Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
राखेप/एनओसी
  • Home
  • राखेप/एनओसी
  • ऐतिहासिक पदक विजेता पलेशाको स्वागत
ऐतिहासिक पदक विजेता पलेशाको स्वागत
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च आइतबार, कात्तिक १२, २०८०
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडौं । चीनको हाङझावमा भएको चौथो एसियाली पारा खेलकुदमा नेपाललाई ऐतिहासिक पदक दिलाएकी तेक्वान्दोकी पलेशा गोवर्धन शनिबार स्वदेश आएकी छन् ।

विमानस्थलबाट पलेशासहितको तेक्वान्दो टोलीलाई त्रिपुरेश्वरस्थित राखेपमा लगिएको थियो । त्यहाँ उनीहरुलाई राखेपका पदाधिकारी, कर्मचारी, शुभचिन्तकलगायतले स्वागत गर्दै बधाइ दिएका थिए ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल पारालिम्पिक कमिटीकी अध्यक्ष राधा घले, नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणा, महासचिव दीपराज गुरुङ, खेलाडी, प्रशिक्षक, परिवारजनलगायतले पलेशालाई त्रिभूवन अन्तर्राष्ट्रियमा स्वागत गर्नुका साथै सफलताका लागि बधाइ दिए । सोही अवसरमा प्रशिक्षक कविराज नेगी लामा र व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई पनि बधाइ दिइएको थियो ।

पलेशाले केहि दिनका लागि चीनकै सांघाइबाट नेपाल आएकी हुन् । पलेशा सांघाइस्थित तोङजी विश्वविद्यालयमा आर्किटेक्चर इन्जिनिएरिङको स्नातक तहमा अध्ययनरत छिन् । पलेशा नोभेम्बर ७ तारिखमा सांघाइ फर्किदै छिन् ।

पलेशा सांघाइबाटै एसियाली पारा खेलकुदमा सहभागी हुन हाङझाव गएकी थिइन् । कात्तिक ७ गते भएको महिला के– ४४ क्याटगोरीको ५७ केजीमुनि क्वाटरफाइनलमा पलेशाले चीनकी लिटिङ याङलाई पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेकी थिइन् । सेमिफाइनलमा काजाकिस्तानकी कमिल्यासंग पराजित भएपनि रिपेचेजमा वाइ पाएपछि पलेशाको कांस्य पदक पक्का भएको थियो ।

पलेशाले जितेको पदक पारा एसियाली खेलकुदमै नेपालले जितेको पहिलो पदक हो । नेपालले पहिलो संस्करणदेखि नै एसियाली पारा खेलकुदमा सहभागिता जनाएपनि तेक्वान्दो भने चौथो संस्करणदेखि मात्र समावेश गरिएको हो ।

सदस्य–सचिव घिसिङले पलेशालाई नेपाललाई ऐतिहासिक पदक दिलाएकोमा बधाइ दिदै पलेशाबाट राष्ट्रले अझ धेरै आशा गरेको बताए । ‘पलेशा सम्झावना बोकेकी खेलाडी हुन् । सफलताका लागि पलेशासंगै तपाईंहरुलाई पनि बधाइ छ ।’ पलेशाको उपस्थितिमा उनका बुवा आमासंग कुराकानी गर्ने क्रममा सदस्य–सचिव घिसिङले भने– ‘पलेशाबाट हामी र राष्ट्रले अझ धेरै आशा गरेका छौं । अहिले पदक जितेर पलेशाले खुड्कीलो मात्र उक्लेको हो । चुचोरोमा पुग्नु अझै बाँकी छ । पारा ओलम्पिकमा पदक जितेर अर्को इतिहास रच्न बाँकी नै छ । त्यसको तयारी लागि राष्ट्रिय खेलकुद परिषद्ले कुनै कसर बाँकी राख्ने छैन । यो मेरो प्रतिबद्धता हो ।’

ऐतिहासिक पदक विजेता पलेशाले आफ्नो अनुभव सुनउदै भनिन्– ‘म पढ्न चाइना जाँदा पढाईं र ट्रेनिङलाई संगै लाने सोचेको थिए । सोचे भन्दा गाह्रो भयो । यहाँ (नेपाल)  हुँदा परिवार, गुरु सबैले सहयोग गर्नु हुन्थ्यो । त्यही भएर सजिलो पनि भएको थियो । त्यहाँ (चीन) सबै आफैले गर्नु पर्ने थियो, गाह्रै भएको थियो । तर, मैले हार मानिन । जसरी पनि पढाईंसंगै ट्रेनिङको लागि पनि समय मिलाए । गेमको दिन नर्भस पनि थिए । किनकी धेरै समयपछि रिङमा खेल्न गएको थिए । तर, जसरी भएपनि जित्न पर्छ भन्नै चाहि थियो । किनकी एसियन पारा गेम्समा अहिलेसम्म नेपाले पदक जितेको थिएन । पहिलो पदक जितेकोमा खुशी थिए । तर, मेरो टार्गेट चाहि गोल्ड मेडल नै थियो । सिल्भर मेडल फाइटमा पनि थोरैले पराजित भए । दुःख पनि लागेको थियो । तर, पदक तालिकमा राष्ट्रलाई शुन्यको अवस्था हुनबाट जोगाएकोमा एकदमै खुशी छु ।’

पलेशाका पिता प्रदिपले छोरीले पदक जितेकोमा गर्वको अनुभूति भएको बताउदै फरक क्षमका आफ्नो सन्तानलाई समाजबाट लुकाउन नहुने धारणा व्यक्त गरे । ‘छोरीले पदक जितेकोमा गर्व लागेको छ । फरक क्षमता भएकाले पनि अवसर पाए केहि गर्न सक्छन् । यो मेरो छोरीले मात्रै हैन खेलकुदका साथै अन्य क्षेत्रका अन्य फरक क्षमता भएकाले प्रमाणित गरिसकेको कुरा हो ।’ प्रदिपले भने– ‘फरक क्षमता भएका सन्तानलाई पनि समाजसंग घुल्मिल गराउन जरुरी छ । त्यसो भयो भने मात्र उनीहरुको मनोबल बृद्धि हुन्छ । आज मेरो छोरीले सफलता हासिल गरिन् । भोलि अवसर पाए थ्रुप्रै फरक क्षमता भएकाले राष्ट्रलाई योगदान दिन सक्छन् ।’

प्रशिक्षक लामाले एसियाली पारा खेलकुदमा नेपाललका लागि पलेशाले ऐतिहासिक पदक जितेकोमा खुशी व्यक्त गर्दै राष्ट्रिय खेलकुद परिषद्, नेपाल तेक्वान्दो संघ, नेपाल पारालिम्पिक कमिटीसंगै सम्बन्धित सबैलाई धन्यवाद दिएका थिए ।


प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०८०  १९:२५
#ParaTekwando
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप राखेप/एनओसी
राखेपको १२४औं बोर्ड बैठक सम्पन्न
राखेपको १२४औं बोर्ड बैठक सम्पन्न बुधबार, पुस ९, २०८२
पारा तेक्वान्दोमा कास्य विजेता रेनुलाई राखेपको बधाई
पारा तेक्वान्दोमा कास्य विजेता रेनुलाई राखेपको बधाई मंगलबार, पुस ८, २०८२
पावरलिफ्टिङका खेलाडीहरु सम्मानित
पावरलिफ्टिङका खेलाडीहरु सम्मानित बुधबार, मंसिर २५, २०८२
सदस्य सचिव र विश्व एन्टी डोपीङ डाइरेक्टरबीच भेट
सदस्य सचिव र विश्व एन्टी डोपीङ डाइरेक्टरबीच भेट मंगलबार, मंसिर २४, २०८२
राखेप सदस्यसचिव रामचरित्रले गरे पदभार ग्रहण
राखेप सदस्यसचिव रामचरित्रले गरे पदभार ग्रहण शुक्रबार, मंसिर २०, २०८२
राखेपद्वारा सदस्य-सचिव घिसिङको बिदाई
राखेपद्वारा सदस्य-सचिव घिसिङको बिदाई शुक्रबार, मंसिर १३, २०८२
विश्व कराते च्याम्पियनसिपमा भाग लिन नेपाली टोली इजिप्ट जाने
विश्व कराते च्याम्पियनसिपमा भाग लिन नेपाली टोली इजिप्ट जाने शुक्रबार, मंसिर ६, २०८२
Navodit College Navodit College
ताजा समाचार
रग्बी संघको वार्षिकोत्सवमा झन्डै डेढ करोडको बजेट पारित
रग्बी संघको वार्षिकोत्सवमा झन्डै डेढ करोडको बजेट पारित खेलकुद मञ्‍च
सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन
सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन खेलकुद मञ्‍च
तेक्वान्दो टोली चीन जाँदै
तेक्वान्दो टोली चीन जाँदै खेलकुद मञ्‍च
एनपीएलको कुल बाउण्ड्री बराबर करिब पाँच हजार कफीका बिरूवा रोप्दै प्रेसिडेन्सियल कलेज
एनपीएलको कुल बाउण्ड्री बराबर करिब पाँच हजार कफीका बिरूवा रोप्दै प्रेसिडेन्सियल कलेज खेलकुद मञ्‍च
पाँचौं केएमसी बास्केटबलको तयारी
पाँचौं केएमसी बास्केटबलको तयारी खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
नेप्लिज तेक्वान्दो एकेडेमी आइओएफटिसी टिम च्याम्पियन
नेप्लिज तेक्वान्दो एकेडेमी आइओएफटिसी टिम च्याम्पियन
मातृभूमि ‘ए’ र बौद्ध चिल्ड्रेन हेभेन च्याम्पियन
मातृभूमि ‘ए’ र बौद्ध चिल्ड्रेन हेभेन च्याम्पियन
साफ महिला क्लब च्याम्पियनसिप : एपीएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन
साफ महिला क्लब च्याम्पियनसिप : एपीएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन
ज्ञान संस्कार टिम च्याम्पियन
ज्ञान संस्कार टिम च्याम्पियन
मिस्टर महानगर शारीरिक सुगठनको तयारी
मिस्टर महानगर शारीरिक सुगठनको तयारी
विश्व बक्सिङका पदक विजेता चन्द्रको भब्य स्वागत
विश्व बक्सिङका पदक विजेता चन्द्रको भब्य स्वागत
कर्णालीसँग पराजित साबिक विजेता जनकपुरले पुछारमा रहँदै टुंग्यायो दोस्रो एनपीएल
कर्णालीसँग पराजित साबिक विजेता जनकपुरले पुछारमा रहँदै टुंग्यायो दोस्रो एनपीएल
पोखराको पहिलो जित, जनकपुरको लगातार तेस्रो हार
पोखराको पहिलो जित, जनकपुरको लगातार तेस्रो हार
लुम्बिनीलाई हराउँदै अपराजित सुदूरपश्चिम प्लेअफ नजिक
लुम्बिनीलाई हराउँदै अपराजित सुदूरपश्चिम प्लेअफ नजिक
पोखरामाथि लुम्बिनीको रोमाञ्चक जित
पोखरामाथि लुम्बिनीको रोमाञ्चक जित
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
पाँचौं केएमसी बास्केटबलको तयारी
पाँचौं केएमसी बास्केटबलको तयारी शुक्रबार, पुस ११, २०८२
एनपीएलको कुल बाउण्ड्री बराबर करिब पाँच हजार कफीका बिरूवा रोप्दै प्रेसिडेन्सियल कलेज
एनपीएलको कुल बाउण्ड्री बराबर करिब पाँच हजार कफीका बिरूवा रोप्दै प्रेसिडेन्सियल कलेज शुक्रबार, पुस ११, २०८२
तेक्वान्दो टोली चीन जाँदै
तेक्वान्दो टोली चीन जाँदै शनिबार, पुस १२, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2025 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्