काठमाडौं । ललितपुर ब्याडमिन्टन संघ र बालकुमारी रिमिक्स क्लबको संयुक्त आयोजनामा चौथो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०८२ आजबाट सुरु भएको छ । प्रतियोगिताको ललितपुर महानगरपालिकाका मेयर श्री चिरीबाबु महर्जनले एक कार्यक्रमकाविच पानसमा द्विप प्रज्वलन गरि उद्घाटन गर्नुभयो ।
बालकुमारी रिमिक्स क्लबको कभर्डहलमा आजको पहिलो दिन भएको पुरुष एकल तर्फ नेपाल पुलिस क्लबका भविश थापाले बिजयी सुरुवात गरेका छन् । भविशले सुर्खेतका प्रकाश अधिकारीलाई २१–१०, २१–११ को सोझो सेटमा पराजित गर्दै राउण्ड ३२ मा प्रवेश गरेका छन् । यस्तै नेपाल पुलिस क्लबकै नगेन्द्र लिम्बुले देवी नगरका तसत ढकाललाई २१–६, २१–७ ले पराजित गर्दै राउण्ड ३२ मा प्रवेश गरे । राउण्ड ३२ मा प्रवेश गर्ने अन्यमा नेपाली सेनाको आर्मी क्लबका बिवेक चौधरी र लक्ष्मण राना मगर, लभ ब्याडमिन्टन एकेडेमीका अनन्त पाख्रीन, नेपाल पुलिस क्लबका सक्षम ढकाल र हिराबहादुर राई, आर्मीका बिधान अधिकारी र सुप्रिम पन्त, पुलिसका कविर के.सी., तिनचुलीका सुनिल कार्की, पुलिसका अलिन मल्ल, गोरखाका मुकुल गुरुङ्ग, ओखलढुङ्गका टिका ध्वज राई आर्मीका सुविन श्रेष्ठ, पुलिसका जोन जसराज र फिटनेश स्पोर्टसप्लेक्सका प्रियान्सु क्षेत्री पनि आआफ्ना प्रतिद्वन्दिलाई पराजित गर्दै राउण्ड अफ ३२ मा प्रवेश गरेका छन् ।
बिवेकले तिनचुलीका बिशाल तामाङ्गलाई २१–१३, २३–२१, लक्ष्मणले लभ ब्याडमिन्टन एकेडेमीका पप्पु पाललाई २१–१३, २१–१४, अनन्तले कस्तुरी कलेजका मिसेक चोङ्गवाङ्गबाट वाकओभर, सक्षमले ललितपुरका महेश धामीलाई २१–५, २१–७, हिराले बालकुमारी रिमिक्सका सम्यक शाक्यलाई २१–११, १८–२१, २१–१३, बिधानले फिटनेश पार्कका सुजन थापालाई २१–७, २१–१४, सुप्रिमले चितवनका हिमाल क्षेत्रीलाई २३–२१, २१–१३, कविरले टिका भैरव ब्याडमिन्टन क्लबका निञ्जन सिलवाललाई २१–८, २१–१२, सुलिले आर्मीका सुविन श्रेष्ठलाई २१–१९, २१–१८, अनिलले बालकुमारी रिमिक्सका सक्षम शाक्यलाई २१–५, २१–१७, मुकुलले वेस्टर्नका मुस्कान के.सी. र टिकाले आरुघाटका बिहाल क्षेत्रीबाट वाकओभर, सुविनले लभ ब्याडमिन्टन एकेडेमीका रिजन याम्फुलाई २१–१५, २१–१०, जोनले कस्तुरी कलेजका मिशेक लिम्बुलाई २१–१२, २१–१७ र प्रियान्सुले पुलिसका रिसभ राईलाई २१–७, २१–१० ले पराजित गरेका हुन् ।
लतिलपुर महानगरपालिकाको मुख्य प्रायोजनमा भएको प्रतियोगिताको पुरुष यु १७ तर्फको प्रतिस्पर्धाको राउण्ड अफ ६४ को खेलमा मधवाईलिया ब्याडमिन्टन क्लबका बिवेक अधिकारी, बालकुमारी रिमिक्सका हर्चबर्धन राठी, आर्मीका प्रतिक बिष्ट, बालकुमारीका शक्षम शाक्य, आबिएससीका आदित्य कुमार, किर्तिपुर ब्याडमिन्टन क्लबका सामन्त भद्र बज्राचार्य, भिन्छेबहालका अलेन डङ्गोल, कस्तुरी कलेजका मिकेश लिम्बु र मनोहराका प्रणभ आचार्यले पनि राउण्ड अफ ३२ मा स्थान बनाउनु सफल भएका छन् ।
ललितपुर महानगरपालिकाको मुख्य प्रायोजन रहने प्रतियोगितामा पुरुष एकल र महिला एकल खुला, उच्च २० बरियता बाहेकको पुरुष युगल, यु–१७ पुरुष तथा महिला एकल खुला, ४५ बर्ष माथिको मास्टर युगल खुला गरि ६ विधामा करिव २ सय २६ खेलाडीहरुले प्रतिस्पर्धा गरिरहेका छन् ।
अनुमानित लागत ३२ लाख २० हजार ५ सय रहेको प्रतियोगिताको पुरस्कार रासी ४ लाख २५ हजार रहेको छ । पुरुष एकल, महिला एकल र पुरुष युगल तर्फ शिर्ष तीन स्थान हासिल गर्नेले नगद ५० हजार, २५ हजार र १० हजार सहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् । यस्तै यु–१७ पुरुष तथा महिलाका शिर्ष तीन स्थान हात पार्नेले नगद २० हजार, १० हजार र ५ हजार तथा मास्टर युगल तर्फका बिजेताले नगद ३० हजार, १५ हजार र ७ हजार ५ सय सहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् ।