Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
राखेप/एनओसी
  • Home
  • राखेप/एनओसी
  • ऐतिहासिक पदक विजेता पलेशाको स्वागत
ऐतिहासिक पदक विजेता पलेशाको स्वागत
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च आइतबार, कात्तिक १२, २०८०
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडौं । चीनको हाङझावमा भएको चौथो एसियाली पारा खेलकुदमा नेपाललाई ऐतिहासिक पदक दिलाएकी तेक्वान्दोकी पलेशा गोवर्धन शनिबार स्वदेश आएकी छन् ।

विमानस्थलबाट पलेशासहितको तेक्वान्दो टोलीलाई त्रिपुरेश्वरस्थित राखेपमा लगिएको थियो । त्यहाँ उनीहरुलाई राखेपका पदाधिकारी, कर्मचारी, शुभचिन्तकलगायतले स्वागत गर्दै बधाइ दिएका थिए ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल पारालिम्पिक कमिटीकी अध्यक्ष राधा घले, नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणा, महासचिव दीपराज गुरुङ, खेलाडी, प्रशिक्षक, परिवारजनलगायतले पलेशालाई त्रिभूवन अन्तर्राष्ट्रियमा स्वागत गर्नुका साथै सफलताका लागि बधाइ दिए । सोही अवसरमा प्रशिक्षक कविराज नेगी लामा र व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई पनि बधाइ दिइएको थियो ।

पलेशाले केहि दिनका लागि चीनकै सांघाइबाट नेपाल आएकी हुन् । पलेशा सांघाइस्थित तोङजी विश्वविद्यालयमा आर्किटेक्चर इन्जिनिएरिङको स्नातक तहमा अध्ययनरत छिन् । पलेशा नोभेम्बर ७ तारिखमा सांघाइ फर्किदै छिन् ।

पलेशा सांघाइबाटै एसियाली पारा खेलकुदमा सहभागी हुन हाङझाव गएकी थिइन् । कात्तिक ७ गते भएको महिला के– ४४ क्याटगोरीको ५७ केजीमुनि क्वाटरफाइनलमा पलेशाले चीनकी लिटिङ याङलाई पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेकी थिइन् । सेमिफाइनलमा काजाकिस्तानकी कमिल्यासंग पराजित भएपनि रिपेचेजमा वाइ पाएपछि पलेशाको कांस्य पदक पक्का भएको थियो ।

पलेशाले जितेको पदक पारा एसियाली खेलकुदमै नेपालले जितेको पहिलो पदक हो । नेपालले पहिलो संस्करणदेखि नै एसियाली पारा खेलकुदमा सहभागिता जनाएपनि तेक्वान्दो भने चौथो संस्करणदेखि मात्र समावेश गरिएको हो ।

सदस्य–सचिव घिसिङले पलेशालाई नेपाललाई ऐतिहासिक पदक दिलाएकोमा बधाइ दिदै पलेशाबाट राष्ट्रले अझ धेरै आशा गरेको बताए । ‘पलेशा सम्झावना बोकेकी खेलाडी हुन् । सफलताका लागि पलेशासंगै तपाईंहरुलाई पनि बधाइ छ ।’ पलेशाको उपस्थितिमा उनका बुवा आमासंग कुराकानी गर्ने क्रममा सदस्य–सचिव घिसिङले भने– ‘पलेशाबाट हामी र राष्ट्रले अझ धेरै आशा गरेका छौं । अहिले पदक जितेर पलेशाले खुड्कीलो मात्र उक्लेको हो । चुचोरोमा पुग्नु अझै बाँकी छ । पारा ओलम्पिकमा पदक जितेर अर्को इतिहास रच्न बाँकी नै छ । त्यसको तयारी लागि राष्ट्रिय खेलकुद परिषद्ले कुनै कसर बाँकी राख्ने छैन । यो मेरो प्रतिबद्धता हो ।’

ऐतिहासिक पदक विजेता पलेशाले आफ्नो अनुभव सुनउदै भनिन्– ‘म पढ्न चाइना जाँदा पढाईं र ट्रेनिङलाई संगै लाने सोचेको थिए । सोचे भन्दा गाह्रो भयो । यहाँ (नेपाल)  हुँदा परिवार, गुरु सबैले सहयोग गर्नु हुन्थ्यो । त्यही भएर सजिलो पनि भएको थियो । त्यहाँ (चीन) सबै आफैले गर्नु पर्ने थियो, गाह्रै भएको थियो । तर, मैले हार मानिन । जसरी पनि पढाईंसंगै ट्रेनिङको लागि पनि समय मिलाए । गेमको दिन नर्भस पनि थिए । किनकी धेरै समयपछि रिङमा खेल्न गएको थिए । तर, जसरी भएपनि जित्न पर्छ भन्नै चाहि थियो । किनकी एसियन पारा गेम्समा अहिलेसम्म नेपाले पदक जितेको थिएन । पहिलो पदक जितेकोमा खुशी थिए । तर, मेरो टार्गेट चाहि गोल्ड मेडल नै थियो । सिल्भर मेडल फाइटमा पनि थोरैले पराजित भए । दुःख पनि लागेको थियो । तर, पदक तालिकमा राष्ट्रलाई शुन्यको अवस्था हुनबाट जोगाएकोमा एकदमै खुशी छु ।’

पलेशाका पिता प्रदिपले छोरीले पदक जितेकोमा गर्वको अनुभूति भएको बताउदै फरक क्षमका आफ्नो सन्तानलाई समाजबाट लुकाउन नहुने धारणा व्यक्त गरे । ‘छोरीले पदक जितेकोमा गर्व लागेको छ । फरक क्षमता भएकाले पनि अवसर पाए केहि गर्न सक्छन् । यो मेरो छोरीले मात्रै हैन खेलकुदका साथै अन्य क्षेत्रका अन्य फरक क्षमता भएकाले प्रमाणित गरिसकेको कुरा हो ।’ प्रदिपले भने– ‘फरक क्षमता भएका सन्तानलाई पनि समाजसंग घुल्मिल गराउन जरुरी छ । त्यसो भयो भने मात्र उनीहरुको मनोबल बृद्धि हुन्छ । आज मेरो छोरीले सफलता हासिल गरिन् । भोलि अवसर पाए थ्रुप्रै फरक क्षमता भएकाले राष्ट्रलाई योगदान दिन सक्छन् ।’

प्रशिक्षक लामाले एसियाली पारा खेलकुदमा नेपाललका लागि पलेशाले ऐतिहासिक पदक जितेकोमा खुशी व्यक्त गर्दै राष्ट्रिय खेलकुद परिषद्, नेपाल तेक्वान्दो संघ, नेपाल पारालिम्पिक कमिटीसंगै सम्बन्धित सबैलाई धन्यवाद दिएका थिए ।


प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०८०  १९:२५
#ParaTekwando
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप राखेप/एनओसी
एसियाडमा उत्कृष्ट दिने प्रयास गर्नु होला– मन्त्री पोखरेल
एसियाडमा उत्कृष्ट दिने प्रयास गर्नु होला– मन्त्री पोखरेल शनिबार, साउन २३, २०८३
मिसन-२०२६ का खेलाडीलाई खेल पोशाक वितरण
मिसन-२०२६ का खेलाडीलाई खेल पोशाक वितरण शनिबार, असार २७, २०८३
पदक विजेता बिच कबड्डी टोलीको स्वागत
पदक विजेता बिच कबड्डी टोलीको स्वागत बुधबार, वैशाख १६, २०८३
हाइ लेभल स्पोर्ट्स सेमिनार सुरु
हाइ लेभल स्पोर्ट्स सेमिनार सुरु बिहीबार, वैशाख ३, २०८३
सातदोबाटोस्थित पौडी पोखरी सञ्चालनमा
सातदोबाटोस्थित पौडी पोखरी सञ्चालनमा बुधबार, वैशाख २, २०८३
क्लाइम्बिङ टोली चीन जाने
क्लाइम्बिङ टोली चीन जाने शुक्रबार, चैत २०, २०८२
ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ – मन्त्री पोखरेल
ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ – मन्त्री पोखरेल मंगलबार, चैत १७, २०८२
Navodit College Navodit College
ताजा समाचार
सनसाइन र पाठशालालाई मिनी बास्केटबलको उपाधि
सनसाइन र पाठशालालाई मिनी बास्केटबलको उपाधि खेलकुद मञ्‍च
थाइल्यान्डमा नेपाली ब्याडमिन्टन जोडीको रोमाञ्चक जित
थाइल्यान्डमा नेपाली ब्याडमिन्टन जोडीको रोमाञ्चक जित खेलकुद मञ्‍च
गोल्डेन पिक, विच किड्स र ज्ञान निकेतनलाई उपाधि
गोल्डेन पिक, विच किड्स र ज्ञान निकेतनलाई उपाधि खेलकुद मञ्‍च
अन्तर्राष्ट्रिय केम्पोमा नेपालले जित्यो पाँच पदक
अन्तर्राष्ट्रिय केम्पोमा नेपालले जित्यो पाँच पदक खेलकुद मञ्‍च
नेपाल एसीसी प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
नेपाल एसीसी प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
संस्कृति, निस्ट र डाफोडिललाई आईडब्लुएस कप
संस्कृति, निस्ट र डाफोडिललाई आईडब्लुएस कप
गोल्डस्टार सुदूरपश्चिम रोयल्सको फुटवेयर पार्टनर
गोल्डस्टार सुदूरपश्चिम रोयल्सको फुटवेयर पार्टनर
युएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
युएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
ज्ञानोदय र रातो बंगलालाई दोहोरो उपाधि
ज्ञानोदय र रातो बंगलालाई दोहोरो उपाधि
अन्तर्राष्ट्रिय केम्पोमा नेपालले जित्यो पाँच पदक
अन्तर्राष्ट्रिय केम्पोमा नेपालले जित्यो पाँच पदक
नेपालले पिकलबलको विश्वकप खेल्ने
नेपालले पिकलबलको विश्वकप खेल्ने
डट्स ई-स्पोर्ट्सलाई पीएमएनसी फल सिजनको उपाधि
डट्स ई-स्पोर्ट्सलाई पीएमएनसी फल सिजनको उपाधि
माफ बास्केटबलमा ४४ टोली
माफ बास्केटबलमा ४४ टोली
चन्द्रागिरी टिम च्याम्पियन
चन्द्रागिरी टिम च्याम्पियन
एभीएमका प्रजित र वियंका च्याम्पियन
एभीएमका प्रजित र वियंका च्याम्पियन
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
गोल्डेन पिक, विच किड्स र ज्ञान निकेतनलाई उपाधि
गोल्डेन पिक, विच किड्स र ज्ञान निकेतनलाई उपाधि शुक्रबार, असोज २, २०८३
Photo Gallery
नेपाल एसीसी प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
नेपाल एसीसी प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट शनिबार, भदौ २७, २०८३
आर्मीले जित्याे पिएम कपकाे उपाधि
आर्मीले जित्याे पिएम कपकाे उपाधि शुक्रबार, वैशाख ४, २०८३
एरिका गुरुङ तमु धीको सद्भावना दूत
एरिका गुरुङ तमु धीको सद्भावना दूत सोमबार, चैत ९, २०८२
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्