Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
विविध खेल
  • Home
  • विविध खेल
  • एभीएम स्ट्याग ग्लोबल टेबलटेनिस लिग च्याम्पियन
एभीएम स्ट्याग ग्लोबल टेबलटेनिस लिग च्याम्पियन
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च शनिबार, मंसिर २३, २०८०
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडौं । एभीएम टेबलटेनिस क्लब स्ट्याग ग्लोबल टेबल टेनिस लिग प्रतियोगितामा शनिबार च्याम्पियन बनेको छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको रोमाञ्चक फाइनलमा एभीएमले नेपाल प्रहरी क्लबलाई ८–६ ले पराजित गर्दै विदेशी खेलाडी सहभागी गराएर नेपालमा पहिलोपटक आयोजना गरिएको टेबलटेनिस लिग च्याम्पियन बन्न सफल भयो ।

एभीएमका खेलाडीमा रुविन महर्जन, सुजन गडाल, सन्जिल शाक्य, अंकुर भट्टचार्जी (भारत), कौसनी नाथ (भारत), सिक्का सुवाल श्रेष्ठ, इभाना थापा मगर र वियंका राई थिए । प्रहरीको टोलीमा संयोग कपाली, विपुल महर्जन, निम जोशी, जुविन कुमार (भारत), नविता श्रेष्ठ, शुभश्री श्रेष्ठ, रविना महर्जन र सागरिका मुखर्जी (भारत) थिए ।

प्रतियोगितामा हरेक टोलीले अर्को टोली विरुद्ध समान २–२ पुरुष÷महिला सिंगल्स र १ मिक्स डबल्स खेल्नु पर्ने थियो । पहिलो पुरुष सिंगल्समा एभीएमका अंकुरले प्रहरीका संयोगलाई ११–५, ११–७ र ११–६ ले पराजित गर्दै महत्वपूर्ण ३ अंक बटुलेका थिए ।

महिलाको पहिलो सिंगल्स दुई भारतीय खेलाडीबीच भएको थियो । प्रहरीकी सागरिकाले एभीएमकी कौसनीलाई ११–९, ११–८ र १०–११ हराउदै प्रहरीका लागि २ अंक जोडिन् । दोश्रो सिंगल्सको समाप्तिमा एभीएमले ४–२ को अग्रता बनाएको थियो । प्रत्येक सेट जितका लागि टोली १ अंक पाउथे ।

मिक्स डबल्समा एभीएमका अंकुर र सिक्काको जोडीले प्रहरीका संयोग र सागरिकाको जोडीलाई ११–८, ३–११ र ११–८ ले पाखा लगाए । मिक्स डबल्सको समाप्तिमा एभीएम ६–३ ले अघि रह्यो । समग्रमा तेश्रो र दोश्रो पुरुष सिंगल्समा प्रहरीका जुविनले एभीएमका रुविनलाई ११–९, ११–५ र ११–७ ले हराउदै महत्वपूर्ण ३ अंक जोडे र खेललाई ६–६ को बराबरीमा पुयाएका थिए ।

निर्णायक महिला सिंगल्समा एभीएमकी इभाना थापा मगरले नौंपटककी राष्ट्रिय च्याम्पियन प्रहरीकी नवीतालाई ११–९ र ११–८ ले स्तब्ध पार्दै एभीएमलाई उपाधि दिलाइन् । यदि नवीताले दोश्रो सेट जितेको भए खेल ७–७ को बराबरी स्थितिमा हुने थियो र खेल तेश्रो सेटतर्फ लम्कने थियो । इभानाले एभीएमका लागि ८ अंक जोडेपछि तेश्रो सेट खेलाउनु परेन ।

विजेताले २ लाख तथा उपविजेताले १ लाख नगद पुरस्कार पाए । तेश्रो भएका आयोजक स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमी र कान्तिपुर भ्याली पिङपोङ क्लबले समान ५०–५० हजार नगद पुरस्कारमा चित्त बुझाएका थिए ।

प्रतियोगितामा यि ४ टिमसहति नेपाल आर्मी, गोड स्पिन टेबलटेनिस एकेडेमी, नेपाल एपीएफ क्लब, ज्ञान भैरव डिल्लीबजार टेबलटेनिस क्लब र नगाउँ स्पोर्ट्स क्लब गरी ९ टिम सहभागी थिए । स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीको आयोजना तथा कन्सेप्ट मेकर्सको व्यवस्थापन भएको प्रतियोगितामा प्रत्येक टिमले एक÷एक विदेशी पुरुष÷महिला खेलाडी राख्न पाउने प्रावधान थियो । अनिवार्य भने थिएन ।

चार टिम गोड स्पिन, ज्ञान भैरव, आर्मी र नगाउँले विदेशी खेलाडी राखेनन् । बाँकी सबैले भारतीय खेलाडीलाई आ–आफ्नो टोलीमा अनुबन्ध गराएका थिए । सुरुमा सहभागी ९ टिमबीच राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा भएको थियो । शीर्ष चार टोली सेमिफाइनलमा प्रवेश गरेका थिए ।

विजेतालाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, अखिल नेपाल टेबलटेनिस संघ, तदर्थ समितिका संयोजक चतुरानन्दराज वैद्य र उप–संयोजक वृजेन्द्र हमाल, टेबलटेनिसका पूर्व मुख्य प्रशिक्षक आरआर जोशी, सह–प्रायोजक सुमन खड्गीलगायलते एक कार्यक्रमबीच पुरस्कृत गरेका थिए ।


प्रकाशित मिति: शनिबार, मंसिर २३, २०८०  १६:०९
#TableTennis
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप विविध खेल
आर्मीलाई लिनिङ बास्केटबल उपाधि
आर्मीलाई लिनिङ बास्केटबल उपाधि आइतबार, पुस १३, २०८२
रग्बी संघको वार्षिकोत्सवमा झन्डै डेढ करोडको बजेट पारित
रग्बी संघको वार्षिकोत्सवमा झन्डै डेढ करोडको बजेट पारित शनिबार, पुस १२, २०८२
सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन
सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन शनिबार, पुस १२, २०८२
तेक्वान्दो टोली चीन जाँदै
तेक्वान्दो टोली चीन जाँदै शनिबार, पुस १२, २०८२
नेपालगन्जका मंगले तामाङ वर्ल्ड म्याराथनको बरियतामा
नेपालगन्जका मंगले तामाङ वर्ल्ड म्याराथनको बरियतामा बिहीबार, पुस १०, २०८२
शेरबहादुर स्मृति राष्ट्रिय महिला भलिबल यसै महिना हुने
शेरबहादुर स्मृति राष्ट्रिय महिला भलिबल यसै महिना हुने बिहीबार, पुस १०, २०८२
भारोत्तोलनको एन्टी डोपिङ आवेरनेस
भारोत्तोलनको एन्टी डोपिङ आवेरनेस बुधबार, पुस ९, २०८२
Navodit College Navodit College
ताजा समाचार
आर्मीलाई लिनिङ बास्केटबल उपाधि
आर्मीलाई लिनिङ बास्केटबल उपाधि खेलकुद मञ्‍च
रग्बी संघको वार्षिकोत्सवमा झन्डै डेढ करोडको बजेट पारित
रग्बी संघको वार्षिकोत्सवमा झन्डै डेढ करोडको बजेट पारित खेलकुद मञ्‍च
सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन
सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन खेलकुद मञ्‍च
तेक्वान्दो टोली चीन जाँदै
तेक्वान्दो टोली चीन जाँदै खेलकुद मञ्‍च
एनपीएलको कुल बाउण्ड्री बराबर करिब पाँच हजार कफीका बिरूवा रोप्दै प्रेसिडेन्सियल कलेज
एनपीएलको कुल बाउण्ड्री बराबर करिब पाँच हजार कफीका बिरूवा रोप्दै प्रेसिडेन्सियल कलेज खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
मातृभूमि ‘ए’ र बौद्ध चिल्ड्रेन हेभेन च्याम्पियन
मातृभूमि ‘ए’ र बौद्ध चिल्ड्रेन हेभेन च्याम्पियन
राखेपको १२४औं बोर्ड बैठक सम्पन्न
राखेपको १२४औं बोर्ड बैठक सम्पन्न
सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन
सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन
जैसीदेवललाई ९ स्वर्णसहित ११ पदक
जैसीदेवललाई ९ स्वर्णसहित ११ पदक
पारा तेक्वान्दोमा कास्य विजेता रेनुलाई राखेपको बधाई
पारा तेक्वान्दोमा कास्य विजेता रेनुलाई राखेपको बधाई
विश्व बक्सिङका पदक विजेता चन्द्रको भब्य स्वागत
विश्व बक्सिङका पदक विजेता चन्द्रको भब्य स्वागत
कर्णालीसँग पराजित साबिक विजेता जनकपुरले पुछारमा रहँदै टुंग्यायो दोस्रो एनपीएल
कर्णालीसँग पराजित साबिक विजेता जनकपुरले पुछारमा रहँदै टुंग्यायो दोस्रो एनपीएल
पोखरामाथि लुम्बिनीको रोमाञ्चक जित
पोखरामाथि लुम्बिनीको रोमाञ्चक जित
पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा
पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा
सुदूरपश्चिममाथि शानदार जित निकाल्दै विराटनगर क्वालिफायरमा
सुदूरपश्चिममाथि शानदार जित निकाल्दै विराटनगर क्वालिफायरमा
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन
सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन शनिबार, पुस १२, २०८२
तेक्वान्दो टोली चीन जाँदै
तेक्वान्दो टोली चीन जाँदै शनिबार, पुस १२, २०८२
रग्बी संघको वार्षिकोत्सवमा झन्डै डेढ करोडको बजेट पारित
रग्बी संघको वार्षिकोत्सवमा झन्डै डेढ करोडको बजेट पारित शनिबार, पुस १२, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2025 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्