Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
क्रिकेट
  • Home
  • क्रिकेट
  • एनपीएल: सात वटा खेलमा मार्की खेलाडीको खेल कस्तो रह्यो ?
एनपीएल: सात वटा खेलमा मार्की खेलाडीको खेल कस्तो रह्यो ?
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च बिहीबार, मंसिर २०, २०८१
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा गत शनिबारदेखि सुरू भएको पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) आजसम्म आइपुग्दा सात वटा खेल भए । एनपीएलमा पहिलो तथा उद्घाटन खेलमा विराटनगर किङ्स र जनकपुर बोल्ट्स, दोस्रो खेलमा काठमाडौं गुर्खाज र चितवन राइनोज, तेस्रो खेलमा जानकपुर बोल्टस् र कर्णाली याक्स, चौथो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स, पाचौँ खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्स, छठौँ खेलमा कर्णाली याक्स र काठमाडौँ गुर्खाज र सातौँ खेलमा विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच पनि खेल भयो ।

सात खेलमध्ये दुई/दुई खेल खेलेका जनकपुर बोल्ट्स र चितवन राइनोजले दुवै खेलमा जीत हात पारे । सुदूरपश्चिम रोयल्सले एक खेल जित्यो । विराटनगर किङ्स तीन वटा खेल खेल्दा दुई वटामा हार व्यहोेर्यो । कर्णाली याक्स दुईवटै खेलमा पराजित हुँदा एक खेलमात्रै खेलेको पोखरा एभेन्जर्स र लुुम्बिनी लायन्सले पहिलो खेलमै पराजय भोग्न पुगे । काठमाडौँ गुर्खाजले २ खेलमा एक खेल जित्यो भने एक खेलमा पराजित भयो । 

एनपीएलका लागि ८ फ्रेन्चाइज टोलीले ‘लक्की ड्र’मार्फत मार्की खेलाडी अनुबन्ध गरेका थिए । लक्की ड्रमार्फत काठमाडौँले बलर करण केसी, चितवनले अलराउन्डर कुशल मल्ल, विराटनगरले स्पिनर सन्दीप लामिछाने, पोखराले नेपाली क्रिकेट टोलीका ओपनर कुशल भुर्तेललाई मार्की खेलाडीको रूपमा पाएको थियो । त्यस्तै, लुम्बिनीले कप्तान रोहित पौडेल, जनकपुरले ओपनर आसिफ शेख, कर्णालीले तीव्र गतिका बलर सोमपाल कामी र सुदूरपश्चिमले अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई मार्की प्लेयरका रूपमा पाएको थियो । मार्की खेलाडीले हरेक सिजनमा समान २० लाख रूपैयाँ पाउने गरी टिमले उनीहरूसँग तीन वर्षको सम्झौता गरेको थियो । एनपिएलमा अहिलेसम्म भएका सात खेलमा सबै टोली खेलिसकेका छन् । 

हालसम्म मार्की खेलाडीको प्रदर्शन कस्तो रह्यो त ?

आसिफ शेख (जनकपुर बोल्ट्स)

जनकपुरका कप्तान अनिल शाह भए पनि मार्की खेलाडी आसिफ शेख हुन् । आशिफ मार्की खेलाडी रहेको जनकपुर बोल्ट्सले जारी एनपिएलमा दुई खेल खेलेको छ । जनकपुरले दुवै खेलमा विजय हासिल गरेको छ । एनपिएलको पहिलो तथा उद्घाटन खेलमा जनकपुर बोल्ट्सले विराटनगर किङ्ग्सलाई ८ विकेटले हरायो । तर, पहिलो खेलमा आशिफ शेखको प्रदर्शन खासै गतिलो भएन । उनी शून्य रनमै पभेलियन फर्किनु परेको थियो । 

जनकपुर बोल्ट्सले आफ्नो दोस्रो खेलमा आइतबार कर्णाली याक्सको सामना गर्यो । कर्णालीविरूद्ध जनकपुर बोल्ट्सले सुरूदेखि नै आक्रामक ब्याटिङ गरेको थियो । जनकपुरका कप्तान अनिल शाह र मार्की खेलाडी आसिफ सेखले सानदार प्रदान गरे । उनीहरूले ८४ रनको साझेदारी गरे । अनिल र आसिफले गरेको साझेदारी जारी एनपिएलमा दुवै ओपनरले गरेको अहिलेसम्मको ठूलो साझेदारी पनि बन्यो । जनकपुरको जितमा आशिफले ३६ रनको योगदान दिएका थिए । उनले २९ बलमा दुई चौका र दुई छक्काका मद्दतले ३६ रन बनाए ।

कुशल मल्ल (चितवन राइनोज)

नेपाली राष्ट्रिय टोलीका सदस्य कुशल मल्ल मार्की खेलाडी रहेको चितवन राइनोजले आफ्नो दुई खेलमध्ये दुबै खेलमा जित हात पारेको छ । पहिलो खेलमा चितवनले काठमाडौँ गुर्खाजलाई ५ विकेट हरायो । काठमाडौँसँगको खेलमा मल्लले खासै गतिलो प्रदर्शन गर्न सकेनन् । उनी ११ रनमा आउट हुन पुगे । तर, बलिङमा भने एक विकेट लिन सफल भए । 

चितवनले आफ्नो दोस्रो खेलमा मङ्गलबार पोखरा एभेन्जर्सलाई ८७ रनको फराकिलो अन्तरले हरायो । कप्तानले पोखराविरूद्ध ३८ रनको योगदान दिए । सो क्रममा मल्लले ४ छक्का र एक चौकासमेत प्रहार गरे । तर, पोखराविरूद्ध २ ओभर बलिङ गरेका उनले एक विकेट पनि झार्न सकेनन् । उल्टै, ११ रन खर्चिन पुगे । 

सन्दीप लामिछाने (विराटनगर किङ्ग्स)

नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पीनर सन्दीप लामिछाने विराटनगर किङ्ग्सको मार्की खेलाडी हुन् । सन्दीप लामिछाने नेतृत्वको विराटनगर किङ्ग्सले जारी एनपिएलमा तीन खेल खेलेको छ । पहिलो खेलमा जनकपुर बोल्ट्ससँग विराटनगर किङ्ग्स ८ विकेटले पराजित भयो । यो खेलमा सन्दीपले जनकपुरविरूद्ध ७ रन मात्रै प्रहार गरे । तर, बलिङतर्फ भने जम्न सकेनन् । उनले जनकपुरको एक विकेट पनि  झार्न सकेनन् । 

विराटनगर किङ्ग्स आफ्नोे दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग ९० रनको फराकिलो अन्तरले हार्न पुग्यो । यो खेलमा पनि सन्दीपको प्रदर्शन खासै गतिलो हुन सकेन । सुदूरपश्चिमविरूद्ध ब्याटिङततर्फ ८ रन प्रहार गर्दा बलिङतर्फ एक विकेट पनि आफ्नो नाममा दर्ता गर्न सकेनन् । 

यस्तै, तेस्रो खेलमा भने विराटनगरले लुम्बिनी लायन्सलाई २ विकेटले हरायो । यो खेलमा पनि मार्की खेलाडी सन्दीप न त ब्याटिङतर्फ जम्न सके, न त फिल्डिङ । लुम्बिनीविरूद्ध ब्याटिङतर्फ एक रनमै आउट हुँदा बलिङतर्फ भने एक विकेट लिन सके । 

सोमपाल कामी (कर्णाली याक्स)

जारी एनपिएलमा दुई खेल खेलेको कर्णाली याक्सको प्रदर्शन पनि खासै गतिलो देखिएन । कर्णाली याक्सले दुई खेलमा दुुवै खेल हार्न पुगेको छ ।पहिलो खेलमा कर्णाली याक्स जनकपुरसँग ८ विकेटले पराजित हुन पुग्यो । यो खेलमा मार्की खेलाडी कामीको प्रदर्शन सन्तोषजनक नै रह्यो । उनले १३ बलमा एक छक्का र तीन चौका प्रहार गर्दै २९ रनको योगदान दिएका थिए । तर, बलिङतर्फ भने जम्न सकेनन् । 

दोस्रो खेलमा कर्णाली याक्स काठमाडौँ गुर्खाजसँग तीन विकेटले पराजित हुन पुग्यो । यो खेलमा कामीले ब्याटिङ नगरे पनि काठमाडौँविरूद्ध एक विकेट  लिन भने सफल भए । 

करण केसी (काठमाडौँ गुर्खाज)

जारी एनपिएलमा काठमाडौँ गुर्खाजले दुई खेल खेलेको छ । जसमध्ये एक खेलमा जित हासिल गरेको छ भने एक खेलमा हार भोगेको छ । पहिलो खेलमा काठमाडौँ गुर्खाज  चितवन राइनोजसँग ५ विकेटले हार्न पुग्यो । पहिलो खेलमा मार्की खेलाडी केसी न त ब्याटिङतर्फ जम्न सके, न त फिल्डिङ तिर । केसीले  काठमाडौँ गुर्खाजविरूद्ध ब्याटिङतर्फ एक रन बनाएर आउट भएका  थिए भने बलिङतर्फ भने जम्न सकेनन् ।

यस्तै, दोस्रो खेलमा भने काठमाडौँले कर्णालीलाई तीन विकेटले पराजित गर्यो । यो खेलमा केसीको प्रर्दशन सानदार नै थियोे । काठमाडौँविरूद्ध केसीले ब्याटिङतर्फ १० बलमा दुई छक्का र दुई चौकाको मद्दतमा २८ रन बनाएका थिए भने बलिङतर्फ एक विकेट लिन सफल भए । 

दीपेन्द्रसिंह ऐरी (सुदूरपश्चिम रोयल्स)

जारी एनपिएलमा एक खेल खेलेको सुदूरपश्चिम रोयल्सले पहिलो खेलमै सानदार प्रर्दशन गर्यो । पहिलो खेलमा सुदूरपश्चिमले विराटनगरलाई ९० रनले पराजित गर्दै प्रतियोगितामा सुखद् सुरूआत गर्यो । यो खेलमा मार्की खेलाडी दीपेन्द्रसिंह ऐरीको प्रर्दशन सानदार नै रह्यो । उनले अर्धशतक पारी खेले । विराटनगरविरूद्ध सुदूरपश्चिमका ऐरिले अविजित रहँदै २४ बलमा तीन चौका र पाँच छक्काको मद्दतमा ५७ रन बनाएका थिए । बलिङतर्फ भने एक विकेट हात पार्न सकेनन् । उल्टै २ ओभरमा ९ रन खर्चिन पुगे । 

कुशल भुर्तेल (पोखरा एभेन्जर्स)

नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओेपनरसमेत रहेका कुशल भुर्तेल एनपिएलको टोली पोखरा एभेन्जर्सका मार्की खेलाडी हुन् । तर, जारी एनपिएलमा पोखराको सुरूवात राम्रो हुन सकेन । एक खेल खेलेको पोखराले पहिलो खेलमै चितवन राइनोजसँग ८७ रनको फराकिलो अन्तरले हार्नु पर्यो । यो खेलमा मार्की खेलाडी कुशल भुर्तेल पनि चल्न सकेनन् । राइनोजविरूद्ध ब्याटिङतर्फ उनी पहिलो बलमै आउट हुन पुगे । बलिङतर्फ पनि एक ओभरमै १० रन खर्चिए । तर, खेलमा उनले तीन वटा क्याच भने समाते । 

रोहितकुमार पौडेल (लुम्बिनी लायन्स)

एनपिएलको टोली लुम्बिनी लायन्सका मार्की खेलाडी रहेका रोहितकुमार पौडेल नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पनि हुन् । रोहित नेतृत्वको लुुम्बिनी लायन्सले एनपिएलमा एउटा मात्रै खेल खेलेको छ । पहिलो खेलमै लुम्बिनी लायन्स विराटनगरसँग २ विकेटले पराजित भयो । लुम्बिनीका लागि पौडेलले सर्वाधिक ४६ रन बनाए । उनले २९ बलमा दुई छक्का र चार चौका प्रहार गर्दै ४६ रन बनाएका हुन् तर बलिङ भने गरेनन् ।


प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०८१  ११:३९
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप क्रिकेट
टी-२० विश्वकपः स्कटल्यान्डमाथि नेपालको जित
टी-२० विश्वकपः स्कटल्यान्डमाथि नेपालको जित मंगलबार, फागुन ५, २०८२
स्कटल्यान्डले नेपाललाई दियो १७१ रनको लक्ष्य
स्कटल्यान्डले नेपाललाई दियो १७१ रनको लक्ष्य मंगलबार, फागुन ५, २०८२
लुम्बिनी सेमिफाइनलमा
लुम्बिनी सेमिफाइनलमा सोमबार, फागुन ४, २०८२
टी–२० विश्वकपः नेपाल समूह चरणबाट बाहिरियो, वेष्ट इन्डिज सुपर एटमा
टी–२० विश्वकपः नेपाल समूह चरणबाट बाहिरियो, वेष्ट इन्डिज सुपर एटमा आइतबार, फागुन ३, २०८२
दिपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य
दिपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य आइतबार, फागुन ३, २०८२
प्याब्सन क्रिकेट लिगमा बागमती सेमिफाइनलमा
प्याब्सन क्रिकेट लिगमा बागमती सेमिफाइनलमा शनिबार, फागुन २, २०८२
टी-२० विश्वकपः नेपालको लज्जास्पद हार, इटाली १० विकेटले विजयी
टी-२० विश्वकपः नेपालको लज्जास्पद हार, इटाली १० विकेटले विजयी बिहीबार, माघ ३०, २०८२
Navodit College Navodit College
ताजा समाचार
माउन्ट एभरेष्ट तेक्वान्दोमा केनिशलाई स्वर्ण
माउन्ट एभरेष्ट तेक्वान्दोमा केनिशलाई स्वर्ण खेलकुद मञ्‍च
प्रथम दक्षिण एसियाली तेक्वान्दो प्रतियोगिता यसै वर्ष
प्रथम दक्षिण एसियाली तेक्वान्दो प्रतियोगिता यसै वर्ष खेलकुद मञ्‍च
राजन अन्तर्राष्ट्रिय लेभल वान प्रशिक्षक
राजन अन्तर्राष्ट्रिय लेभल वान प्रशिक्षक खेलकुद मञ्‍च
टी-२० विश्वकपः स्कटल्यान्डमाथि नेपालको जित
टी-२० विश्वकपः स्कटल्यान्डमाथि नेपालको जित खेलकुद मञ्‍च
माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दोमा सुभाङ्गीलाई स्वर्ण
माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दोमा सुभाङ्गीलाई स्वर्ण खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
एन्जीलालाई मनास्लुको सम्मान
एन्जीलालाई मनास्लुको सम्मान
प्याब्सन क्रिकेट लिगमा बागमती सेमिफाइनलमा
प्याब्सन क्रिकेट लिगमा बागमती सेमिफाइनलमा
टी–२० विश्वकपः नेपाल समूह चरणबाट बाहिरियो, वेष्ट इन्डिज सुपर एटमा
टी–२० विश्वकपः नेपाल समूह चरणबाट बाहिरियो, वेष्ट इन्डिज सुपर एटमा
खुम्बु ल्होसार कपमा आयोजक महेन्द्र ज्योति च्याम्पियन
खुम्बु ल्होसार कपमा आयोजक महेन्द्र ज्योति च्याम्पियन
नेपालले इटलीलाई दियो १२४ रनको लक्ष्य
नेपालले इटलीलाई दियो १२४ रनको लक्ष्य
भ्याली पब्लिक र ह्वाइट हेभेनको जित
भ्याली पब्लिक र ह्वाइट हेभेनको जित
खुम्बु र आमादब्लाको जित
खुम्बु र आमादब्लाको जित
गेटवेलाई क्याम्ब्रिज फुटसल उपाधि
गेटवेलाई क्याम्ब्रिज फुटसल उपाधि
एन्जीलालाई मनास्लुको सम्मान
एन्जीलालाई मनास्लुको सम्मान
झिल्टुङ क्रस कन्ट्री दौडमा अर्जुन र फुलमति पहिलो
झिल्टुङ क्रस कन्ट्री दौडमा अर्जुन र फुलमति पहिलो
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
राजन अन्तर्राष्ट्रिय लेभल वान प्रशिक्षक
राजन अन्तर्राष्ट्रिय लेभल वान प्रशिक्षक बुधबार, फागुन ६, २०८२
प्रथम दक्षिण एसियाली तेक्वान्दो प्रतियोगिता यसै वर्ष
प्रथम दक्षिण एसियाली तेक्वान्दो प्रतियोगिता यसै वर्ष बुधबार, फागुन ६, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्