Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
राखेप/एनओसी
  • Home
  • राखेप/एनओसी
  • ‘वुमन इन स्पोर्ट्स कन्क्लेभ’ सम्पन्न
‘वुमन इन स्पोर्ट्स कन्क्लेभ’ सम्पन्न
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च आइतबार, चैत १, २०८२
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडौं । अल नेपाल स्पोर्ट्स फाउन्डेसनले अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा  स्थानीय जनप्रतिनिधि, खेलकुद निकाय, ओलम्पिक कमिटी तथा खेल विज्ञहरूको सहभागितामा ‘वुमन इन स्पोर्ट्स कन्क्लेभ–२०२६’ सम्पन्न गरेको छ । नेपाली खेलकुदमा महिलाको उपलब्धि, चुनौती र अवसरबारे गम्भीर छलफल गर्दै समावेशी तथा सशक्त खेल वातावरण निर्माण गर्नुपर्नेमा जोड दिइएको थियो ।

राजधानीमा आयोजित कार्यक्रममा खेलकुदमा महिलाले सामना गरिरहेका अवरोध हटाउने, नेतृत्व विकास, लचिलोपन तथा खेलकुदमार्फत आर्थिक सशक्तीकरणका विषयमा विचार–विमर्श गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेशकी युवा तथा खेलकुदमन्त्री उर्मिला नेपालले महिला खेलाडीहरूको प्रतिभालाई राज्यले प्राथमिकता दिँदै आवश्यक नीति तथा कार्यक्रम अघि बढाइने बताएकी थिइन् । उनले फाउन्डेसनसँग आगामी दिनमा सहकार्य गर्दै महिला खेलकुद प्रवद्र्धनमा थप पहल गर्नेे प्रतिबद्धता जनाएकी थिइन् ।

यसैगरी नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले महिला नेतृत्व, आर्थिक सशक्तीकरण र खेलकुदबीचको सम्बन्धबारे चर्चा गर्दै खेलकुद पर्यटनको विकासमा निजी क्षेत्रको सक्रिय सहभागिता आवश्यक रहेको औंल्याएकी थिइन् । राष्ट्रिय खेलकुद परिषद्की कार्यकारी सदस्य सुवर्ण श्रेष्ठले राष्ट्रिय खेलकुदको विकासका लागि सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले एकताको सन्देश प्रवाह गर्ने बताइन् ।

निर्मला फाउण्डेसनकी अध्यक्ष निर्मला भण्डारीले अपाङ्ता भएका व्यक्तिहरूका लागि अनुकुलित खेलकुदको महत्वबारे प्रकाश पार्दै समावेशी खेल संरचना विकास गर्नुपर्नेमा जोड दिएकी थिइन् । मोटर स्पोट्र्स खेलाडी प्रज्ञा कँडेलले आफ्नो खेल यात्रा सुनाउँदै महिलाले निरन्तर मेहनत र साहसका साथ अघि बढेमा अन्तर्राष्ट्रिय स्तरमा पनि सफलता हासिल गर्न सकिने बताएकी थिइन् ।

कार्यक्रमको मुख्य आकर्षण ‘बाधा हटाउँदै : खेलाडी यात्रा र लचिलोपन’ शीर्षकको प्यानल छलफल थियो । पहिलो सत्रमा राष्ट्रिय टोलीका खेलाडी दीपा शाही (फुटबल), पूजा महतो (क्रिकेट), सुमित्रा रेग्मी (भलिबल), ओलम्पियन सन्तोषी श्रेष्ठ (एथलेटिक्स) तथा कराते खेलाडी एरिका गुरुङले आफ्नो खेल यात्रा, चुनौती र सफलताका अनुभव सुनाएका थिए । उनीहरूले समाजिक धारणा, पारिवारिक दबाब र पूर्वाधार अभावजस्ता कठिनाइका बाबजुद निरन्तर अभ्यास र आत्मविश्वासले सफलताको बाटो खोल्न सकिने अनुभव सुनाएका थिए ।

प्यानलको दोस्रो सत्रमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख सन्तोष बुढाथोकी, तारकेश्वर नगरपालिकाकी उपप्रमुख सिर्जना बुर्लाकोटी, महिला खेल विज्ञ सुलोचना सिजख्वा र नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरञ्जन अधिकारीले नेपालमा महिला खेलकुदको विकास, नीति सुधार, प्रशिक्षण, अवसर र खेल पूर्वाधार विस्तारका विषयमा आफ्ना धारणा राखेका थिए ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले खेलकुद नीतिमा समयानुकूल सुधार गर्दै महिला खेलाडीलाई थप अवसर उपलब्ध गराउनुपर्नेमा जोड दिएका थिए । उनले फाउन्डेसनले महिला खेलकुद प्रवद्र्धनका लागि गरेको पहल प्रशंसनीय रहेको उल्लेख गर्दै आगामी दिनमा नेपाल ओलम्पिक कमिटी र फाउन्डेसनबीच सहकार्य विस्तार हुने बताए ।

यसैगरी जिल्ला समन्वय समिति प्रमुख सन्तोष बुढाथोकीले स्थानीय तहबाटै खेलाडीलाई अवसर र प्लेटफर्म उपलब्ध गराउनुपर्नेमा जोड दिँदै स्थानीय, प्रदेश तथा संघ सरकार राष्ट्रिय खेलकुद परिषद् र ओलम्पिक कमिटीबीच समन्वय आवश्यक रहेको उल्लेख गरे । तारकेश्वर नगरपालिकाकी उपप्रमुख सिर्जना बुर्लाकोटीले नेपाली खेलकुद क्षेत्रमा महिलाले अझै विभिन्न चुनौती सामना गर्नुपरेको उल्लेख गर्दै महिला खेलाडी सशक्तीकरणका लागि स्थानीय सरकारका तर्फबाट आवश्यक पहल गरिने बताएकी थिइन् । खेल विज्ञ सुलोचना सिजख्वाले धेरै महिला खेलाडीले परिवार र खेलकुद करियरबीच सन्तुलन कायम गर्न संघर्ष गर्नुपर्ने अवस्था रहेको औँल्याएकी थिइन् ।

उपलब्ध तथ्यांक अनुसार नेपालमा संगठित खेलकुदमा महिलाहरूको सहभागिता करिब ८ प्रतिशत मात्र छ भने पुरुषको सहभागिता करिब २८ प्रतिशत पुगेको छ । यही असन्तुलनलाई कम गर्दै महिला खेलकुदको आवाज बलियो बनाउने उद्देश्यले यस्तो कन्क्लेभ आयोजना गरिएको आयोजकले जनाएको छ ।


प्रकाशित मिति: आइतबार, चैत १, २०८२  २२:४६
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप राखेप/एनओसी
राखेप सदस्य टमाटा सम्मानित
राखेप सदस्य टमाटा सम्मानित आइतबार, चैत १, २०८२
आइची नागोया एसियाड फन रन सम्पन्न
आइची नागोया एसियाड फन रन सम्पन्न शनिबार, फागुन ३०, २०८२
एसियाली खेलकुदको प्रवर्धनका लागि ‘एसियन गेम्स फन रन’को तयारी
एसियाली खेलकुदको प्रवर्धनका लागि ‘एसियन गेम्स फन रन’को तयारी शुक्रबार, फागुन २२, २०८२
प्रधानमन्त्रीसंग राखेपको छलफल
प्रधानमन्त्रीसंग राखेपको छलफल सोमबार, माघ २७, २०८२
नेपाल ओलम्पिक कमिटीको २१ औं साधारण सभा सम्पन्न
नेपाल ओलम्पिक कमिटीको २१ औं साधारण सभा सम्पन्न सोमबार, पुस १४, २०८२
राखेपको १२४औं बोर्ड बैठक सम्पन्न
राखेपको १२४औं बोर्ड बैठक सम्पन्न बुधबार, पुस ९, २०८२
Navodit College Navodit College
ताजा समाचार
‘वुमन इन स्पोर्ट्स कन्क्लेभ’ सम्पन्न
‘वुमन इन स्पोर्ट्स कन्क्लेभ’ सम्पन्न खेलकुद मञ्‍च
एचजेएनबीएल: प्लेबक्समाथि रोएलको रोमाञ्चक जित
एचजेएनबीएल: प्लेबक्समाथि रोएलको रोमाञ्चक जित खेलकुद मञ्‍च
राखेप सदस्य टमाटा सम्मानित
राखेप सदस्य टमाटा सम्मानित खेलकुद मञ्‍च
हिमालयन क्वीन्स ग्याम्बिटमा सदिक्षाले जितिन् ट्रफी
हिमालयन क्वीन्स ग्याम्बिटमा सदिक्षाले जितिन् ट्रफी खेलकुद मञ्‍च
एचजेएनबीएल : गोल्डेनगेटले हाउण्ड्सलाई हरायो
एचजेएनबीएल : गोल्डेनगेटले हाउण्ड्सलाई हरायो खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
मार्सल आर्ट्स र आर्चरी टोली चीन जाने
मार्सल आर्ट्स र आर्चरी टोली चीन जाने
मिलन, रोशनी र सामीलाई स्वर्ण
मिलन, रोशनी र सामीलाई स्वर्ण
हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात
हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात
एचजेएनबीएल : सोलो र प्लेबक्स एरेना विजयी
एचजेएनबीएल : सोलो र प्लेबक्स एरेना विजयी
पारा एथेटिक्स टोली भारत प्रस्थान
पारा एथेटिक्स टोली भारत प्रस्थान
मिल्सबेरी इन्टर–ए लेभल बास्केटबलमा माल्पी च्याम्पियन
मिल्सबेरी इन्टर–ए लेभल बास्केटबलमा माल्पी च्याम्पियन
जेम्सलाई यु–१४ क्रिकेट उपाधि
जेम्सलाई यु–१४ क्रिकेट उपाधि
टी–२० विश्वकपः नेपाल समूह चरणबाट बाहिरियो, वेष्ट इन्डिज सुपर एटमा
टी–२० विश्वकपः नेपाल समूह चरणबाट बाहिरियो, वेष्ट इन्डिज सुपर एटमा
एलए अन्तरविद्यालय नेट च्याम्पियनसिप सम्पन्न
एलए अन्तरविद्यालय नेट च्याम्पियनसिप सम्पन्न
खुम्बु ल्होसार कपमा आयोजक महेन्द्र ज्योति च्याम्पियन
खुम्बु ल्होसार कपमा आयोजक महेन्द्र ज्योति च्याम्पियन
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
मिलन, रोशनी र सामीलाई स्वर्ण
मिलन, रोशनी र सामीलाई स्वर्ण शनिबार, फागुन ३०, २०८२
एचजेएनबीएल : सोलो र प्लेबक्स एरेना विजयी
एचजेएनबीएल : सोलो र प्लेबक्स एरेना विजयी शनिबार, फागुन ३०, २०८२
आइची नागोया एसियाड फन रन सम्पन्न
आइची नागोया एसियाड फन रन सम्पन्न शनिबार, फागुन ३०, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्