काठमाडौं । मञ्जुश्री ट्रेल रेस (एमटिआर)को पाँचौँ संस्करण चैत १ देखि ३ गतेसम्म हुने भएको छ । आयोजकका अनुसार यसपालि रेसमा पाँच सयभन्दा बढी धावकधाविका दौडने छन् ।
मञ्जुश्री ट्रेस रेसमा ३७१ नेपाली र १३१ विदेशी गरी कूल ५०२ जनाको सहभागता रहने छ । जसमध्ये पुरुष धावक ४०८ र महिला धाविका ९४ जना रहेका छन् । पाँचौँ मञ्जुश्री ट्रेल रेसमा एक सय माइल्स, एक सय किमी, ५० किमी, ३० किमी र १० किमी इभेन्टमा दौड हुने छन् । सय माइल्स स्वयम्भूस्थित सिङल ट्रिबाट सुरु भई सोही स्थानमा आएर सकिने छ । सय किमी रेस नगरकोटको सेरेन रिसोर्टबाट, ५० किमी रेस गोदावरीबाट तथा ३० किमी रेस सोलिड रक लज डोल्लु पर्मिङबाट सुरु हुनेछ । सबै रेस सिङगलल ट्री स्थित पवना हाउसमा पुगेर समाप्त हुनेछ ।
मन्जुश्री ट्रेल रेस एसिया ट्रेल मास्टर्सको क्वालिफायर पनि हो । मन्जुश्रीमा विजेता हुने खेलाडीहरु भियतनामा हुने एसिया ट्रेल मास्टर्समा चयन हुने छन् । एसिया ट्रेल मास्टर्समा नेपाली खेलाडी उपाधि दावेदारको रुपमा रहने गर्दछ । सन् २०२३ मा रशिला तामाङ र २०२४ मा प्रिया राईले एसिया ट्रेल मास्टर्सको उपाधि जितेका थिए ।
मन्जुश्री ट्रेल रेसअन्तर्गत सय माइल्समा पहिलोदेखि तेस्रो हुनेले क्रमश: ७५ हजार, ४० हजार र २० हजार प्राप्त गर्नेछ । सय किमीमा पहिलोदेखि तेस्रो हुनेले क्रमश: ५० हजार, २५ हजार र १५ हजार तथा ५० किमीमा पहिलोदेखि तेस्रो हुनेले क्रमश: ३० हजार, १५ हजार र १० हजार रुपैयाँ पुरस्कार पाउने छ । ३० किमीमा पहिलोदेखि तेस्रो हुने क्रमश: २० हजार १० हजार र ५ हजार रुपैयाँको हकदार हुनेछ । १० किमीमा भने नगद पुरस्कार राखिएको छैन ।
मन्जुश्री ट्रेल रेसका कार्यवाहक अध्यक्ष नारायण आचार्यले किंवदन्तीअनुसार मञ्जुश्री चिनबाट नेपालसम्म हिँडेर आएको, त्यो बेला काठमाडौँ उपत्यका पानीले भरिएको र मञ्जुश्रीले चोभारको डाँडा काटेर काठमाडौँ बस्न लायक बनाएको कथा छ । त्यसैले प्रभावित यस रेसको नाम मञ्जुश्री ट्रेल रेस राखिएको उनले बताए ।
रेस डिरेक्टर आसिस मिश्रले पहिलो संस्करणमा सातजना धावकमात्र रहेको संस्करण गर्दै अहिले पाँच सयभन्दा बढीले सहभािगता जनाउन लागेकोमा आफूलाई धेरै खुशी लागेको बताए । यसैगवरी धाविका रसिला तामाङले ट्रेल रेस नेपालीहरुका लागि अन्तर्राष्ट्रिय पदकको सम्भावना भएको खेल भएको बताइन् । उनले यसपटक व्यवस्थापनमा पनि सहयोग गर्नुपरेकोले खेल्ने, नखेल्ने निर्णय गरि नसकेको जानकारी पनि दिइन् ।