Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
क्रिकेट
  • Home
  • क्रिकेट
  • यूएईमाथि नेपालको जित, सातौँ स्थानको लागि टेस्ट टोली आयरल्यान्डसँग खेल्ने
यूएईमाथि नेपालको जित, सातौँ स्थानको लागि टेस्ट टोली आयरल्यान्डसँग खेल्ने
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च आइतबार, असार १७, २०८०
Chelsea World School Chelsea World School

काठमाडौं । जिम्बावेमा जारी आईसीसी विश्वकप छनोटअन्तर्गत प्लेअफ खेलमा नेपालले यूएईमाथि जित निकालेको छ । जिम्बावेको टाकासिंगा स्पोर्टस् क्लब हरारेमा आइतबार भएको खेलमा नेपालले युएईलाई ३ विकेटले पराजित गरेको हो ।

युएईले जितको लागि दिएको १ सय ८२ रनको मध्यम विजयी लक्ष्य नेपालले ४३ दशमलब २ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । सुरुआत र मध्यक्रममा धर्मराएको नेपालको जितमा अलराउन्डर दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट ब्याटिङ गर्दै नायक बनेका थिए ।

दीपेन्द्रसिंह ऐरीले सम्हालिएको प्रदर्शन गर्दै ८५ बलमा ७ चौका र २ छक्काको सहयोगमा अविजित ७९ रनको अर्धशतकीय ईनिङ खेलेका थिए । अलराउन्ड उत्कृष्ट प्रदर्शन गरेका दीपेन्द्रसिंह ऐरी खेलको ‘प्लेयर अफ द म्याच’ बनेका थिए ।

आठौं विकेटका लागि दीपेन्द्रसिंह ऐरीले अलराउन्ड उत्कृष्ट प्रदर्शन गरेका सन्दीप लामिछानेसँग मिलेर १५ ओभरमा ७९ रनको अविजित विजयी साझेदारी गरेका थिए । सन्दीप लामिछानेले ३७ बलमा २ चौकाको सहयोगमा अविजित २३ रन बनाएका थिए ।

एक समय ६३ रनमा ६ विकेट गुमाएर दयनीय अवस्थामा पुगेको नेपाललाई सातौं विकेटका लागि दीपेन्द्रसिंह ऐरीले गुलशन झासँग मिलेर ४३ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । गुलशन २४ बलमा १ चौकासहित १२ रनमा आउट हुन पुगेका थिए ।

नेपालका ओपनर तथा विकेटकिपर अर्जुन साउदलाई दोस्रो ओभरको पहिलो बलमै युएईका तीव्र गतिका बलर मोहम्मद जवादुल्लाहले एक रनमा एलबीडब्लू आउट गरेका थिए । साता महिनापछि टोलीमा मौका पाएका अर्जुनले अवसरको सदुपयोग गर्न सकेनन् ।

लामो समयपछि टोलीमा खेल्ने मौका पाएका अनुभवी ब्याटर ज्ञानेन्द्र मल्ल २२ बलमा २ चौकासहित १३ रनमा क्याच आउट हुन पुगेका थिए । ज्ञानेन्द्र तीव्र गतिका बलर जुनैद सिद्दिकको बलमा टप एज लागेर बासिल हामिदबाट क्याच आउट भएका थिए ।

कप्तान रोहितकुमार पौडेल जवादुल्लाहको सर्ट बलमा एज लागेर विकेटकिपर अर्यांश शर्माबाट ४ रनमा समातिन पुगेका थिए । जवादुल्लाहको बलमा भीम सार्की एज लागेर शर्माबाट १ रनमा क्याच आउट भए । आरिफ शेखलाई एक रनमा सन्चित शर्माले एलबीडब्लू आउट गरेका थिए ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले ५९ बलमा ४ चौकासहित ३५ रन बनाएका थिए । युएईका लागि मोहम्मद जवादुल्लाहले १० ओभरमा ४६ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । जुनैद सिद्दिक, अली नासिर, सन्चित शर्मा र रोहन मुस्तफाले समान १/१ विकेट लिएका थिए ।

त्यसअघि, टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई ४६ दशमलब ५ ओभरमा १ सय ८१ रनमा अलआउट भएको थियो । युएईका लागि कार्यवाहक कप्तान वृत्य अरबिन्दले ७५ बलमा ४ चौकाको सहयोगमा सर्वाधिक ४४ रन बनाएका थिए । वृत्य गुलसन झाको बलमा बोल्ड आउट भएका थिए ।

ओपनर आसिफ खान इनिङको दोस्रो बलमा नै तीव्र गतिका बलर करण केसीको बलमा शुन्य रनमा पेभिलियन फर्किएका थिए । आयरल्यान्डविरुद्धको खेलमा घाइते भएका कप्तान मोहम्मद वासिम नहुँदा युएईले मध्यक्रमका ब्याटर आसिफ खानलाई ओपनिङ पठाएको थियो ।

ओपनर आसिफ खानलाई इनिङको दोस्रो बलमै गुमाएपनि युएईका दुई युवा ब्याटर अर्यांश शर्मा र वृत्य अरबिन्दले दोस्रो विकेटका लागि ६४ रनको साझेदारी गर्दै खेलमा फर्काएका थिए । अर्यांश शर्मा ४३ बलमा ३ चौकाको सहयोगमा २८ रनमा आउट भएका थिए ।

स्पिनर सन्दीप लामिछानेको १५ औं ओभरको अन्तिम बलमा शर्मा एज लागेर फस्ट स्लिपमा आरिफ शेखबाट क्याच आउट भएका थिए । लामिछानेले नै मध्यक्रमका ब्याटर रमिज शाहजादलाई १० रनमा एलबीडब्लू आउट गर्दै युएईलाई दबाब बढाएका थिए ।

युएईलाई रोहन मुस्तफा र बासिल हामिदले पाँचौं विकेटका लागि ७२ बलमा ५८ रनको महत्वपुर्ण साझेदारी गरेका थिए । रोहन मुस्तफा ५६ बलमा ३ चौकासहित ३५ रनमा आउट भएका थिए । करण केसीको बाउन्सर बलमा मुस्तफा एज लागेर अर्जुनबाट समातिन पुगेका थिए ।

बासिल हामिद दीपेन्द्रसिंह ऐरीको बलमा करण केसीबाट ३५ बलमा २ चौकासहित २९ रनमा समातिन पुगेका थिए । युवा बायाँ हाते तीव्र गतिका बलर प्रतिश जि.सीको बलमा रोहित पौडेलले मिडअफबाट युएईका फिनिसर अली नासिरलाई ४ रनमा रन आउट गरेपछि नेपाल खेलमा हाबी बनेको थियो ।

स्पिनर सन्दीप लामिछानेले सन्चित शर्मालाई १४ बलमा १२ रनमा क्याच आउट गराएका थिए । प्रतिश जि.सीले जुनैद सिद्दिकलाई शून्यमा बोल्ड आउट गरेका थिए ।

नेपालका लागि स्पिनर सन्दीप लामिछानेले १० ओभरमा ३ मेडनसहित २३ रन खर्चेर ३ विकेट लिएका थिए । तीव्र गतिका बलर करण केसीले ८.५ ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए । प्रतिश जि.सी, गुलशन झा र दीपेन्द्रसिंह ऐरीले समान १/१ विकेट लिएका थिए ।

जितसँगै विश्वकप छनोटमा अब नेपालले अन्तिम खेलमा सातौं स्थानको लागि मंगलबार टेस्ट टोली आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । पराजित युएईले भने बिहीबार नवौं स्थानका लागि अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ ।


प्रकाशित मिति: आइतबार, असार १७, २०८०  २०:५२
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप क्रिकेट
हङकङ सिक्सेस : नेपालले भारतलाई ९२ रनले हरायो
हङकङ सिक्सेस : नेपालले भारतलाई ९२ रनले हरायो शनिबार, कात्तिक २३, २०८२
नेपालको लगातार चौंथो हार, युएईसँग चार विकेटले पराजित
नेपालको लगातार चौंथो हार, युएईसँग चार विकेटले पराजित बुधबार, कात्तिक २०, २०८२
जोस ब्राउन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
जोस ब्राउन सुदूरपश्चिम रोयल्समा अनुबन्धित सोमबार, कात्तिक १८, २०८२
विश्वकप लिग-२ सिरिज : नेपालको लगातार तेस्रो हार
विश्वकप लिग-२ सिरिज : नेपालको लगातार तेस्रो हार शनिबार, कात्तिक १६, २०८२
आईसीसी लिग-२ सिरिज : नेपाल युएईसँग पराजित
आईसीसी लिग-२ सिरिज : नेपाल युएईसँग पराजित बिहीबार, कात्तिक १४, २०८२
कप्तान रोहितको शतकमा नेपालले युएईलाई दियो २३४ रनको लक्ष्य
कप्तान रोहितको शतकमा नेपालले युएईलाई दियो २३४ रनको लक्ष्य बिहीबार, कात्तिक १४, २०८२
डीआरजे सुदूरपश्चिम रोयल्सको एपरेल पार्टनर
डीआरजे सुदूरपश्चिम रोयल्सको एपरेल पार्टनर सोमबार, कात्तिक ११, २०८२
Navodit College Navodit College
ताजा समाचार
केभिआर समिट च्यालेन्जसमा विशाल र मारिजे पहिलो
केभिआर समिट च्यालेन्जसमा विशाल र मारिजे पहिलो खेलकुद मञ्‍च
आयोजक टीआईए ‘ए’ को दोहोरो जित
आयोजक टीआईए ‘ए’ को दोहोरो जित खेलकुद मञ्‍च
घोराहीमा चौथो राष्ट्रिय स्कुल स्तरीय हाप्किडो हुने
घोराहीमा चौथो राष्ट्रिय स्कुल स्तरीय हाप्किडो हुने खेलकुद मञ्‍च
मिस्टिक माउन्टेन टेनिस : प्रदीप र शिभाली च्याम्पियन
मिस्टिक माउन्टेन टेनिस : प्रदीप र शिभाली च्याम्पियन खेलकुद मञ्‍च
हङकङ सिक्सेस : नेपालले भारतलाई ९२ रनले हरायो
हङकङ सिक्सेस : नेपालले भारतलाई ९२ रनले हरायो खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
विश्वकप लिग-२ सिरिज : नेपालको लगातार तेस्रो हार
विश्वकप लिग-२ सिरिज : नेपालको लगातार तेस्रो हार
हङकङ सिक्सेस : नेपालले भारतलाई ९२ रनले हरायो
हङकङ सिक्सेस : नेपालले भारतलाई ९२ रनले हरायो
जोस ब्राउन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
जोस ब्राउन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
सर्वज्ञ, स्वर्णिमा र निम्ति च्याम्पियन
सर्वज्ञ, स्वर्णिमा र निम्ति च्याम्पियन
मिस्टिक माउन्टेन टेनिसमा देवाशिषको विजयी सुरुआत
मिस्टिक माउन्टेन टेनिसमा देवाशिषको विजयी सुरुआत
अपराजित रहँदै नेपाल टी-२० विश्व कप छनोट च्याम्पियन
अपराजित रहँदै नेपाल टी-२० विश्व कप छनोट च्याम्पियन
विश्वकप लिग-२ सिरिज : नेपालको लगातार तेस्रो हार
विश्वकप लिग-२ सिरिज : नेपालको लगातार तेस्रो हार
टी-२० विश्वकप छनोट : ओमानलाई हराउँदै अपराजित नेपाल शीर्षस्थानमा
टी-२० विश्वकप छनोट : ओमानलाई हराउँदै अपराजित नेपाल शीर्षस्थानमा
आईसीसी लिग-२ सिरिज : नेपाल अमेरिकासँग पराजित
आईसीसी लिग-२ सिरिज : नेपाल अमेरिकासँग पराजित
टी-२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल समूह विजेता
टी-२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल समूह विजेता
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
हङकङ सिक्सेस : नेपालले भारतलाई ९२ रनले हरायो
हङकङ सिक्सेस : नेपालले भारतलाई ९२ रनले हरायो शनिबार, कात्तिक २३, २०८२
मिस्टिक माउन्टेन टेनिस : प्रदीप र शिभाली च्याम्पियन
मिस्टिक माउन्टेन टेनिस : प्रदीप र शिभाली च्याम्पियन शनिबार, कात्तिक २३, २०८२
घोराहीमा चौथो राष्ट्रिय स्कुल स्तरीय हाप्किडो हुने
घोराहीमा चौथो राष्ट्रिय स्कुल स्तरीय हाप्किडो हुने शनिबार, कात्तिक २३, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2025 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्