Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
क्रिकेट
  • Home
  • क्रिकेट
  • नेपाल टेस्ट टोली आयरल्यान्डसँग अन्तिम ओभरमा पराजित
नेपाल टेस्ट टोली आयरल्यान्डसँग अन्तिम ओभरमा पराजित
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च मंगलबार, असार १९, २०८०
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडौं । नेपाल टेस्ट टोली आयरल्यान्डसँग आईसीसी विश्वकप छनोटको सातौँ स्थानको खेलमा अन्तिम ओभरमा पराजित भएको छ । जिम्बाब्वेको राजधानी हरारेस्थित ताकासिंगा स्पोर्ट्स क्लबमा मंगलबार भएको खेलमा आयरल्यान्डले नेपाललाई दुई विकेटले हराएको हो ।

हरासँगै नेपालले १० टोली सहभागी प्रतियोगितामा आठौं हुँदै विश्वकप छनोटको यात्रा समाप्त गरेको छ । नेपालले जितको लागि दिएको २ सय ६९ रनको विजयी लक्ष्य आयरल्यान्डले निर्धारित ओभर सकिनुभन्दा ४ बल अगाडि पूरा गरेको थियो ।

टेष्ट राष्ट्र आयरल्यान्डलाई जितको लागि अन्तिम ६ बलमा ५ रन चाहिँएको थियो । ग्यारेथी डेलानीले पहिलो बलमा एक रन लिए । ब्यारी म्याकार्थीले आफूले सामना गरेको दोस्रो बलमै थर्डमा विजयी चौका प्रहार गरेका थिए । डेलानी १६ रनमा र म्याकार्थी ४ रनमा अविजित रहे ।

आयरल्यान्डको जितमा कुर्टिस क्यामफेर र ह्यारी टेक्टरले अर्धशतकीय ईनिङ खेलेका थिए । ह्यारी टेक्टरले ७६ बलमा ४ चौका र २ छक्कासहित ६० रनको योगदान दिए । त्यस्तै कुर्टिस म्याम्फर ५९ बलमा ८ चौका र १ छक्कासहित ६२ रनमा आउट भएका थिए ।

स्पिनर सन्दीप लामिछानेको १५ औं ओभरको तेस्रो बलमा ह्यारी टेक्टरको क्याच किशोर महतोले लङअनमा ब्यक्तिगत २१ रनमा छाड्न पुगेका थिए । त्यो छाड्न पुगेको क्याच नेपाललाई भारी पर्यो । जर्ज डकरेलले ४७ बलमा २ चौका र १ छक्कासहित ३३ रनमा आउट भएका थिए ।

तीव्र गतिका बलर करण केसीले पाँचौं ओभरको पाँचौं बलमा ओपनर एन्डी म्याकब्रिनलाई १७ रनमै प्वाइन्टमा कुशल भुर्तेलबाट क्याच आउट गराएका थिए । अर्को ओभरमा किशोर महतोले कप्तान एन्डी बालबर्नीलाई प्वाइन्टमै एक रनमा दीपेन्द्रबाट क्याच गराएपछि नेपालले राम्रो सुरुवात गरेको थियो ।

ओपनर पल स्टरलिङलाई गुलशन झाले १२ औं ओभरको अन्तिम बलमा १५ रनमै बोल्ड आउट गरे । स्टरलिङले २४ बलमा २ चौका प्रहार गरेका थिए ।  लुर्केन टुकेरले २२ बलमा २ चौका र १ छक्कासहित २४ रनमा आउट भएका थिए ।

नेपालका लागि तीव्र गतिका बलर करण केसीले १० ओभरमा १ मेडनसहित ५८ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । किशोर महतोले १० ओभरमा ५५ रन खर्चेर २ विकेट लिएका थिए । स्पिनर सन्दीप लामिछानेले १० ओभरमा ४२ रन खर्चेर १ विकेट लिए । गुलशन झाले १ विकेट लिएका थिए ।

त्यसअघि, टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ६८ रन बनाएको थियो । नेपालका लागि युवा अलराउन्डर गुलसन झाले ४२ बलमा ४ चौका र ३ छक्कासहित अविजित ५७ रनको अर्धशतकीय ईनिङ खेलेका थिए ।

स्पिनर सन्दीप लामिछाने ३० बलमा ३ चौका र १ छक्कासहित ३२ रनमा क्याच आउट भएका थिए । आठौं विकेटका सन्दीप र गुलशनले ८० रनको साझेदारी गर्दै प्रतिस्पर्धात्मक योगफल तयार पारेका थिए । नेपालबाट ओडिआईमा आठौं विकेटका लागि भएको यो सबैभन्दा उच्च साझेदारी हो ।

ओपनर अर्जुन साउदले ८४ बलमा ३ चौका र २ छक्कासहित ४८ रन बनाएका थिए । कप्तान रोहित पौडेल ३५ बलमा २ चौका र १ छक्कासहित २९ रनमा कर्टिस क्याम्फरको बलमा एज लागेर विकेटकिपर लोर्कान टकरबाट सहज क्याच आउट भएका थिए ।

बायाँ हाते विष्फोटक ब्याटर कुशल मल्लले ३८ बलमा ५ चौका र २ छक्कासहित ४४ रन बनाए । क्रेग योंगको बलमा ओपनर कुशल भुर्तेल ८ रनमै समातिन पुगेका थिए । ज्ञानेन्द्र मल्ल १३ बलमा १ चौकासहित ७ रनमै आउट भएका थिए । भीम सार्की २० रनमा, करण केसी ४ रनमा र दीपेन्द्रसिंह ऐरी डक आउट भएका थिए ।

आयरल्यान्डका लागि तीव्र गतिका बलर क्रेग योंगले ७ ओभरमा ३६ रन खर्चेर २ विकेट लिए । मार्क आदिरले ९ ओभरमा १ मेडनसहित ४७ रन खर्चेर २ विकेट लिए । ब्यारी म्याकार्थीले १० ओभरमा १ मेडनसहित ६३ रन खर्चेर २ विकेट लिए । कर्टिस क्याम्फर, ग्यारेथ डेलानी र एन्डी म्याकबर्नीले समान १/१ विकेट लिएका थिए ।

नेपाल विश्वकप छनोटको समूह ‘ए’ बाट ४ खेलमा ३ मा हार र १ मा जित सहित चौथो स्थानमा रहेर बाहिरिएको थियो । नेपालले अमेरिकालाई ६ विकेटले हराएको थियो । नेपाल जिम्बावेसँग ८ विकेटले, वेस्ट इन्डिजसँग १ सय १ रनले र नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित भएको थियो ।


प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  २१:१४
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप क्रिकेट
टी-२० विश्वकपः स्कटल्यान्डमाथि नेपालको जित
टी-२० विश्वकपः स्कटल्यान्डमाथि नेपालको जित मंगलबार, फागुन ५, २०८२
स्कटल्यान्डले नेपाललाई दियो १७१ रनको लक्ष्य
स्कटल्यान्डले नेपाललाई दियो १७१ रनको लक्ष्य मंगलबार, फागुन ५, २०८२
लुम्बिनी सेमिफाइनलमा
लुम्बिनी सेमिफाइनलमा सोमबार, फागुन ४, २०८२
टी–२० विश्वकपः नेपाल समूह चरणबाट बाहिरियो, वेष्ट इन्डिज सुपर एटमा
टी–२० विश्वकपः नेपाल समूह चरणबाट बाहिरियो, वेष्ट इन्डिज सुपर एटमा आइतबार, फागुन ३, २०८२
दिपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य
दिपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य आइतबार, फागुन ३, २०८२
प्याब्सन क्रिकेट लिगमा बागमती सेमिफाइनलमा
प्याब्सन क्रिकेट लिगमा बागमती सेमिफाइनलमा शनिबार, फागुन २, २०८२
टी-२० विश्वकपः नेपालको लज्जास्पद हार, इटाली १० विकेटले विजयी
टी-२० विश्वकपः नेपालको लज्जास्पद हार, इटाली १० विकेटले विजयी बिहीबार, माघ ३०, २०८२
Navodit College Navodit College
ताजा समाचार
नेपालकी दिलिका भ्लोनलाई स्वर्ण
नेपालकी दिलिका भ्लोनलाई स्वर्ण खेलकुद मञ्‍च
लिटिल एन्जल्सलाई लोयल्टी कप
लिटिल एन्जल्सलाई लोयल्टी कप खेलकुद मञ्‍च
माउन्ट एभरेष्ट तेक्वान्दोमा केनिशलाई स्वर्ण
माउन्ट एभरेष्ट तेक्वान्दोमा केनिशलाई स्वर्ण खेलकुद मञ्‍च
प्रथम दक्षिण एसियाली तेक्वान्दो प्रतियोगिता यसै वर्ष
प्रथम दक्षिण एसियाली तेक्वान्दो प्रतियोगिता यसै वर्ष खेलकुद मञ्‍च
राजन अन्तर्राष्ट्रिय लेभल वान प्रशिक्षक
राजन अन्तर्राष्ट्रिय लेभल वान प्रशिक्षक खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
प्याब्सन क्रिकेट लिगमा बागमती सेमिफाइनलमा
प्याब्सन क्रिकेट लिगमा बागमती सेमिफाइनलमा
टी–२० विश्वकपः नेपाल समूह चरणबाट बाहिरियो, वेष्ट इन्डिज सुपर एटमा
टी–२० विश्वकपः नेपाल समूह चरणबाट बाहिरियो, वेष्ट इन्डिज सुपर एटमा
खुम्बु ल्होसार कपमा आयोजक महेन्द्र ज्योति च्याम्पियन
खुम्बु ल्होसार कपमा आयोजक महेन्द्र ज्योति च्याम्पियन
गण्डकीको दोहोरो जित
गण्डकीको दोहोरो जित
छात्र बास्केटबलमा मिल्सबेरी च्याम्पियन
छात्र बास्केटबलमा मिल्सबेरी च्याम्पियन
भ्याली पब्लिक र ह्वाइट हेभेनको जित
भ्याली पब्लिक र ह्वाइट हेभेनको जित
खुम्बु र आमादब्लाको जित
खुम्बु र आमादब्लाको जित
गेटवेलाई क्याम्ब्रिज फुटसल उपाधि
गेटवेलाई क्याम्ब्रिज फुटसल उपाधि
एन्जीलालाई मनास्लुको सम्मान
एन्जीलालाई मनास्लुको सम्मान
झिल्टुङ क्रस कन्ट्री दौडमा अर्जुन र फुलमति पहिलो
झिल्टुङ क्रस कन्ट्री दौडमा अर्जुन र फुलमति पहिलो
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
माउन्ट एभरेष्ट तेक्वान्दोमा केनिशलाई स्वर्ण
माउन्ट एभरेष्ट तेक्वान्दोमा केनिशलाई स्वर्ण बिहीबार, फागुन ७, २०८२
लिटिल एन्जल्सलाई लोयल्टी कप
लिटिल एन्जल्सलाई लोयल्टी कप शुक्रबार, फागुन ८, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्