Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
Kathmandu BernHardt College Kathmandu BernHardt College
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
क्रिकेट
  • Home
  • क्रिकेट
  • भारतसँग प्रतिस्पर्धात्मक हार व्यहोर्दै समूह चरणबाटै बाहिरियो नेपाल
भारतसँग प्रतिस्पर्धात्मक हार व्यहोर्दै समूह चरणबाटै बाहिरियो नेपाल
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च सोमबार, भदौ १८, २०८०
Chelsea World School Chelsea World School

काठमाडौं । एसिसी एसिया कपअन्तर्गत नेपाल डकवर्थ लेविस (डीएलएस) पद्धतिको आधरमा भारतसँग पराजित भएको छ । श्रीलंकाको पालेकले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सोमबार सम्पन्न खेलमा नेपाल क्रिकेटमा महारथ प्राप्त मुलुक भारतसँग १० विकेटले पराजित भएको हो ।

जितसँगै भारतले दुई खेलमा तीन अंक जोडेर समूह ‘ए’ बाट सुपर चारमा स्थान बनायो भने यता नेपाल भारतसँग प्रतिस्पर्धात्मक हार व्यहोर्दै अंकविहिन बनेर एसिया कपको समूह चरणबाटै बाहिरिएको छ । नेपाल पहिलो खेलमा पाकिस्तानसँग २३८ रनको पराजित भएको थियो ।

श्रीलंकाको पालेकले रंगशालामा भारी वर्षा भएपछि करिव २ घण्टा रोकिएको खेलमा डीएलएस मेडथका आधारमा २३ ओभरमा झारिएको खेलमा भारतले पाएको १४५ रनको लक्ष्य २० ओभरमा १ बलमा बिना विकेट लक्ष्य पूरा गरेको हो ।

भारतका लागि कप्तान रोहित शर्माले ५९ बलमा ६ चौका र ५ छक्कासहित सर्वाधिक ७४ रनको योगदान गरे । यसैगरी शुभमन गिलले ६२ बलमा ८ चौका र १ छक्कासहित ६७ रन बनाएका थिए । नेपालका कुनै पनि बलरले यी दुई ओपनरबीचको १४५ रनको अविजित साझेदारी तोड्न सकेनन् ।

त्यसअघि, टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४८.२ ओभरमा २ सय ३० रनमा अल आउट भएको थियो । नेपालका लागि ओपनर आसिफ शेखले ९७ बलमा ८ चौकासहित सर्वाधिक ५८ रनको अर्धशतकिय पारी खेले । एकदिवसीय अन्तर्राष्ट्रियमा आसिफको यो १०औँ अर्धशतक थियो ।

कुशल भुर्तेल, आसिफ शेख र सोमपाल कामीको राम्रो ब्याटिङमा नेपालले भारतलाई उक्त रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको हो । नेपाललाई ओपनर आसिफ शेख र कुशल भुर्तेलले पहिलो विकेटका लागि ९.५ ओभरमा ६५ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए ।

तिब्र गतिका बलर शार्दुल ठाकुरको बलमा कुशल एज लाग्दै आउट हुन पुगे । त्यसपछि नेपालले राम्रो साझेदारी गर्न सकेन । त्यसअघि नेपाली ओपनरले तीन जीवनदान पाएका थिए । कुशल भुर्तेललाई दोस्रो ओभरमै श्रेयस ऐरले फस्ट स्लिपमा एक र ईशान किशनले ७ रनमा छाडेका थिए ।

त्यस्तै आसिफ शेखलाई एक रनमा विराट कोहलीले एक्स्ट्रा कभरमा क्याच छाड्दै जीवनदान दिएका थिए । तीन जीवनदान पछि नेपाली ओपनरले आक्रामक ब्याटिङ थालेका थिए । कुशल भुर्तेलले २५ बलमा ३ चौका र २ छक्कासहित ३८ रन जोडे । स्पिनर रविन्द्र जडेजाको बलमा भीम सार्की इनसाइड एज लाग्दै ७ रनमा बोल्ड आउट हुन पुगेका थिए ।

स्पिनर रविन्द्र जडेजाको बलमा कप्तान रोहित पौडेल एज लागेर कप्तान रोहित शर्माबाट क्याच आउट हुन पुगे । जडेजाको बलमा कुशल मल्ल ठूलो सट खेल्ने धुनमा मिडअफमा २ रनमा क्याच आउट भएका थिए । कुशल मल्ल आउट हुँदा नेपाल १०१–४ को अवस्थामा थियो । गुलशन झा शिराजको बलमा २३ रनमा कट बिहाइन्ड हुन पुगे । गुलशनले ३५ बलमा ३ चौका प्रहार गरेका थिए ।

सातौं विकेटका लागि ३१.५ ओभरमा १४४–६ को अवस्थामा पुगेको नेपाललाई सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले ५० रनको साझेदारी गर्दै २ सय रन पार गराएका थिए । दीपेन्द्र २५ बलमा ३ चौकासहित २९ रनमा हार्दिक पान्ड्याको बलमा एलबीडब्लू आउट भएका थिए । सोमपाल कामीले ५६ बल खेल्दै १ चौका र २ छक्कासहित ४८ रनको योगदान गरे । सन्दीप लामिछाने ९ रनमा रन आउट भए । करण केसी २ रनमा नटआउट रहेका थिए ।

भारतका लागि रविन्द्र जडेजाले १० ओभरमा ४० रन खर्चेर ३ विकेट लिएका थिए । मोहम्मद शिराजले ९.२ ओभरमा १ मेडनसहित ६१ रन खर्चेर ३ विकेट लिए । मोहम्मद शामी, शार्दुल ठाकुर र हार्दिक पान्ड्याले समान १/१ विकेट लिएका थिए ।

वर्षाले प्रभावित खेल भारतले जित्यो, मन चाहिँ नेपालले

एसिया कप क्रिकेटमा नेपालले बलियो टोली भारतसँग खेल्दा रिजल्ट अनुमान योग्य थियो । महारथ प्राप्त विश्व च्याम्पियन भइसकेको, एकदिवसीय क्रिकेटमा हजार ३४ खेल खेलेको मुलुक भारतलाई नेपालले हराउने अपेक्षा थिएन ।

खासगरी मोहम्मद शामी, मोहम्मद सिराज र हार्दिक पाण्डे लगायतका विश्व स्तरका भारतीय बलरहरुलाई नयाँ ब्याट्सम्यानहरुले जसरी सामना गरे, त्यो तारिफ योग्य थियो । खेलाडीलाई प्रोत्साहन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने श्रीलंकामा पुगेका थिए ।

नेपाली खेल क्षेत्र र खेलाडीलाई प्रोत्साहन गर्ने सवालमा नेपालका राजनीतिक दल र तिनका शीर्ष नेता अनुदार छन् । सोही शिलशिलामा संसदको चौथो ठुलो राष्ट्रिय दल रास्वपाका अध्यक्ष श्रीलंका पुगेर खेलाडीलाई हौसला बढाएका थिए ।

सिमित स्रोत साधन र लगानीका बाबजुत एसिया कप खेलिरहेको नेपाल र विश्व क्रिकेटमा उदाउँदै गरेको नेपाली टिमको प्रर्दशनलाई विश्वभरबाट प्रशंसा भैरहेको छ । नेपालका कप्तान रोहितकुमार पौडेलले भारतीय ओपनरद्वयको तारिफ गरेका थिए ।

भिजेको फिल्डले पनि असर गरेको खेलमा बलरहरुले पनि राम्रो गरेको रोहितले सुनाए । उनले नेपालको तल्लो अर्डरले पनि पछिल्लो समय राम्रो गरेको भन्दै ‘मध्यक्रममा केही राम्रो गर्न सकिन्थ्यो । हामीलाई ३०/४० रन कम भयो । यदि त्यसो गर्न सकेको भए २६०/२७० रन हुन्थ्यो । रोहितले भने’


प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  २३:५६
#Asia Cup Cricket
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप क्रिकेट
सुदूरपश्चिम रोयल्सको दोस्रो संस्करणमा अष्ट्रेलियन खेलाडी लिन अनुबन्ध 
सुदूरपश्चिम रोयल्सको दोस्रो संस्करणमा अष्ट्रेलियन खेलाडी लिन अनुबन्ध  शनिबार, भदौ २१, २०८२
डिएभीलाई आरआरए क्रिकेटको उपाधि
डिएभीलाई आरआरए क्रिकेटको उपाधि शुक्रबार, साउन ३१, २०८२
जुनियर क्रिकेट लिग भदौदेखि
जुनियर क्रिकेट लिग भदौदेखि बिहीबार, साउन ३०, २०८२
आरआरए क्रिकेट सोमबारदेखि
आरआरए क्रिकेट सोमबारदेखि शनिबार, साउन २५, २०८२
लुम्बिनी लायन्सद्वारा नयाँ लोगो सार्वजनिक
लुम्बिनी लायन्सद्वारा नयाँ लोगो सार्वजनिक मंगलबार, साउन ७, २०८२
तिरहुत टाइगर्सलाई सप्तरी प्राइड लिगको उपाधि
तिरहुत टाइगर्सलाई सप्तरी प्राइड लिगको उपाधि शुक्रबार, साउन ३, २०८२
सुदूरपश्चिम रोयल्स र धनगढीस्थित एसपीए कलेजको साझेदारीलाई निरन्तरता
सुदूरपश्चिम रोयल्स र धनगढीस्थित एसपीए कलेजको साझेदारीलाई निरन्तरता बिहीबार, साउन २, २०८२
Navodit College Navodit College
ताजा समाचार
एभरेस्ट महिला भलिबल लिग: घरेलु टोली पोखरा लुम्बिनीसँग पराजित
एभरेस्ट महिला भलिबल लिग: घरेलु टोली पोखरा लुम्बिनीसँग पराजित खेलकुद मञ्‍च
प्रथम अन्तरविद्यालय अन्डर-१२ छात्र फुटसल सम्पन्न, विद्यावाणीले जित्यो उपाधि
प्रथम अन्तरविद्यालय अन्डर-१२ छात्र फुटसल सम्पन्न, विद्यावाणीले जित्यो उपाधि खेलकुद मञ्‍च
खेलकुद मन्त्री र एनओसी तदर्थ समितिको छलफल
खेलकुद मन्त्री र एनओसी तदर्थ समितिको छलफल खेलकुद मञ्‍च
एकेएफ यु-२२ करातेमा नेपाललाई २ कांस्य
एकेएफ यु-२२ करातेमा नेपाललाई २ कांस्य खेलकुद मञ्‍च
रोहिणी इन्टरनेशनल एजुकेसनको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट
रोहिणी इन्टरनेशनल एजुकेसनको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
जैशिदेवल युथ क्लबको ३२औं वार्षिकोत्सवमा छैठौं इन्क्ट्रा डोजाङ्ग तेक्वान्दो प्रतियोगिता सम्पन्न
जैशिदेवल युथ क्लबको ३२औं वार्षिकोत्सवमा छैठौं इन्क्ट्रा डोजाङ्ग तेक्वान्दो प्रतियोगिता सम्पन्न
नेपालगन्जमा यु-१४ छात्र-छात्रा फुटबल हुँदै
नेपालगन्जमा यु-१४ छात्र-छात्रा फुटबल हुँदै
बास्केटबलमा प्रिमियर र क्वासन च्याम्पियन
बास्केटबलमा प्रिमियर र क्वासन च्याम्पियन
अन्तर्राष्ट्रिय रग्बी सिरिज भदौ अन्तिम साता हुने
अन्तर्राष्ट्रिय रग्बी सिरिज भदौ अन्तिम साता हुने
खेलाडीसहित १० सदस्यीय कराते टोली चीन जाने
खेलाडीसहित १० सदस्यीय कराते टोली चीन जाने
जैशिदेवल युथ क्लबको ३२औं वार्षिकोत्सवमा छैठौं इन्क्ट्रा डोजाङ्ग तेक्वान्दो प्रतियोगिता सम्पन्न
जैशिदेवल युथ क्लबको ३२औं वार्षिकोत्सवमा छैठौं इन्क्ट्रा डोजाङ्ग तेक्वान्दो प्रतियोगिता सम्पन्न
जुनियर क्रिकेट लिग भदौदेखि
जुनियर क्रिकेट लिग भदौदेखि
माफ फुटसलमा गोल्डेनपिक, पिस प्वाइन्ट र विच किड च्याम्पियन
माफ फुटसलमा गोल्डेनपिक, पिस प्वाइन्ट र विच किड च्याम्पियन
अन्तरकलेज प्लस टु छात्र बास्केटबल भोलिदेखि
अन्तरकलेज प्लस टु छात्र बास्केटबल भोलिदेखि
भक्त राना स्मृति चेसको तयारी
भक्त राना स्मृति चेसको तयारी
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
रोहिणी इन्टरनेशनल एजुकेसनको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट
रोहिणी इन्टरनेशनल एजुकेसनको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट आइतबार, भदौ २२, २०८२
बिहानी कपको उपाधि सिद्धेश्वरलाई
बिहानी कपको उपाधि सिद्धेश्वरलाई आइतबार, भदौ २२, २०८२
पल्सर स्पोर्टस अवार्ड २०८१ को चार विधाका मनोनयन सार्वजनिक 
पल्सर स्पोर्टस अवार्ड २०८१ को चार विधाका मनोनयन सार्वजनिक  आइतबार, भदौ २२, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2025 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्