Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Reliance International Academy Reliance International Academy
The Times International College The Times International College
अन्तर्राष्ट्रिय
  • Home
  • अन्तर्राष्ट्रिय
  • लिभरपुलका नयाँ गोलकिपर एलिसन विश्वकै सर्वाधिक महँगा साबित
लिभरपुलका नयाँ गोलकिपर एलिसन विश्वकै सर्वाधिक महँगा साबित
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च शनिबार, साउन ५, २०७५
Anjali Overseas Service Anjali Overseas Service
Chelsea World School Chelsea World School
Miracle Party Venue

एजेन्सी, ५ साउन - ब्राजिलियन गोलरक्षक एलिसन संसारकै सबैभन्दा महँगा गोलरक्षक बनेका छन्। उनी बिहीबार राति कीर्तिमानी रकमसहित इटालियन सिरिए क्लब रोमाबाट इङ्लिस प्रिमियर लिग क्लब लिभरपुलमा आबद्ध भएका हुन्। २५ वर्षीय गोलरक्षक एलिसनका लागि लिभरपुलले आठ करोड ४५ लाख अमेरिकी डलर खर्चिएको समाचारमा जनाइएको छ।

कीर्तिमानी रकममा लिभरपुलमा आबद्ध भएपछि एलिसन पनि खुसी छन्। ‘मेरो खेल जीवनका लागि यो ठूलो उपलब्धि हो, लिभरपुलमा आबद्ध हुन पाउँदा म निकै खुसी छु’, एलिसनले भनेका छन्। भर्खरै विश्वकपमा सहभागी भएर फर्किएका एलिसनका लागि यसअघि लिभरपुलले ६ करोड २० लाख पाउन्डको प्रस्ताव अघि सारेको थियो। तर, त्यतिबेला रोमाले उक्त रकममा सहमति जनाएको थिएन।

एलिसनको टोली ब्राजिल हालै रुसमा सम्पन्न २१औं विश्वकपको क्वार्टरफाइनलबाटै घर फर्किएको थियो। सर्वाधिक पाँच पटकको विश्वकप विजेता ब्राजिललाई क्वार्टरफाइनलमा बेल्जियमले २—१ गोलले हराएको थियो। ब्राजिलियन क्लबबाटै व्यावसायिक खेल जीवन सुरु गरेका एलिसन सन् २०१६ मा दुई वर्षका लागि रोमामा आबद्ध भएका थिए। उनले गत सिजन रोमाका लागि इटालियन सिरिएमा ३७ खेल खेलेका थिए।

यसअघि इटालियन क्लब युभेन्ट्सले जियानलुइगी बुफनका लागि सन् २००१ मा पाँच करोड ३० लाख युरो खर्चिएको थियो। पार्माबाट युभेन्ट्स पुगेका बुफन सन् २०१८ सम्म सोही क्लबमा रहे। उनी आगामी सिजनका लागि भने फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) मा आबद्ध भएका छन्। प्रिमियर लिग क्लबहरूले भने हालसम्म गोलरक्षकका लागि खर्चिएको सबैभन्दा ठूलो रकम चार करोड युरो हो। सन् २०१७ को जुनमा म्यानचेस्टर सिटीले बेनफिकाबाट गोलरक्षक एडर्सनलाई भित्र्याउन उक्त रकम खर्च गरेको थियो।

लिभरपुलले पछिल्लो समय ठूलो रकम खर्चिएर एकपछि अर्को खेलाडीलाई भित्र्याएको छ। यसअघि गत जनवरीमा लिभरपुलले नेदरल्यान्ड्सका डिफेन्डर भिर्गिल भान जिकलाई साउथह्याम्पटनबाट नौ करोड ९० लाख अमेरिकी डलरमा भित्र्याएको थियो। लिभरपुलले भान जिकका लागि खर्चिएको रकमसमेत कुनै पनि क्लबले डिफेन्डरका लागि खर्चिएको सबैभन्दा ठूलो रकम थियो। लिभरपुलले यसै सिजन मिडफिल्डरद्वय फाबिन्हो र नाबी केइटालाई पनि क्लबमा आबद्ध गरेको थियो। यी दुवैका लागि लिभरपुलले संयुक्त रूपमा १२ करोड अमेरिकी डलर खर्चिएको थियो।

यसैगरी सन् २०१८ मै लिरभपुलले स्विट्जरल्यान्डका स्ट्राइकर हेर्डन साक्विरीलाई पनि स्टोक सिटीबाट भित्राएको थियो। इजिप्टका प्रभावशाली खेलाडी मोहम्मद सलाहसँग लिभरपुलले पाँच वर्षको नयाँ सम्झौता गरिसकेको छ। सन् २०१७ मा रोमाबाट लिभरपुलमा आबद्ध भएयता सलाहले क्लबका लागि ५२ खेल खेल्दै ४४ गोल गरिसकेका छन्।

गोलरक्षक एलिसनले लिभरपुलमा लोरिस कारियसको स्थान लिनेछन्। गत मेमा खेलिएको च्याम्पियन्स लिगको फाइनलमा स्पेनिस क्लब रियल म्याड्रिडले लिभरपुललाई ३—१ गोलले हराउँदा लोरिसले दुईवटा ठूला गल्ती गरेका थिए। सोही गल्तीका कारण पछिल्लो समय गोलरक्षक लोरिसप्रति क्लब असन्तुष्ट देखिँदै आएको थियो। लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले पनि क्लबले सही व्यक्तिलाई गोलरक्षकका रूपमा भित्र्याएको धारणा व्यक्त गरेका छन्।
 


प्रकाशित मिति: शनिबार, साउन ५, २०७५  १२:०७
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Subisu Subisu
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप अन्तर्राष्ट्रिय
भूपेन्द्रलाई अमेरिकामा दुई पदक
भूपेन्द्रलाई अमेरिकामा दुई पदक सोमबार, कात्तिक २६, २०८१
मेरो ओलम्पिक यात्रा संस्मरण -तेजबहादुर गुरुङ
मेरो ओलम्पिक यात्रा संस्मरण -तेजबहादुर गुरुङ बिहीबार, असोज १०, २०८१
अन्टिएफको १०औँ बार्षिकोत्सव क्यालिफोर्नियामा सम्पन्न
अन्टिएफको १०औँ बार्षिकोत्सव क्यालिफोर्नियामा सम्पन्न बुधबार, असोज २, २०८१
स्यान्टु पेरिस ओलम्पिकको प्रारम्भिक चरणमै पराजित
स्यान्टु पेरिस ओलम्पिकको प्रारम्भिक चरणमै पराजित शनिबार, साउन १२, २०८१
नेपाललाई थ्री बाइ थ्री बास्केटबलको उपाधि
नेपाललाई थ्री बाइ थ्री बास्केटबलको उपाधि मंगलबार, वैशाख १८, २०८१
सदस्य–सचिव र मारिसोलबीच भेट
सदस्य–सचिव र मारिसोलबीच भेट शुक्रबार, वैशाख १४, २०८१
युएईलाई एसीसी मेन्स प्रिमियर कप क्रिकेटको उपाधि
युएईलाई एसीसी मेन्स प्रिमियर कप क्रिकेटको उपाधि सोमबार, वैशाख १०, २०८१
ताजा समाचार
प्रचण्ड कप भलिबलको तयारी पूरा
प्रचण्ड कप भलिबलको तयारी पूरा खेलकुद मञ्‍च
यु-१४ राष्ट्रिय विद्यालय खेलकुद: टेबलटेनिसमा बागमतीको क्लिन स्विप
यु-१४ राष्ट्रिय विद्यालय खेलकुद: टेबलटेनिसमा बागमतीको क्लिन स्विप खेलकुद मञ्‍च
एनएसआरए राष्ट्रिय स्क्वास च्याम्पियन्सीप आजदेखि
एनएसआरए राष्ट्रिय स्क्वास च्याम्पियन्सीप आजदेखि खेलकुद मञ्‍च
यु-१४ राष्ट्रिय विद्यालय खेलकुद एथलेटिक्समा लुम्बिनी र बास्केटबलको उपाधि कोशी र बागमतीलाई
यु-१४ राष्ट्रिय विद्यालय खेलकुद एथलेटिक्समा लुम्बिनी र बास्केटबलको उपाधि कोशी र बागमतीलाई खेलकुद मञ्‍च
क्याड्डी गल्फको उपाधि अनिल र पार्वतीलाई  
क्याड्डी गल्फको उपाधि अनिल र पार्वतीलाई   खेलकुद मञ्‍च
Health Track Nepal Health Track Nepal
Notice
खेलुकद परिषदद्वारा खेलाडी प्रोत्साहन पुरस्कार वितरण
खेलुकद परिषदद्वारा खेलाडी प्रोत्साहन पुरस्कार वितरण खेलकुद मञ्‍च
नेपाल सितोरियो कराते संघको स्पोर्ट डाटा बेश तथा वेभसाईटको उद्घाटन कार्यक्रम
नेपाल सितोरियो कराते संघको स्पोर्ट डाटा बेश तथा वेभसाईटको उद्घाटन कार्यक्रम खेलकुद मञ्‍च
भारोत्तोलन राष्ट्रिय च्याम्पियनसिप
भारोत्तोलन राष्ट्रिय च्याम्पियनसिप खेलकुद मञ्‍च
कराते प्रतियोगिताको उद्घाटन कार्यक्रम
कराते प्रतियोगिताको उद्घाटन कार्यक्रम खेलकुद मञ्‍च
नेपाली राष्ट्रिय भलिबल खेलाडीको पारिश्रमिक घोषणा एवं वितरण कार्यक्रम
नेपाली राष्ट्रिय भलिबल खेलाडीको पारिश्रमिक घोषणा एवं वितरण कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
क्याड्डी गल्फको उपाधि अनिल र पार्वतीलाई  
क्याड्डी गल्फको उपाधि अनिल र पार्वतीलाई  
यु-१४ राष्ट्रिय विद्यालय खेलकुद एथलेटिक्समा लुम्बिनी र बास्केटबलको उपाधि कोशी र बागमतीलाई
यु-१४ राष्ट्रिय विद्यालय खेलकुद एथलेटिक्समा लुम्बिनी र बास्केटबलको उपाधि कोशी र बागमतीलाई
एनएसआरए राष्ट्रिय स्क्वास च्याम्पियन्सीप आजदेखि
एनएसआरए राष्ट्रिय स्क्वास च्याम्पियन्सीप आजदेखि
यु-१४ राष्ट्रिय विद्यालय खेलकुद: टेबलटेनिसमा बागमतीको क्लिन स्विप
यु-१४ राष्ट्रिय विद्यालय खेलकुद: टेबलटेनिसमा बागमतीको क्लिन स्विप
मिनेसोटा युनाइटेडसँग इन्टर मियामी पराजित
मिनेसोटा युनाइटेडसँग इन्टर मियामी पराजित
दक्षिण एसियाली जुडोमा नेपाल प्रथम
दक्षिण एसियाली जुडोमा नेपाल प्रथम
दक्षिण एसियाली युथ टेबलटेनिसका पदक विजेता खेलाडी सम्मनित
दक्षिण एसियाली युथ टेबलटेनिसका पदक विजेता खेलाडी सम्मनित
क्याड्डी गल्फको उपाधि अनिल र पार्वतीलाई  
क्याड्डी गल्फको उपाधि अनिल र पार्वतीलाई  
यु-१४ राष्ट्रिय विद्यालय खेलकुद एथलेटिक्समा लुम्बिनी र बास्केटबलको उपाधि कोशी र बागमतीलाई
यु-१४ राष्ट्रिय विद्यालय खेलकुद एथलेटिक्समा लुम्बिनी र बास्केटबलको उपाधि कोशी र बागमतीलाई
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
क्याड्डी गल्फको उपाधि अनिल र पार्वतीलाई  
क्याड्डी गल्फको उपाधि अनिल र पार्वतीलाई   मंगलबार, जेठ २८, २०८२
यु-१४ राष्ट्रिय विद्यालय खेलकुद एथलेटिक्समा लुम्बिनी र बास्केटबलको उपाधि कोशी र बागमतीलाई
यु-१४ राष्ट्रिय विद्यालय खेलकुद एथलेटिक्समा लुम्बिनी र बास्केटबलको उपाधि कोशी र बागमतीलाई मंगलबार, जेठ २८, २०८२
एनएसआरए राष्ट्रिय स्क्वास च्याम्पियन्सीप आजदेखि
एनएसआरए राष्ट्रिय स्क्वास च्याम्पियन्सीप आजदेखि मंगलबार, जेठ २८, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2025 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्