क्रिकेट
क्रिकेट र स्वच्छतामा जोड: पारस खड्कासँगै ‘क्रिकेट फर वास’ कार्यक्रम सुरु
क्रिकेट र स्वच्छतामा जोड: पारस खड्कासँगै ‘क्रिकेट फर वास’ कार्यक्रम सुरु बिहीबार, माघ २, २०८२
महिला टि-२० विश्वकप क्वालिफायरमा उत्कृष्ट प्रदर्शन गर्नेलाई अमरावती बुटिक होटल को नगद पुरस्कार घोषणा
महिला टि-२० विश्वकप क्वालिफायरमा उत्कृष्ट प्रदर्शन गर्नेलाई अमरावती बुटिक होटल को नगद पुरस्कार घोषणा सोमबार, पुस २८, २०८२
एनपीएलको कुल बाउण्ड्री बराबर करिब पाँच हजार कफीका बिरूवा रोप्दै प्रेसिडेन्सियल कलेज
एनपीएलको कुल बाउण्ड्री बराबर करिब पाँच हजार कफीका बिरूवा रोप्दै प्रेसिडेन्सियल कलेज शुक्रबार, पुस ११, २०८२
एनपीएलका इमर्जिङ प्लेयर तिलकलाई प्रेसिडेन्सियल कलेजद्वारा १५ लाख रुपैयाँको स्कलरसिप
एनपीएलका इमर्जिङ प्लेयर तिलकलाई प्रेसिडेन्सियल कलेजद्वारा १५ लाख रुपैयाँको स्कलरसिप आइतबार, मंसिर २९, २०८२
एनपीएल दोस्रो संस्करणमा रोहितले जिते कार र बाइक, अरु क-कसले जिते पुरस्कार ?
एनपीएल दोस्रो संस्करणमा रोहितले जिते कार र बाइक, अरु क-कसले जिते पुरस्कार ? शनिबार, मंसिर २८, २०८२
सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी एनपिएल सिजन २ को च्याम्पियन
सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी एनपिएल सिजन २ को च्याम्पियन शनिबार, मंसिर २८, २०८२
विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा, सुदूरपश्चिमसँग भिड्ने
विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा, सुदूरपश्चिमसँग भिड्ने बिहीबार, मंसिर २६, २०८२
Navodit College Navodit College
ताजा समाचार
एक्सेल्सियर र स्वर्णिम सेमिफाइनलमा
एक्सेल्सियर र स्वर्णिम सेमिफाइनलमा खेलकुद मञ्‍च
कविराजलाई विश्व तेक्वान्दोको उत्कृष्ट पारा प्रशिक्षक अवार्ड
कविराजलाई विश्व तेक्वान्दोको उत्कृष्ट पारा प्रशिक्षक अवार्ड खेलकुद मञ्‍च
भ्याली पब्लिक र न्युटन क्वाटरफाइनलमा
भ्याली पब्लिक र न्युटन क्वाटरफाइनलमा खेलकुद मञ्‍च
फुटलसमा काष्ठमण्डपको तेहोरो जित
फुटलसमा काष्ठमण्डपको तेहोरो जित खेलकुद मञ्‍च
ह्वाइट हेभेन र सेब प्रिक्वाटरफाइनलमा
ह्वाइट हेभेन र सेब प्रिक्वाटरफाइनलमा खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
भ्याली पब्लिक र ह्वाइट हेभेनको जित
भ्याली पब्लिक र ह्वाइट हेभेनको जित
गेटवेलाई क्याम्ब्रिज फुटसल उपाधि
गेटवेलाई क्याम्ब्रिज फुटसल उपाधि
क्वानमुकान राष्ट्रिय करातेमा सदिक्षालाई स्वर्ण
क्वानमुकान राष्ट्रिय करातेमा सदिक्षालाई स्वर्ण
प्रेसिडेन्ट कप तेक्वान्दो सम्पन्न
प्रेसिडेन्ट कप तेक्वान्दो सम्पन्न
नरहरिपुर टिम च्याम्पियन
नरहरिपुर टिम च्याम्पियन
भ्याली पब्लिक र ह्वाइट हेभेनको जित
भ्याली पब्लिक र ह्वाइट हेभेनको जित
मार्वलस र बाल दीक्षा सदन सेमिफाइनलमा
मार्वलस र बाल दीक्षा सदन सेमिफाइनलमा
फ्ल्यास स्पोर्ट्स जुनियर टेनिस सुरु
फ्ल्यास स्पोर्ट्स जुनियर टेनिस सुरु
झिल्टुङ क्रस कन्ट्री दौडमा अर्जुन र फुलमति पहिलो
झिल्टुङ क्रस कन्ट्री दौडमा अर्जुन र फुलमति पहिलो
गेटवेलाई क्याम्ब्रिज फुटसल उपाधि
गेटवेलाई क्याम्ब्रिज फुटसल उपाधि
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
राष्ट्रिय क्वानमुकान करातेमा बालाजु टिम च्याम्पियन
राष्ट्रिय क्वानमुकान करातेमा बालाजु टिम च्याम्पियन सोमबार, माघ २०, २०८२
ह्वाइट हेभेन र सेब प्रिक्वाटरफाइनलमा
ह्वाइट हेभेन र सेब प्रिक्वाटरफाइनलमा सोमबार, माघ २०, २०८२
फुटलसमा काष्ठमण्डपको तेहोरो जित
फुटलसमा काष्ठमण्डपको तेहोरो जित सोमबार, माघ २०, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्