Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
विविध खेल
  • Home
  • विविध खेल
  • निरजद्वारा सूर्य नेपाल इस्टर्न ओपनको उपाधि रक्षा
निरजद्वारा सूर्य नेपाल इस्टर्न ओपनको उपाधि रक्षा
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च शुक्रबार, माघ ३, २०८२
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

धरान । सूर्य नेपाल गल्फ टुर २०२५/२६ अन्तर्गतको दोस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपनको उपाधि नेपाल नम्बर एक गल्फर निरज तामाङले लगातार दोस्रो पटक जितेका छन्।

पार–७० को धरान गल्फ क्लबमा शुक्रबार सम्पन्न तेस्रो तथा अन्तिम राउन्डमा ३–अन्डर ६७ को कार्ड बनाए । समग्रमा ५४ होलको खेल १५–अन्डर १९५ को लोभलाग्दो स्कोरमा बनाउँदै उपाधि रक्षा गर्न सफल भएका हुन्। उनले एमेच्योर गल्फर राहुल विश्वकर्मालाई ६ स्ट्रोकले पछि पार्दै करिअरको चौथो उपाधि जिते। उपाधिसँगै निरजले नगद १ लाख ७० हजार रुपैयाँ प्राप्त गरे।

राहुलले आज २–अन्डर ६८ खेल्दै ९–अन्डर २०१ को कुल स्कोरसहित समग्रमा दोस्रो स्थान हासिल गरे भने एमेच्योरतर्फको उपाधि जिते। अनुभवी प्रो बलभद्र राईले अन्तिम दिन ५–अन्डर ६५ को उत्कृष्ट प्रदर्शनमा समग्रमा ६–अन्डर २०४ को स्कोरसहित प्रोफेसनलतर्फ दोस्रो भए । उनले १ लाख २५ हजार रुपैयाँ प्राप्त गरे।

दिनेश प्रजापतिले ४–अन्डर २‌०६ को कुल स्कोरसहित प्रोतर्फ तेस्रो तथा समग्रमा चौथो स्थान हासिल गरे। अन्तिम राउन्डमा ३–अन्डर ६९ खेलेका उनले १ लाख रुपैयाँ पाए। टंक बहादुर कार्की (७१) र पूर्व नेपाल नम्बर एक प्रो भुवन नगरकोटी (६९) ले ३–अन्डर २‌०७ को स्कोरसहित प्रोतर्फ संयुक्तरुपमा चौथो स्थान बाँडे र दुवैले ७७ हजार रुपैयाँ प्राप्त गरे।

पूर्व शीर्ष प्रो रवि खड्काले १–अन्डर २०९ को स्कोरसहित प्रोफेसनल तर्फ छैटौं स्थानमा रहेर ६४ हजार रुपैयाँ पाए। लिडर ग्रुपमा खेलेका शुक्र बहादुर राई अन्तिम राउन्डमा ४–ओभर ७४ खेल्दा समग्रमा इभन–पार २१० सहित आठौं स्थानमा तल झरे। उनले ५७ हजार रुपैयाँमा चिक्त बुझाए।

प्रोतर्फ सुमन परियार (६९) कूल २–ओभर २१२ स्कोरसहित आठौं स्थानमा रहे भने सञ्जय लामा (६८) समग्रमा २१३ सहित नवौं स्थानमा र २१८ को स्कोरमा सुनिल केसी (७४) दशौं स्थानमा रहे। उनीहरूले क्रमशः ५१ हजार, ४६ हजार र ४२ हजार रुपैयाँ प्राप्त गरे।

पीजीए नेपालद्वारा सूर्य नेपाल प्रालिको प्रायोजनमा आयोजित ५४ होलको प्रतियोगितामा ३० प्रो र २२ एमेच्योर गरी कुल ५२ खेलाडीले सहभागिता जनाएका थिए। कुल १० लाख ५० हजार रुपैयाँ पुरस्कार राशि रहेको प्रतियोगिताका विजेतालाई सूर्य नेपालका डेपुटी जनरल मेनेजर केशव प्रधान, नेपाल गल्फ संघका उपाध्यक्ष तिलक राई, कोशी प्रदेश गल्फ संघका उपाध्यक्ष भरत तामाङ, सुनसरी गल्फ संघका अध्यक्ष जितेन्द्र राई तथा धरान गल्फ क्लबका अध्यक्ष हरि राईले पुरस्कार वितरण गरे ।

च्याम्पियनसिप शनिबार आयोजना हुने प्रो-एम प्रतियोगितासँगै समापन हुनेछ। जहाँ एमेच्योर तथा सोसियल गल्फरले प्रोफेसनल खेलाडीसँग टिम बनाएर खेल्ने अवसर पाउनेछन्।


प्रकाशित मिति: शुक्रबार, माघ ३, २०८२  १९:०२
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप विविध खेल
प्रदीप र आयुशमान सेमिफाइनलमा
प्रदीप र आयुशमान सेमिफाइनलमा बुधबार, वैशाख १६, २०८३
चाँगुनारायण राष्ट्रिय ट्रेल रन वैशाख १९ गते शनिबार हुने
चाँगुनारायण राष्ट्रिय ट्रेल रन वैशाख १९ गते शनिबार हुने बुधबार, वैशाख १६, २०८३
लैनचौर तेक्वान्दो डोजाङ टिम च्याम्पियन
लैनचौर तेक्वान्दो डोजाङ टिम च्याम्पियन आइतबार, वैशाख १३, २०८३
उमा कुङफुले मनायो विश्व ताइची तथा छिगोङ दिवस
उमा कुङफुले मनायो विश्व ताइची तथा छिगोङ दिवस शनिबार, वैशाख १२, २०८३
तार्केश्वर नगरपालिका लगातार तेश्रोपटक च्याम्पियन
तार्केश्वर नगरपालिका लगातार तेश्रोपटक च्याम्पियन शनिबार, वैशाख १२, २०८३
ऐतिहासिक पदक विजेता चन्द्र सम्मानित
ऐतिहासिक पदक विजेता चन्द्र सम्मानित बुधबार, वैशाख ९, २०८३
विश्व केम्पो च्याम्पियनसिपमा नेपाली खेलाडी
विश्व केम्पो च्याम्पियनसिपमा नेपाली खेलाडी मंगलबार, वैशाख ८, २०८३
Navodit College Navodit College
ताजा समाचार
प्रदीप र आयुशमान सेमिफाइनलमा
प्रदीप र आयुशमान सेमिफाइनलमा खेलकुद मञ्‍च
पदक विजेता बिच कबड्डी टोलीको स्वागत
पदक विजेता बिच कबड्डी टोलीको स्वागत खेलकुद मञ्‍च
चाँगुनारायण राष्ट्रिय ट्रेल रन वैशाख १९ गते शनिबार हुने
चाँगुनारायण राष्ट्रिय ट्रेल रन वैशाख १९ गते शनिबार हुने खेलकुद मञ्‍च
लैनचौर तेक्वान्दो डोजाङ टिम च्याम्पियन
लैनचौर तेक्वान्दो डोजाङ टिम च्याम्पियन खेलकुद मञ्‍च
लिग २ मा नेपालको छैटौं जित, युएई ३७ रनले पराजित
लिग २ मा नेपालको छैटौं जित, युएई ३७ रनले पराजित खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
तार्केश्वर नगरपालिका लगातार तेश्रोपटक च्याम्पियन
तार्केश्वर नगरपालिका लगातार तेश्रोपटक च्याम्पियन
लैनचौर तेक्वान्दो डोजाङ टिम च्याम्पियन
लैनचौर तेक्वान्दो डोजाङ टिम च्याम्पियन
ऐतिहासिक पदक विजेता चन्द्र सम्मानित
ऐतिहासिक पदक विजेता चन्द्र सम्मानित
उमा कुङफुले मनायो विश्व ताइची तथा छिगोङ दिवस
उमा कुङफुले मनायो विश्व ताइची तथा छिगोङ दिवस
नागर्जुन र ज्ञानसंस्कारलाई उपाधि
नागर्जुन र ज्ञानसंस्कारलाई उपाधि
ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ – मन्त्री पोखरेल
ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ – मन्त्री पोखरेल
राष्ट्रिय आईटीएफ तेक्वान्दो भोलिदेखि
राष्ट्रिय आईटीएफ तेक्वान्दो भोलिदेखि
भारत, पाकिस्तान र श्रीलंका विजयी
भारत, पाकिस्तान र श्रीलंका विजयी
राजन र सन्तोषीलाई कान्तिपुर हाफ म्याराथनको उपाधि
राजन र सन्तोषीलाई कान्तिपुर हाफ म्याराथनको उपाधि
आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिसको सेमीफाइनल समीकरण पूरा
आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिसको सेमीफाइनल समीकरण पूरा
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
चाँगुनारायण राष्ट्रिय ट्रेल रन वैशाख १९ गते शनिबार हुने
चाँगुनारायण राष्ट्रिय ट्रेल रन वैशाख १९ गते शनिबार हुने बुधबार, वैशाख १६, २०८३
पदक विजेता बिच कबड्डी टोलीको स्वागत
पदक विजेता बिच कबड्डी टोलीको स्वागत बुधबार, वैशाख १६, २०८३
प्रदीप र आयुशमान सेमिफाइनलमा
प्रदीप र आयुशमान सेमिफाइनलमा बुधबार, वैशाख १६, २०८३
Photo Gallery
आर्मीले जित्याे पिएम कपकाे उपाधि
आर्मीले जित्याे पिएम कपकाे उपाधि शुक्रबार, वैशाख ४, २०८३
एरिका गुरुङ तमु धीको सद्भावना दूत
एरिका गुरुङ तमु धीको सद्भावना दूत सोमबार, चैत ९, २०८२
भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि
भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि शुक्रबार, चैत ६, २०८२
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्