Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
Hotel Nova Nook Hotel Nova Nook
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Reliance International Academy Reliance International Academy
The Times International College The Times International College
क्रिकेट
  • Home
  • क्रिकेट
  • नेपाल एसिसी इमर्जिङ कपमा पाकिस्तानसँग पराजित
नेपाल एसिसी इमर्जिङ कपमा पाकिस्तानसँग पराजित
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च शुक्रबार, असार २९, २०८०
Chelsea World School Chelsea World School

काठमाडौं । ब्याटिङमा शीर्ष क्रमका ब्याटर ‘कोल्याप्स’ हुँदा श्रीलंकामा जारी एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कप प्रतियोगिताको पहिलो खेलमा नेपाल पाकिस्तानको ‘ए’ टोलीसँग पराजित भएको छ । कोलोम्बो क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेपाल ४ विकेटले पराजित भएको हो ।

नेपालले जितको लागि दिएको १ सय ८० रनको विजयी लक्ष्य पाकिस्तान ‘ए’ टोलीले ३२ दशमलब ५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तान ‘ए’ का लागि तैयव ताहिरले ६७ बलमा ६ चौकासहित ५१ रनको अर्धशतकीय ईनिङ खेलेका थिए । कमरान गुलामले २६ बलमा ३१ रन बनाएका थिए ।

त्यस्तै, ओमैर बिन युसुफ ३६ रनमा, सैम अयुब २४ रनमा, ओपनर हसिबउल्लाह खान १२ रनमा र कप्तान मोहम्मद हरिस ९ रनमा क्याच आउट भएका थिए । नेपालका लागि ललितनारायण राजवंशीले सर्वाधिक तीन विकेट लिए । पवन सर्राफले दुई विकेट र कुशल मल्लले एक विकेट लिएका थिए ।

त्यसअघि, टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ३७ ओभरमा १ सय ७९ रनमा अलआउट हुन पुगेको थियो । नेपालका लागि अलराउन्डर सोमपाल कामीले १ सय १ बलमा ९ चौका र २ छक्कासहित सर्वाधिक ७५ रनको उत्कृष्ट अर्धशतकीय इनिङ खेलेपनि टोलीको हार टार्न सकेनन् ।

एक समय १५.४ ओभरमा ७२–८ को दयनीय अवस्थामा पुगेको नेपाललाई प्रतिश जि.सी र सोमपाल कामीले नवौं विकेटका लागि ५८ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । युवा बलर प्रतिशले २४ बलमा १ चौका र २ छक्कासहित २६ रन जोडेका थिए ।

अलराउन्डर सोमपाल कामीले अन्तिम विकेटका लागि ललितनारायण राजवंशीसँग ४९ रनको साझेदारी गरेका थिए । ललित १० बलमा एक रनमा नट आउट रहेका थिए । सुरुआतदेखि नै धरासायी बनेको नेपाली इनिङ्समा कुनै पनि शीर्ष ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

नेपालका लागि अर्जुन साउद र कुशल मल्लले समान १७/१७ रन जोडेका थिए । त्यस्तै, गुल्सन झाले १३ रन र ओपनर आसिफ शेखले १२ रन बनाएका थिए । कप्तान रोहितकुमार पौडेल चार रनमा, ओपनर कुशल भुर्तेल र पवन सर्राफ समान १/१ रनमा आउट भएका थिए । भीम सार्की डकआउट भए ।

पाकिस्तान ‘ए’ टोलीका लागि शाहनबाज दाहानीले १० ओभरमा ३ मेडनसहित ३८ रन खर्चेर सर्वाधिक ५ विकेट लिएका थिए । मोहम्मद वासिम जुनियरले १० ओभरमा १ मेडनसहित ५१ रन खर्चेर ४ विकेट लिए । मुबासिर खानले एक विकेट लिएका थिए ।

प्रतियोगितामा ८ टोली सहभागीता रहेको छ । समूह ‘ए’ मा श्रीलंकाको ‘ए’ टोली, बंगलादेशको ‘ए’ टोली, अफगानिस्तानको ‘ए’ टोली र ओमान रहेका छन् । समूह ‘बी’ मा नेपाल, पाकिस्तानको ‘ए’ टोली, भारतको ‘ए’ टोली र यूएई रहेका छन् । प्रतियोगितामा नेपालबाहेक सबै टिमले ‘ए’ टोली पठाएका छन् ।

नेपालले दोस्रो खेलमा जुलाई १७ तारिखमा भारतको ‘ए’ टोली खेल्नेछ भने समूह चरणको तेस्रो तथा अन्तिम खेल जुलाई १९ तारिखमा यूएईसँग खेल्नेछ । समूह चरणको खेलपछि अंक तालिकाको पहिलो स्थान र दोस्रो स्थानमा रहने टोली नकआउट चरण (सेमिफाइनल) मा प्रवेश गर्नेछन् । दुबै सेमिफाइनल खेल २१ तारिखमा खेलिने छ । फाइनल खेल जुलाई २३ तारिखमा हुनेछ ।


प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  १८:४०
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Subisu Subisu
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप क्रिकेट
लुम्बिनी लायन्सद्वारा नयाँ लोगो सार्वजनिक
लुम्बिनी लायन्सद्वारा नयाँ लोगो सार्वजनिक मंगलबार, साउन ७, २०८२
तिरहुत टाइगर्सलाई सप्तरी प्राइड लिगको उपाधि
तिरहुत टाइगर्सलाई सप्तरी प्राइड लिगको उपाधि शुक्रबार, साउन ३, २०८२
सुदूरपश्चिम रोयल्स र धनगढीस्थित एसपीए कलेजको साझेदारीलाई निरन्तरता
सुदूरपश्चिम रोयल्स र धनगढीस्थित एसपीए कलेजको साझेदारीलाई निरन्तरता बिहीबार, साउन २, २०८२
क्रिकेटर जोय नगदसहित सम्मानित
क्रिकेटर जोय नगदसहित सम्मानित सोमबार, असार ३०, २०८२
एसीसी यु–१६ क्रिकेट टोलीलाई राष्ट्रपतिको बधाई  
एसीसी यु–१६ क्रिकेट टोलीलाई राष्ट्रपतिको बधाई   सोमबार, असार २३, २०८२
क्याप्टेन इन्दु वर्मा युनिभर्सल कलेजको ब्राण्ड एम्बेस्डरमा नियुक्त
क्याप्टेन इन्दु वर्मा युनिभर्सल कलेजको ब्राण्ड एम्बेस्डरमा नियुक्त बिहीबार, असार १९, २०८२
महिला टी-२० क्रिकेट: कास्की र नवलपुरको जित
महिला टी-२० क्रिकेट: कास्की र नवलपुरको जित बुधबार, असार १८, २०८२
Navodit College Navodit College
ताजा समाचार
अन्तरविद्यालय पौडी सुरु, दुई सय ५० खेलाडी सहभागी
अन्तरविद्यालय पौडी सुरु, दुई सय ५० खेलाडी सहभागी खेलकुद मञ्‍च
नेपाली टोलीले जित्यो डाना कप फुटबलको उपाधि
नेपाली टोलीले जित्यो डाना कप फुटबलको उपाधि खेलकुद मञ्‍च
टेनिस नेतृत्वमा मनोहरदास मुल निर्विरोध
टेनिस नेतृत्वमा मनोहरदास मुल निर्विरोध खेलकुद मञ्‍च
एसियाली पारा तेक्वान्दो टोलीको बिदाइ, साउन १६ गते प्रतिस्पर्धा गर्ने
एसियाली पारा तेक्वान्दो टोलीको बिदाइ, साउन १६ गते प्रतिस्पर्धा गर्ने खेलकुद मञ्‍च
२२औँ पल्सर स्पोर्ट्स अवार्ड भदौको अन्तिम साता पोखरामा हुने
२२औँ पल्सर स्पोर्ट्स अवार्ड भदौको अन्तिम साता पोखरामा हुने खेलकुद मञ्‍च
Notice
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
खेलुकद परिषदद्वारा खेलाडी प्रोत्साहन पुरस्कार वितरण
खेलुकद परिषदद्वारा खेलाडी प्रोत्साहन पुरस्कार वितरण खेलकुद मञ्‍च
नेपाल सितोरियो कराते संघको स्पोर्ट डाटा बेश तथा वेभसाईटको उद्घाटन कार्यक्रम
नेपाल सितोरियो कराते संघको स्पोर्ट डाटा बेश तथा वेभसाईटको उद्घाटन कार्यक्रम खेलकुद मञ्‍च
भारोत्तोलन राष्ट्रिय च्याम्पियनसिप
भारोत्तोलन राष्ट्रिय च्याम्पियनसिप खेलकुद मञ्‍च
कराते प्रतियोगिताको उद्घाटन कार्यक्रम
कराते प्रतियोगिताको उद्घाटन कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
३८औँ आईएसटीएफमा नेपाललाई दुई पदक
३८औँ आईएसटीएफमा नेपाललाई दुई पदक
एरिका र अञ्जनालाई इनर ह्विलको सम्मान
एरिका र अञ्जनालाई इनर ह्विलको सम्मान
एनएसपीएलका लागि खेलाडी दर्ता प्रक्रिया खुला
एनएसपीएलका लागि खेलाडी दर्ता प्रक्रिया खुला
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
विश्व एक्वेटिक्समा चार पौडी खेलाडी
विश्व एक्वेटिक्समा चार पौडी खेलाडी
पीएसजीलाई हराउँदै चेल्सीले जित्यो क्लब विश्वकपको उपाधि
पीएसजीलाई हराउँदै चेल्सीले जित्यो क्लब विश्वकपको उपाधि
कराते टोली श्रीलंका प्रस्थान
कराते टोली श्रीलंका प्रस्थान
क्याप्टेन इन्दु वर्मा युनिभर्सल कलेजको ब्राण्ड एम्बेस्डरमा नियुक्त
क्याप्टेन इन्दु वर्मा युनिभर्सल कलेजको ब्राण्ड एम्बेस्डरमा नियुक्त
फाईभ ए साईड इन्डोर हक्कीमा आर्मी च्याम्पियन
फाईभ ए साईड इन्डोर हक्कीमा आर्मी च्याम्पियन
एसीसी यु–१६ क्रिकेट टोलीलाई राष्ट्रपतिको बधाई  
एसीसी यु–१६ क्रिकेट टोलीलाई राष्ट्रपतिको बधाई  
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
एसियाली पारा तेक्वान्दो टोलीको बिदाइ, साउन १६ गते प्रतिस्पर्धा गर्ने
एसियाली पारा तेक्वान्दो टोलीको बिदाइ, साउन १६ गते प्रतिस्पर्धा गर्ने आइतबार, साउन १२, २०८२
टेनिस नेतृत्वमा मनोहरदास मुल निर्विरोध
टेनिस नेतृत्वमा मनोहरदास मुल निर्विरोध आइतबार, साउन १२, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2025 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्