Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
Kathmandu BernHardt College Kathmandu BernHardt College
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
फुटबल
  • Home
  • फुटबल
  • फिफा विश्वकप छनोटको दोस्रो चरणमा नेपाल र यमन भिड्दै
फिफा विश्वकप छनोटको दोस्रो चरणमा नेपाल र यमन भिड्दै
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च मंगलबार, मंसिर ५, २०८०
Chelsea World School Chelsea World School

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरण अन्तर्गत दोस्रो खेलमा आज  मंगलबार यमनको सामना गर्दैछ । नेपालले यमनसँग दोस्रो चरणको पहिलो लेगको खेल घरेलु मैदान त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल्न लागेको हो । खेल साँझ ७ बजे सुरु हुनेछ ।

फिफा वरीयतामा यमन १५६औं स्थानमा रहेको छ भने नेपाल १७३औँ स्थानमा रहेको छ । समूह ‘एच’ मा रहेको नेपालले अरबका बलिया प्रतिद्धन्दी यूएई, बहराईन र यमनसँग दुई लेगको म्याच खेल्नेछ । अर्को चरणमा प्रवेशका लागि नेपाली टोलीलाई आजको खेलमा जित्नै पर्ने दबाब छ ।

यसअघि नेपालले अघिल्लो महिना लाओसलाई पहिलो चरणमा हराउँदै दोस्रो चरणमा स्थान बनाएको थियो । नेपालले दोस्रो चरणको यूएईविरुद्धको पहिलो लेगमा ४-० गोलअन्तरको हार ब्यहोरेको थियो । यस्तै, यमनले दोस्रो चरणको बहराइनविरुद्धको पहिलो लेगमा २-० गोलअन्तरको हार ब्यहोरेको थियो ।

यो प्रतियोगिता विश्वकप छनोट २०२६ का साथै एएफसी एसियन कप २०२७ का लागि दोस्रो चरणको छनोट पनि हो । खेलको पूर्वसन्ध्यामा सोमबार आयोजित पत्रकार सम्मेलनमा नेपाली टिमका मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो अनेसेले यमनसँग खेल्दै गर्दा नेपालको अंक जोड्ने प्रयास हुने बताएका छन् ।

तुलनात्मक रुपमा बलिया प्रतिद्धन्दी यूएई र बहराईन भन्दा यमनविरुद्ध नेपाललाई घरेलु मैदानमा केही सहज हुनेछ । त्यसको फाइदा घरेलु मैदानमा उठाउने मुख्य प्रशिक्षक अनेसेको योजना छ । यमनविरुद्ध उत्रदै गर्दा नेपालको समस्या खेलाडीको चोटमा देखिन्छ ।

नेपालका प्रशिक्षक अनेसेले यमनविरुद्धको खेल लाकेन लिम्बुले गुमाउने पक्का भएको बताएका छन् । चोटका कारण युएईविरुद्धको पहिलो खेल गुमाएका डिफेन्डर अनन्त तामाङ भने खेल्ने सम्भावना छ । प्रशिक्षक अनेसेले यमनविरुद्ध पूर्ण रुपमा फिट देखिएका खेलाडीलाई मात्र मौका दिने बताएका छन् ।

मनिष डाँगीले पनि सोमबार प्रशिक्षण नगरेका कारण खेल्ने सम्भावना कम छ । मुख्य प्रशिक्षक अनेसेका अनुसार फरवार्ड अन्जन विष्टको अवस्था पनि टोलीले हेरिरहेको छ । नेपालका कप्तान किरणकुमार लिम्बुले घरेलु मैदानमा खेल्न हरेक खेलाडी उत्साहीत हुने गरेको तर्क गर्दै यमनविरुद्ध जितका लागि मैदान उत्रने बताएका छन् ।

नेपाली टोलीका मुख्य प्रशिक्षक अनेसेको आग्रहमा एन्फाले खेललाई साँझ ७ बजेका लागि सारेको हो । यसो गर्दा कार्यालय जाने समर्थकले आफ्नो काम सकेर खेल हेर्न आउन सक्नुहुन्छ । नेपाली फुटबलका लागि साथ दिन दर्शकहरुलाई सहज समय होस् भन्ने सोचेर यसो गरिएको हो । म आज पनि सबैलाई आफ्नो देशको समर्थन गर्न रंगशाला आइदिनुहुन अनुरोध गर्छु,’ अनेसेले भने ।

नेपाल र यमनसँगको खेलको लागि साधारण प्यारापिटतर्फ ४ सय र भीआईपी प्यारापिटतर्फ १ हजार रुपैयाँ टिकट दर कायम गरिएको एन्फाले जनाएको छ ।  एन्फाले राती खेल भएकोले दर्शकहरुका लागि बसको व्यवस्था गरेको छ र त्यसका लागि दर्शकको टिकटको अर्धकट्टी देखाउनु पर्नेछ ।

नेपाल र यमनसँगको खेलको टिकटहरू आज बिहान ८ देखि साँझ ५ बजेसम्म दशरथ रंगशालामा परिसरमा बिक्री गरिने एन्फाले जनाएको छ । दोस्रो चरणको सम्पूर्ण खेलको व्यापारिक तथा मिडिया अधिकार सिंगापुरस्थित स्पोर्टफाइभलाई प्रदान गरिएको एन्फाले जनाएको छ ।

नेपाल र यमनबीचको हेड टू हेड

नेपालले यमनसँग अहिलेसम्म चार खेल खेलेको छ । तर, नेपालले कुनै पनि खेल जित्न सकेको छैन । सन् २०१७ को जुन १३ मा नेपालमै भएको एएफसी कप छनोटको खेलमा यमनलाई गोलरहित बराबरीमा रोक्नु नै नेपालको अहिलेसम्मको उत्कृष्ट प्रदर्शन हो । एसियन कप छनोट २०१८ मार्च २७ मा दोहामा भएको खेलमा नेपाल यमनसँग २-१ गोलअन्तरले पराजित भएको थियो ।

नेपालले यमनविरुद्ध गरेको अहिलेसम्मको एक मात्र गोल हो । सो खेलमा नेपालका लागि नवयुग श्रेष्ठले गोल गरेका थिए । त्यसअघि सन् २००० फेब्रुअरी १० मा भएको एसियन कप छनोटको खेलमा नेपाल यमनसँग ३-० गोलअन्तरले पराजित भएको थियो । यस्तै, सन् २०१४ को मार्च २५ मा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल यमनसँग २-० गोलअन्तरले पराजित भएको थियो ।


प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  ०६:३८
#World Cup Qualifiers
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप फुटबल
बिहानी कपको उपाधि सिद्धेश्वरलाई
बिहानी कपको उपाधि सिद्धेश्वरलाई आइतबार, भदौ २२, २०८२
एसियन कप: पहिलो खेलमा नेपाल पराजित
एसियन कप: पहिलो खेलमा नेपाल पराजित बिहीबार, भदौ १९, २०८२
भेट्रान फुटबल भदौ अन्तिम साता
भेट्रान फुटबल भदौ अन्तिम साता बिहीबार, भदौ १९, २०८२
नेपालगन्जमा यु-१४ छात्र-छात्रा फुटबल हुँदै
नेपालगन्जमा यु-१४ छात्र-छात्रा फुटबल हुँदै मंगलबार, भदौ १७, २०८२
भक्तपुरमा फुटबल रंगशाला बनाउन जग्गा प्राप्तिको प्रकृया अगाडि बढ्यो
भक्तपुरमा फुटबल रंगशाला बनाउन जग्गा प्राप्तिको प्रकृया अगाडि बढ्यो बिहीबार, भदौ १२, २०८२
फुटबल टोलीकी कप्तान भण्डारीलाई सम्मान
फुटबल टोलीकी कप्तान भण्डारीलाई सम्मान बुधबार, भदौ ११, २०८२
आयोजक ज्ञानोदयको विजयी सुरुआत
आयोजक ज्ञानोदयको विजयी सुरुआत सोमबार, भदौ ९, २०८२
Navodit College Navodit College
ताजा समाचार
एभरेस्ट महिला भलिबल लिग: घरेलु टोली पोखरा लुम्बिनीसँग पराजित
एभरेस्ट महिला भलिबल लिग: घरेलु टोली पोखरा लुम्बिनीसँग पराजित खेलकुद मञ्‍च
प्रथम अन्तरविद्यालय अन्डर-१२ छात्र फुटसल सम्पन्न, विद्यावाणीले जित्यो उपाधि
प्रथम अन्तरविद्यालय अन्डर-१२ छात्र फुटसल सम्पन्न, विद्यावाणीले जित्यो उपाधि खेलकुद मञ्‍च
खेलकुद मन्त्री र एनओसी तदर्थ समितिको छलफल
खेलकुद मन्त्री र एनओसी तदर्थ समितिको छलफल खेलकुद मञ्‍च
एकेएफ यु-२२ करातेमा नेपाललाई २ कांस्य
एकेएफ यु-२२ करातेमा नेपाललाई २ कांस्य खेलकुद मञ्‍च
रोहिणी इन्टरनेशनल एजुकेसनको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट
रोहिणी इन्टरनेशनल एजुकेसनको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
जैशिदेवल युथ क्लबको ३२औं वार्षिकोत्सवमा छैठौं इन्क्ट्रा डोजाङ्ग तेक्वान्दो प्रतियोगिता सम्पन्न
जैशिदेवल युथ क्लबको ३२औं वार्षिकोत्सवमा छैठौं इन्क्ट्रा डोजाङ्ग तेक्वान्दो प्रतियोगिता सम्पन्न
नेपालगन्जमा यु-१४ छात्र-छात्रा फुटबल हुँदै
नेपालगन्जमा यु-१४ छात्र-छात्रा फुटबल हुँदै
बास्केटबलमा प्रिमियर र क्वासन च्याम्पियन
बास्केटबलमा प्रिमियर र क्वासन च्याम्पियन
अन्तर्राष्ट्रिय रग्बी सिरिज भदौ अन्तिम साता हुने
अन्तर्राष्ट्रिय रग्बी सिरिज भदौ अन्तिम साता हुने
खेलाडीसहित १० सदस्यीय कराते टोली चीन जाने
खेलाडीसहित १० सदस्यीय कराते टोली चीन जाने
जैशिदेवल युथ क्लबको ३२औं वार्षिकोत्सवमा छैठौं इन्क्ट्रा डोजाङ्ग तेक्वान्दो प्रतियोगिता सम्पन्न
जैशिदेवल युथ क्लबको ३२औं वार्षिकोत्सवमा छैठौं इन्क्ट्रा डोजाङ्ग तेक्वान्दो प्रतियोगिता सम्पन्न
जुनियर क्रिकेट लिग भदौदेखि
जुनियर क्रिकेट लिग भदौदेखि
माफ फुटसलमा गोल्डेनपिक, पिस प्वाइन्ट र विच किड च्याम्पियन
माफ फुटसलमा गोल्डेनपिक, पिस प्वाइन्ट र विच किड च्याम्पियन
अन्तरकलेज प्लस टु छात्र बास्केटबल भोलिदेखि
अन्तरकलेज प्लस टु छात्र बास्केटबल भोलिदेखि
भक्त राना स्मृति चेसको तयारी
भक्त राना स्मृति चेसको तयारी
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
रोहिणी इन्टरनेशनल एजुकेसनको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट
रोहिणी इन्टरनेशनल एजुकेसनको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट आइतबार, भदौ २२, २०८२
बिहानी कपको उपाधि सिद्धेश्वरलाई
बिहानी कपको उपाधि सिद्धेश्वरलाई आइतबार, भदौ २२, २०८२
पल्सर स्पोर्टस अवार्ड २०८१ को चार विधाका मनोनयन सार्वजनिक 
पल्सर स्पोर्टस अवार्ड २०८१ को चार विधाका मनोनयन सार्वजनिक  आइतबार, भदौ २२, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2025 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्