Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
राखेप/एनओसी
  • Home
  • राखेप/एनओसी
  • स्काउट दीक्षा तथा बेल्ट प्रदान कार्यक्रम सम्पन्न
स्काउट दीक्षा तथा बेल्ट प्रदान कार्यक्रम सम्पन्न
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च शुक्रबार, असोज ११, २०८१
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडौं । काठमाडौं शिक्षालय ललितपुरले स्काउट दीक्षा तथा बेल्ट ग्रेडिङ कार्यक्रम सम्पन्न गरेको छ । यही असोज १० गते नेपाली ओलम्पियन तेक्वान्दो खेलका स्टार खेलाडी दिपक विष्टको प्रमुख आतिथ्यतामा शिक्षालयले कार्यक्रम सम्पन्न गरेको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका पर्वतारोही प्रकाशराज पाण्डेको अध्यक्षतामा आयोजित विशेष समारोहका विशेष अतिथिको रुपमा ब्याडमिन्टन खेलका ओलम्पियन खेलाडी प्रिन्स दाहाल र महालक्ष्मी नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष अमृत खत्री रहेका थिए । कार्यक्रममा ललितपुर महालक्ष्मी नगरपालिका वडा नम्बर ४ का वडा सदस्य विष्णु रोक्काका साथै महालक्ष्मी नगर स्काउट समितिका पदाधिकारीहरु पनि उपस्थित रहेका थिए ।

नेपाल स्काउटका सहायक राष्ट्रिय प्रशिक्षक सुरज महर्जन र स्काउटर दिलु घलेले कार्यक्रमका अतिथिहरुको उपस्थितिमा शिक्षालयमा सञ्चालित स्काउट युनिटको पहिलो दीक्षा सम्पन्न गरेका थिए भने  शिक्षालयको स्काउट इकाई समितिको दीक्षा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं स्कउटर प्रकाशराज पाण्डेले गराएका थिए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका पूर्व अध्यक्ष समेत रहेका ख्यातिप्राप्त खेलाडी दिपक विष्टले तेक्वान्दो खेलमा सहभागी विद्यार्थीहरुलाई उनीहरुले प्राप्त गरेको बेल्ट तथा प्रमाणपत्र प्रदान गरेका थिए । नेपाल तेक्वान्दो संघ ललितपुर जिल्ला उपाध्यक्ष एवं नेपाल स्काउटका राष्ट्रिय प्रशिक्षक शरण महर्जन शिक्षालयका तेक्वान्दो प्रशिक्षक रहेका छन् ।

कार्यक्रममा मन्तव्य राख्दै कार्यक्रमका प्रमुख अतिथि बिष्टले खेलले युवा तथा बालबालिकाहरुलाई अनुशासनमा रहन मदत गर्ने भन्दै स्काउट अभियान पनि युवा तथा बालबालिकाहरुकै अन्तर्राष्ट्रिय अभियान भएकाले उनीहरुको सर्वांगीण विकासमा सहयोगी हुने बताए । विद्यालयका अध्यक्ष नैं साहसिक खेल र पर्वतारोहणमा संलग्न व्यक्तित्व रहेको कारणले पनि यस शिक्षालयका विद्यार्थीहरुले राम्रो शिक्षाको साथसाथै खेलकुदमा समेत राम्रो गर्न सक्ने विश्वास व्यक्त गरे । विष्टले यस शिक्षालयमा विद्यार्थीहरुका लागि गुणस्तरीय शिक्षाको साथमा खेलकुद, स्काउटलगायत विद्यार्थीहरुको बहुआयामिक विकासका लागि सकारात्मक वातावरण विद्यमान रहेको आफूलाई लागेको बताए । बिष्टले आफ्ना नानीबाबुहरुको लागि खेल क्षेत्रमा लगानी बढाउन अभिभावक समक्ष अनुरोध समेत गरे ।

शिक्षालयका अध्यक्ष प्रकाशराज पाण्डेले विद्यालयमा स्काउट, खेलकुद तथा अन्य रचनात्मक क्रियाकलापलाई शिक्षालयले थप प्रवर्द्धन गर्दै लैजाने बताए । विद्यार्थीहरुको समग्र विकासका लागि उत्कृष्ट शिक्षा प्रदान गरेको बताउँदै अब त्यतिले मात्रै नपुग्ने भन्दै सम्भव भएसम्म अतिरिक्त क्रियाकलापका सबै विषयवस्तु समावेश गरी विद्यार्थीहरुको अधिकतम सहभागिता सुनिश्चित गरिने पनि जानकारी दिए ।

शिक्षालयका प्रधानाध्यापक प्रेमलता श्रेष्ठले अनुशासित खेलकुद र स्काउटिङ कार्यक्रम मूल शिक्षाकै अभिन्न अंग भएको हुँदा स्तरीय पठनपाठनसँगै अतिरिक्त क्रियाकलापमा शिक्षालयले जोड दिएको बताउँदै समारोहमा उपस्थित अतिथिहरुलाई स्वागत गरेका थिए । वडाध्यक्ष खत्रीले काठमाडौं शिक्षालय ललितपुर यस वडाको उत्कृष्ट विद्यालय रहेको र ललितपुरकै उत्कृष्ट बन्न सक्ने शुभकामना दिए । शिक्षालयमा अन्तर्राष्ट्रिय रुपमै ख्यातीप्राप्त खेलाडीलाई अतिथिको रुपमा भित्र्याउन सफल भएकोमा खुसी व्यक्त गर्दै विद्यालयको यस कार्यले विद्यार्थीहरुलाई राम्रो खेलाडीमा रुपान्तरण गर्न प्रेरणा हुने विश्वास व्यक्त गरे ।

शिक्षालयमा अध्ययनरत ४६ जना विद्यार्थीहरुले स्काउट दीक्षा ग्रहण गरेका थिए । त्यसैगरी ६१ जना विद्यार्थीहरुले बेल्ट ग्रेडिङ प्रतियोगिताबाट प्राप्त नतिजा अनुसार तहगत बेल्ट पदोन्नती तथा प्रमाणपत्र प्राप्त गरेका थिए । शिक्षालयले सम्पन्न गरेको खेलकुद तथा अन्य प्रतियोगिताका बिजेता खेलाडीहरु तथा हाउस तथा अन्य नेतृत्व प्राप्त गर्ने विद्यार्थीहरुलाई समेत कार्यक्रममा उपस्थित अतिथिगणले प्रमाणपत्र प्रदान गरेका थिए ।


प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  ०७:०६
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप राखेप/एनओसी
राखेपको १२४औं बोर्ड बैठक सम्पन्न
राखेपको १२४औं बोर्ड बैठक सम्पन्न बुधबार, पुस ९, २०८२
पारा तेक्वान्दोमा कास्य विजेता रेनुलाई राखेपको बधाई
पारा तेक्वान्दोमा कास्य विजेता रेनुलाई राखेपको बधाई मंगलबार, पुस ८, २०८२
पावरलिफ्टिङका खेलाडीहरु सम्मानित
पावरलिफ्टिङका खेलाडीहरु सम्मानित बुधबार, मंसिर २५, २०८२
सदस्य सचिव र विश्व एन्टी डोपीङ डाइरेक्टरबीच भेट
सदस्य सचिव र विश्व एन्टी डोपीङ डाइरेक्टरबीच भेट मंगलबार, मंसिर २४, २०८२
राखेप सदस्यसचिव रामचरित्रले गरे पदभार ग्रहण
राखेप सदस्यसचिव रामचरित्रले गरे पदभार ग्रहण शुक्रबार, मंसिर २०, २०८२
राखेपद्वारा सदस्य-सचिव घिसिङको बिदाई
राखेपद्वारा सदस्य-सचिव घिसिङको बिदाई शुक्रबार, मंसिर १३, २०८२
विश्व कराते च्याम्पियनसिपमा भाग लिन नेपाली टोली इजिप्ट जाने
विश्व कराते च्याम्पियनसिपमा भाग लिन नेपाली टोली इजिप्ट जाने शुक्रबार, मंसिर ६, २०८२
Navodit College Navodit College
ताजा समाचार
रग्बी संघको वार्षिकोत्सवमा झन्डै डेढ करोडको बजेट पारित
रग्बी संघको वार्षिकोत्सवमा झन्डै डेढ करोडको बजेट पारित खेलकुद मञ्‍च
सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन
सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन खेलकुद मञ्‍च
तेक्वान्दो टोली चीन जाँदै
तेक्वान्दो टोली चीन जाँदै खेलकुद मञ्‍च
एनपीएलको कुल बाउण्ड्री बराबर करिब पाँच हजार कफीका बिरूवा रोप्दै प्रेसिडेन्सियल कलेज
एनपीएलको कुल बाउण्ड्री बराबर करिब पाँच हजार कफीका बिरूवा रोप्दै प्रेसिडेन्सियल कलेज खेलकुद मञ्‍च
पाँचौं केएमसी बास्केटबलको तयारी
पाँचौं केएमसी बास्केटबलको तयारी खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
नेप्लिज तेक्वान्दो एकेडेमी आइओएफटिसी टिम च्याम्पियन
नेप्लिज तेक्वान्दो एकेडेमी आइओएफटिसी टिम च्याम्पियन
मातृभूमि ‘ए’ र बौद्ध चिल्ड्रेन हेभेन च्याम्पियन
मातृभूमि ‘ए’ र बौद्ध चिल्ड्रेन हेभेन च्याम्पियन
साफ महिला क्लब च्याम्पियनसिप : एपीएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन
साफ महिला क्लब च्याम्पियनसिप : एपीएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन
ज्ञान संस्कार टिम च्याम्पियन
ज्ञान संस्कार टिम च्याम्पियन
मिस्टर महानगर शारीरिक सुगठनको तयारी
मिस्टर महानगर शारीरिक सुगठनको तयारी
विश्व बक्सिङका पदक विजेता चन्द्रको भब्य स्वागत
विश्व बक्सिङका पदक विजेता चन्द्रको भब्य स्वागत
कर्णालीसँग पराजित साबिक विजेता जनकपुरले पुछारमा रहँदै टुंग्यायो दोस्रो एनपीएल
कर्णालीसँग पराजित साबिक विजेता जनकपुरले पुछारमा रहँदै टुंग्यायो दोस्रो एनपीएल
पोखराको पहिलो जित, जनकपुरको लगातार तेस्रो हार
पोखराको पहिलो जित, जनकपुरको लगातार तेस्रो हार
लुम्बिनीलाई हराउँदै अपराजित सुदूरपश्चिम प्लेअफ नजिक
लुम्बिनीलाई हराउँदै अपराजित सुदूरपश्चिम प्लेअफ नजिक
पोखरामाथि लुम्बिनीको रोमाञ्चक जित
पोखरामाथि लुम्बिनीको रोमाञ्चक जित
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
पाँचौं केएमसी बास्केटबलको तयारी
पाँचौं केएमसी बास्केटबलको तयारी शुक्रबार, पुस ११, २०८२
एनपीएलको कुल बाउण्ड्री बराबर करिब पाँच हजार कफीका बिरूवा रोप्दै प्रेसिडेन्सियल कलेज
एनपीएलको कुल बाउण्ड्री बराबर करिब पाँच हजार कफीका बिरूवा रोप्दै प्रेसिडेन्सियल कलेज शुक्रबार, पुस ११, २०८२
तेक्वान्दो टोली चीन जाँदै
तेक्वान्दो टोली चीन जाँदै शनिबार, पुस १२, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2025 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्