Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
फुटबल
  • Home
  • फुटबल
  • फिफा विश्वकप छनोटको दोस्रो चरणमा नेपाल र यमन भिड्दै
फिफा विश्वकप छनोटको दोस्रो चरणमा नेपाल र यमन भिड्दै
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च मंगलबार, मंसिर ५, २०८०
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरण अन्तर्गत दोस्रो खेलमा आज  मंगलबार यमनको सामना गर्दैछ । नेपालले यमनसँग दोस्रो चरणको पहिलो लेगको खेल घरेलु मैदान त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल्न लागेको हो । खेल साँझ ७ बजे सुरु हुनेछ ।

फिफा वरीयतामा यमन १५६औं स्थानमा रहेको छ भने नेपाल १७३औँ स्थानमा रहेको छ । समूह ‘एच’ मा रहेको नेपालले अरबका बलिया प्रतिद्धन्दी यूएई, बहराईन र यमनसँग दुई लेगको म्याच खेल्नेछ । अर्को चरणमा प्रवेशका लागि नेपाली टोलीलाई आजको खेलमा जित्नै पर्ने दबाब छ ।

यसअघि नेपालले अघिल्लो महिना लाओसलाई पहिलो चरणमा हराउँदै दोस्रो चरणमा स्थान बनाएको थियो । नेपालले दोस्रो चरणको यूएईविरुद्धको पहिलो लेगमा ४-० गोलअन्तरको हार ब्यहोरेको थियो । यस्तै, यमनले दोस्रो चरणको बहराइनविरुद्धको पहिलो लेगमा २-० गोलअन्तरको हार ब्यहोरेको थियो ।

यो प्रतियोगिता विश्वकप छनोट २०२६ का साथै एएफसी एसियन कप २०२७ का लागि दोस्रो चरणको छनोट पनि हो । खेलको पूर्वसन्ध्यामा सोमबार आयोजित पत्रकार सम्मेलनमा नेपाली टिमका मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो अनेसेले यमनसँग खेल्दै गर्दा नेपालको अंक जोड्ने प्रयास हुने बताएका छन् ।

तुलनात्मक रुपमा बलिया प्रतिद्धन्दी यूएई र बहराईन भन्दा यमनविरुद्ध नेपाललाई घरेलु मैदानमा केही सहज हुनेछ । त्यसको फाइदा घरेलु मैदानमा उठाउने मुख्य प्रशिक्षक अनेसेको योजना छ । यमनविरुद्ध उत्रदै गर्दा नेपालको समस्या खेलाडीको चोटमा देखिन्छ ।

नेपालका प्रशिक्षक अनेसेले यमनविरुद्धको खेल लाकेन लिम्बुले गुमाउने पक्का भएको बताएका छन् । चोटका कारण युएईविरुद्धको पहिलो खेल गुमाएका डिफेन्डर अनन्त तामाङ भने खेल्ने सम्भावना छ । प्रशिक्षक अनेसेले यमनविरुद्ध पूर्ण रुपमा फिट देखिएका खेलाडीलाई मात्र मौका दिने बताएका छन् ।

मनिष डाँगीले पनि सोमबार प्रशिक्षण नगरेका कारण खेल्ने सम्भावना कम छ । मुख्य प्रशिक्षक अनेसेका अनुसार फरवार्ड अन्जन विष्टको अवस्था पनि टोलीले हेरिरहेको छ । नेपालका कप्तान किरणकुमार लिम्बुले घरेलु मैदानमा खेल्न हरेक खेलाडी उत्साहीत हुने गरेको तर्क गर्दै यमनविरुद्ध जितका लागि मैदान उत्रने बताएका छन् ।

नेपाली टोलीका मुख्य प्रशिक्षक अनेसेको आग्रहमा एन्फाले खेललाई साँझ ७ बजेका लागि सारेको हो । यसो गर्दा कार्यालय जाने समर्थकले आफ्नो काम सकेर खेल हेर्न आउन सक्नुहुन्छ । नेपाली फुटबलका लागि साथ दिन दर्शकहरुलाई सहज समय होस् भन्ने सोचेर यसो गरिएको हो । म आज पनि सबैलाई आफ्नो देशको समर्थन गर्न रंगशाला आइदिनुहुन अनुरोध गर्छु,’ अनेसेले भने ।

नेपाल र यमनसँगको खेलको लागि साधारण प्यारापिटतर्फ ४ सय र भीआईपी प्यारापिटतर्फ १ हजार रुपैयाँ टिकट दर कायम गरिएको एन्फाले जनाएको छ ।  एन्फाले राती खेल भएकोले दर्शकहरुका लागि बसको व्यवस्था गरेको छ र त्यसका लागि दर्शकको टिकटको अर्धकट्टी देखाउनु पर्नेछ ।

नेपाल र यमनसँगको खेलको टिकटहरू आज बिहान ८ देखि साँझ ५ बजेसम्म दशरथ रंगशालामा परिसरमा बिक्री गरिने एन्फाले जनाएको छ । दोस्रो चरणको सम्पूर्ण खेलको व्यापारिक तथा मिडिया अधिकार सिंगापुरस्थित स्पोर्टफाइभलाई प्रदान गरिएको एन्फाले जनाएको छ ।

नेपाल र यमनबीचको हेड टू हेड

नेपालले यमनसँग अहिलेसम्म चार खेल खेलेको छ । तर, नेपालले कुनै पनि खेल जित्न सकेको छैन । सन् २०१७ को जुन १३ मा नेपालमै भएको एएफसी कप छनोटको खेलमा यमनलाई गोलरहित बराबरीमा रोक्नु नै नेपालको अहिलेसम्मको उत्कृष्ट प्रदर्शन हो । एसियन कप छनोट २०१८ मार्च २७ मा दोहामा भएको खेलमा नेपाल यमनसँग २-१ गोलअन्तरले पराजित भएको थियो ।

नेपालले यमनविरुद्ध गरेको अहिलेसम्मको एक मात्र गोल हो । सो खेलमा नेपालका लागि नवयुग श्रेष्ठले गोल गरेका थिए । त्यसअघि सन् २००० फेब्रुअरी १० मा भएको एसियन कप छनोटको खेलमा नेपाल यमनसँग ३-० गोलअन्तरले पराजित भएको थियो । यस्तै, सन् २०१४ को मार्च २५ मा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल यमनसँग २-० गोलअन्तरले पराजित भएको थियो ।


प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  ०६:३८
#World Cup Qualifiers
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप फुटबल
खुम्बु ल्होसार कपमा आयोजक महेन्द्र ज्योति च्याम्पियन
खुम्बु ल्होसार कपमा आयोजक महेन्द्र ज्योति च्याम्पियन आइतबार, फागुन ३, २०८२
आयोजक महेन्द्र ज्योति र नाम्चे फाइनलमा
आयोजक महेन्द्र ज्योति र नाम्चे फाइनलमा शुक्रबार, फागुन १, २०८२
काठमाडौँ किकर्सले जित्यो प्रथम इन्डो–नेपाल फुटबल च्याम्पियनसिपको उपाधि
काठमाडौँ किकर्सले जित्यो प्रथम इन्डो–नेपाल फुटबल च्याम्पियनसिपको उपाधि बिहीबार, माघ ३०, २०८२
आयोजक फराक र खुम्जुङ सेमिफाइनलमा
आयोजक फराक र खुम्जुङ सेमिफाइनलमा बुधबार, माघ २९, २०८२
खुम्बु र आमादब्लाको जित
खुम्बु र आमादब्लाको जित मंगलबार, माघ २८, २०८२
खुम्जुङ, नाम्चे र खुम्बु विजयी
खुम्जुङ, नाम्चे र खुम्बु विजयी आइतबार, माघ २६, २०८२
खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता
खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता मंगलबार, माघ १४, २०८२
Navodit College Navodit College
ताजा समाचार
माउन्ट एभरेष्ट तेक्वान्दोमा केनिशलाई स्वर्ण
माउन्ट एभरेष्ट तेक्वान्दोमा केनिशलाई स्वर्ण खेलकुद मञ्‍च
प्रथम दक्षिण एसियाली तेक्वान्दो प्रतियोगिता यसै वर्ष
प्रथम दक्षिण एसियाली तेक्वान्दो प्रतियोगिता यसै वर्ष खेलकुद मञ्‍च
राजन अन्तर्राष्ट्रिय लेभल वान प्रशिक्षक
राजन अन्तर्राष्ट्रिय लेभल वान प्रशिक्षक खेलकुद मञ्‍च
टी-२० विश्वकपः स्कटल्यान्डमाथि नेपालको जित
टी-२० विश्वकपः स्कटल्यान्डमाथि नेपालको जित खेलकुद मञ्‍च
माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दोमा सुभाङ्गीलाई स्वर्ण
माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दोमा सुभाङ्गीलाई स्वर्ण खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
एन्जीलालाई मनास्लुको सम्मान
एन्जीलालाई मनास्लुको सम्मान
प्याब्सन क्रिकेट लिगमा बागमती सेमिफाइनलमा
प्याब्सन क्रिकेट लिगमा बागमती सेमिफाइनलमा
टी–२० विश्वकपः नेपाल समूह चरणबाट बाहिरियो, वेष्ट इन्डिज सुपर एटमा
टी–२० विश्वकपः नेपाल समूह चरणबाट बाहिरियो, वेष्ट इन्डिज सुपर एटमा
खुम्बु ल्होसार कपमा आयोजक महेन्द्र ज्योति च्याम्पियन
खुम्बु ल्होसार कपमा आयोजक महेन्द्र ज्योति च्याम्पियन
नेपालले इटलीलाई दियो १२४ रनको लक्ष्य
नेपालले इटलीलाई दियो १२४ रनको लक्ष्य
भ्याली पब्लिक र ह्वाइट हेभेनको जित
भ्याली पब्लिक र ह्वाइट हेभेनको जित
खुम्बु र आमादब्लाको जित
खुम्बु र आमादब्लाको जित
गेटवेलाई क्याम्ब्रिज फुटसल उपाधि
गेटवेलाई क्याम्ब्रिज फुटसल उपाधि
एन्जीलालाई मनास्लुको सम्मान
एन्जीलालाई मनास्लुको सम्मान
झिल्टुङ क्रस कन्ट्री दौडमा अर्जुन र फुलमति पहिलो
झिल्टुङ क्रस कन्ट्री दौडमा अर्जुन र फुलमति पहिलो
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
राजन अन्तर्राष्ट्रिय लेभल वान प्रशिक्षक
राजन अन्तर्राष्ट्रिय लेभल वान प्रशिक्षक बुधबार, फागुन ६, २०८२
प्रथम दक्षिण एसियाली तेक्वान्दो प्रतियोगिता यसै वर्ष
प्रथम दक्षिण एसियाली तेक्वान्दो प्रतियोगिता यसै वर्ष बुधबार, फागुन ६, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्