Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
क्रिकेट
  • Home
  • क्रिकेट
  • केपी ओली कप टि-२० क्रिकेट उपाधिका लागि आर्मी र मधेश प्रदेश खेल्ने
केपी ओली कप टि-२० क्रिकेट उपाधिका लागि आर्मी र मधेश प्रदेश खेल्ने
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च बिहीबार, मंसिर १४, २०८०
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडौं । पोखरामा जारी प्रथम केपी ओली कप राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि विभागीय त्रिभुवन आर्मी क्लव र मधेश प्रदेशले खेल्ने भएका छन् । पोखरा रंगशालाको क्रिकेट मैदानमा आज बिहीबार  सम्पन्न पहिलो सेमिफाइनल खेलमा आर्मीले बागमती प्रदेशलाई ४ विकेटले र मधेश प्रदेशले विभागीय क्लव एपीएफलाई ११ रनले पराजित गरेको हो ।

दोस्रो सेमिफाइनलमा मधेशले जितको लागि दिएको १ सय ९८ रनको विशाल विजयी लक्ष्य पछ्याएको एपिएफले २० ओभरमा ९ विकेट गुमाएर १ सय ८६ रन मात्र बनायो । एपिएफका लागि कप्तान प्रदीप ऐरीले ५५ रनको र सन्दीप जोराले ५४ रनको अर्धशतकीय इनिङ खेले पनि विभागीय टिमलाई जित दिलाउन सकेनन् ।

प्रदीप ऐरीले ४२ बलमा ३ चौका र ४ छक्कासहित ५५ रनको र सन्दीप जोराले ३१ बलमा ३ चौका र ५ छक्कासहित ५४ रनको योगदान गरेका थिए । तेस्रो विकेटका लागि प्रदीप ऐरी र सन्दीप जोराले १ सय ६ रनको शतकीय साझेदारी गरेका थिए ।

तर, एपिएफका अन्य ब्याटर नचल्दा सेमिफाइनल खेल जित्न सकेन । लोकेश बमले १५ बलमा ३ चौका र २ छक्कासहित ३२ रन, सुमित महर्जनले १३ रन, आसिफ शेखले ४ रन, पुरन बिकले ४ रन र अरुण ऐरी शून्यमा आउट भएका थिए । भुवन कार्कीले अविजित १४ रन  र मौसम ढकालले अविजित १ रन  बनाएका थिए ।

मधेश प्रदेशका लागि विशाल पटेलले ४ ओभरमा ३५ रन खर्चेर सर्वाधिक ३ विकेट लिएका थिए । कप्तान हरिशंकर शाहले ३ ओभरमा ३३ रन खर्चेर २ विकेट लिएका थिए । यस्तै, प्रदीप पासवानले ४ ओभरमा ३७ रन खर्चेर २ विकेट लिएका थिए ।

त्यसअघि, पोखरा रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको मधेश प्रदेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर विशाल १ सय ९७ रन बनाएको थियो । मधेशका लागि ओपनर अनिल शाहले ३६ बलमा २ चौका र ६ छक्कासहित ५७ रनको उत्कृष्ट अर्धशतकीय इनिङ खेलेका थिए ।

शीर्षक्रमका ब्याटर इमरान शेखले ३२ बलमा ३ चौका र ४ छक्कासहित ५० रनको अर्धशतकीय इनिङ खेलेका थिए । ओपनर तथा कप्तान हरिशंकर शाह १२ बलमा १ चौकासहित १० रनमा आउट भएका थिए । दोस्रो विकेटका लागि अनिल र इमरानले ९२ रनको साझेदारी गर्दै विशाल योगफलको आधार तय गरेका थिए ।

पवन सरार्फ १९ बलमा ४ चौका र २ छक्कासहित ३३ रनमा आउट भएका थिए । रुपेश सिंहले ८ बलमा ३ चौका र १ छक्कासहित २१ रन बनाए । हिमान्शु दत्त ७ बलमा २ चौका र १ छक्कासहित १५ रन तथा विशाल शुश्लिङ र मयन यादवले समान ४ रन बनाएका थिए ।

एपिएफका लागि स्पिनर मौसम ढकालले ४ ओभरमा ४७ रन खर्चेर सर्वाधिक ३ विकेट लिएका थिए । यस्तै, अमरसिंह राउटेलाले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिएका थिए । अब मधेश प्रदेशले उपाधिका लागि भोलि शुक्रबार विभागीय क्लव त्रिभुवन आर्मीसँग खेल्नेछ ।

प्रतियोगिताको च्याम्पियन टोलीले रु पाँच लाख, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी उपविजेता टोलीलाई रु दुई लाख ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् । प्रतियोगितामा ‘म्यान अफ द सिरिज’ले नगद रु ३० हजार, ‘बेस्ट बलर’ले रु २० हजार पुरस्कार पाउने आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीले जनाएको छ ।


प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  १९:०६
#KP Oli Cup T20 Cricket
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप क्रिकेट
टी-२० विश्वकपः स्कटल्यान्डमाथि नेपालको जित
टी-२० विश्वकपः स्कटल्यान्डमाथि नेपालको जित मंगलबार, फागुन ५, २०८२
स्कटल्यान्डले नेपाललाई दियो १७१ रनको लक्ष्य
स्कटल्यान्डले नेपाललाई दियो १७१ रनको लक्ष्य मंगलबार, फागुन ५, २०८२
लुम्बिनी सेमिफाइनलमा
लुम्बिनी सेमिफाइनलमा सोमबार, फागुन ४, २०८२
टी–२० विश्वकपः नेपाल समूह चरणबाट बाहिरियो, वेष्ट इन्डिज सुपर एटमा
टी–२० विश्वकपः नेपाल समूह चरणबाट बाहिरियो, वेष्ट इन्डिज सुपर एटमा आइतबार, फागुन ३, २०८२
दिपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य
दिपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य आइतबार, फागुन ३, २०८२
प्याब्सन क्रिकेट लिगमा बागमती सेमिफाइनलमा
प्याब्सन क्रिकेट लिगमा बागमती सेमिफाइनलमा शनिबार, फागुन २, २०८२
टी-२० विश्वकपः नेपालको लज्जास्पद हार, इटाली १० विकेटले विजयी
टी-२० विश्वकपः नेपालको लज्जास्पद हार, इटाली १० विकेटले विजयी बिहीबार, माघ ३०, २०८२
Navodit College Navodit College
ताजा समाचार
माउन्ट एभरेष्ट तेक्वान्दोमा केनिशलाई स्वर्ण
माउन्ट एभरेष्ट तेक्वान्दोमा केनिशलाई स्वर्ण खेलकुद मञ्‍च
प्रथम दक्षिण एसियाली तेक्वान्दो प्रतियोगिता यसै वर्ष
प्रथम दक्षिण एसियाली तेक्वान्दो प्रतियोगिता यसै वर्ष खेलकुद मञ्‍च
राजन अन्तर्राष्ट्रिय लेभल वान प्रशिक्षक
राजन अन्तर्राष्ट्रिय लेभल वान प्रशिक्षक खेलकुद मञ्‍च
टी-२० विश्वकपः स्कटल्यान्डमाथि नेपालको जित
टी-२० विश्वकपः स्कटल्यान्डमाथि नेपालको जित खेलकुद मञ्‍च
माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दोमा सुभाङ्गीलाई स्वर्ण
माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दोमा सुभाङ्गीलाई स्वर्ण खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
एन्जीलालाई मनास्लुको सम्मान
एन्जीलालाई मनास्लुको सम्मान
प्याब्सन क्रिकेट लिगमा बागमती सेमिफाइनलमा
प्याब्सन क्रिकेट लिगमा बागमती सेमिफाइनलमा
टी–२० विश्वकपः नेपाल समूह चरणबाट बाहिरियो, वेष्ट इन्डिज सुपर एटमा
टी–२० विश्वकपः नेपाल समूह चरणबाट बाहिरियो, वेष्ट इन्डिज सुपर एटमा
खुम्बु ल्होसार कपमा आयोजक महेन्द्र ज्योति च्याम्पियन
खुम्बु ल्होसार कपमा आयोजक महेन्द्र ज्योति च्याम्पियन
नेपालले इटलीलाई दियो १२४ रनको लक्ष्य
नेपालले इटलीलाई दियो १२४ रनको लक्ष्य
भ्याली पब्लिक र ह्वाइट हेभेनको जित
भ्याली पब्लिक र ह्वाइट हेभेनको जित
खुम्बु र आमादब्लाको जित
खुम्बु र आमादब्लाको जित
गेटवेलाई क्याम्ब्रिज फुटसल उपाधि
गेटवेलाई क्याम्ब्रिज फुटसल उपाधि
एन्जीलालाई मनास्लुको सम्मान
एन्जीलालाई मनास्लुको सम्मान
झिल्टुङ क्रस कन्ट्री दौडमा अर्जुन र फुलमति पहिलो
झिल्टुङ क्रस कन्ट्री दौडमा अर्जुन र फुलमति पहिलो
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
राजन अन्तर्राष्ट्रिय लेभल वान प्रशिक्षक
राजन अन्तर्राष्ट्रिय लेभल वान प्रशिक्षक बुधबार, फागुन ६, २०८२
प्रथम दक्षिण एसियाली तेक्वान्दो प्रतियोगिता यसै वर्ष
प्रथम दक्षिण एसियाली तेक्वान्दो प्रतियोगिता यसै वर्ष बुधबार, फागुन ६, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्