Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
Kathmandu BernHardt College Kathmandu BernHardt College
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
कर्पोरेट खेलकुद
  • Home
  • कर्पोरेट खेलकुद
  • दिपेश र सेहजाद च्याम्पियन 
दिपेश र सेहजाद च्याम्पियन 
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च शनिबार, साउन १२, २०७५
Chelsea World School Chelsea World School

काठमाडौं, १२ साउन - एपीएफ क्लबका दिपेश धामीले अन्नपूर्ण पोस्ट् अन्तर्राष्ट्रिय कर्पाेरेट ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकल तर्फको उपाधि जितेका छन् । महिला एकल तर्फको उपाधि भने पाकिस्तानकी सेहजाद माहुरले जितिन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा शनिबार भएको फाइनल खेलमा सिल्क ग्रुपका प्रिन्स दाहाललाई २१–११, २१–१० को सोझो सेटमा पराजित गर्दै दिपेशले उपाधि हात पारेका हुन् । 

नेपालको राष्ट्रिय टोलीबाट नियमित रूपमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै आएका दिपेशले प्रिन्स विरुद्धको खेलमा सुरुदेखि नै बलियो पकड बनाएका थिए । अन्नपूर्ण पोस्ट् अन्तर्राष्ट्रिय कर्पाेरेट ब्याडमिन्टन प्रतियोगितामा पुरुष एकलतर्फ दिपेशले जितेको यो दोस्रो उपाधि हो । दिपेशले यसअघि पहिलो संस्करणमा पनि उपाधि जितेका थिए ।

यसैगरी महिला एकलतर्फ भने पाकिस्तानकी सेहजादले फाइनलमा नेपालकी रसिला महर्जनलाई पराजित गर्दै उपाधि चुमेकी हुन् । त्रिभुवन आर्मी क्लबकी रसिलालाई सेहजादले २१–१५, २१–१० को सेटमा पराजित गरिन् । शुक्रबार भएको सेमिफाइनल खेलमा नेपालकी पहिलो वरीयताप्राप्त खेलाडी नङ्सल तामाङलाई पराजित गर्दै फाइनलमा पुगेकी १४ वर्षीया रसिला उपाधि भिडन्तमा भने अनुभवमा पछि परिन् ।

पाकिस्तानी खेलाडीले रसिलाको एकपछि अर्काे गल्ती पत्ता लगाउँदै नियमित अंक जोडेकी थिइन् । पुरुष एकलतर्फ सेमिफाइनलमा पराजित भएका बंगलादेशका मोहम्मद सलमान खान र त्रिभुवन आर्मी क्लबका रुकेश महर्जन तथा महिला एकलतर्फ त्रिभुवन आर्मी क्लबका नङ्सल तामाङ र अमिता गिरी तेस्रो भएका छन् ।

यसैगरी यू–१९ पुरुष एकल स्पर्धामा सिल्क ग्रुपका प्रिन्स दाहाल र महिला एकल स्पर्धामा त्रिभुवन आर्मी क्लबकी रसिला महर्जनले उपाधि जितेका छन् । प्रिन्सले फाइनलमा त्रिभुवन आर्मी क्लबका प्रफूल महर्जनलाई २१–१५, २१–१९ को सोझो सेटमा पराजित गरे ।

खुलातर्फ पुरुष एकल स्पर्धाको फाइनलमा एपीएफ क्लबका दिपेश धामीसँग पराजित भएका प्रिन्सले यू–१९ स्पर्धामा भने सशक्त प्रदर्शन गर्दै उपाधि हात पारे । यसैगरी महिला एकल तर्फको उपाधि भिडन्तमा रसिलाले नेपाल पुलिस क्लबकी जेसिका गुरुङलाई २१–१९, २१–१९ को सोझो सेटमा पराजित गरिन् । रसिलाले जेसिकासँग पुष्पलाल स्मृति ब्याडमिन्टन प्रतियोगितामा बेहोरेको पराजयको बदलासमेत लिइन् ।

पुष्पलाल ब्याडमिन्टन प्रतियोगिताको यू–१९ र महिला एकल दुवै स्पर्धाको उपाधि जित्ने क्रममा जेसिकाले रसिलालाई नै पराजित गरेकी थिइन् ।
यू–१९ स्पर्धाको महिला एकलतर्फ प्रदेश नम्बर १ की नीता लम्साल र कञ्चनपुरकी रञ्जना भट्ट तथा पुरुष एकलतर्फ त्रिभुवन आर्मी क्लबका पबिन लिङ्थेप र रुकेश महर्जन संयुक्त रूपमा तेस्रो भए । 

यस्तै मिक्स डबल्स तर्फको उपाधि एपीएफ क्लबका दिपेश धामी र पूजा श्रेष्ठको जोडीले जितेको छ । त्रिभुवन आर्मी क्लबका नङ्सल तामाङ र प्रफूल महर्जनको जोडीलाई २१–२०, २१–१७ को सोझो सेटमा पराजित गर्दै दिपेश र पूजाको जोडीले उपाधि हात पारेको हो । यो स्पर्धामा त्रिभुवन आर्मी क्लबका अमिता गिरी र सुरोज महर्जनको जोडी तथा भोजपुरकी सीता राई र एमआईबीएलका नीरविक्रम देवकोटाको जोडी तेस्रो भए ।

पुरुष डबल्स तर्फको फाइनलमा भने एपीएफ क्लबका दिपेश र बिजित थापामगरको जोडी भारतका जुम्ल्याहा दाजुभाइ रञ्जन र अञ्जन गुरागोहईको जोडीसँग २१–१९, २१–१६ को सोझो सेटमा पराजित भयो । गत वर्ष फाइनलमा पाकिस्तानी खेलाडीसँग पराजित भएपछि उपाधिबाट चुकेका गुरागोहई दाजुभाइ यसपटक भने उपाधि जित्न सफल भए ।

‘दिपेश र बिजितसँग हामीले गत वर्ष पनि खेलेका हौं । गत वर्ष हामीले उनीहरूलाई सेमिफाइनलमै पराजित गरेका थियौं’, उपाधि जितेपछि रञ्जनले भने, पुरुष डबल्सतर्फ प्रदेश नम्बर ४ का विशाल बस्नेत र विधान अधिकारीको जोडी तथा बाँकेका रियाज अन्सारी र इर्फान अन्सारीको जोडी तेस्रो भए ।
यसैगरी एक्जुकेटिभ पुरुष एकलतर्फको उपाधि जेष्ट ब्याडमिन्टन एकेडेमीका सुनिल जोशीले जितेका छन् । फाइनलमा उनले कामना सेवाका विशाल खड्कालाई २१–१५, २१–११ को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेका हुन् । एक्जुकेटिभ स्पर्धाको पुरुष डबल्सतर्फ भने आशीर्वादका राम राई र विमल श्रेष्ठको जोडीले उपाधि जितेको छ । राम र विमलको जोडीले फाइनलमा कामनाका विशाल बस्नेत र विशाल खड्काको जोडीमाथि २१–१७, २१–२३, २१–१५ अंकको प्रतिस्पर्धात्मक जित हासिल गर्यो ।

एक्जुकेटिभ एकलतर्फ राइजिङ सनका विश्वास नेपाल र स्लेकका गणेश रायमाझी तेस्रो भए । डबल्सतर्फ जेष्टका सुनील जोशी र ओडीसीका रोमन बानियाँको जोडी तथा ईशा एन्ड इशिकाका आकाश छन्त्याल र अभिषेक गुरुङको जोडी तेस्रो बने । शनिबार नै भएको कर्पोरेट स्पर्धाको पुरुष एकल र युगलतर्फ दुवै उपाधि महालक्ष्मी पेन्ट्सका खेलाडीले जितेका छन् ।

पुरुष एकलतर्फ महालक्ष्मीका विकास महर्जन तथा डबल्सतर्फ विकास र प्रदीप महर्जनको जोडीले उपाधि जितेका हुन् । एकलतर्फको फाइनलमा विकासले नारायणी मिल्कका अभिषेक बोसलाई २१–१२, २१–१६ को सोझो सेटमा पराजित गरे । युगलतर्फको उपाधि भिडन्तमा भने विकास र प्रदीपको जोडीले महालक्ष्मी पेन्ट्सकै भुवन श्रेष्ठ र रदीप महर्जनको जोडीलाई २१–१९, २१–१३ अंकले पराजित गरे । कर्पाेरेट स्पर्धाको एकलतर्फ एपेस इन्टरनेसनलका अखिल श्रेष्ठ र बीएन्डबीका बालमुकुन्द ढुंगाना संयुक्त रूपमा तेस्रो भए ।

कर्पाेरेट डबल्सतर्फ आईपीपीका आदर्श विष्ट र सुवास उलकको जोडी तथा जलेवाका रुद्रबहादुर थिङ र एपेस इन्टरनेसनलका अखिल श्रेष्ठको जोडी तेस्रो भए । जुनियरतर्फ महिला र पुरुष एकल तर्फका विजेताबाहेक अन्य स्पर्धाका विजेताले दुई तोला, उपविजेताले एक तोला र तेस्रो हुने खेलाडीले आधा तोला सुन पुरस्कार प्राप्त गरे ।

जुनियरतर्फ महिला तथा पुरुष सिंगल्सका विजेताले भने एक तोला, दोस्रो हुनेले आधा तोला र तेस्रो स्थान हासिल गर्नेले चार आना सुन पुरस्कार प्रदान गरिएको थियो । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।


प्रकाशित मिति: शनिबार, साउन १२, २०७५  २०:०७
#Annapurna Post Badminton
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप कर्पोरेट खेलकुद
रोहिणी इन्टरनेशनल एजुकेसनको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट
रोहिणी इन्टरनेशनल एजुकेसनको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट आइतबार, भदौ २२, २०८२
पल्सर स्पोर्टस अवार्ड २०८१ को चार विधाका मनोनयन सार्वजनिक 
पल्सर स्पोर्टस अवार्ड २०८१ को चार विधाका मनोनयन सार्वजनिक  आइतबार, भदौ २२, २०८२
खेलाडीको स्वास्थ्य उपचारका लागि सम्झौता
खेलाडीको स्वास्थ्य उपचारका लागि सम्झौता बिहीबार, भदौ १९, २०८२
आसन्न महिला भलिबल लिगको मुख्य प्रायोजकमा दुगड ग्रुपको ज्ञान ब्राण्ड अनुबन्ध
आसन्न महिला भलिबल लिगको मुख्य प्रायोजकमा दुगड ग्रुपको ज्ञान ब्राण्ड अनुबन्ध सोमबार, भदौ १६, २०८२
लुम्बिनी लाभाज भलिबल टिमलाई होन्डाको साथ
लुम्बिनी लाभाज भलिबल टिमलाई होन्डाको साथ शनिबार, भदौ १४, २०८२
काठमाडौं म्याराथन २०२५ हुँदै
काठमाडौं म्याराथन २०२५ हुँदै बुधबार, भदौ ११, २०८२
अदिती बुढाथोकी काठमाडौं स्पाइकर्सको गुडविल एम्बासडर
अदिती बुढाथोकी काठमाडौं स्पाइकर्सको गुडविल एम्बासडर शुक्रबार, साउन ३१, २०८२
Navodit College Navodit College
ताजा समाचार
एभरेस्ट महिला भलिबल लिग: घरेलु टोली पोखरा लुम्बिनीसँग पराजित
एभरेस्ट महिला भलिबल लिग: घरेलु टोली पोखरा लुम्बिनीसँग पराजित खेलकुद मञ्‍च
प्रथम अन्तरविद्यालय अन्डर-१२ छात्र फुटसल सम्पन्न, विद्यावाणीले जित्यो उपाधि
प्रथम अन्तरविद्यालय अन्डर-१२ छात्र फुटसल सम्पन्न, विद्यावाणीले जित्यो उपाधि खेलकुद मञ्‍च
खेलकुद मन्त्री र एनओसी तदर्थ समितिको छलफल
खेलकुद मन्त्री र एनओसी तदर्थ समितिको छलफल खेलकुद मञ्‍च
एकेएफ यु-२२ करातेमा नेपाललाई २ कांस्य
एकेएफ यु-२२ करातेमा नेपाललाई २ कांस्य खेलकुद मञ्‍च
रोहिणी इन्टरनेशनल एजुकेसनको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट
रोहिणी इन्टरनेशनल एजुकेसनको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
जैशिदेवल युथ क्लबको ३२औं वार्षिकोत्सवमा छैठौं इन्क्ट्रा डोजाङ्ग तेक्वान्दो प्रतियोगिता सम्पन्न
जैशिदेवल युथ क्लबको ३२औं वार्षिकोत्सवमा छैठौं इन्क्ट्रा डोजाङ्ग तेक्वान्दो प्रतियोगिता सम्पन्न
नेपालगन्जमा यु-१४ छात्र-छात्रा फुटबल हुँदै
नेपालगन्जमा यु-१४ छात्र-छात्रा फुटबल हुँदै
बास्केटबलमा प्रिमियर र क्वासन च्याम्पियन
बास्केटबलमा प्रिमियर र क्वासन च्याम्पियन
अन्तर्राष्ट्रिय रग्बी सिरिज भदौ अन्तिम साता हुने
अन्तर्राष्ट्रिय रग्बी सिरिज भदौ अन्तिम साता हुने
खेलाडीसहित १० सदस्यीय कराते टोली चीन जाने
खेलाडीसहित १० सदस्यीय कराते टोली चीन जाने
जैशिदेवल युथ क्लबको ३२औं वार्षिकोत्सवमा छैठौं इन्क्ट्रा डोजाङ्ग तेक्वान्दो प्रतियोगिता सम्पन्न
जैशिदेवल युथ क्लबको ३२औं वार्षिकोत्सवमा छैठौं इन्क्ट्रा डोजाङ्ग तेक्वान्दो प्रतियोगिता सम्पन्न
जुनियर क्रिकेट लिग भदौदेखि
जुनियर क्रिकेट लिग भदौदेखि
माफ फुटसलमा गोल्डेनपिक, पिस प्वाइन्ट र विच किड च्याम्पियन
माफ फुटसलमा गोल्डेनपिक, पिस प्वाइन्ट र विच किड च्याम्पियन
अन्तरकलेज प्लस टु छात्र बास्केटबल भोलिदेखि
अन्तरकलेज प्लस टु छात्र बास्केटबल भोलिदेखि
भक्त राना स्मृति चेसको तयारी
भक्त राना स्मृति चेसको तयारी
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
रोहिणी इन्टरनेशनल एजुकेसनको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट
रोहिणी इन्टरनेशनल एजुकेसनको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट आइतबार, भदौ २२, २०८२
बिहानी कपको उपाधि सिद्धेश्वरलाई
बिहानी कपको उपाधि सिद्धेश्वरलाई आइतबार, भदौ २२, २०८२
पल्सर स्पोर्टस अवार्ड २०८१ को चार विधाका मनोनयन सार्वजनिक 
पल्सर स्पोर्टस अवार्ड २०८१ को चार विधाका मनोनयन सार्वजनिक  आइतबार, भदौ २२, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2025 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्