Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
Kathmandu BernHardt College Kathmandu BernHardt College
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
विविध खेल
  • Home
  • विविध खेल
  • प्रधानमन्त्री कप भलिबल सुरु, गण्डकीमाथि पुलिसको संघर्षपूर्ण जित
प्रधानमन्त्री कप भलिबल सुरु, गण्डकीमाथि पुलिसको संघर्षपूर्ण जित उप–प्रधानमन्त्री नारायणकाजीद्वारा लिगको उद्घाटन
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च शनिबार, असार २३, २०८०
Chelsea World School Chelsea World School

काठमाडौं । नेपाल भलिबल संघको आयोजनमा राजधानीमा आज शनिबारबाट सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग २०८० सुरु भएको छ ।

लिगको उप–प्रधान तथा गृह मन्त्री नारायण काजी श्रेष्ठले एक कार्यक्रमकाविच लिगको उद्घाटन गरे । श्रेष्ठले अन्तराष्ट्रिय रेफ्री गौतम प्रसाद लासिवालाई बल हस्तान्तरण गरेर लिगको उद्घाटन गरेका हुन् ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी उप–प्रधान तथा गृहमन्त्री नारायण काजी श्रेष्ठले हालका प्रधानमन्त्रीको कार्यकालमा भएको भलिबललाई राष्ट्रिय खेलको रुपमा गरेको घोषणालाई खेलाडी तथा नेपाल भलिबल संघले औचित्य पुष्टी गर्दै राष्ट्रिय गौरवमा अभिबृद्धि गरेको बताए । राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा भलिबलको बिकास र विस्तार गर्न संघले गरेको कार्य प्रशंसनिय रहेको भन्दै सरकारले युवा तथा खेलकुदलाइ महत्व दिँदै आएको बताए । पछिल्लो समय खेलकुद क्षेत्रले राज्यको शिर उच्च पार्ने कार्यका लागि राष्ट्रिय खेलकुद परिषद्, खेलाडी तथा राष्ट्रिय संघहरुलाई धन्यवाद प्रदान गरे । सरकारले चालेको भ्रष्टाचार विरुद्धको अभियानमा सवैको सहयोगको लागी अपिल गर्दै प्रतियोगिताको सफलताको शुभकमाना सहित नेपाल सरकारले भलिबल खेलको विकास र विस्तारका क्रममा अन्तराष्ट्रिय कभर्डहल र सातै विकास क्षेत्रमा प्रादेशिक कभर्डहल निर्माणमा सहयोग गर्ने र नेपाल भलिबल संघले भलिबल खेलको विकासमा लिएको सवै अभियानमा सरकारको साथ रहेने बताए ।

उपाध्यक्ष शिव कोईरालाले प्रतियोगितामा उप–प्रधान तथा गृहमन्त्रीको उपस्थितीले उहाँले राज्यलाई सुशासनको दिशामा अग्रसर गरेको कार्यको प्रशंसा गर्दै खेलकुद क्षेत्रमा पनि भ्रष्टाचारको जालो छ भने त्यसलाई तोड्न आवश्यक रहेको बताए । प्रचन्डको नेतृत्वमा रहेको सरकारले राष्ट्रिय खेलको रुपमा भलिबललाई घोषणा गरेको कार्यलाई नेपाल भलिबल संघले पुष्टी गरेको भन्दै प्रतियोगिताको सफलताको लागि शुभकामना ब्यक्त गरे ।

एक पछि अर्को प्रतियोगिता आयोजना गरेर नेपाल भलिबल संघले जुन साहसीक कार्य गरेको छ त्यसले नेपाली खेल क्षेत्रमा एक अब्बल खेल संघको रुपमा आफुलाई उभ्याएको छ । संघले आगामी दिनमा एकेडेमीको स्थापना गरि अब्बल खेलाडीहरु उत्पादन गर्नेमा आफु बिश्वस्त भएको भन्दै  सदस्य सचिव घिसिङ्गले आगामी १९ औं एशियाली खेलमा पनि महिला र पुरुष दुवै टोलीले उत्कृट प्रदर्शन गर्दै परिणाममुखी नतिजा प्राप्त गर्न हार्दिक शुभकामना प्रदान गरे । सदस्य सचिवले उप–प्रधान तथा गृहमन्त्रीले राज्यमा चालेको अभियानबाट आफुलाई उर्जा प्राप्त भएको भन्दै खेलकुदले पनि उक्त अभियानमा साथ दिने बताए ।

गण्डकीमाथि पुलिसको संघर्षपूर्ण जित

पहिलो दिन नेपाल पुलिसले पुरुष तर्फको खेलमा संघर्षपूर्ण जित निकाल्दै गण्डकी प्रदेश भलिबल क्लब संग अंक बाढ्न बाध्य भएको छ । आज पहिलो दिनको खेलमा पुलिसले बिदेशी खेलाडीले सज्जित गण्डकीलाई ३–२ सेटमा पराजित गरेको हो । पहिलो र दोश्रो सेट २५–२१, २५–१६ ले जितेको पुलिसले तेश्रो सेट १३–२५ ले गण्डकीलाई सुम्पन पुग्यो । चौथो सेटमा ६ अंकको अग्रता लिंदै जितको नजिक पुगेको पुलिसले आफुलाई सम्हाल्न नसक्दा २४–२६ ले गण्डकीलाई सेट सुम्प्यो । अन्तिम तथा निर्णाक खेलमा १५–१० ले जित हात पार्दै पुलिसले गण्डकी संग अंक बाढ्न बाध्य भयो । पुलिसको यस खेल पश्चात २ अंक र गण्डकीको १ अंक भएको छ ।

आजै भएको पुरुष तर्फको पहिलो खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले सैलुङ्ग बाघढुङ्गा स्पोर्टस् क्लबलाई २५–८, २५–१३, २५–१७ को सहज जितका साथ महत्वपूर्ण ३ अंक बटुल्न सफल भयो ।

नेपाल भलिबल संघको आयोजनमा भएको लिगको अर्को खेलमा एपिएफ क्लबले जित हात पार्यो । एपिएफले दावाँली मिलन क्लबलाई २५–२२, २५–१३, २५–२३ ले पराजित गरेको हो । यसका साथै एपिएफको ३ अंक भएको छ ।

आजै भएको महिलाको खेलमा पुलिसक्लबले गण्डकी माथी जित हात पार्यो । पुलिसले गण्डकीलाई २५–१०, २५–१०, २५–११ को सहजै पराजित गरेको हो । यसका साथै पुलिसले ३ आफ्नो खातामा ३ अंक जोड्यो । यस प्रतियोगितामा जित हात पार्ने टिमले आगामी डिसेम्बरमा नेपालमा आयोजना हुने काभा क्लब लिग च्याम्पियनसिपमा प्रतिस्र्धा गर्नेछ ।

अनुमानित ७५ लाख खर्च हुने लिगमा महिला तथा पुरुष तर्फ प्रथम, द्वितीय, तृतीय र चतुर्थ स्थान प्राप्त गर्ने टिमहरुले क्रमशः ६ लाख, ३ लाख, १ लाख ५० हजार र ७५ हजार प्राप्त गर्ने छन् । त्यस्तै उक्त प्रतियोगितामा पुरुष तथा महिला तर्फ सर्वोत्कृष्ट खेलाडीले रु. ३५÷३५ हजार, उत्कृष्ट सर्भर, सेटर, ब्लकर, स्पाईकर, लिवेरो र प्रशिक्षकले जनही रु. १५÷१५ हजार प्राप्त गर्ने छन् ।

लिगमा गत माघ महिनामा सम्पन्न क्लब च्याम्पियनसिपबाट छनौट भएका पुरुष तर्फ टिपटप हेल्प नेपाल स्पोर्टस् क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको ए.पि.एफ. क्लब, नेपाल प्रहरी, दावाँली मिलन क्लब – काठमाण्डौ, गण्डकी प्रदेश भलिबल संघ, शैलुङ्ग बाघढुङ्गा स्पोर्टस् क्लब – रामेछाप गरि ७ क्लबहरु र महिला तर्फ नेपाल प्रहरी, होङ्गवाङ्गजी न्यू डायमन्ड युथ स्पोर्टस् क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, एभरेष्ट भलिबल क्लब – बुटवल र गण्डकी प्रदेश भलिबल संघ गरी ६ टिमहरुको सहभागिता रहेको छ । भोलिको पहिलो प्रतियोगिता बिहान ८:० बजे सुरु हुने छ ।


प्रकाशित मिति: शनिबार, असार २३, २०८०  १७:१०
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप विविध खेल
एभरेस्ट महिला भलिबल लिग: घरेलु टोली पोखरा लुम्बिनीसँग पराजित
एभरेस्ट महिला भलिबल लिग: घरेलु टोली पोखरा लुम्बिनीसँग पराजित आइतबार, भदौ २२, २०८२
एकेएफ यु-२२ करातेमा नेपाललाई २ कांस्य
एकेएफ यु-२२ करातेमा नेपाललाई २ कांस्य आइतबार, भदौ २२, २०८२
रोहिणी इन्टरनेशनल एजुकेसनको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट
रोहिणी इन्टरनेशनल एजुकेसनको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट आइतबार, भदौ २२, २०८२
खेलाडी संघमा श्रेष्ठको अध्यक्षमा १५ सदस्य निर्विरोध निर्वाचित
खेलाडी संघमा श्रेष्ठको अध्यक्षमा १५ सदस्य निर्विरोध निर्वाचित आइतबार, भदौ २२, २०८२
करातेका सनी सिंह नगदसहित सम्मानित
करातेका सनी सिंह नगदसहित सम्मानित आइतबार, भदौ २२, २०८२
पल्सर स्पोर्टस अवार्ड २०८१ को चार विधाका मनोनयन सार्वजनिक 
पल्सर स्पोर्टस अवार्ड २०८१ को चार विधाका मनोनयन सार्वजनिक  आइतबार, भदौ २२, २०८२
इन्डो-नेपाल करातेमा अन्भीलाई दोहोरो स्वर्ण
इन्डो-नेपाल करातेमा अन्भीलाई दोहोरो स्वर्ण शनिबार, भदौ २१, २०८२
Navodit College Navodit College
ताजा समाचार
एभरेस्ट महिला भलिबल लिग: घरेलु टोली पोखरा लुम्बिनीसँग पराजित
एभरेस्ट महिला भलिबल लिग: घरेलु टोली पोखरा लुम्बिनीसँग पराजित खेलकुद मञ्‍च
प्रथम अन्तरविद्यालय अन्डर-१२ छात्र फुटसल सम्पन्न, विद्यावाणीले जित्यो उपाधि
प्रथम अन्तरविद्यालय अन्डर-१२ छात्र फुटसल सम्पन्न, विद्यावाणीले जित्यो उपाधि खेलकुद मञ्‍च
खेलकुद मन्त्री र एनओसी तदर्थ समितिको छलफल
खेलकुद मन्त्री र एनओसी तदर्थ समितिको छलफल खेलकुद मञ्‍च
एकेएफ यु-२२ करातेमा नेपाललाई २ कांस्य
एकेएफ यु-२२ करातेमा नेपाललाई २ कांस्य खेलकुद मञ्‍च
रोहिणी इन्टरनेशनल एजुकेसनको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट
रोहिणी इन्टरनेशनल एजुकेसनको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
जैशिदेवल युथ क्लबको ३२औं वार्षिकोत्सवमा छैठौं इन्क्ट्रा डोजाङ्ग तेक्वान्दो प्रतियोगिता सम्पन्न
जैशिदेवल युथ क्लबको ३२औं वार्षिकोत्सवमा छैठौं इन्क्ट्रा डोजाङ्ग तेक्वान्दो प्रतियोगिता सम्पन्न
नेपालगन्जमा यु-१४ छात्र-छात्रा फुटबल हुँदै
नेपालगन्जमा यु-१४ छात्र-छात्रा फुटबल हुँदै
बास्केटबलमा प्रिमियर र क्वासन च्याम्पियन
बास्केटबलमा प्रिमियर र क्वासन च्याम्पियन
अन्तर्राष्ट्रिय रग्बी सिरिज भदौ अन्तिम साता हुने
अन्तर्राष्ट्रिय रग्बी सिरिज भदौ अन्तिम साता हुने
खेलाडीसहित १० सदस्यीय कराते टोली चीन जाने
खेलाडीसहित १० सदस्यीय कराते टोली चीन जाने
जैशिदेवल युथ क्लबको ३२औं वार्षिकोत्सवमा छैठौं इन्क्ट्रा डोजाङ्ग तेक्वान्दो प्रतियोगिता सम्पन्न
जैशिदेवल युथ क्लबको ३२औं वार्षिकोत्सवमा छैठौं इन्क्ट्रा डोजाङ्ग तेक्वान्दो प्रतियोगिता सम्पन्न
जुनियर क्रिकेट लिग भदौदेखि
जुनियर क्रिकेट लिग भदौदेखि
माफ फुटसलमा गोल्डेनपिक, पिस प्वाइन्ट र विच किड च्याम्पियन
माफ फुटसलमा गोल्डेनपिक, पिस प्वाइन्ट र विच किड च्याम्पियन
अन्तरकलेज प्लस टु छात्र बास्केटबल भोलिदेखि
अन्तरकलेज प्लस टु छात्र बास्केटबल भोलिदेखि
भक्त राना स्मृति चेसको तयारी
भक्त राना स्मृति चेसको तयारी
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
रोहिणी इन्टरनेशनल एजुकेसनको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट
रोहिणी इन्टरनेशनल एजुकेसनको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट आइतबार, भदौ २२, २०८२
बिहानी कपको उपाधि सिद्धेश्वरलाई
बिहानी कपको उपाधि सिद्धेश्वरलाई आइतबार, भदौ २२, २०८२
पल्सर स्पोर्टस अवार्ड २०८१ को चार विधाका मनोनयन सार्वजनिक 
पल्सर स्पोर्टस अवार्ड २०८१ को चार विधाका मनोनयन सार्वजनिक  आइतबार, भदौ २२, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2025 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्