Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
विविध खेल
  • Home
  • विविध खेल
  • ऐतिहासिक रजत विजेता करातेकी एरिकालाई सम्मान
ऐतिहासिक रजत विजेता करातेकी एरिकालाई सम्मान
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च सोमबार, असोज २९, २०८०
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडौं । नेपाल सोतोकान कराते महासंघका अध्यक्ष निवासगोपाल वैद्यले १९ औं एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक जितेकी करातेकी एरिका गुरुङलाई सोमबार २ लाख नगदसहित सम्मान गरेका छन् ।

चीनको हाङझावमा भएको एसियाली खेलकुदमा कराते टोलीका व्यवस्थापक समेत रहेका वैद्यले हाङझाव एसियाडमा कारते खेलाडीले पदक जिते व्यक्तिगत नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेका थिए । पूर्व घोषणा बमोजिम वैद्यले एरिकालाई पाटनस्थित अशोक हलमा आयोजित एक कार्यक्रमबीच नगद पुरस्कार प्रदान गरेका हुन् ।

एरिकाले महिला ६८ केजीमाथि तौलसमूहमा नेपालका लागि ऐतिहासिक रजत दिलाएकी हुन् । एसियाली खेलकुदमा नेपालले करातेमा पहिलोपटक रजत पदक जितेको हो । हाङझाव एसियाडमै नेपालले दुई पदक जितेको थियो । महिला कबड्डी टोलीले कांस्य पदक जितेको थियो ।

एरिकाले सेमिफाइनलमा हङकङकी यानकाई होलाई ८–४ अंकले हराउँदै स्वर्ण भिडन्त पक्का गरेकी थिइन् । फाइनलमा भने एरिका काजकिस्तानकी सोफ्या बेरुल्तसेभासँग ३–० अंकले पराजित भइन् । त्यसअघि क्वाटरफाइनलमा एरिकाले जापानकी एजुकी सबाइलाई सेन्सुको आधारमा हराएकी थिइन् ।

एसियाडको इतिहासमा एरिकाकोसहित नेपालको समग्रमा तेस्रो रजत पदक हो । एसियाडमा तेक्वान्दोकी सविता राजभण्डारीले नेपाललाई पहिलो रजत पदक दिलाएकी थिइन् । सविताले सन् १९९८ को बैंकक एसियाडमा व्यक्तिगत स्पर्धामा रजत जितेकी थिइन् ।

त्यस्तै इन्डोनेसियामा भएको १८ औं एसियाली खेलकुदको प्याराग्लाइडिङमा नेपाली पुरुष टोलीले टिम स्पर्धामा रजत पदक जितेको थियो । एसियाडको कारतेमा एरिकाअघि समरबहादुर गोले, सीताकुमारी राई र विमला तामाङले कांस्य पदक जितेका थिए ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, बागमती प्रदेशका सांसद् मिनकृष्ण महर्जन, नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा, महासचिव दावा गुरुङ र वैद्यले एरिकालाई नगद, प्रशंसा पत्र र पुष्पगुच्छा प्रदान गरी सम्मान गरेका थिए । सो अवसरमा एसियाडको करातेमा सहभागी खेलाडी र प्रशिक्षकलाई पनि सम्मान गरिएको थियो ।

सम्मान कार्यक्रमको अवसरमा सदस्य–सचिव घिसिङले यो सम्मान सुरुआत मात्र भएको बताउदै सरकारले दिने नगद पुरस्कार पनि छिट्टै प्रदान गर्ने प्रतिबद्धता जनाएका थिए । ‘आजको यो सम्मान सुरुआत मात्र हो । व्यवस्थापकबाटै सुरुआत भएको छ । यसलाई शुभ मान्नु पर्छ । एसियाडमा रजत जित्ने खेलाडीलाई कानूनमा व्यवस्था भए बमोजिमको १९ लाख ५० हजार नगद पुरस्कार पनि सरकारबाट छिट्टै एरिकाले पाउनु हुनेछ ।’ सदस्य–सचिव घिसिङले भने– ‘पुरस्कारले खेलाडीलाई उर्जा त थप्छ नै । खेलाडीले पुरस्कारलाई उर्जाका साथै जिम्मेवारी पनि थपिएको छ भन्ने महशुस गर्नु पर्छ ।’

बागमती प्रदेशका सांसद् मिनकृष्ण महर्जनले एरिकाले हासिल गरेको सफलताले सिंगो राष्ट्रलाई खुशी तुल्याएको धारणा व्यक्त गरे । कराते महासंघका अध्यक्ष युवराज लामाले यदि थप सफलता हासिल गर्ने हो भने २० औं एसियाली खेलकुदको तयारीका लागि अहिलेदेखि तयारीमा जुट्नु पर्नेमा जोड दिए ।

ऐतिहासिक रजत विजेता १९ वर्षीया एरिकाले सम्मानित भएपछि भनिन्– ‘मैलै जितेको पदक मेरो भन्दा पनि पहिले राष्ट्रको हो । राष्ट्रिय खेलकुद परिषद्को हो । नेपाल कराते महासंघको हो । सारा नेपालीको हो । मेरो टिमको  हो । अनि त्यसपछि मात्र मेरो पदक हो । सहयोगका लागि राष्ट्रिय खेलकुद परिषद् र कराते महासंघलाई धन्यवाद । सम्मानले थप खुशी बनाएको छ । आगामी दिनमा अझ सफलता हात पार्न प्रेरित गरेको छ ।’ एरिकाले व्यवस्थापक वैद्यको सहयोगको पनि खुलेरै प्रशंसा गरिन् ।

नेपाल सोतोकान कराते महासंघका अध्यक्ष निवासगोपाल वैद्यले एरिकाको सफलताले नयाँ खेलाडीलाई पनि खेलमा लाग्न अभिप्रेरित गर्ने बताउदै नेपाली खेलाडीले पनि अवसर पाए सफलता हासिल गर्न सक्छन् भन्ने उदहारण एरिकाले प्रस्तुत गरेको बताए ।


प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  १९:१०
#Karate
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप विविध खेल
एनकेएल दोस्रो सिजन जेठमा हुने
एनकेएल दोस्रो सिजन जेठमा हुने सोमबार, फागुन ४, २०८२
माउन्ट एभरेष्ट तेक्वान्दो सुरु
माउन्ट एभरेष्ट तेक्वान्दो सुरु सोमबार, फागुन ४, २०८२
गण्डकीको दोहोरो जित
गण्डकीको दोहोरो जित सोमबार, फागुन ४, २०८२
एनकेएल ड्राफ्टमा विभागीय खेलाडीको वर्चस्व
एनकेएल ड्राफ्टमा विभागीय खेलाडीको वर्चस्व शनिबार, फागुन २, २०८२
भुवनलाई सूर्य नेपाल काठमाडौं ओपनको उपाधि
भुवनलाई सूर्य नेपाल काठमाडौं ओपनको उपाधि शुक्रबार, फागुन १, २०८२
सेमिफाइनल समीकरण पूरा
सेमिफाइनल समीकरण पूरा बिहीबार, माघ ३०, २०८२
नागार्जुन उपमेयर कप तेक्वान्दो फागुन अन्तिम साता
नागार्जुन उपमेयर कप तेक्वान्दो फागुन अन्तिम साता मंगलबार, माघ २८, २०८२
Navodit College Navodit College
ताजा समाचार
एनकेएल दोस्रो सिजन जेठमा हुने
एनकेएल दोस्रो सिजन जेठमा हुने खेलकुद मञ्‍च
लुम्बिनी सेमिफाइनलमा
लुम्बिनी सेमिफाइनलमा खेलकुद मञ्‍च
माउन्ट एभरेष्ट तेक्वान्दो सुरु
माउन्ट एभरेष्ट तेक्वान्दो सुरु खेलकुद मञ्‍च
गण्डकीको दोहोरो जित
गण्डकीको दोहोरो जित खेलकुद मञ्‍च
आयोजक प्याब्सन काठमाडौं विजयी
आयोजक प्याब्सन काठमाडौं विजयी खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
खुम्बु र आमादब्लाको जित
खुम्बु र आमादब्लाको जित
एन्जीलालाई मनास्लुको सम्मान
एन्जीलालाई मनास्लुको सम्मान
प्याब्सन क्रिकेट लिगमा बागमती सेमिफाइनलमा
प्याब्सन क्रिकेट लिगमा बागमती सेमिफाइनलमा
आयोजक फराक र खुम्जुङ सेमिफाइनलमा
आयोजक फराक र खुम्जुङ सेमिफाइनलमा
धावक रोकाया सम्मानित
धावक रोकाया सम्मानित
भ्याली पब्लिक र ह्वाइट हेभेनको जित
भ्याली पब्लिक र ह्वाइट हेभेनको जित
खुम्बु र आमादब्लाको जित
खुम्बु र आमादब्लाको जित
गेटवेलाई क्याम्ब्रिज फुटसल उपाधि
गेटवेलाई क्याम्ब्रिज फुटसल उपाधि
एन्जीलालाई मनास्लुको सम्मान
एन्जीलालाई मनास्लुको सम्मान
झिल्टुङ क्रस कन्ट्री दौडमा अर्जुन र फुलमति पहिलो
झिल्टुङ क्रस कन्ट्री दौडमा अर्जुन र फुलमति पहिलो
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
टी–२० विश्वकपः नेपाल समूह चरणबाट बाहिरियो, वेष्ट इन्डिज सुपर एटमा
टी–२० विश्वकपः नेपाल समूह चरणबाट बाहिरियो, वेष्ट इन्डिज सुपर एटमा आइतबार, फागुन ३, २०८२
खुम्बु ल्होसार कपमा आयोजक महेन्द्र ज्योति च्याम्पियन
खुम्बु ल्होसार कपमा आयोजक महेन्द्र ज्योति च्याम्पियन आइतबार, फागुन ३, २०८२
आयोजक प्याब्सन काठमाडौं विजयी
आयोजक प्याब्सन काठमाडौं विजयी आइतबार, फागुन ३, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्