Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
राखेप/एनओसी
  • Home
  • राखेप/एनओसी
  • दक्षिण एसियाली करातेको पहिलो दिन नेपाललाई १२ स्वर्ण
दक्षिण एसियाली करातेको पहिलो दिन नेपाललाई १२ स्वर्ण
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च आइतबार, मंसिर १७, २०८०
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडौं । नेपालले सातौं दक्षिण एसियाली कराते च्याम्प्यिनसिपको पहिलो दिन शनिबार १२ स्वर्ण जितेको छ । छिमेकी भारतले भने १५ स्वर्णमाथि कब्जा जमायो । पहिलो दिन २९ स्वर्णको टुंगो लाग्दा श्रीलंका (एनओसी टिम) र बंगलादेशले समान १–१ स्वर्ण हात पारेका थिए ।

नेपाल कराते महासंघद्वारा आयोजित प्रतियोगिताको क्याडेट महिला एकल कातामा प्रजिस्मा श्रेष्ठले नेपाललाई पहिलो स्वर्ण दिलाइन् । प्रजिस्माको स्वर्ण प्रतियोगिताकै पहिलो स्वर्ण पनि हो । प्रजिस्माले फाइनलमा बंगलादेशकी मारिमास्वे नाइलाइ पराजित गरिन् । उक्त स्पर्धाको पुरुषमा नेपालका रेहान जावेदले बंगलादेशका उथेयनलाई हराउदै शीर्ष स्थान हात पारेका थिए ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको यु–२१ पुरुष एकल कातामा भारतका प्रसदा जाग्रुट मन्जोरी पहिलो र श्रीलंकाका एडवार्ड ब्रियोन दोश्रो भए । सो स्पर्धाको महिलामा भारतकी सुरोमती सिन्हाले नेपालकी गीता पौडेललाई पाखा लगाउदै पहिलो बनिन् ।

यु–२१ को महिला ६१ केजीमुनि भारतकी प्रशान्त सान्खे भारगवीले नेपालकी उर्साला पहरीलाई पाखा लगाउदै स्वर्ण जितिन् । महिला ६८ केजीमुनि नेपालकी आशिका राईले भारतकी पर्विन साइरालाई निराश पार्दै स्वर्ण चुमिन् । महिला ६८ केजीमाथि भारतकी दीक्षा पहिलो भइन् । दीक्षाले फाइनलमा नेपालकी दिया थापाको चुनौती पन्छाइन् ।

क्याडेटको पुरुष ७० केजीमुनि भारतका अर्विन्द कार्तिक रेड्डीले नेपालका नेहाल मण्डलमाथि जित रच्दै पहिलो भए । पुरुष ७० केजीमुनि भारतका प्रतापसिंह वीरले फाइनलमा नेपालका निगम तिम्सिनालाई पाखा लगाउदै शीर्ष स्थानमा रहे । महिला ४२ केजीमुनि श्रीलंकाकी करुणारत्नेले भारतकी रिचालाई पन्छ्याउदै पहिलो भइन् । महिला ४७ केजीमुनि नेपालकी पोर्सिया चौधरीले बाजी मारिन् ।

पोर्सियाले फाइनलमा भारतकी मोहन जनाइमाथि जित दर्ता   गरिन् । महिला ५४ केजीमुनि भारतकी रुसा टम्बटले नेपालकी आयुशा प्रधानलाई पराजित गर्दै शीर्ष स्थानमा रहिन् । महिला ६१ केजीमुनि भारतकी पूजा सोनीले नेपालकी एलिना थिङलाई हराउदै स्वर्ण हात पारिन् । महिला ६१ केजीमाथि भारतकी खुशी कुमारी पहिलो भइन् ।

क्याडेटको पुरुष ४५ केजीमुनि बंगलादेशका मार्मा पहिलो बने । फाइनलमा नेपालका छत्र थापा ‘मेडिकल डिस्क्वालिफाइ’ भएका थिए । पुरुष ५२ केजीमुनि नेपालका ऋतिक लामाले बंगलादेशका सौकत अली सैद मोहम्मदमाथि जित निकाल्दै शीर्ष स्थान कब्जा गरे । पुरुष ५७ केजीमुनि फाइनलमा नेपालका आकाश सैजुवालले भारतका जियान चौधरी विरुद्ध जित आत्मासात् गर्दै पहिलो भए । पुरुष ६३ केजीमुनि भारतका गगनदीप माथुरले नेपालका साहिल राईलाई पराजित गरी स्वर्ण जितेका थिए ।

यु–२१ महिला ४० केजीमुनि भारतकी तृप्टि पाल पहिलो भइन् । तृप्टिले फाइनलमा नेपालकी निक्क्षा थापा मगरलाई हराइन् । महिला ४५ केजीमुनि नेपालकी पार्वती गुरुङ च्याम्पियन बनिन् । पार्वतीले फाइनलमा बंगलादेशकी अर्पा सलिहाको चुनौती समाप्त पारिन् । महिला ५० केजीमुनि नेपालकी पुष्पका लामाले स्वर्ण चुमिन् । पुष्पकाले फाइनलमा भारतकी ज्योतिलाई निराश पारिन् ।

महिला ५५ केजीमुनि नेपालकी सोनु श्रेष्ठले स्वर्ण जित्दा भारतकी दीपिकाले रजतमा चित्त बुझाइन् । पुरुष ८४ केजीमुनि भारतका सोखर दोस सुमनले नेपालका सुरेश जप्रेललाई पराजित गर्दै स्वर्ण हात पारे । पुरुष ८४ केजीमाथि भारतका हर्ष गुलियाले नेपालका आशिष श्रेष्ठलाई हराउदै पहिलो बने । ७५ केजीमुनि भारतका वइभव वालियाले नेपालका निशान राणालाई पाखा लगाउदै पहिलो भएका थिए ।

पुरुष ६० केजीमुनि नेपालका दर्जी भण्डारीले श्रीलंकाका आरके मदुरंगालाई पन्छ्याउदै पहिलो भएका थिए । यु–२१ कै पुरुष ५० केजीमुनि नेपालका अञ्जन मगरले श्रीलंकाका मधुसन, ५५ केजीमा नेपालका मार्सल गर्बुजाले पाकिस्तानका उस्मान सफिक तथा ६७ केजीमा भारतका पाला डोडुमले नेपालका अनिल बलरामलाई पराजित गरी स्वर्ण हात पारेका थिए ।

प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए । सो अवसरमा खेलकुद मन्त्री लिम्बूसहित पूर्व मन्त्री एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, करातेका संस्थापक थानेश्वर राई, राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य–सचिव एवं नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा, दक्षिण एसियाली कराते महासंघका अध्यक्ष भरत शर्मा, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठलगायतले सातौं दक्षिण एसियाली च्याम्पियनसिपको स्मारिका विमोचन गरेका थिए ।

कार्यक्रममा नेपाली संस्कृति झल्कने नृत्य, करातेको सुरुआत बारेको नाटकलगायतका प्रस्तुती प्रस्तुत गरिएको थियो । निर्णायकको तर्फबाट नेपाल कराते महासंघअन्तर्गत रेफ्री काउन्सिलका संयोजक प्रकाशमोहन धौभडेल तथा खेलाडीको तर्फबाट मोहम्मद शेखु आलमले शपथ ग्रहण गरेका थिए ।

प्रतियोगितामा नेपालसहित, भारत, बंगलादेश, श्रीलंका (एनओसी टिम), भुटान र पाकिस्तानबाट  १ सय ३ महिला र १ सय ३४ पुरुष गरी २ सय ३७ खेलाडी सहभागी छन् । आइतबार सम्पन्न हुने प्रतियोगितामा ६२ स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ ।


प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  १०:३०
#Karate
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप राखेप/एनओसी
पौडी पोखरीको निरीक्षण
पौडी पोखरीको निरीक्षण बुधबार, चैत ४, २०८२
‘वुमन इन स्पोर्ट्स कन्क्लेभ’ सम्पन्न
‘वुमन इन स्पोर्ट्स कन्क्लेभ’ सम्पन्न आइतबार, चैत १, २०८२
राखेप सदस्य टमाटा सम्मानित
राखेप सदस्य टमाटा सम्मानित आइतबार, चैत १, २०८२
आइची नागोया एसियाड फन रन सम्पन्न
आइची नागोया एसियाड फन रन सम्पन्न शनिबार, फागुन ३०, २०८२
एसियाली खेलकुदको प्रवर्धनका लागि ‘एसियन गेम्स फन रन’को तयारी
एसियाली खेलकुदको प्रवर्धनका लागि ‘एसियन गेम्स फन रन’को तयारी शुक्रबार, फागुन २२, २०८२
प्रधानमन्त्रीसंग राखेपको छलफल
प्रधानमन्त्रीसंग राखेपको छलफल सोमबार, माघ २७, २०८२
नेपाल ओलम्पिक कमिटीको २१ औं साधारण सभा सम्पन्न
नेपाल ओलम्पिक कमिटीको २१ औं साधारण सभा सम्पन्न सोमबार, पुस १४, २०८२
Navodit College Navodit College
ताजा समाचार
एचजेएनबीएल : टाईम्सको लगातार पाँचौ जित
एचजेएनबीएल : टाईम्सको लगातार पाँचौ जित खेलकुद मञ्‍च
प्रिन्स र आदित्यलाई स्वर्ण
प्रिन्स र आदित्यलाई स्वर्ण खेलकुद मञ्‍च
कार्कीको ललितपुरदेखि उत्तरप्रदेशसम्मको दौड सुरु
कार्कीको ललितपुरदेखि उत्तरप्रदेशसम्मको दौड सुरु खेलकुद मञ्‍च
भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि
भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि खेलकुद मञ्‍च
एचजेएनबीएल : सोलो विरुद्ध हाउण्ड्समो फराकिलो जित
एचजेएनबीएल : सोलो विरुद्ध हाउण्ड्समो फराकिलो जित खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
नेकोस अन्तर्राष्ट्रिय जुडोलाई जापान बी एन्ड टी ट्रेडिङको साथ
नेकोस अन्तर्राष्ट्रिय जुडोलाई जापान बी एन्ड टी ट्रेडिङको साथ
पामका बविन र सचिकलालाई स्वर्ण
पामका बविन र सचिकलालाई स्वर्ण
जिम्न्याष्टिक प्रशिक्षक टोली भारत जाने
जिम्न्याष्टिक प्रशिक्षक टोली भारत जाने
मिलन, रोशनी र सामीलाई स्वर्ण
मिलन, रोशनी र सामीलाई स्वर्ण
तेस्रो बागमती प्रदेश खेलकुद जेठमा
तेस्रो बागमती प्रदेश खेलकुद जेठमा
नेकोस अन्तर्राष्ट्रिय जुडोलाई जापान बी एन्ड टी ट्रेडिङको साथ
नेकोस अन्तर्राष्ट्रिय जुडोलाई जापान बी एन्ड टी ट्रेडिङको साथ
पामका बविन र सचिकलालाई स्वर्ण
पामका बविन र सचिकलालाई स्वर्ण
मिल्सबेरी इन्टर–ए लेभल बास्केटबलमा माल्पी च्याम्पियन
मिल्सबेरी इन्टर–ए लेभल बास्केटबलमा माल्पी च्याम्पियन
एलए अन्तरविद्यालय नेट च्याम्पियनसिप सम्पन्न
एलए अन्तरविद्यालय नेट च्याम्पियनसिप सम्पन्न
जेम्सलाई यु–१४ क्रिकेट उपाधि
जेम्सलाई यु–१४ क्रिकेट उपाधि
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
पामका बविन र सचिकलालाई स्वर्ण
पामका बविन र सचिकलालाई स्वर्ण शुक्रबार, चैत ६, २०८२
जिम्न्याष्टिक प्रशिक्षक टोली भारत जाने
जिम्न्याष्टिक प्रशिक्षक टोली भारत जाने शुक्रबार, चैत ६, २०८२
एचजेएनबीएल : सोलो विरुद्ध हाउण्ड्समो फराकिलो जित
एचजेएनबीएल : सोलो विरुद्ध हाउण्ड्समो फराकिलो जित शुक्रबार, चैत ६, २०८२
Photo Gallery
भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि
भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि शुक्रबार, चैत ६, २०८२
पुलिसलाई लगातार दोस्रो पटक जय ट्रफीको उपाधि
पुलिसलाई लगातार दोस्रो पटक जय ट्रफीको उपाधि बिहीबार, चैत ५, २०८२
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्